Skip to main content

Posts

इन्टरनेट हिजोआज हामी सबैले चलाउँछौ  तर के हामी इन्टरनेट को इतिहास को बारेमा जानकार छौँ त ? हामी इन्टरनेट बाट ईमेल पठाउँछौ, विभिन्न वेवसाइटहरु हेर्छौँ, अन्तर्क्रिया गर्छौँ । अहिले हामीलाई सोच्दा लाग्छ, इन्टरनेट नहुँदो हो त, हामी के गरिबसेका हुन्थ्यौँ होला ? एउटा कुरा अचम्म लाग्न सक्छ, विगत मा भएका विश्वयुद्ध को कारण नै इन्टरनेट को विकास यस तरिका ले भएको हो । विभिन्न नेटवर्कहरु मिलेर बनेको अर्को नेटवर्कलाई नै इन्टरनेट भनिन्छ ! सन् १९६० को दशक देखि इन्टरनेट अर्थात नेटवर्कहरु को विकास हुन थालेको हो । इन्टरनेट को इतिहास को बारेमा, आज युट्युब बाट एउटा भिडियो लिएर आएका छौँ, एकपटक हेर्नुहोस् धेरै कुरा थाहा हुनेछ !!   Watch Video: History of the Internet  

Listen to Bulbul Episode-51 [August 18,2010]. रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulbul[at]unn.com.np or to: ghimireachyut[at]gmail.com Download: Bulbul Episode-51 [August 18, 2010] Alternate Download Link: Download Bulbul [Fast Download, Can be accessed easily. But this Alternate Download Link is temporary AND just works for next 7 days from today.]

क्रान्ति र नयाँ नेपाल नाम दिएर गरिएको माओवादी जनयुद्द को दौरान, हजारौँ जनता को ज्यान सँगै, अरबौँ रुपैँया का संरचनाहरु माओवादीले ध्वस्त पारेका थिए। अनि ती सबैले आम-माफी पाइसकेकाछन् । नेताहरु चुनाव जितेर सत्ता मा पुगिसकेकाछन् । संविधान सभाको निहुँ गरेर, नेपाली जनतालाई चुस्दैछन्, एउटा प्रधानमन्त्री पनि छान्न नसक्ने ‘पाजी’ नेताहरुले । माकुने को सरकार ले राजिनामा दिएको २ मिनेट मा सहमति को सरकार बनाउँछु भनेर कुर्लनेहरुले डेढ महिना बित्दा पनि एउटा माखो मार्न सकेका छैनन् । केही हप्ता अघि  विदामा, आफ्नो जन्मथलो सर्लाही को राजघाट मा गएको थिँए । करिब ७-८ वर्ष अगाडि माओवादीले ध्वस्त पारेको, गाविस भवन, अझै उस्तै हालत मा रहेछ । नयाँ नेपाल को निहुँ मा पुरानो भौतिक संरचना मा क्षति पुर्याउने निती भएका तत्कालिन माओवादीले गाविस भवन बम ले उडाएका थिए, आगो लगाएका थिए । कुनै बेला को सुन्दर गाविस भवन अहिले कुरुप भएको छ, एकदम जर्जर र जिर्ण भएको छ । त्यो गाविस भवन को अब अवशेष मात्र बाँकि छ । माओवादी नै मुलधार को राजनितिमा आएको ४-५ वर्ष भइसक्यो, तर बम ले उडाइएको भवन फेरि बनाइएको छैन, बन्न सकेको छैन । बनाउन पो

Listen to 4th  Episode of “ Taruni Kheti” आज को श्रुति संवेग को यो अंक मा  हामी  ‘सरुभक्त’ को उपन्यास ‘तरुनी खेती’ को वाचन गर्दै छौँ । विषयवस्तु परिचित भएपनि, प्रस्तुतिकरण नितान्त फरक रहेको छ । महिला अनि पुरुष, को सामाजिक स्थितिलाई लेखिएर लेखिएको उपन्यास मा, ‘महिला’लाई यौनिक रुप ले हेरिएको छ । सरल कुरा तर जटिल प्रस्तुती लाग्ने हुँदा, सुरु मा उपन्यास ले के भन्न खोजिरहेको भन्ने कुरा बुझ्न निकै गाह्रो पर्छ । नारीलाई खेत, पुरुषलाई किसान, यस्तै यस्तै उपमा र बिम्ब बाट नारी र पुरुषलाई परिभाषित गरिएको छ । भुमिका मा सरुभक्तले भन्नुभएकोछ, “यसलाई पुरुषहरु ले गलत नबुझुन र नारीहरु ले बुझ्न इन्कार नगरुन्” । उज्यालो ९० नेटवर्क को लागि निर्माण गरिएको कार्यक्रम श्रुति संवेग मा सदाझैँ वाचन मा अच्युत घिमिरे हुनुहुन्छ भने प्रविधी मा दिनेश निरौला र शशिन्द्र गौतम रहनुभएको छ । Download:   Sharubhakta’s Taruni Kheti Episode-4

काठमाडौँ विश्वविद्याल, कम्प्युटर इन्जिनियरिङ डिपार्टमेन्ट अन्तर्गत रहेको Kathmandu University Computer Club (KUCC) को पहल मा IT Park मा KU IT MEET 2010 हुनेभएको छ । KU IT MEET 2010 सेप्टेम्बर १० देखि १२ सम्म ३ दिन, ‘आइटि पार्क बिजनेस कम्प्लेक्स, वनेपा’  मा  सञ्चालन हुनेछ । विगत को भन्दा पृथक र भव्य रुप मा आयोजना हुने, आइटि मिट मा विभिन्न विधाहरु समेटिनेछन् । हामीलाई प्राप्त जानकारी अनुसार, आइटि मिट २०१० मा निम्न विधाहरु समेटिने छन् । 1. Project Competition                         i. Software Competition                         ii. Hardware Competition/Demonstration 2. Project Management Competition 3. Business Incubation Workshop 4. Problem Solving Competition (Instant Programming) 5. IT Quiz 6. Googling 7. Designing                           i. Web Designing                           ii. Graphics 8. Insomnia 9. Gaming Competition 10. Tech Expo 11. Reverse Engineering Competition 12. 3 –D Movie Show काठमाडौँ विश्वविद्यालय कै

संयुक्त राष्ट्रसंघ को पहल मा सन् २००० देखि मनाउन थालिएको International Youth Day (IYD) अर्थात अन्तराष्ट्रिय युवा दिवस को ११ औँ संस्करण आज अगष्ट १२ का दिन संसारभर मनाइँदैछ । “Dialogue and Mutual Understanding” भन्ने नारा का साथ मनाउन लागिएको युवा दिवस को दिन मा संसारभर युवा सम्बन्धि कार्यक्रमहरु हुँदैछन् । नेपाल मा पनि युवा दिवस को अवसर पारेर, विभिन्न कार्यक्रमहरु आयोजना भइरहेकाछन् । हिजो ११ अगष्ट का दिन, Challenges of Youth विषयक कार्यक्रम रसियन कल्चर सेन्टर, कमलपोखरी मा गरिएको थियो भने आज विहान १० बजे देखि फ्रान्सेली केन्द्र (Alliance Francaise de Kathmandu)GAA Hall, Thamel मा ‘युवा जात्रा’ नामक  कार्यक्रम आयोजना गरिँदैछ । हिजो पनि फ्रान्सेली केन्द्र (Alliance Francaise de Kathmandu) मा विविध कार्यक्रमहरु को आयोजना गरिएको थियो ।  ‘युवा जात्रा २०१०’  (Youth Jatra 2010)  मा  टेवल टक, पोस्टर प्रदर्शनी, युवा वजार, फोटो प्रदर्शनी, थियटर लगायत विविध कार्यक्रम हुनेभएको छ । युवा देश को शक्ति मानिन्छन् तर अहिले युवाहरु मा विदेश पलायन हुने प्रवृत्ति बढ्दैगएको छ । राजनैतिक अस्थिरता, वेरोजगारी

Listen to Bulbul Episode-50 [August 11,2010]. रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulbul[at]unn.com.np or to: ghimireachyut[at]gmail.com Download: Bulbul Episode-50 [August 11, 2010] Alternate Download Link: Download Bulbul [Fast Download, Can be accessed easily. But this Alternate Download Link is temporary AND just works for next 7 days from today.]

Listen to Bulbul Episode-49 [August 4,2010]. रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulbul[at]unn.com.np or to: ghimireachyut[at]gmail.com Download: Bulbul Episode-49 [August 4, 2010] Alternate Download Link: Download Bulbul [Fast Download, Can be accessed easily. But this Alternate Download Link is temporary AND just works for next 7 days from today.]

हामी इन्टरनेट को युग मा छौँ । इन्टरनेट त छँदै नै छ, साथ मा संसार मोबाइलमय नै भएको छ । हाम्रै देश को तथ्याङक ले पनि भन्छ, हाम्रो देश मा इन्टरनेट चलाउने ८० प्रतिशत भन्दा बढि मान्छेहरु, मोबाइल बाट नै इन्टरनेट चलाउँछन् । हिजो आज, च्याट गर्न र वेव सर्फ गर्न, फेसबुक चलाउन वा ट्विटर चलाउन पहिले को जस्तो साइबर धाएर कमै जान्छन् । हिजो आज अधिकांश त मोबाइल बाटै नेट चलाउँछन् । एनटिसी, एनसेल आदि को जिपिआरएस, थ्रीजी, एज नामक सेवा मार्फत हाम्रो मोबाइल इन्टरनेटमय बन्दै गएको छ । स्मार्टफोन, आइफोन बाहेक का अन्य मोबाइल प्रयोगकर्ताहरु, प्राय: ओपेरा मिनी तथा मोबाइल को आफ्नै ब्राउजर बाट इन्टरनेट को कुना चिहाइरहेका हुन्छन् । अरु केही नहेरेपनि, फेसबुक त जरुर हेर्छन् । तर के तपाई ले Snaptu एप्लिकेशन मार्फत इन्टरनेट चलाउनु भएको छ त ? आउनुहोस्, आज हामी यही Snaptu को बारेमा कुरा गर्दै छौँ । यो इन्टरनेटमय मोबाइल मा यो Snaptu तपाई को लागि बहुउपयोगी सावित हुन सक्छ । Snaptu के हो ? Snaptu एउटा मोबाइल एप्लिकेशन हो जसको इन्टरफेस ले स्मार्टफोन तथा आइफोन को झझल्को दिलाउँछ । स्नापटु यस्तो मोबाइल एप्लिकेशन हो, जसको माध्य

घडि ले साँढे ८ बजाइसक्यो, स्टप बाट अझै गाडी हिँडाउने चालचुल छैन । ८ बजे हिँड्ने भनेको टाटा सुमो, करिब ९ बजे रिङरोड, बल्खु छोडेर फर्पिङ जाने बाटो समाउँछ । २०० मिटर जति मात्र हिँडेको हुँदो हो, ड्राइभर ले गाडि घ्याच्च रोक्छन्, कर तिर्नु पर्ने रहेछ, बल्खु मै ! गाडि मा ड्राइभर समेत गरेर १२ जना छन् । पछाडि को सिट मा ४ जना, बिचको सिट मा ४ जना अनि ड्राइभर सँगै अगाडि ३ जना ! यो यात्रा मा आफू चाँहि खलासी बनिएको छ । म नओर्लिसम्म, गाडि का कोही ओर्लिन पाउँदैनन् अनि म नै अन्तिम मा चढ्नुपर्छ । बल्खु बाट हेटौँडा निस्कने यो बाटो म हिँडेको धेरै वर्ष नै भइसक्यो । टाटा सुमोहरु चल्न थालेदेखि, म प्राय: यही बाटो बाट हिँड्न थालेको छु, एक त बाटो छोटो छ, अनि चाँडो पुगिन्छ, त्यसमाथि बाटो छेउछाउ का डाँडाकाँडा पनि रमाइला छन् । अहिले को सिजन मा बाटोभरि नास्पाती फलेका देखिन्छन, अनि आरु पनि पाकिरहेको हुन्छन् । सुन्तला को सिजन मा सुन्तलाहरु ले नै भरिए झैँ लाग्छन सबै डाँडाहरु नै ! यो कति औँ यात्रा हो भन्न त सक्दिन, तर पनि आज रमाइलो लागिरहेको छ, सायद आफ्नो जन्मदिन को दिन मा यात्रा गरिरहेको भएर पनि यस्तो लागेको होला !