Skip to main content

दृष्टिविहिनका लागि सुन्ने किताव बनाऔँ [Lets build audio books for visually impaired persons] #SocialCause

नेपाल मा करिव ४ लाख दृष्टिविहिनहरु छन् । देशमा सयौँको सङ्ख्यामा स्कुल कलेज पनि छन् । तर पनि नेपालका दृष्टिविहिन दाजुभाइ दिदीबहिनीहरुले ती कलेजहरुबाट उच्च शिक्षा लिन सक्ने वातावरण छैन । कक्षा १० या भनौँ एसएलसी सम्म पढ्नको लागि केही संघसंस्थाहरुले ब्रेललिपीमा पाठ्यसामाग्री निर्माण गरिदिएकाछन् । तर त्यसपछि उच्च शिक्षा हासिल गर्न खोज्ने दृष्टिविहिनहरुको लागि अगाडि बढ्ने बाटो सजिलो छैन, उच्च शिक्षाका लागि आवश्यक पाठ्यपुस्तकहरु ब्रेललिपीमा छैनन् ।  उनीहरुले आफ्नो पाठ्यपुस्तक आफ्न साथिभाइ र परिवारलाई पढाउन लाउनु पर्ने अवस्था छ ।

Lets Build Books for Visually Impaired Peopleतपाई ती दृष्टिविहिनहरुलाई उच्चशिक्षा को लागि सहयोग गर्नसक्नुहुन्छ ।

आँखाका अपाङ्गता भएका या भनौँ दृष्टिविहिनहरुका लागि सुन्ने किताव बनाऔँ (Lets build audio books for visually impaired persons) भन्ने उदेश्य लिएर काठमाडौँ, अनामनगरमा रहेको “राष्ट्रिय अपाङ्ग पुनर्स्थापना समाज” ले सुन्ने किताव बनाउने अभियान सञ्चालन गरिरहेकोछ । सुन्ने किताव बनाउने अभियान अन्तर्गत  अभियानका स्वयंसेवकहरुले उच्चशिक्षाका पाठ्यपुस्तकहरुलाई रेकर्ड गरेर सहयोग गरिरहेकाछन् ।

कसरी सहयोग गर्ने?

अभियानलाई सहयोग गर्न निकै सजिलो छ । दृष्टिविहिनहरुका लागि सुन्ने किताव बनाउन इच्छुक व्यक्तिहरुले, ती पाठ्यपुस्तकहरुलाई आफ्नो आवाजमा कम्प्युटरमा रेकर्ड गर्न सक्छन् । अनि रेकर्ड गरिएका सुन्ने किताव राष्ट्रिय अपाङ्ग पुनर्स्थापना समाजलाई बुझाउनसक्छन् ।

राष्ट्रिय अपाङ्ग पुनर्स्थापना समाजले पाठ्यपुस्तक देखि लिएर, रेकर्ड गर्ने सफ्टवेयर तपाईलाई उपलब्ध गराउँछ । सफ्टवेयर चलाउनका लागि आवश्यक पर्ने ‘ट्रेनिङ’ पनि तपाईले पाउनुहुन्छ । तपाईले मात्र आफ्नो ‘स्वर’ दृष्टिविहिनहरुका लागि उपलब्ध गराउनु पर्नेछ ।

Recording Audio Books

तपाईको एउटा सानो सहयोगले दृष्टिविहिनहरुले पढ्न पाउँछन् भने, गर्ने हैन त सहयोग? यस अभियान सम्बन्धि अधिक जानकारीको लागि अभियानको फेसबुक पेज हर्नुहोला !

तपाई सहयोग गर्न चाहनुहुन्छ भने Lets Build Audio Books For Visually Impaired People फेसबुक पेज मार्फत सम्पर्क गर्नसक्नुहुन्छ । वा तपाईले सागर प्रसाईलाई [email protected] मा ईमेल वा फेसबुकमा https://www.facebook.com/sagarprasai  मार्फत सम्पर्क राख्न सक्नुहुन्छ । शारिरीक रुपमा अशक्त सागर प्रसाई “राष्ट्रिय अपाङ्ग पुनर्स्थापना समाज” मा ट्रेनिङ कोर्डिनेटर हुनुहुन्छ।

Comments

  1. प्रतिक्रियाका लागि धन्यवाद ! सायद अब गर्छन् कि !

    ReplyDelete
  2. ३-४ महिना पूर्व Google+ मा कस्तै यसै श्रव्यपुस्तकोबारेमा प्रेषणगर्नु(post) भयो र मैले स्वयंसेवा गर्ने भनेर सम्पर्क गरेँ, एक दिन पछि phone आयो र मेरो सूचना र सेवा इच्छाको जानकारी लिईयो र भनियो, "चाँडै सम्पर्क गर्छौँ" तर आज सम्म पनि गरेका छैनन्। गर्छु भन्नेलाई केहि नगर्ने अनि हल्ला खल्ला मात्रै गर्ने।

    ReplyDelete
  3. म अहिले विदेश मा छु सहयोग कसरि गर्न्न सकिन्छ हामी तयार छौ

    ReplyDelete
  4. प्रकाश जी,
    तपाईले सागर प्रसाईलाई [email protected] मा ईमेल वा फेसबुकमाhttps://www.facebook.com/sagarprasai  मार्फत सम्पर्क राख्न सक्नुहुन्छ । 

    ReplyDelete
  5. Ujjawal Ji, where are you. May be we had some misunderstandings because there are many people calling every day to volunteer in our project. May be you had called and our staffs couldnt keep track of you. You are welcome to join us, if you wish too. mail me at                       sagar[at]nrsd.org.np 

    ReplyDelete

Post a Comment

Popular posts from this blog

मुगु अनुभव - यात्रा

...सुर्खेतमा (हुन त नेपालगन्जबाट पनि सिधा हवाइ सम्पर्क छ, मुगुमा) टिकट पाउने लम्बेतान संघर्ष(?) पछी मुगूको लागि उडान निश्चित हुन्छ । कपडा र आवश्यक केही सरसामानहरुको गह्रुङ्गो झोला सहितको काउन्टर चेक इन पछी डिपार्चर रुम मा छिर्न पाउनु खुबै आनन्द लाग्दो हुन्छ किनकी अब टिकटको लागि हिजो जस्तो संघर्ष गर्नुपर्ने छैन । डिपार्चर रुम को बातावरण पनि रोचक छ । बिमान कम्पनिहरुले दिने १५ किलो को तौल सिमिततालाई छल्न कैयनले अनेकौँ पत्र कपडा लगाएका हुन्छन र कोहिले मुगुमा पाइन्न भनेर लहलहाउँदा रायोका साग र कतिले ब्रोइलर कुखुराका मासु कोसेलिका रुपमा बोकेका हुन्छन । ...एउटी जरखरिएकी एअरहोस्टेस औपचारिक स्वागत गर्छे र सबैलाई सिटबेल्ट बाँध्न निर्देश गर्छे अनी नजानेका यात्रुलाई हप्काइको भाषामा बाँध्न पनि सिकाउँछे । म भने सिटको अघिल्तिर राखिएको आपतकालिन सुरक्षा निर्देशिकाको सानो पन्ना पल्टाउँदै एअरहोस्टेसको ब्यबसायिकताको बारेमा सोच्न लाग्छु । एअरहोस्टेस 'यती एअरलाइन्स' लेखिएको खोलले बेरिएको चकलेट र कपासका टुक्राहरु किस्तिमा बोकेर आउँछे । धन्यवाद सहित म एउटा चकलेट र दुई टुक्रा कपास निकालेर कानमा राख्छ

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

म र ऊ - एउटा अनलाइन भेट [कथा]

“तिमी को हो?” मेरो प्रश्न थियो! उसले भनी, “खुशी” । “को खुशी”, मैले सोधेँ ! “ह्या, कस्तो नचिन्या होला? म खुशी के ! रहर, छायाँ, खुशी जे भने नि म नै हो के”, उसको जवाफ ! “ए, तिमी पो, कता हराकी थियौ? अब के भनौँ त तिमीलाई उसोभए?” “जे भने नि हुन्छ!” “उसोभए म खुशी भन्छु है”, मैले भनेँ ! उसले हुन्छ भन्ने जनाउ दिन, आँखा सन्काइ र लेखी “हे हे” । कुरा यसरी नै सुरु भएको थियो च्याटमा ! च्याटमा को सँग कुरा गरिरहेछु, आफैँलाई पत्तो छैन, न पहिले च्याट गरिएको थियो, न भेट नै गरिएको थियो । ट्विटरमा नाम परिवर्तन गरिरहने ऊसँग ट्विटरमा आक्कल झुक्कल कुरा गरिने भएपनि उनको ‘म्यासेज’ पहिलोपल्ट च्याटमा अकस्मात आइपुगेको थियो ! म उनको बारेमा प्रस्ट हुन सकिरहेको थिँइन ! अत: फेरि सोधेँ, “यो खुशी को हो?” मेरो प्रश्नले, उसले आफू दुखित भएको जनाउ दिन लेखी “:(” “हैन किन यति रिङ्ग्याएको मलाई”, मैले सोधेँ । “नाम मे क्या रखा है? ;)”, उसको जवाफ ! “नाममा धेरै कुरा राख्या छ हजुर, चिन्नु त पर्यो नि, आफू कोसँग कुरा गर्दैछु भनेर”, मैले भनेँ ! “पिक द नेम, तिम्लाई जुन मन पर्छ त्यही राख”, उसले मलाई नाम छान्ने अधिकार दिई ।

नेपाली टाइप गर्ने सजिलो तरिका

मदन पुरस्कार पुस्तकालयले  २००७  २००३-४ ताका नेपाली युनिकोड किबोर्ड लेआउट, रोमनाइज्ड र ट्रेडिसनल सार्वजनिक गर्यो । नेपाली टाइपिङ (ट्रेडिसनल) जान्दै नजान्ने (कहिले नेपाली टाइप नगरेको) मैले, मदन पुरस्कार पुस्तकालयले सार्वजनिक गरेको रोमनाइज्ड नेपाली युनिकोड किबोर्ड लेआउट कम्प्युटरमा राखेर पहिलो पटक कम्प्युटरमा नेपाली भाषामा लेखेँ । यसविचमा कम्प्युटर तथा मोबाइलको लागि धेरै किसिमका नेपाली किबोर्ड लेआउट तथा एप्सहरु आइसकेकाछन्, तर पनि इन्टरनेट प्रयोगकर्ताहरु नेपाली टाइप गर्नुपर्दा अप्ठ्यारो मान्छन् । मलाई धेरैले सोध्ने गरेको प्रश्न भनेको, "फेसबुकमा कसरी नेपाली टाइप गर्ने?" अत: यो ब्लगमा मदन पुरस्कार पुस्तकालय (मपुपु) ले निर्माण गरेको नेपाली युनिकोड किबोर्ड लेआउट बारे चर्चा गर्दैछु। प्रिती, कान्तिपुर लगायतका 'ट्रु टाइप फन्ट' (ttf) प्रयोग गरेर ट्रेडिसनल लेआउटमा नेपाली टाइप गर्ने प्रयोगकर्ताहरुले, नेपाली ट्रेडिसनल युनिकोड किबोर्ड लेआउट राखेर, इन्टरनेटमा सजिलै सँग नेपालीमा लेख्न सक्छन् । भन्नुको मतलब, तपाईलाई पहिले नै नेपाली टाइपिङ आउँछ भने टाइपिङ गर्ने तरिका उही हुन्छ, उही &q

My First Post on Blog

LUST : Worldwide Release [Watch Nepali Movie LUST] #Movie

Nepali blog “ Aakar Post ” has released a short Nepali Movie "LUST" in an Internet for the first time on 14th February on the occasion of Valentine’s Day. Watch Nepali Movie LUST Movie name: LUST Run time: 22 minutes 15 seconds Actors: Manisha Bista & Pawan Jha Director: Rajan Kathet Producer: Praveen Samuel Thapa Script/ screenplay: Abhimanyu Mani Acharya Dixit Cinematographer: Shail Shrestha Editor: Bijen Shrestha One line description of the movie: They have different plans for each other. Release Note:  We are happy to release an award wining ( BUDS Film Fiesta - Best Film Award ) Nepali Short Movie ‘LUST’ worldwide on our blog www.aakarpost.com  as a Valentine's Day gift. We hope it will be a perfect gift for you on the occasion of Valentine’s Day. May be, we are the first Nepali Blog to release Nepali Movie officially on Blog. We would like to thank, Film Production Team, our readers and viewers.

Subscribe to Aakar Post