JPR Events र ODC Network को आयोजना मा धेरै हल्लाखल्ला र दुविधहरु का विच ब्रायन एडम्स को कन्सर्ट काठमाडौँ मा आज हुँदैछ । "Summer of 69," "Cuts Like a Knife" and "(Everything I Do) I Do It for You" जस्ता चर्चित गित का गायक तथा विश्वले चिनेका क्यानेडेली रकस्टार नेपाल आउनु कुरा पक्कै पनि गौरव कै कुरा हो । तर एडम्स आउने कुरालाई सकरात्मक भन्दा नकरात्मक किसिम ले हेरेको जस्तो आभास लागिरहेकोछ । अनि भन्नेहरुले चाहिने भन्दा बढि हल्लाखल्ला गरे, पर्यटन वर्ष २०११ लाई नै प्रमोट गर्न आ’को जस्तो गरेर प्रचार गरे भन्नेहरु पनि छन् । कोही एडम्स को क्रेज अहिले नभएको र, उनको नेपाल कन्सर्ट ले नेपाललाई केही फाइदा नपुग्ने बताउँछन् । पर्यटन वर्ष मा उठ्ने जति सबै रुपैँया एडम्स ले नै लैजान्छ भन्नेहरु पनि छन् अनि ब्रायन सँगै गित गाउने नेपाली व्याण्डहरुले ‘फ्रि’ मा गित गाउँदैछन् भन्ने गाँइगुँइ हल्ला पनि चलेको छ । यदि यस्तो हो भने, नेपाली व्याण्डहरुले आफ्नो खुट्टा माथि आफैँले बन्चरो हान्दैछन् भन्दा पनि हुन्छ । एडम्स को कन्सर्ट भनेर शहर का चोकचोक मा ठूला ठूला होर्डिङ बोर्डहरु टाँगिएका छ