ट्विटर ले जुटाइदिएको साथीभाइ बिच को भेटघाटबाट एउटा नयाँ अवधारणाले जन्म लिएको थियो, नयाँ वानेश्वरको छक्कुबक्कु मा चिया पिउँदै गर्दा ! हाम्रो सानो ४ जना को ‘ग्याङ’ ट्विटर बाट बनेको थियो । नामै तोकेर भन्दा, प्रमोद, निरज, इश्वर अनि म । हाम्रो बाक्लिँदै गएको भेटघाट अनि भेटघाटमा हुने गफगाफ बाट केही गरौँन भन्ने कुराले जन्म लिएको थियो । हामी ट्विटेहरुको सानो समूहले सानो काम गर्ने सोच्यो, सबै साथीहरुलाई आग्रह गरियो, सबै को समर्थन पाइयो, सुरुभयो हाम्रो एककिसिम को सामाजिक अभियान त्यो पनि ट्विटर चलाउँदै । आइतबार तेस्रो मिसन पनि सम्पन्न भयो । अघिल्लो दुइवटा मिसन मा म पनि सँगै थिए तर तेस्रो मिसन चलिरहँदा म अन्तै व्यस्त भइरहेछु । पहिलो मिसन मा जाँदा सबैभन्दा ‘सक्सेसफुल’ मिसन त्यही नै हो भन्ने लागेको थियो, हुन पनि हो त्यो हाम्रा लागि निकै अविस्मरणिय क्षण थियो । अनि ट्विटरबाट भेला भएका साथीहरुले आफ्नो निस्वार्थ भावले, कार्यक्रम सफल बनाउनु भएको थियो । पहिलो, दोस्रो हुँदै तेस्रो मिसन पनि सकियो । तेस्रो मिसन को तस्विरहरु ट्विटपिक, पिकासा र फ्लिकर मा हेर्दै जाँदा मन एकोहोरो भएको छ, मन केही भक्कानिएको छ