Skip to main content

Posts

Update: SLC Result Published. Check SLC Result 2066/2067 from  Here. The result of the School Leaving Certificate (SLC) 2066/ 2067 examinations held earlier this year is going to published today. The Office of the Controller of Examinations is going through final preparations to flash SLC examination result within this evening. We will try to publish SLC result 2066/2067, as soon as possible. यस वर्षको एसएलसी परीक्षा 'रिजल्ट' आज सार्वजनिक हुने करिब करिब निश्चत भएको छ। एसएलसी २०६६ – २०६७ को परीक्षाफल, सकेसम्म छिटो प्रकाशित गर्ने कोशिस गर्नेछौँ ।

इन्टरनेट का ट्विटर, ब्लग र वेवसाइट मा फैलिएको कुरालाई पत्याउने हो भने, गुगल ले फेसबुक को प्रतिस्पर्धि को रुपमा सोसल नेटवर्क साइट ‘गुगल मी’ निर्माण गरिरहेको छ । हुन त अहिले सम्म का गुगल का सोसल नेटवर्क का प्रयासहरु विफल भइसकेका छन् । तर पनि फेसबुक प्रयोगकर्ताहरु चाहन्छन्, गुगल को सोसल नेटवर्क तर्फ को कदम ले केही उपलब्धि हासिल गरोस् । पहिले त ईन्टरनेट मा चलेको हल्ला तिर नै जाउँ ! सोसल नेटवर्क ‘डिग’ का फाउन्डर केभिन रोज ले केही दिन अघि ट्विटर मा लेखेका थिए, ‘फेसबुक सँग प्रतिस्पर्धा गर्न, गुगल मी आउँदैछ” । अत्यन्तै विश्वस्त स्रोत बाट आएको कुरा भन्दै केभिन रोज ले ट्विट गरेपछि, इन्टरनेट मा गुगल मी को हल्ला फैलियो, भलै अहिले त्यो ‘टविट’ भने, उनले मेटिसकेका छन् । केभिन कै कुरामा सहमति जनाउँदै, फेसबुक का पुर्वअधिकारी डि एङ्गलो ले पनि, ‘गुगल मी’ हल्ला नभइ, वास्तव मै ‘गुगल मी’ आउँदैछ र अहिले धेरै जना ‘गुगल मी’ मै काम गरिरहेकाछन् भनेपछि, इन्टरनेट मा ‘गुगल मी’ को कुरा ले तरंग नै पैदा गराएको छ । एङ्गलो ले भनेका छन्, फेसबुक को बढ्दो लोकप्रियता र प्रयोग सँगै, गुगल झस्किएको छ र आफ्नो प्रभु

Listen to Bulbul Episode-44 [June 30,2010]. रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । आजको ४४ औ शृंखला नेपाली गजल विशेष बुलबुल रहेको छ । नेपाली गजल गायिका 'निरा रानाभाट' का गजलहरु मात्र आज को बुलबुल मा बज्नेछन् । Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulbul[at]unn.com.np or to: ghimireachyut[at]gmail.com Download: Bulbul Episode- 44 [June 30 , 2010] Alternate Download Link: Download Bulbul [Fast Download, Can be accessed easily. But this Alternate Download Link is temporary AND just works for next 7 days from today.]

पेट्रोल को लाइन.... जम्काभेट..... देखा देख..... माया प्रेम..... आधि घन्टा.... अलविदा.... अलविदा.....

आज असार १५, नेपालीहरु का लागि एउटा पर्व सरह नै हुन्छ । आज दही च्युरा खाने दिन ! सम्भवत: आज कै दिनलाई धान दिवस को रुपमा पनि मनाउने गरिन्छ ।  तर यसपाली अहिले सम्म पनि वर्षा नलागेकोले, अधिकांश ले धान भने रोप्न पाएका छैनन्, अत: उनीहरुलाई असार १५ पनि खल्लो, खल्लो नै लागेको छ । सिचाइ को सुविधा नहुनु नै, हामी नेपालीहरु को दुर्भाग्य होला । घर मा हुँदा  आज दिन मा कम्ति मा पनि, खेत मा गएर एकचोटि हिलो छोइन्थ्यो । हिलो मा चल्नु पनि रमाइलो नै हुन्छ, अझ असार को झरी परिरहेको बखत पानी मा भिज्दै, हिलो मा खेल्दै, बाउसे गर्न निकै नै रमाइलो हुन्थ्यो । भनिन्थ्यो, आज को दिन त राजा रानी ले पनि हिलो छुन्छन् रे, अत: उनीहरुले पनि हिलो खेल्छन् भन्ने थाहा पाएर आफूलाई पनि, कसैगरि पनि हिलो खेल्नुपर्थ्यो आज को दिन मा ! तर अहिले परिस्थिति फरक छ ! :P आज यही असार १५ को मेसो पारेर, २-३ दिन अघि आफ्नो विश्वविद्यालय को वरिपरि खिचेको फोटो पोष्ट गर्दैछु । आशा छ, यी हरिया देखिएका धान खेतहरुले, यहाँहरुलाई पनि, असार १५, रोपाइ, दही च्युरा को सम्झना दिलाउने छ । असार १५  का अवसर मा समस्त नेपाली कृषकहरुलाई हार्दिक शुभकामना !

Update: SLC Result Published. Check SLC Result 2066/2067 from  Here. SLC Result 2066/2067 (2009-2010) has not been published yet! Nepal News wrote, "The Office of the Controller of Examinations (OCE) has refuted rumours that the results of the School Leaving Certificate (SLC) had been published this morning". Controller of Examinations Chitra Devkota said, the results will be published by next week. The OCE had said, it would publish the SLC results in the first week of July, earlier, too. SLC २०६६-२०६७ को रिजल्ट आज सम्म निस्किएको छैन । आज बिहान चलेको भ्रामक हल्ला को पछि नलागौँ । सम्भवत: अर्को हप्ता सम्म मा SLC रिजल्ट निस्कने छ । **I'm getting huge traffic in previous 2065-2066 SLC result page , Please don't run after rumors. SLC result 2066/2067 has not been published yet. Please don't mislead people. We'll publish result here whenever The Office of the Controller of Examinations (OCE) published the result of SLC 2066/2067.

एउटी रातो रातो रङ कि कुखुरी हस्याङफस्याङ गरि कुद्दै छे ! तर बिचरी कूखुरी जालो मा परिछे, पसल तिर चाउचाउ र चिजबल जस्ता कुराहरु झुन्ड्याएर राख्ने जालो त कुखुरी को घाँटि मा झुन्डिएछ । कुखुरी आफैँ देखि तर्सि तर्सि हिँडिरा’कि छे ! पर बाट कुद्दै आएर कुखुरी ले मेरो क्यामरा अघि पोज दिइ, तपाई ले नि देख्नुहुन्छ नि, त्यो कुखुरी को घाँटि मा कसरी जाली अड्किएको छ या भनौँ त्यो जालो मा कुखुरी कसरी अड्केकी छे ! सायद डर लागेर होला, त्यसले परै बाट आफू जालि मा अड्किएकी छु भनेर देखाइ । मैले उसको पोज अलि नमिलेको झैँ गरेपछि, कुखुरी रोड को छेउतिर लागि र टाउको यस्सो थोरै फर्काएर देखाइ, गज्जब को पोज भयो भनेझैँ गरि मैले फेरि फोटो खिचेँ । यसलाई नि मोडलिङ मा साह्रै ‘इन्ट्रेस्ट’ रहेछ । उसलाई डर कम भएछ क्यारे, मलाई हेरिरही, सायद यो जाली मेरो घाँटि बाट निकालिदेउ भनी, मैले त्यस्तै बुझेँ । मेरो प्रतिक्रिया के हुन्छ भनेर हेर्दै, उ एकछिन रोड को बिचमा आएर टक्क रोकिइ । मैले फेरि फोटो खिँचे । उसलाई मैले हानी गर्दैन भन्ने पक्का झैँ भएछ । तर पनि शंकाले हेर्दैछे, कतै म कुखुरीलाई खाइदिने त हैन, यो केटा ले । मैले उसको शंक

टुइटर माइक्रो ब्लगिङ साइट तर टुइटर ले लामो समय सम्म टुइटर चलाउने प्रयोगकर्ताहरु पाउन सकेको छैन ।  ६० प्रतिशत भन्दा बढि प्रयोगकर्ताहरु टुइटर मा साइन अप त गर्छन, तर २-३ दिन मै टुइटर बाट हराउँछन् । म टुइटर चलाउँछु, फेसबुक पनि चलाउँछु अनि अन्य सोसल नेटवर्किङ साइटहरु अर्कुट, लिङइन, देखि भर्खरै आएको ‘सोसल मेन्टल हेल्थ नेटवर्क’ र नेपाली फेसबुक ‘कनेक्ट फ्रेन्स’ , हाइफाइभ सबै चलाउँछु ! हुन त सबै सोसल नेटवर्किङ साइट को आफ्नै विशेषता छ तर यी सबै मध्ये मलाई टुइटर ले धेरै मोहनी लगाएको छ र म टुइटर नै धेरै चलाउँछु । टुइटर मा आफूलाई रमाइलो लाग्ने, र टुइटर असाध्यै मन पर्ने भएकोले आफ्ना साथिहरुलाई पनि टुइटर मा भेटियोस, आपस का कुराहरु टुइट गर्न पाइयोस भने झैँ लाग्छ । त्यसैले फेसबुक का आफ्ना नजिक का साथिहरुलाई भन्ने गर्छु, टुइटर मा भेटौँ न, टुइटर चलाउनुहोस् न ! म भन्छु, १४० क्यारेक्टर मा कुराकानी गरिने टुइटर मा कति धेरै मज्जा छ, धेरै रमाइलो पो छ त ! साथिहरु पनि, ‘ए ! रमाइलो नै पो छ क्यारे भनेर, टुइटर मा साइन अप गर्छन् । ३-४ दिन टुइटर मा झुल्किन्छन्, ३-४ दिन टुइटर मा झुल्किँदा पनि टुइटर मा नयाँ कुरा , रोच

बाथरुम अथवा रेष्टरुम जे भने नि कुरा आखिर एकै हो ! यही कुरालाई ‘ट्वाइलेट’ भन्दा अलि अमिल्दो सुनिन्छ हिजो आज त ! सबै तिर हिजो आज प्राय: रेष्टरुम लेखिएको हुन्छ या शौचालय लेखिएको हुन्छ अनि सानो ‘चित्र’ पनि साथै दिइएको हुन्छ । तर ठाउँ अनुसार बाथरुम को संकेत पनि थरिथरि का हुँदा रहेछन् । वेवसाइटहरु डुल्दै जाने क्रम मा एउटा ब्लगमा पुगेँ, उक्त ब्लगर ले निकै मिहेनत गरेर खोजेर, थरिथरि का बाथरुम संकेत जम्मा पारेका रहेछन् । संकेतहरु देखेर एकछिन खुबै हाँसो उठ्यो, कति अजिव अजिव किसिम का संकेतहरु देख्दा ! खैर, जेहोस् मैले पनि त्यही बाथरुम का संकेतहरुलाई यहाँ राखेको छु । हामी विभिन्न ठाउँमा छरिएर रहेका छौँ, कहिले काँहि संकेत जानिएन भने फसाद पर्न सक्छ । अत: संकेत हेरेर मात्र बाथरुम छिर्ने गरौँ है ! कहिँ चाँहि हामी बाथरुम खोज्दै बसौँला, तर सँगै को संकेत चाँहि नबुझौँला, फसाद पर्न सक्छ ! केही थरिथरिका बाथरुम का संकेतहरु हेरौँ न त है ! सन्दर्भ स्रोत: टेक्निकल्ली पर्सनल

Listen to Bulbul Episode-43 [June23,2010]. रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । बुलबुलको ४०औ शृंखलामा प्रसारित अनमोलको डायरी विशेष कार्यक्रमलाई उत्तर दिने शैलीबाट नीलिमाको यौटा पत्र प्राप्त भएको छ । आजको ४३ औ शृंखलामा त्यही रात्री गन्थन शैलीको पत्र विशेष बुलबुल प्रशारण गरिएकोछ । Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulbul[at]unn.com.np or to: ghimireachyut[at]gmail.com Download: Bulbul Episode- 43 [June 23 , 2010] Alternate Download Link: Download Bulbul [Fast Download, Can be accessed easily. But this Alternate Download Link is temporary AND just works for next 7 days from today.]