Skip to main content

Posts

Listen to Kalyani Dharti (The Good Earth) आज को श्रुति संवेग को यो अंकमा हामीले पर्ल एस वक् व्दारा लिखित ‘द गुड अर्थ’ (The Good Earth) को नेपाली अनुवाद ‘कल्याणी धर्ती’ लिएर आएका छौँ । ‘द गुड अर्थ’ अमेरिकी लेखिका को चिनियाँ कथा मा आधारित विश्व प्रसिद्ध उपन्यास हो । पैरवी बुक्स ले प्रकाशन गरेको ‘द गुड अर्थ’ को नेपाली अनुवाद टिकाराम शर्मा ले गरेका हुन् । सन् १९३८ मा ‘द गुड अर्थ’लाई साहित्य तर्फ को नोबेल पुरस्कार प्रदान गरिएको थियो । ‘द गुड अर्थ’ ले दक्षिणी चीन को गाउँ को कथा बोकेको छ । कल्याणी धर्ती रेडियो उज्यालो ९० मेगाहर्ज बाट श्रुति संवेग का अंकहरुमा बजिसकेको छ । १६ अंक मा प्रशारण भएको कल्याणी धर्तीलाई सदा झैँ अच्युत घिमिरे ले वाचन गर्नुभएको छ । कल्याणी धर्ती का सम्पूर्ण अंकहरु डाउनलोड गर्नुहोस् ! Kalyani Dharti (The Good Earth) Episode - 1 Kalyani Dharti (The Good Earth) Episode - 2 Kalyani Dharti (The Good Earth) Episode - 3 Kalyani Dharti (The Good Earth) Episode - 4 Kalyani Dharti (The Good Earth) Episode - 5 Kalyani Dharti (The Good Earth) Episode - 6 Kalyani Dhar

नेपाली युवा फोटोग्राफरहरु को संगठन नेपालफोटोग्राफी डट ओआरजी (Nepalphotography.org) ले एनपीफोटो ( www.npfoto.com ) नामक वेवसाइट आजबाट सञ्चालन मा ल्याएकोछ । साइटलाई, नेपाली फोटोग्राफरहरु को अनलाइन फोटो ग्यालरी को रुपमा  सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।   ‘वेटा भर्सन’ को रुपमा सार्वजनिक गरिएको साइटमा हाललाई साइटका सदस्यहरुले मात्र फोटो अपलोड गर्न पाउँछन् । साइटलाई नेपाली फोटोग्राफरहरुले खिचेका उत्कृष्ट फोटोहरु को संग्रह बनाउने लक्ष्य रहेको कुरा, नेपालफोटोग्राफी डटओआरजी का एक सदस्य गौरवध्वज खड्का बताउँछन् । नेपालफोटोग्राफी ले सञ्चालन गरेको साइट ‘एनपी फोटो’ को निर्माण स्वप्निल आचार्य ले गरेका हुन् । उनका अनसार यो साइट फोटो संग्रह मात्र नभइ, नयाँ प्रतिभाहरु को आफ्नो प्रतिभा देखाउने उपयुक्त ‘प्लेटफर्म’ पनि हो  । नेपाली फोटोग्राफरहरु को लागि सुनौलो अवसर तपाई फोटोग्राफी गर्नुहुन्छ भने, ‘ एनपी फोटो’   तपाई को लागि उपयुक्त ‘प्लेटफर्म’ हुनसक्छ । हाललाई निमन्त्रणाबाट मात्र प्रयोग गर्न मिल्ने यस साइटमा यहाँबाट साइनअप गर्नसक्नुहुन्छ । साइट को ‘ ग्यालरी ’ मा गएर, अहिलेसम्म अपलोड गरिएका फ

The eighth edition of Film Southasia, the festival of Southasian documentaries is going to kick off today (on Thursday, 29 September) at Kumari Cinema, in Kamal Pokhari with Journey to Yarsa at 12 PM. The film by Dipendra Bhandari tells the story of a family from Rukum joining the harsh expedition to collect yarsagumba in the high Himal. The opening will be graced by the eminent Bangladeshi filmmaker Catherine Masud. Film South Asia (FSA)  ’11 will showcase 36 outstanding non-fiction films, selected from nearly 400 entries received, from all over Southasia. Selected films are from Afghanistan, Bangladesh, Burma, India, Nepal, Pakistan, Sri Lanka and the Tibet Autonomous Region. Six of the films being shown will have their Southasia premieres at FSA ’11. Altogether 20 filmmakers are expected to participate in FSA ’11, who will lead discussions after screenings. The film adjudged the best by the jury will receive the Ram Bahadur Trophy, which carries with it a cash award of USD 2,0

Listen to Bulbul Episode-109 शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री  गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ । प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।" Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulbul[at]unn.c

असोज ११ गते बुधवार प्रतिपदा तिथि, आज घटस्थापना । आज को दिन १० बजेर २७ मिनेट मा जमरा राख्न को लागि साइत उत्तम रहेको कुरा पञ्चांग निर्णायक समितिले जनाएको छ । आज बाट बिधिवत रुपमा दशैँ भित्रिएको छ । आज राखिएको जमरा विजयादशमी को दिन प्रसाद को रुपमा मान्यजन बाट लगाइने गरिन्छ । घटस्थापना कसरी गरिन्छ? दशैँघर वा पुजाकोठामा बालुवा र माटो मिलाएर बनाएको सम्मिश्रणमा जमरा राखिन्छ । दियो, कलश, गणेश आदि स्थापना गरेर विधिवत रुपमा घटस्थापना गरिन्छ ।घर को पुजा कोठा वा दशैँघरमा घडामा बाहिरबाट माटो र गोबर टाँसेर त्यसमा गहुँ,जौ, मकै आदि छरिन्छ । उक्त घडालाई टपरी मा राखिएको चामल माथि राखिन्छ । घडा को बाहिर गहुँ,जौ आदि छरिन्छ भने, भित्र चाँही पानी राखिन्छ र माथिबाट आँप, पिपल लगायत का पात र फूल राखिन्छ । साथै, आफ्नो देवीदेउता, कुल आदिलाई चढाउनुपर्ने स्थानअनुसार दुनामा पनि जमरा राखिन्छ । अष्टमीको दिनमा भने खुँडा,खुकुरी,चुलेसी,चक्कु आदि लगायतका हतियारहरु को पनि पुजा गरिन्छ । घटस्थापना गरेपछि ९ दिन सम्म शक्ति की प्रतिमुर्ती देवीको आराधना गरिन्छ । आफ्नो परम्परा र रितिस्थिति अनुसार दशैँ सबैले आ-आफ्नै रुपमा

यो कुरा धेरैले देखेका होलान्, केहीले मात्र नियालेर हेरेका होलान् र थोरैले मात्र बुझेका होलान् । कुरा हो पाटन दरवार स्क्वायरमा अवस्थित तिनवटा मुर्ति को, जुन मुर्ति ले पाटन दरवार स्क्वायार को इतिहास बताउँछ । मंगलबजारबाट पाटन दरवार स्क्वायर छिर्दै गर्दा बाटो छेवै को दायाँ तिर को घर अगाडि ३ वटा ऐतिहासिक मुर्तिहरु छन् । देख्नेलाई ३ वटा मुर्तिहरु मात्र लाग्नसक्छ, तर त्यसपछि लुकेको कथा रमाइलो र आश्चार्यजनक छ । ती मुर्तिहरु को बारेमा बुझेपछि त्यसवेला को मानिसको सोच्ने क्षमता को हामीलाई कदर गर्न करै लाग्छ । ती ३ वटा मुर्तिहरु हेरेर यो पाटन दरवार कसले बनायो/बनाउन लगायो भन्ने कुरा थाहा हुन्छ । मुर्ति हेरेर कसरी कसैले त्यस्तो भन्न सक्छ होला भन्ने कौतुहलता लाग्नु स्वभाविक नै हो ! तल ती मुर्तिहरु को फोटो छ, फोटो आफैँ बोलिरहेको छ, तर बुझ्नु नबुझ्नु तपाई को कुरा ! माथि को फोटोमा हेर्नुस्, ३ वटा मुर्ति छन् । वाँया बाट पहिलो मूर्ति भगवान गणेश को हो, गणेश ले आफ्नि श्रीमतीलाई अँगालोमा राखेकाछन् । दोस्रो मुर्तिमा भगवान विष्णु को आधा मान्छे र आधा सिंह को रुप नरसिंह अवतार चित्रित छ । अन्तिम मुर्ति भगवा

फेसबुक को ‘एफ एट’ (f8) ‘डेभ्लपर कन्फ्रेन्स’ मा फेसबुक का सहसंस्थापक तथा कार्यकारी प्रमुख मार्क जकरवर्ग ले फेसबुकमा हुन लागेको नयाँ परिवर्तनहरु बारे जानकारी दिएकाछन् । अब हिजो अस्ति सम्म चलाइँदै आएको फेसबुक को हुलिया केही दिनभित्र नै परिवर्तन हुने भएको छ । बारम्बार आफ्नो डिजाइन परिवर्तन गरिरहने फेसबुक ले यसपटक पनि आफ्नो डिजाइन मा आमुल परिवर्तन गरेको छ । सानफ्रान्सिस्को मा भइरहेको कन्फ्रेन्स मा बोल्दै, मार्क जकरवर्ग ले ‘फेसवुक प्रोफाइल’ मा आमूल परिवर्तन गरिएको बताएकाछन् । फेसबुक मा ‘टाइमलाइन’ भन्ने ‘फिचर’ थप गरिएको छ, ‘टाइमलाइन’ को अर्थ हुन्छ, तपाईले गरेका कामहरु, बिताएका पलहरु, कहाँ जानुभयो, के गर्नुभयो भन्ने कुरालाई समय क्रम मा राखिने छ । समग्रमा भन्दा ‘टाइमलाइन’ ले अब आफ्नो इतिहास बताउने छ । फेसबुक मा इतिहास भइसकेका हाम्रा फोटोहरु, स्टाटस अपडेटहरु र आफ्ना कार्यक्रमहरुलाई अब फेसबुकले ‘अटोमेटिक’ रुपमा ‘टाइमलाइन’ मा देखाउने छ । यसलाई आफ्नो ‘इतिहास’ वा आफ्नो ‘जिवनकथा’ को रुपमा बुझ्न सकिन्छ । फेसबुकमा लेखिएका स्टाटसहरु हेर्न हामीसँग, ‘ओल्डर पोष्ट’ स्क्रोल गर्दै आफ्ना पुरानाकुराहरु हेर

Listen to Bulbul Episode-108 शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री  गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ । प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।" Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulbu

भूकम्प आउँदा गर्नुपर्ने सबैभन्दा महत्वपूर्ण काम भनेको आफ्नो ज्यान बचाउनु हो । भूकम्प आउँदा डेस्क, टेलबमुनि लुक्नुपर्छ, ढोका तल उभ्भिनुपर्छ आदि सुन्दै, पढ्दै र देख्दै आइरहेकाछौँ । संसार भरि नै भूकम्प आउँदा यस्तै गर्नुपर्छ भनेर सिकाइन्छ, पढाइन्छ । रेडक्रस लगायत विश्व समूदाय ले यसैलाई ज्यान बचाउने प्रमाणित सिद्धान्त मान्दै आइरहेकाछन् । आज एउटा नेपाली ब्लगमा, ‘यो तरिका त ज्यानमारा हो, ट्रयाङ्गल अफ लाइफ’ मात्र ठिक हो भने जसरी ब्लग लेखिएको रहेछ ।  ‘डाउग कप’ को  ‘विवादास्पद सिद्धान्त’ लाई आधिकारिक मान्दै, डेस्क, टेबल को तल भन्दा छेउ मा बस्नुपर्ने सुझाइएको छ । अझ भूकम्प आउँदा खाटमुनि हैन, खाटछेउ मा बस्नु भनेर सुझाइएको रहेछ । जति जति पढ्यो, उति उति उल्टो लाग्दैगयो, त्यहाँ लेखिएका कुराहरु । अपवादहरु जहिँ तहिँ हुन्छन् तर एक-दुइवटा ठाउँको उदाहरण दिँदै यही नै ठिक हो भनेर किटान गर्न सकिँदैन । भूकम्प आएको समयमा यस्तै गर्नुपर्छ, यस्तै हुनुपर्छ र यस्तै हो भनेर भन्न कठिन छ । यो ब्लगमा भूकम्प आउँदा यसै गर्नुस् भनेर सुझाव दिन त सक्दिन, तर ‘ट्रयाङ्गल अफ लाइफ’ सिद्दान्त भन्दै यसैको पछि नकुद्न आग्रह गर्छ

मेरो सबैभन्दा प्यारो थियो उ। जहाँसुकै जाँदा होस्,जेसुकै गर्दा होस् हामी प्राय सँगै हुन्थ्यौं। जब म थकित हुन्थें, उ मेरो साहारा बन्थ्यो। मेरो सुख दु:खको एकमात्र साथी थियो उ। त्योबेला मा उसको प्रशंसा गरेरै थाक्दिनथें, उसले दिने खुशीको बर्णन गर्न सक्दिनथें। उ बीनाको मेरो जिबन अकल्पनिय थियो। मेरो परिवार, साथीसँगी मेरो उप्रतिको लगाव देखेर चिडिन्थे। हेर्दाखेरी उ अरुको भन्दा राम्रो थियो, मोर्डन खालको थियो, त्यसैले मलाई लाग्थ्यो सबैजना मेरो डाह गर्दथे। बिस्तारै समय बदलिँदै गयो, हामी ठुला भयौँ, अनि समय सँगै हामी परीवर्तित् हुँदै गयौँ। मलाई उसले सोच्दो हो, यो स्वार्थी भई, मलाई बिर्सिइ। तर म के गरौँ? उसलाई जे चाहिन्छ, त्यो म उसलाई दिन सक्दिन, मेरो चाहना उसले पुरा गर्न सक्दैन। त्यसमाथि मेरो जिबनमा उसका धेरै बिकल्प आइसके। अब उ मेरो जरुरतबाट रहरमा बदलिएको छ। कुनै दिन म उ बीनाको जिन्दगी कल्पना गर्न सक्दिनथें, आज म आँफै उसको साथ चाहँदिन। अतितको मेरो सबै भन्दा प्रिय उ, अहिले कहाँ छ, कुनै अड्कल् समेत छैन मलाई। मेरा सँगीहरुको सामुन्ने उसले एकपटक मेरो बेइज्जत गराएको थियो। शायद १० बर्ष अघि हो, तीजको