फेसबुकमा साथि बनाउने, फोटो हेर्ने, कमेन्ट लेख्ने, ‘गेम’ खेल्ने मात्र नभइ अब फेसबुकबाटै सिधै गीत-संगीत को आनन्द लिन सकिनेछ । अब कुनै गित सुन्नपरे, फेसबुक मा सर्च गरे हुन्छ । यही सेप्टेम्बर २२ मा सानफ्रान्सिस्को मा हुने फेसबुक ‘f8’ ‘डेभ्लपर मिट’ मा फेसबुक ले “फेसबुक म्युजिक” सार्वजनिक गर्ने तयारी गरिरहेको कुरा ‘सिएनबिसी’ ले जनाएको छ । फेसबुक संगीतको लागि स्पोटिफाइ, र्यापसोडि,स्ल्याकर आदि विभिन्न कम्पनीहरुसँग फेसबुक को कुराकानी चलिरहेको छ । गिगाओम का अनुसार, फेसबुक म्युजिक आएपछि फेसबुक को वाँया साइडमा फोटो, फ्रेन्डस सँगै “म्युजिक” भन्ने ट्याब देखिनेछ । त्यस ट्याबमा क्लिक गरेर ‘म्युजिक ड्यासबोर्ड’मा गइ फेसबुकमा गीत-संगीत सुन्न सकिनेछ । फेसबुक को म्युजिक ड्यासबोर्डमा, Music Notifications, Recommended Songs, Top Songs, Top Albums from Friends, Recent Listens आदि कुराहरु हुनेछ । जहाँबाट आफूलाई मन परेको गित सुन्न सकिनु को साथै, साथीहरुले के सुनिरहेकाछन्, आफूले के कति पटक सुनियो आदि कुराहरु जान्न सकिनेछ । हाललाई फेसबुक म्युजिकमा अंग्रेजी गितहरु मात्र उपलब्ध हुनेछ । अहिले च्याट ‘आइकोन’ ...