तपाई एन्डोइड फोन प्रयोगकर्ता हुनुहुन्छ भने, तपाईको लागि खुशीको खबर छ ! आईफोनको लागि मात्र उपलब्ध र करोडौँले रुचाएको, ‘पपुलर फोटो सेयरिङ एप’, ‘इन्स्टाग्राम’ अब एन्ड्रोइड फोनको लागि पनि आएको छ। तपाई आईफोनको प्रयोगकर्ता र ट्विटर एडिक्ट हो भने सायद तपाईले ‘इन्स्टाग्राम’ चलाएको हुनुपर्छ तर अहिलेसम्म चलाएको छैन भने पनि केही छैन, अब चलाउँदा हुन्छ ! आइफोन र एन्ड्रोइड दुवैको लागि इन्स्टाग्राम उपलब्ध छ ! तपाई मोबाइलबाट फोटो खिच्न रुचाउनुहुन्छ र अनलाइनमा आफ्नो फोटो सेयर गर्ने गर्नुहुन्छ भने, इन्स्टाग्राम तपाईको लागि उपयुक्त फोटो सेयरिङ एप हुनसक्छ ! के हो इन्स्टाग्राम? साधारण भाषामा भन्दा ‘इन्स्टाग्राम’ एउटा फोटो सेयरिङ एप्लिकेशन हो, जुन आईफोन र एन्ड्रोइडको लागि उपलब्ध छ ! आफूले मोबाइलबाट खिचेका फोटोहरुलाई, एपको माध्यमबाट अझ कलात्मक बनाइ, यसबाट अनलाइनमा सजिलो सँग आफ्नो फोटोहरु सेयर गर्न सकिन्छ । इन्स्टाग्राम पनि एकप्रकारको मोबाइल सोसल नेटवर्किङ साइट नै हो, जहाँ आफ्ना फोटोहरु अपलोड गर्न सकिन्छ, अनि ट्विटर कै जसरी साथीहरुलाई फलो गर्न सकिन्छ, अनि साथीहरुले तपाईलाई पनि फलो गर्न सक्छन् ! अनि तप