नयाँ संविधान जारी गर्न को लागि, अब १ महिना समय पनि बाँकी छैन । विगत मा समय थप्दा पनि, राजनितिक पार्टिहरुले संविधान बनाउन ध्यान दिएनन्, बरु सत्ता बाँडफाँड मै सबै अल्झिएर बसे । लाजमर्दो कुरा दर्जनौँ पटक प्रधानमन्त्री को निर्वाचन भयो । तलब/भत्ता चाँही खाने तर संविधान भने नबनाउने सभासदहरुलाई खबरदारी गर्न, केही युवाहरुले फेसबुक बाट संविधान समयमै जारी गर्न दवाव अभियान प्रारम्भ गरेकाछन् । “परिवर्तनका लागि हामी नेपाली एक” नामक नाम दिइएको फेसबुक पेजमा “ज्याला पूरा लियौ, अब संविधान देऊ” भन्ने नारा सहित संविधान समय मै बनाउन सम्वन्धित पक्षलाई आग्रह गरिएको छ ! फेसबुक बाट चालिएको यो कदमलाई समर्थन गर्दै, ३ सय जना भन्दा बढि व्यक्तिले यो पेजलाई ‘लाइक’ गरिसकेकाछन् र यो क्रम जारी रहेको छ। सबैको साथ र समर्थन हुने हो भने, फेसबुक मा जम्मा भएका समूहले साँच्चिकै भौतिक रुपमै उपस्थिति जनाएर दवाव दिएको खण्डमा अभियानले सफलता पाउने देखिन्छ । पोहोर माओवादीले गरेको अनिश्चितकालिन बन्द तोड्न पनि फेसबुक मा जम्मा भएको समूहले ठूलो भूमिका खेलेको थियो । अझ त्यसको नजिर र भर्खरै ट्युनिसिया र इजिप्टमा भएको कुर...