Skip to main content

Posts

The Night Train to Kathmandu is a 1988 English Movie that stars Milla Jovovich, Eddie Castrodad and Pernell Roberts. Movie ‘The Night Train To Kathmandu’ was directed by Robert Wiemer. Synopsis: Lily is forced to leave California with her parents and brother to Nepal. Being unimpressed with the country's culture and scenery, Lily braces herself for sheer boredom. Until she meets a mysterious Sherpa named Joharv who she falls in love with. Joharv leads Lily as well as her brother and her anthropologist father to search for the legendary invisible "City that Never Was" against the backdrop of the Himalayas. (via Wikipedia ) Though movie title is ‘The Night Train To Kathmandu’, don’t be confused there is noting to do with this title. Yes, there is no train in Kathmandu, but they met one Sherpa guy in train while they were heading to Nepal from India. And when they reach Kathmandu, they were impressed by the country's culture and the colorful streets of Kathmandu.

अर्थमन्त्री सँग गम्भिर मतभेद हुँदै राजिनामा दिएका सचिव रामेश्वर खनाल को बारेमा कुरा गर्न अस्ति बसेको मन्त्रीपरिषद को बैठकले देश को अर्थतन्त्र सुधार्न फेसबुक को नेपाली भर्सन ‘नेपाली फेसबुक’ मा लगानी गर्ने निर्णय गरेको छ ।   पाँच सय ‘मिलियन’ भन्दा धेरै प्रयोगकर्ताहरु भएको फेसबुक, विश्व मै सबैभन्दा धेरै हेरिने गुगल पछिको दोस्रो ठूलो साइट हो । हालै को तथ्याङ्क अनुसार नेपाल मा चाँही “फेसबुक” सबैभन्दा धेरै हेरिने साइट हो भने सबैभन्दा धेरै हेरिने दोस्रो साइट ‘गुगल’ हो । तथ्याङ अनुसार कुल जनसंङ्ख्याको २ दशमलव २ प्रतिशत (2.2%) नेपालीले ईन्टरनेट चलाउँछन् र ती २.२% भित्रका करिब ८ लाख ५० हजारले फेसबुक चलाउँछन् । सिएनएन को How much is Facebook really worth? भन्ने लेख अनुसार फेसबुकलाई  ६५ अर्ब डलर (नेपालीमा ४७.४५ खरब रूपैयाँ; फेसबुकभन्दा हाम्रो देशको वार्षिक बजेट १५ गुणा गरिब छ )  को साइट आँकिएको छ । त्यस्तै टेक्नोलोजी साइट ‘टेकक्रन्च’ ले  फेसबुकलाई याहु र इवे भन्दा धनी साइट को रुपमा चित्रण गरेको छ । (हेर्नुहोस् तलको चार्ट, स्रोत: टेकक्रन्च)   नेपाल का ‘इन्टेलिजेन्स’हरुले फेसबुक का बारे

केही महिना अघिको तथ्यांक अनुसार कुल जनसंङ्ख्याको  २ दशमलव २ प्रतिशत (2.2%) नेपालीले ईन्टरनेट चलाउँछन् र ती २.२% भित्रका करिब ८ लाख ५० हजारले  फेसबुक चलाउँछन् । ८ लाख ५० हजार प्रयोगकर्ताहरु मध्ये करिब ५ लाख ९० हजार पुरुष प्रयोगकर्ताहरु छन् भने २ लाख ६० हजार महिला प्रयोगकर्ताहरु छन् । हामीलाई उपलब्ध भएको इन्फोग्राफ अनुसार नेपाल मा फेसबुक चलाउने ५८ प्रतिशत ‘सिङ्गल’ छन् जसमा ४१ प्रतिशत पुरुषहरु महिलासित सम्बन्ध बनाउन चाहन्छन् भने करिब ४ प्रतिशत महिलाहरुले मात्र पुरुषहरुसित सम्बन्ध बनाउन चाहेका छन् । करिब १७ प्रतिशत ‘रिलेशनसिप’ मा रहेकाछन् भने २६ प्रतिशत फेसबुक प्रयोगकर्ताहरु विवाहित छन् । समग्रमा हेर्दा पुरुषहरु, महिला प्रति  आकर्षित भएको पाइएपनि, उमेर अनुसार महिलाहरुमा ‘विपरित’ लिङ्गी प्रति आकर्षण र विकर्षण रहेको पाइएको छ । १३ देखि १७ वर्ष सम्महरुको उमेर समूह हेर्दा, १३-१७ वर्ष सम्म का महिला (केटी)हरु पुरुषप्रति बढि आकर्षित भएको पाइएको छ । तथ्याङ्क अनुसार १७ वर्ष का उमेर का केटीहरुमध्ये करिब  ११ प्रतिशत प्रयोगकर्ताहरु पुरुष (केटा) प्रति आकर्षित भएको पाइएको छ । तर महिलाहरु को तुलनाम

विगत ३० दिन देखि पठनपाठन बन्द भएको काठमाडौँ विश्वविद्यालय धुलिखेलमा, भोलि देखि कक्षा पुर्ववत सुचारु हुने भएको छ । आज देखि कक्षा सुचारु हुने केयु प्रशासन को निर्देशन अनुसार आज केयु का स्कुल बसहरु धुलिखेल आएका थिए । तर  केयुका कम्प्युटर इन्जिनियरिङ दोस्रो वर्ष का छात्र नरेन्द्र विष्ट को हिजो असामयिक निधन भएपछि, आज कक्षा सञ्चालन गरिएन । विष्टको हिजो दोलालघाट (इन्द्रावती) मा डुबेर मृत्यु भएको थियो । विष्ट को सम्झनामा केयु ‘ब्वाइज होस्टल’ र प्रशासनिक भवन मा श्रद्धान्जली सभा को आयोजना गरिएको थियो । समस्या समाधान को लागि प्रशासन ले वार्ता गरिरहेको भन्ने सुनिएको छ भने निर्वाचन छानविन समिति ले पनि आफ्नो काम द्रुतगतिमा गरिरहेको कुरा हाम्रो जानकारीमा आएकोछ । यसैबिच एमाले समर्थित अनेरास्ववियु (अखिल) ले चाँडो भन्दा चाँडो समस्या समाधान गर्न आग्रह गर्दै अन्यथा आगामी सोमबार देखि कडा आन्दोलनमा उत्रने कुरा एक विज्ञप्ति मार्फत जनाएको छ । आशा गरौँ शुक्रबार (भोलि) देखि केयु मा कक्षाहरु पुर्ववत सुचारु हुनेछ !

Listen to Bulbul Episode-83 शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulbul[at]unn.com.np or to: ghimireachyut[at]gmail.com Download Bulbul : Episode-83

अघि ४ बजेतिर काठमाडौँ विश्वविद्यालय धुलिखेलमा केहीबेर नेविसंघ कार्यकर्ता र प्रहरीबिच सामान्य झडप भएको छ भने उत्तेजित समूहले केयु प्रशासनिक भवन लगायतका केही भवनका सिसाहरु फूटाइ दिएकाछन् । प्रत्यक्षदर्शी का अनुसार नेविसंघ का कार्यकर्ताहरुले केयु प्रशासनिक भवन मा आफ्नो आन्दोलनका कार्यक्रमको विज्ञप्ति टाँस्ने क्रममा सामान्य विवाद हुँदा प्रशासनिक भवनमा ढुंगा प्रहार गरेका थिए ।  केयु प्रशासनिक भवन मा ढुंगा हानेर, सिसा फुटाइदिएपछि प्रहरी जाइलागेको थियो । झडपमा १ विद्यार्थी र २ प्रहरी  घाइते भएकाछन् । घाइते विद्यार्थीलाई  प्रहरीले आफ्नो नियन्त्रण मा लिएकोछ । त्यसपछि बाहिरबाट बाइक मा दर्जनको संङ्ख्यामा आएका नेविसंघ समर्थति कार्यकर्ताहरुले प्रहरी ले दमन गर्यो भन्दै केयु गेटमा रहेको सुरक्षाकर्मी को पोष्ट तोडफोड गर्नुका साथै टेबुल, कुर्सी जलाइदिएका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरी ले १ सेल अश्रुग्यास प्रहार गर्नु का साथै १ राउन्ड हवाइफायर पनि गरेको थियो । गेटमा तोडफोड र आगजनि गर्दै बाइक चढेर केयु भित्र छिरेको अराजक समूहले ‘फार्मेसी  डिपार्टमेन्ट’ मा पनि तोडफोड गरेका थिए । त्यसपछि उक्त समू

हिजो केयुलाई बन्दमुक्त क्षेत्र घोषणा गरेको २४ घन्टा बित्न नपाउँदै आज फेरि केयु बन्द भएको छ । काठमाडौँ विश्वविद्यालका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरु लिएर काठमाडौँ बाट धुलिखेल तर्फ आउँदै गरेका केयु का बसहरुलाई काभ्रे को साँगाबाट नै नेविसंघ का कार्यकर्ताहरुले फर्काइदिएकाछन् । पढाइ भन्दा ठूलो नेता र पार्टि को चाकडी र चाप्लुसी सम्झिएका कारण आज २८ औँ दिन सम्म पनि केयु खुल्न सकेको छैन । केयुको नेविसंग इकाइ ले अस्ति कै दिन केयु खोल्ने लिखित सहमति गरिसकेको अवस्थामा, नेविसंघ कै कार्यकर्ताले साँगामा केयुका बस रोक्नु खेदजनक र लज्जाजनक छ । विश्वविद्यालय को आन्तरिक मामला मा राजनितिक पार्टिहरुले चलखेल गरेकै कारण आज सम्म पनि केयु खुल्न सकेको छैन । यसैविच केयुमा चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरुको समूहले केयु प्रशासनिक भवन अगाडि पढाइ सुचारु  गर्न माग गर्दै धर्ना दिएकाछन् ।

हिजो आन्दोलनरत ३ समूहका विद्यार्थी, ‘न्युट्रल’ विद्यार्थी र केयु प्रशासन सँग को वार्ता पछि २६ दिने तालाबन्दी खोलिँदै आज देखि केयु सुचारु भएको थियो । तर आज सहमति गर्ने १ समूहले आफ्नो भातृ संगठन नेविसंघ को दवाव र आडमा केयु का रजिष्ट्रार र उपकुलपति को कार्यकक्ष मा ताला लगाउन खोजेका भएपनि ताला लगाउन भने दिइएको छैन । हिजो आफैँले सहमति गरेर खोलिएको केयुमा आजै आफैँले तालाबन्दी गर्नखोज्नु दुर्भाग्यपुर्ण छ । सहमति धोका हो भन्ने मानसिकता सहित नेविसंघ का नेताहरु दलबल सहित केयु आएका छन् । सम्भावित दुर्घटना टार्नको लागि, प्रशासन ले क्याम्पस हातामा प्रहरीहरु परिचालन गरेको छ । हिजो सम्म पठनपाठन ठप्प भएको केयुमा, फेरि पनि पठनपाठन नहुने को कि भन्ने चिन्ता र दुविधामा विद्यार्थीहरु परेकाछन् । अहिले केयु प्रशासनिक भवन अगाडि करिब ३ सय को संङ्ख्यामा स्वतन्त्र विद्यार्थीहरु जम्मा भएर क्याम्पस बन्द गर्न पाइँदैन भन्दै नारा लगाइरहेकाछन् । उनीहरु रजिष्ट्रारलाई उपस्थित भएर कुरा सुन्न आग्रह गरिरहेकाछन् । विद्यार्थीहरु निरन्तर केयु खोल्नुपर्ने नारा लगाइरहेकाछन् भने केयु मा राजनिति गर्न पाइँदैन भनेर पनि नारावा

काठमाडौँ विश्वविद्यालयमा लागेको ताला खुल्यो, भोलि (सोमबार) देखि कक्षा सुचारु हुने काठमाडौँ विश्वविद्यालयमा विगत २६ दिन देखि लगाइएको ताला आज बेलुका देखि खुलेको छ । केयु प्रशासन तथा विभिन्न समूहका विद्यार्थीहरु को आज दिउँसो वनेपा को पोलिटेक्निक इन्स्टिच्युटमा बसेको वार्ता मा विभिन्न ६ बुँदाहरुमा सहमति भएपछि आज बाट केयु खुलेको हो । वार्तामा विवादका सम्बन्धमा निश्पक्ष छानबिन गर्न विश्वविद्यालय प्रशासनले विद्यार्थी सहितको एक समिति गठन गर्ने लगायतका  ६ वटा बुँदा मा सहमति गर्दै केयु मा लगाइएको ताला खोलिएको हो ! छ बुँदे सहमति मा निम्न लिखित कुराहरु समेटिएको छ ! १) निष्पक्ष छानविन कमिटी गठन हुने । २) विद्यार्थी तर्फबाट GE बाट श्री महेश थापा छानविन कमिटिमा विद्यार्थी प्रतिनिधि हुने । ३) छानविन कमिटीको प्रतिवेदन नतिजा सहित काविवि का तर्फबाट आधिकारिक सूचना २०६७/१२/२१ गतेसम्म मा आउनुपर्ने । ४) २०६७/१२/१४ सोमबार देखि काविवि सम्पूर्ण रुपमा सुचारु हुने । ५) छानविन गरेको अवधिभर सम्पूर्ण निर्वाचन समितिका पदाधिकारीहरु निष्कृय रहने छ । ६) सहमतिको आधारमा पूर्णतालिका (cal

Listen to 16th (Last) episode of Aadha Bato by Krishna Dharabasi. श्रुतिसंवेग मा हामी ले कृष्ण धरावासी को उपन्यास “आधा बाटो” लिएर आएका छौ | आफ्ना जिवन भोगाइ का यथार्थलाई जोडेर तयार पारिएको उपन्यास ‘आधा बाटो’ कृष्ण धरावासी को आत्मकथा को रुपमा रहेको छ । “राधा” जस्तो सफल उपन्यास लेखिसकेका धरावासी को यो पछिल्लो उपन्यास मा आफ्ना बाल्यकाल देखि हाल को अवस्था सम्म को कुराहरु समेटेर लेखिएको कारण उपन्यासलाई धरावासी ले ‘आधा बाटो’ भन्न रुचाएका छन् । आफूले देखे सुनेको स्थान, नाम आदि का कारण यो उपन्यास पढ्ने तथा सुन्नेहरुलाई आफ्नै कथा जस्तो पनि लाग्न सक्छ । उज्यालो ९० नेटवर्क को लागि निर्माण गरिएको कार्यक्रम श्रुति संवेग मा सदाझैँ वाचन मा अच्युत घिमिरे हुनुहुन्छ भने प्रविधी मा दिनेश निरौला र शशिन्द्र गौतम रहनुभएको छ । Download : Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –16