टिकट काटिसकेका कारण, पट्ना पुगिन्छ भन्नेमा विश्वस्त थिँए । बाटो के कस्तो हुने हो, कहाँ बाट जाने हो, कता पुग्ने भन्ने कुनै पनि किसिमको कुरा दिमाग आएको थिएन, एकहिसाबले भन्दा मनमा कुनै किसिमको डर लागेको थिएन । त्यसमाथि निरजले, पट्ना हनुमान मन्दिर नजिक नै ट्रेन स्टेशन छ भनेको कारण, एक किसिमको ढुक्क जस्तो पनि थिँए, तर पनि मलाई के हनुमान मन्दिर, के ट्रेन स्टेशन, केही थाहा थिएन । हुन त निरज र भोजराज दाइले दिएको सल्लाह कै आधारमा रक्सौलबाट पट्ना ‘नाइट बस’ मा जाने सोच घरमै बनाएको थिँए । त्यसमाथि साथि प्रदिप मार्फत पट्ना कै एक स्थानियलाई पनि फेसबुक मार्फत साथि बनाएको थिँए । अनि पट्नामा उ सँग भेट्ने सबै चाँजोपाँजो मिलाइसकेको थिँए, उसको फोन नम्बर म सँग थियो, अनि फेसबुकबाटै ३-४ पटक म्यासेज आदानप्रदान भएको थियो, अत: एककिसिमको ढुक्क थिँए । बस काउन्टर सँगै राखिएको सोफामा सुतिरहको मलाई ‘भाइसाब, उठिए’ भन्दै काउन्टरमा बस्ने व्यक्ति ले ब्यँझायो । ‘अब मे काउन्टर बन्द करके घर जा रहा हुँ’ । राती ८:२० को बस छ, बेलुका ५ बजे काउन्टरको मान्छे घर जान्छु भन्छ, ठगियो कि क्या हो जस्तो लाग्यो । तर लगत्तै उसले भन्यो