Skip to main content

Posts

Listen to World Cyclist Puskar Shah's experience in his own voice. विश्वमा शान्ति फैलिरहोस् भन्ने कामना का साथ साइकल चढेर विश्व विजय गर्न ११ वर्ष अघि निस्किएका थिए पुष्कर शाह । दोलखा का पुष्कर शाह एसएलसी सकेर उच्च अध्ययन को लागि भनेर काठमाडौँ आए, तर उनको मन काठमाडौँ मा अड्न सकेन, फलस्वरुप उनी विश्व साइकल यात्रा मा निस्किए । अनि साइकल यात्रा सुरु गरेको ११ वर्षपछि उनले आफ्नो साइकल यात्रा सकिएको घोषणा गरे । काठमाडौँ साइकल सिटि सन् २०२० अभियान ले काठमाडौँ विश्वविद्यालय मा आयोजना गरेको एक कार्यक्रम मा उनै पुष्कर शाह आइएपुगेका थिए, अतिथि बनेर । उनी भन्दै थिए, हिमाल को माइनस ५ डिग्री तापक्रम देखि लिएर, मरुभुमी को ५० डिग्री तापक्रम मा दौडिएका क्षणहरु छन् । अनि फुटपाथ मा मस्त निदाएको रातहरु देखि लिएर, पाँच तारे होटल मा निन्द्रा नलागेका रातहरु छन् । हो, उनै पुष्कर शाह, जसले साइकल बाट विश्व विजय गरेको छ । आज उनकै यात्रा का रोचक अनुभवहरु हामी सुनाउँदै छौँ, उनकै आवाज मा । अफ्रिका मा लुटिएको क्षण देखि, मेक्सिको मा अपहरणमा परेका क्षणहरु उनी सम्झन्छन् । जिवन का ११ वर्ष साइकल को पाइडल खिया

Listen to Shirish Ko Phool. उज्यालो ९० नेटवर्क बाट प्रसारण हुने कार्यक्रम श्रुतीसम्बेग आज देखि ब्लग बाट पनि बजाउँदै छौँ । श्रुतीसम्बेग को पहिलो अंकमा पारिजात को बहुचर्चित उपन्यास 'शिरिष को फूल' लिएर उपस्थित भएका छौँ । शिरिष को फूल को कथानक मैले भन्दा सुन्नलाई खल्लो लाग्ला । अत: सुन्नुहोस्, श्रुती सम्बेग को पहिलो अंकमा पारिजात को शिरिष को फूल । सदा झैँ, श्रुतिसम्बेग को वाचन अच्युत घिमिरे ले गर्दै हुनुहुन्छ, भने प्रविधि मा दिनेश निरौला हुनुहुन्छ । मन्टेश्वरी राजभण्डारी ले सुत्रधार को काम गर्नुभएको छ । अडियो उपलब्ध गराउने श्रुति सम्बेग समूहलाई हार्दिक धन्यवाद ! विष्णु कुमारी वाइवा अर्थात पारिजात को उपन्यास 'शिरिष को फूल' को वाचन यहाँहरुलाई कस्तो लाग्यो, प्रतिक्रिया को आशा मा रहेका छौँ ।

त्यो चन्द्रमा आकाशमा नभए पनि ,औँशी परेको पनि त होइन तिम्रो याद हरपल मनमा आएपनि सम्झन खोजेको पनि त होइन। बाँच्ने इच्छा थियो मेरो तिमीलाई मनको ढुकढुकी भनि तिम्रो आकृतिको प्रतिबिम्ब खोज्दथेँ अन्धकारमा पनि। ढुकढुकी बन्द भएपनि, बाँच्न नचाहेको पनि त होइन तिम्रो याद हरपल मनमा आएपनि सम्झन खोजेको पनि त होइन। क्षणिक भएतापनि तिम्रो हाँसोलाई आँखामा राख्न चाहेथें उघानको अनगिन्ती फूलहरुमध्ये सून्दर एउटा पाएथें। आखाँ केही रसाएपनि, आशु झार्न लागेको पनि त होइन तिम्रो याद हरपल मनमा आएपनि सम्झन खोजेको पनि त होइन। म त भाग्यमानी नै रहेछु,तिम्रो तिरस्कार भए पनि पाएछु तिमीलाई खोज्दै हिडेथें,तर तिमी भित्रै नै हराएछु। त्यही तिरस्कार पिएर, बेहोस हुन रोजेको पनि त होइन तिम्रो याद हरपल मनमा आएपनि सम्झन खोजेको पनि त होइन। -अनिल सिवाकोटी कुपन्डोल ! -- imgsrc: school-clipart.com

‘मन, किन रुन्छ यो मन’ भन्ने गित एकपटक प्राय: सबैले रुचाए । सायद सबैको कथा यो गित ले भनिदिएको थियो होला । कहिलेकाँहि सोच्छु, यो ‘मन’ भन्ने चिज किन बन्यो होला । हाँसिरहेको मन एकैछिनमा रोइदिन्छ अनि अघिसम्म रोइरहेको मन एकैछिनमा हाँस्न थाल्छ । मन किन यति सारो सन्कन्छ ? मन प्राय: वशमा हुँदैन, संसारमा प्रकाश को गति सबैभन्दा धेरै छ तर त्यसभन्दा करोडौँ गुना मन को गति छ, एकछिन अघिसम्म पछारिएको मन, एकैछिनमा चन्द्रमा चुमेर अघि बढ्छ । सबैले महशुस गरेको हुनुपर्छ, मन दुईवटा हुन्छन्, एउटा राम्रो सोच्ने अनि अर्को नराम्रो सोच्ने । अनि यी दुई मनहरु बिच घमासान पर्दा, हामीहरु को मगज नै खल्बल्याइदिन्छ । प्राय: यी दुई को झगडामा नकरात्मक पक्ष ले सकरात्मक पक्षलाई चेप्ट्याइदिन्छ । हो पनि, कहिलेकाँहि एउटै कुरालाई हेर्दा पनि म दुईवटा अर्थ लगाउँछु, एउटा राम्रो अर्को नराम्रो । तर परिस्थिति यस्तो बनिदिन्छ की, नराम्रो भन्ने थाहा हुँदाहुँदै पनि नराम्रो पक्ष को जित हुन्छ, अनि त्यसले निम्त्याउँछ कलह । आज महशुस हुँदैछ, मेरो मन को खैलाबैला का कारण, “लहरो तान्दा पहरो गर्जिएसरी”, कलह निम्त्याएकोछ । मन देखि मन सम्म को दूरी ब

Listen to story 'Biteka Kura'. आज हामी बिशेष प्रस्तुती लिएर आएका छौ । कथाकार रुपनारायण सिहको कथा 'बितेका कुरा'लाई लिएका छौँ । नेपाली गद्य साहित्यमा यो एउटा चर्चित कथा हो । यो कथा नेपाली साहित्यको पाठ्यक्रममा समेत राखिएको कथा हो । कथा कस्तो लाग्यो, यसबारेमा तपाईँ आफैँ विश्लेषण गर्नुहोस् । बितेका कुरा कुनै राम्रा हुन्छन त कुनै नराम्रा, कुरा जस्तो सुकै होस् बितेका नराम्रा कुराहरु बिर्सिनु नै राम्रो हुन्छ रे । अन्यथा आगामी पलहरु अमिलो बन्छन रे । अत: पुराना बितेका नराम्रा कुराहरु, बिर्सिदिनुस् भन्ने बिशेष आग्रह का साथ आज मेरो रेडियो डटकमबाट रुपेश श्रेष्ठ को आवाजमा आज को कथा 'बितेका कुरा' राख्दैछु । आगामी हप्ता देखी पारीजात को उपन्यास 'शिरिस को फूल' लिएर उपस्थित हुनेछौ । (साभार: मेरो रेडियो )

दशैँको टीका लगाउने साइत १० बजेर ५५ मिनेट मा जुरेको छ । आज बिहान को १० बजेर ५५ मिनेट जाँदा टीका सुरु गर्नु उत्तम हुने पञ्चांग निर्णायक समितिले जनाएको छ । मुख्य साइत १०:५५ मा भएपनि दिनभरी नै टीका ग्रहणको लागि साइत शुभ रहेको छ । आज को दिन बिहान ९ बजेर ३५ मिनेट मा देवी विसर्जन गर्नु उपयुक्त समय रहेको छ । शुभकाम गर्नलाई साइत जुराउने चलन छ । नौ दिन अघि दशैँघर,पुजाकोठा मा राखिएको जमरा र टीका आजको दिन मान्यजन बाट देवी को प्रसाद को रुपमा ग्रहण गर्ने चलन छ । टीका र प्रसाद ग्रहण गर्नलाई निकै प्लानिङ नै गर्नुभएकोहोला, सबै प्लान अनुसार नै गर्नुहोला । नेपाल को सन्दर्भ मा त आज को दिन गाडि चढ्नै गाह्रो छ, तर पनि हामीलाई धेरै ठाउँ धाउनै पर्ने छ । देश बाहिर रहेका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरु पनि आ-आफ्नो समूह मा भेला भएर रमाइलो गर्दैहुनुहुन्छ होला । दशैँ को शुभअवसर मा पुन: एकपटक यहाँहरु सबैलाई हार्दिक मंगलमय शुभकामना ! यहाँ को दशैँ शुभरहोस् । imgsrc: flicker.com

Listen to Maya Thakuri's Story 'चौतारो साक्षी छ' in RadioBachan. आज को रेडियोवाचन को नयाँ अंक मा "माया ठकुरी" को कथासंग्रह 'चौतारो साक्षी छ' बाट "उसको कथा" तथा "चौतारो साक्षी छ" नामक २ वटा कथा वाचन गर्दैछौँ । रेडियोवाचनका लागि हाम्रा चिरपरिचित प्रस्तोता 'अच्युत घिमिरे' कथा वाचन गर्दैहुनुहन्छ भने प्रविधि मा दिलिप ज्योती ले साथ दिइरहनुभएको छ । नेपाली साहित्य मा माया ठकुरी का कथाहरु यथार्थपरक मानिन्छन् । सन् १९४६ मा लखनउ भारत मा जन्मिनु भएकी कथाकार माया ठकुरी को पहिलो कथा 'बहुलाही' हो । बिए सम्म अध्ययन गर्नुभएकी कथाकार ठकुरी ले शास्त्रिय संगित मा जुनियर डिग्री गर्नुभएको छ भने,  शिक्षण पेशा मा संलग्न हुनुहुन्छ । उहाँले वि. सं. २०४१ को मैनालीकथा पुरस्कार,वि.सं. २०३५ मा रन्तश्री स्वर्ण पदक र वि.सं. २०४३ मा जिल्ला शिक्षा समिति पाल्पाद्वारा कदर पत्र / प्रशंसा पत्र ले सम्मानित हुनुभएको छ । उहाँ को "नजुरेको जोडी - कथा संग्रह, गमलाको फूल - कथा संग्रह, साँघु तरेपछि - कथा संग्रह" आदि लगायत का कथा संग्रहहरु प्रकाशित भए

Today, I'm going to post some picture of XT Computer. I've clicked this picture from our Computer Science & Engineering Department, Kathmandu University Dhulikhel Kavre. It has become a show piece as it is an Old Computer. This computer was gifted by NIDC. In picture you can see that, this computer consist of monitor and CPU only, but where is mouse and Keyboard ? Might be lost, and yet another thing, there is no screen glass. As it is an old computer and gifted by NIDC. This is a XT computer and this picture are taken from website.It's not in KU... :P Beside Last picture, all pictures are clicked by myself from mobile.Low Quality Picture. :(

विगत का ६ शृंखलामा हामीले रेडियोवाचन अन्तर्गत डा वानिरा गिरी को उपन्यास 'कारागार' वाचन गरेका थियौँ । अच्युत घिमिरे को वाचन रहेको डा गिरी को उपन्यास 'कारागार' यहाँहरुलाई मनपर्‍यो भन्ने हामीले आशा गरेका छौँ । एउटा प्रौढा नारी को जीवन भोगाइ, खोतल्ने प्रयास गरिएको उपन्यास 'कारागार' नेपाली मा पिचडी गर्ने प्रथम महिला डा. वानिरा गिरी ले लेख्नुभएको हो । उपन्यासमा कुनै पनि पात्र को नाम दिइएको छैन । उपन्यास फ्ल्यास ब्याक मा गएर लेखिएको छ । वास्तविकतामा कैदीलाई थुनिने ठाउँ कारागार हो तर केही अन्तर्मुखीहरु आफैँ कारागार मा परेको अनुभव गर्छन् । यस्तै यस्तै प्रौढानारी को भावनालाई यो उपन्यास मार्फत उजागर गरिएको छ । गएको हप्ता गरेको वाचा अनुसार आज हामी कारागार को सम्पुर्ण डाउनलोड लिंक सहित उपस्थित भएका छौँ । Download Karagar (Radio Bachan) Download: Karagar-1 Download: Karagar-2 Download: Karagar-3 Download: Karagar-4 Download: Karagar-5 Download: Karagar-6

Software Freedom Day 2009 is inagurated by Honorable Minister Sankar Pokharel, in Yalamaya Kendra, PatanDhoka Lalitpur. In an inagurating ceremony, he said government is ready to help orgainization like FOSS Nepal, and wished best of luck for the success of program. Likewise, Madan Pariyar of HLCIT, Former minister Ganesh Shah and CAN Presidnet has also given speech on free and open source software.Mr. Ganesh Shah focused in '7-e' once again. At end of session KamalMani Dixit, has given thanks to everyone and encourage to use Linux as Operating System as well. Several events like, presentation on different projects and topics, disscussion on Open Space, Demo of several software, freedom toaster, cd distribution are taking place side by side. --- will update photo and more info later... (updated from mobile)