एप्पल, माइक्रोसफ्ट, गुगल पछि अब सोसल नेटवर्किङ साइट फेसबुकले पनि आफ्नै स्मार्टफोन निर्माण गर्ने भएको छ । अलथिङ्स डिजिटल ले जनाए अनुसार फेसबुक ले ताइवानी कम्पनी ‘एचटिसी’ सँग मिलेर “बफी” नाम दिइएको फेसबुक फोन निर्माण गर्ने भएकोहो । गुगलले विकास गरेको ‘एन्ड्रोइड’ अपरेटिङ सिस्टमलाई फेसबुकले आफ्नो अनुकुल परिवर्तन गरेर फोनमा प्रयोग गर्नेछ । आइफोन, एन्ड्रोइड, विन्डोजफोन सँगै अब बजारमा एक डेढ वर्षभित्रमा फेसबुक फोन पनि देखिनेछ । आ-आफ्ना स्मार्टफोन र ट्याबलेटहरु मार्फत आ-आफ्ना सेवा र सुविधा प्रदान गर्न टेक्नोलोजी कम्पनीहरु विच ठूलै युद्ध नै चलेको छ भन्दा फरक नपर्ला । एन्ड्रोइड फोनमा गुगलको सोसल नेटवर्क “गुगलप्लस”, एप्पलको आइफोनमा माइक्रोब्लगिङ साइट ट्विटरलाई विशेष प्राथमिकता दिए जस्तै फेसबुकलाई अझ व्यापक बनाउन फेसबुकको सेवा तथा सुविधालाई विशेष प्राथमिकता दिएर फेसबुक फोन “बफी”को निर्माण हुनेछ । फेसबुकले गुगलले नै विकास गरेको मोवाइल अपरेटिङ सिस्टम “एन्ड्रोइड” प्रयोग गर्ने भएपनि फेसबुकको यो यात्रा त्यति सहज भने हुनेछैन । गुगलले एकपटक एन्ड्रोइडको कोड सार्वजनिक गरेपछि जो कोहीले त्यसलाई आफ्नो अनुकुल