Skip to main content

Posts

अन्त्य के हो ? खै, के हो के हो, मेरो मगज ले भेट्न सकेको छैन । साँच्चै भन्ने हो भने, ‘अन्त्य’ के हो भनेर मैले ठम्याउन सकेको छैन । सायद, अरुहरुलाई नि, ‘अन्त्य’ या भनौँ ‘अन्तिम विन्दु’ के होला भन्ने जिज्ञासा होला । पक्कै हुनुपर्छ, तर म पनि यहाँ अन्तिम विन्दु यो नै हो भनेर लेख्दैछैन, खासमा कहिले काँहि यो खालि खालि दिमाग मा नानाभाँति का कुराहरु आएर खेल्ने गर्छन् । त्यसकै प्रतिफल स्वरुप, म आज अन्त्य को खोजी गर्दैछु । अन्त्य केलाई मान्ने यही नै दुविधामा छु म, अनि कुन विन्दु या भनौँ कुन तहमा पुगेपछि अन्त्य भएको मान्ने ? मृत्युलाई नै अन्त्य मान्ने त हैन होला ? मर्दा पनि, शरीर मात्र मर्छ, आत्मा त कहिले मर्दैन रे, भने अन्त्य केलाई भन्ने, सिद्धि या पूर्ण केलाई मान्ने ? अमेरिका, त्यहाँ दिनहुँ विकास भै’रहेको छ, अनि नेपाल पनि विकास को बाटो मा बामे सर्न खोज्दैछ भने केलाई अन्त्य मान्ने ? कुन तह मा पुगेपछि विकास भएको मान्ने ? हामी अमेरीकी जत्तिकै भएपछि विकास भएको मान्ने हो त ? यो पनि सम्भव छैन, उनीहरु जति जति अघि बढ्छन् हाम्रो अन्त्य को खोज पनि त्यती नै टाढा टाढा भाग्छ । पूर्ण केही पनि छैन, कोही

सँधै को झैँ यसवर्ष पनि सेप्टेम्बर १९ का दिन संसार भर "FOSS for Enterprise" भन्ने नाराका साथ Software Freedom Day 2009 मनाइँदै छ । सेप्टेम्बर १९ अर्थात असोज ३ गते, नेपालमा पनि Software Freedom Day मनाउन FOSS NEPAL ले जोडतोड का साथ तयारी गरिरहेको छ । विश्वव्यापिकरण र बजारीकरण सँगै, कम्प्युटर अनि सफ्टवेयरहरु मा पनि प्रतिस्पर्धा देखिएको छ । बढ्दो बजारीकरण सँगै अस्वस्थ प्रतिस्पर्धा बढेको छ, अनि कुनै समूह विशेष या व्यक्ति विशेष कै सफ्टवेयर तथा कम्प्युटर नै प्रयोग गर्न प्रयोगकर्ताहरुले अप्रत्यक्ष दबाब झेल्नुपरिरहेको छ । यसै कुरालाई मध्यनजर राख्दै खुल्ला तथा स्वतन्त्र सफ्टवेयर मा विश्वास गर्ने युवाहरु को पहल मा FOSS NEPAL नामक संस्था को स्थापना गरिएको थियो । सन् २००५ देखी नेपाल मा FOSS NEPAL ले Software Freedom Day मनाउँदै आएको छ । खुला तथा स्वतन्त्र सफ्टवेयरहरु को प्रयोग गर्नुपर्छ भन्ने मान्यता का साथ अघि बढेको FOSS NEPAL को नियमित इभेन्ट अन्तर्गत यसबर्ष पनि Software Freedom Day सेप्टेम्बर १९ का दिन मनाउन लागिएको हो । सेप्टेम्बर १९ का दिन Software Freedom Day मनाउन विभिन्न

Listen to Banira Giri's Karagar : Episode-5 आजको रेडियोवाचन को यो नयाँ श्रृंखला मा हाम्रा चिरपरिचित रेडियो प्रस्तोता अच्युत घिमिरे डा. वानिरा गिरी को चर्चित उपन्यास 'कारागार' को पाचौँ अंक वाचन गर्दैहुनुहुन्छ । सँधै झैँ आज पनि प्रविधिमा दिलिप ज्योती ले साथ दिइरहनुभएको छ । एउटा प्रौढा नारी को जीवन भोगाइ, खोतल्ने प्रयास गरिएको उपन्यास 'कारागार' नेपाली मा पिचडी गर्ने प्रथम महिला डा. वानिरा गिरी ले लेख्नुभएको हो । उपन्यासमा कुनै पनि पात्र को नाम दिइएको छैन । उपन्यास फ्ल्यास ब्याक मा गएर लेखिएको छ । वास्तविकतामा कैदीलाई थुनिने ठाउँ कारागार हो तर केही अन्तर्मुखीहरु आफैँ कारागार मा परेको अनुभव गर्छन् । यस्तै यस्तै प्रौढानारी को भावनालाई यो उपन्यास मार्फत उजागर गरिएको छ । उपन्यास को मज्जा लिन त, तपाई ले सुन्नै पर्छ, रेडियोवाचनमा, कारागार का अंकहरु !

३१ अगस्ट २००९, हेलसिन्की Silver Lining Creation ले निर्माण गरेको The Third Generation नामक ३८ मिनेट लामो डकुमेन्ट्रि को फिनल्याण्ड को हेलसिन्की मा पहिलो प्रदर्शनी गरिएको छ । फिनल्याण्ड को हेलसिन्की मा गरिएको प्रथम प्रदर्शनी मा दर्शक ले दिएको सकरात्मक रेसपोन्स को कारण, चलचित्र निर्माण टोली उत्साहित भएको छ । Silver Lining Creation ले The Third Generation प्रदर्शनी कै क्रम मा 'Will You Accept Me?' र 'An Ecological Date' नामक छोटा फिल्महरु पनि सार्वजनिक गरेको थियो । साथै, प्रदर्शनी को अन्तिम मा 'The possible use of new media in community transformation.’ नामक अन्तरक्रिया पनि आयोजना गरिएको थियो । कार्यक्रम मा The Third Generation का निर्देशक तथा Silver Lining Creation का अध्यक्ष मनोज कुमार भुषाल ले आफ्नो संस्था Silver Lining Creation को स्थापना को उद्देश्य को बारेमा बोल्नुभएको थियो भने कार्यक्रम को सञ्चालन Silver Lining Creation कै उपाध्यक्ष सोम प्रसाद चौँलागाई ले गर्नुभएको थियो । साथै, चलचित्रका का बारेमा, आमन्त्रित अतिथिहरुले पनि आफ्नो धारणा राखेका थिए । कार्य

Optical illusion वा दृष्टिभ्रम कहिलेकाँहि हुने रहेछ । केही दिन अघि दिक्क लागेर, facebook मा यही Optical illusion भन्ने quiz खेलेको थिएँ, ९ वटा मा ८ ओटा चाँहि मिलाएछु एउटा मा त मलाई नराम्रो सँगै दृष्टि भ्रम परेछ । दृष्टिभ्रम पार्ने चित्रहरु, फोटोहरु पनि गज्जब ले बनाइँदोरहेछ, हामी के सोचिराको हुन्छौँ, तर नियालेर हेर्ने हो भने ती फोटोहरुले अरु कुराहरु इंगित गरिरहेको हुन्छ । यस्तै दृष्टिभ्रम पार्ने केही फोटोहरु यहाँ राख्दैछु, फेसबुक तथा अन्य विभिन्न साइटबा साभार गरेर । सायद, दृष्टि भ्रम भनेको नि कुनै बिरामी हो कि भन्ने पनि लाग्छ कहिलेकाँहि । त्यहीँ प्रष्ट देखाइएको कुरा पनि आफूले चाँहि नदेख्दा, कहिले काँहि नमज्जा नि लाग्छ, हाहाहा । Optical illusion भनेर यहाँ यसको बारे चर्चा गर्न खोजेको नभइ, Optical illusion हुने/गराउने केही फोटोहरु देखाउन खोज्दैछु । यी नेटबाट खोजखाज गरिएका केही फोटो हेर्नुहोस् अनि, मुल्यांकन गर्नुहोस्, दृष्टिभ्रम कत्ति को रहेछ ? कतिवटा बाघ छ होला, यो फोटो मा ? हाँस र खरायो, दुवै छन् कि ? यो कुनै भाँडो हो वा कोही दुइजना को अनुहार हो ? अचम्म मानेर हेर्नुभा'को हो,

तिमीले निचोर्दै, चिथोर्दै खियाउन लाग्दा म कहिले आत्तिन्न । तिमी सँग शक्ति होला म सँग सामर्थ्य छ तिमी सँग क्रोध होला म सँग सहनशिलता छ तिमी सँग बुद्धि होला म सँग विवेक पनि छ ! त्यसैले तिमी र म वा म र तिमी जताबाट हेरौँ फरक स्पष्ट छ । तिमी पेल्न खोज्छौ म ढुंगा बन्छु तिमी उखेल्न खोज्छौ म अनन्त जरा गाड्छु तिमी धकेल्न खोज्छौ म हिमाल बन्छु तिमी पखाल्न खोज्छौ म अझै चम्किन्छु अनि तिमी थाक्दछौ किनकी म विर गाथा बोकेको गोर्खाली हुँ । सुस्ताहरु मा तिमी रजाँइ गर्न थाल्छौ अनि कालापानीहरुमा मलाई लाग्छ निभ्न लागेको दियो चम्के झैँ, मात्र त्यस्तै । तिमी कसैको अधीनमा रहँदा मैले कसै सामु शिर झुकाइन, कसैसामु घुँडा टेकिन र पिठ्युँ पनि आफ्नै धर्ति सामुन्ने नै थियो । तर पनि तिमी मलाई लाछी ठान्छौ, तिमी सँग क्रोध छ म सँग सहनशिलता छ, तिमी सँग बुद्धि छ तर म सँग विवेक पनि छ ! imgsrc: travel-nepal.com - घिमिरे सुनिल

Listen to Banira Giri's Karagar : Episode-4 आजको रेडियोवाचन को यो नयाँ श्रृंखला मा हाम्रा चिरपरिचित रेडियो प्रस्तोता अच्युत घिमिरे डा. वानिरा गिरी को चर्चित उपन्यास 'कारागार' को चौथो अंक वाचन गर्दैहुनुहुन्छ । सँधै झैँ आज पनि प्रविधिमा दिलिप ज्योती ले साथ दिइरहनुभएको छ । एउटा प्रौढा नारी को जीवन भोगाइ, खोतल्ने प्रयास गरिएको उपन्यास 'कारागार' नेपाली मा पिचडी गर्ने प्रथम महिला डा. वानिरा गिरी ले लेख्नुभएको हो । उपन्यासमा कुनै पनि पात्र को नाम दिइएको छैन । उपन्यास फ्ल्यास ब्याक मा गएर लेखिएको छ । बा-आमा तिर्थ जाने कुरा सँगै आज को उपन्यास सुरु हुन्छ । तर बद्रिनाथ बाट फर्किँदा, बाटो मा हिउँ पहिरो मा परे रे, उनी अनाथ भइन् रे । एउटा संसार ३ वटा टुक्रमा बदलियो रे, सं, सा अनि र, 'ठुल्दाजु, सान्दाजु र म' । बा ले, इच्छापत्रमा ठूलो छोरो र सानो छोरोलाई बराबार अनि श्रीमती र छोरीको लागि बराबर अंश भाग लगाएका रहेछन्, तर श्रीमती पनि उनीसँगै टाढा गइसकेकी छिन्, कहिले नफर्किने गरी ! केटाहरु धेरै आए, तर आफूलाई सोध्दै नसोधी ठुल्दाइ, सान्दाइ र भाउजु ले सँधै प्रस्ताव अस्विक

Experience a cleaner Tweeting with Buzzom Desktop. Get Buzzom Desktop to manage your twitter account. Twitter (ट्विटर) एउटा माइक्रोब्लगिङ साइट, जसमार्फत आफ्नो स्टाटस भनौँ या समाचार या जानकारी पलपल अपडेट गर्न सकिन्छ । प्रायलाई थाहा नै होला, दिनानुदिन ट्विटर मार्फत आफ्ना स्टाटस ट्विट गर्ने को संख्या बढ्दैछ । यहि ट्विट गर्नका लागि सयौँको संख्यामा क्लाइन्ट एप्लिकेशनहरु बनेका छन् । ट्विटरफिड देखि ट्विट डेक सम्म का क्लाइन्ट एप्लिकेशनहरु मार्फत ट्विट गर्ने गरिएको छ । तर ती एप्लिकेशन मार्फत चाहिएका भन्दा नचाहिएका ट्विट बढि आयो, स्पामिङ भयो भनेर निकै गुनासो आउने गरेको छ । ट्विटरका प्रयोगकर्ताहरु ट्विटर मार्फत आफ्नो व्यापार, व्यवसाय बढाउन चाहन्छन्, अत नेटवर्क त ठूलो हुने नै भयो, तर यही नेटवर्क का कारण ट्विटर ले समेत धान्न नसक्ने गरि अनि दिक्कै लाग्ने गरि ट्विटहर आउने गर्छन्, अर्थात स्पामिङ धेरै भो भनेर गुनासो आउने गरेको छ । तर अब भने यहि ट्विट को कारण ले समस्या झेल्नुपर्ने छैन, किनकी यस्तै स्पाम कन्ट्रोल गर्न या भनौँ आफ्नो लागि उपयुक्त हुने ट्विटहरु मात्र हेर्न मिल्ने गरि, एउटा नयाँ एप्लिकेशन ब

कोटेश्वर को हिलो र वानेश्वर को धुलो खाँदै घन्टाघर पुगेको छु । घन्टाघर पुग्नासाथ, घन्टि बज्छ । घन्टि बजेकोले आफ्नो घडि को समय र घन्टाघरको समय हेर्छु । ठिकै जस्तो लाग्छ, जति बजेको घन्टि लाग्नुपर्ने त्यति नै बजेको छ, मेरो घडिमा पनि ! तर पनि मलाई शंका लागिरहेको छ, घन्टाघर को समय माथि । म अलि फरक महशुश गर्दैछु, समय मिलेको भएपनि मलाइ नमिलेको जस्तो लागिरहेको छ । हुन त प्राय: घन्टाघर को तलबाट हिँड्दा सँधै समय हेर्छु, समय मिलेको जस्तो लाग्छ आफ्नो घडिसँग । अब कहिले काँहि घन्टाघरको आफ्नै घडिहरु को समय नमिल्नु अलग कुरा हो तर पनि मलाई हरेक पटक घडि हेर्दा केही अजिब लाग्छ, केही गडबढ लाग्छ । त्रि चन्द्र कलेज सँगै रहेको घन्टाघर देश को शान अनि पुर्खा को नासो यति हुँदा हुँदै पनि मेरो मगज सड्किरहेको छ, घडि ले ठिक समय दिइरहेको छ, तर पनि लाग्छ केही त गढबढ छ । कस्तो कस्तो, आँखालाई पनि भ्रम भएजस्तो, केही नमिलेको जस्तो लागिरहेको छ । बाटा छेउ का शिरिष का बोटहरु हरिया छन्, शिरिष का फूलहरु बाटो मा छरिएका छैनन्, फूलहरु रुख को टुप्पा मै रहेर आनन्द लिइरहेकाछन् । लाग्दैछ, म धेरै बेर घन्टघर तल घोरिएर बसेकोले ती शिरिषक

Listen to Banira Giri's Karagar : Episode-3 आजको रेडियोवाचन को यो नयाँ श्रृंखला मा हाम्रा चिरपरिचित रेडियो प्रस्तोता अच्युत घिमिरे डा. वानिरा गिरी को चर्चित उपन्यास 'कारागार' को तेस्रो अंक वाचन गर्दैहुनुहुन्छ । डा. वानिरा गिरी को उपन्यास 'कारागार' मा कुनैपनि पात्रहरु को नाम दिइएको छैन । वास्तविकतामा कैदीलाई थुनिने ठाउँ कारागार हो तर केही अन्तर्मुखीहरु आफैँ कारागार मा परेको अनुभव गर्छन् । यस्तै यस्तै प्रौढानारी को भावनालाई यो उपन्यास मार्फत उजागर गरिएको छ । उपन्यास को मज्जा लिन त, तपाई ले सुन्नै पर्छ, रेडियोवाचनमा, कारागार का अंकहरु !