डा. बाबुराम भट्टराईले फायरसाइडमा दिएको अन्तरवार्ताको सार [PM Baburam Bhattarai Interview in Fireside] #Nepal
प्रधानमन्त्री डा. बाबुराम भट्टराईले कान्तिपुर टेलिभिजनको कार्यक्रम फायरसाइडलाई अन्तरवार्ता दिँदै मन्त्रीमण्डल ठूलो बनाउनु आफ्नो बाध्यता रहेको बताएकाथिए । देशका युवाहरुले आफूबाट धेरै आश गरेको बताउँदै भट्टराईले आफ्नो छवि विग्रन सक्ने कुरामापनि आफू सचेत रहेको बताएकाथिए । शान्ती र संविधानको लागि आफूले स्याक्रिफाइस गरेको भन्दै, आफ्नो ठूलो मन्त्रिमण्डल विस्तार गर्ने कार्यको बचाउ गरेकाथिए । ठूलो मन्त्रिमण्डलको बारेमा राखिएको एक जिज्ञासामा डा. भट्टराईले सबै मन्त्रीलाई नचिन्ने बताए । भट्टराईले भने, “मलाई मन्त्री छान्ने सुविधा मलाई छैन। कति मन्त्रीलाई त म चिन्दा पनि चिन्दिन नाम पनि थाहा छैन। संयुक्त सरकारको वाध्यता हो यो।” बालकृष्ण ढुंगेलको बारेमा गरिएको कुराकानीमा भने अब सर्वोच्चले जे फैसला गर्छ त्यो मान्य हुनेबताए । दिपक भट्टराईले गर्नुभएको ट्विटहरु समेटेर हामीले यो ब्लग तयार पारेका छौँ !