फेसबुक तथा ट्विटर जस्ता सामाजिक सञ्जाललाई लक्षित गरेर, २ हप्ता पहिले इन्टरनेटमा 'रकमेल्ट' नामक 'वेव ब्राउजर' सार्वजनिक भएको छ । हेर्दा ठ्याक्कै गुगल को वेव ब्राउजर, 'गुगल क्रोम' जस्तो देखिने, 'रकमेल्ट' मा गुगल तथा एप्पल ले आफ्ना ब्राउजरमा प्रयोग गरेको 'क्रोमियम वेवकिट' लाई नै आधार मानिएको छ । 'योर ब्राउजर ! रि-इम्याजिन्ड' भन्ने थिम सहित आएको ब्राउजर 'हलुका, छिटो र सुरक्षित' रहेको दावी कम्पनीले गरेको छ । तपाईले इन्टरनेट कसरी चलाइरहनुभएको छ भन्ने कुरालाई ध्यानमा राख्दै, 'रकमेल्ट' ब्राउजर को निर्माण गरिएको कुरा, कम्पनी ले आफ्नो अनलाइन ब्लग मा जनाएको छ । मुख्यत: 'तपाई को इन्टरनेट चलाउने बानी (इन्टरनेट कसरी चलाइरहनुभएको छ)' भनेर, 'रकमेल्ट' ले फेसबुक तथा टुविटर का प्रयोगकर्ताहरुलाई इंगित गरेको छ भन्दा अत्युक्ति नहोला । ब्राउजर को दुइछेउ मा, एकातिर फेसबुक का 'अनलाइन' साथीहरु देखाउने तथा अर्को तिर 'एप्लिकेसन' र 'फिडहरु' देखाउने 'एज' (बार) रहेको छ । गुगल क्रोम कै जस्तो 'कुल&