Skip to main content

Posts

काठमाडौँ भन्ने बित्तिकै हिजोआज, धुँवा धूलो उडेको, बाटोभरि फोहोर थुपारिएको, ढल बग्ने खोला, जाम हुने नाली, पानी नआउने धारा आदि इत्यादि याद आउँछ । हुन पनि हो, धुलो उडेको र फोहोर थुप्रिएको या भनौँ फोहोर को गन्ध ह्वास्स नाक मा ठोक्कियो भने, आँखा चिम्लेरै काठमाडौँ आइपुग्यो भन्ने जाने हुन्छ । चाहे वानेश्वर होस्, या न्युरोड वा दरबार मार्ग नै किन नहोस्, फोहोर को डंगुर भेटिन्छन्, बाटो भरि, फुटपाथ बाट हिँड्न पनि गाह्रो ! अझ खोला छेवैछेउ बनेको बाटो बाट त हिँड्छु भनेर नचिताएपनि हुन्छ । खोला कालो देखिन्छ, त्यसमाथि उस्तै नमिठो गन्ध, जति नै नाक थुनेपनि त्यसको गन्ध सिधै नाकबाट माथि मष्तिष्क मा पुग्छ । तर आज म एउटा अचम्म को कुरा देखाउँदैछु । जब मैले देखेँ म त छक्क परेँ, अरे यस्तो पनि हुन्छ काठमाडौँ मा ? काठमाडौँ को नाली मा पानी पनि बग्छ भन्ने कुरा थाहा थिएन, नाली भन्नेबित्तिकै फोहोर थुप्रिएर पानी नबग्ने नाली को याद आउँथ्यो तर जब यो देखेँ तब सबैतिर एकैनास हुँदैन रहेछ भन्ने लाग्यो । साँच्चै भन्दा, काठमाडौँ मा पहिलोपटक मैले यस्तो नाली देखेँ जहाँ संङ्लो पानि बगिरहेको थियो । यो देख्दा सपना हो कि, जस्तो पनि

Listen to Banira Giri's Karagar : Episode-2 "प्रकाशको निम्ति प्वाँख बेच्छन् बत्ति नगिचका डाँठहरु, विलासका निम्ति सबथोक बेच्छन् महल निवासी स्वाँठहरु, वरदान को निम्ति गर्दन बेच्छन् सिंङ्ग उम्रेका बोकाहरु, ज्यानका निम्ति केन बेचुन् हामी जस्ता भोकाहरु ।" हाँस्यव्यङ्ग्यकार 'भैरव अर्याल' को कविता सँगै सुरुहुने आजको रेडियोवाचन को यो नयाँ श्रृंखला मा हाम्रा चिरपरिचित रेडियो प्रस्तोता अच्युत घिमिरे डा. वानिरा गिरी को चर्चित उपन्यास 'कारागार' को दोश्रो अंक वाचन गर्दैहुनुहुन्छ । आज को यो श्रृंखला मा प्रविधिमा दिलिप ज्योती ले साथ दिइरहनुभएको छ । डा. वानिरा गिरी को उपन्यास 'कारागार' मा कुनैपनि पात्रहरु को नाम दिइएको छैन । वास्तविकतामा कैदीलाई थुनिने ठाउँ कारागार हो तर केही अन्तर्मुखीहरु आफैँ कारागार मा परेको अनुभव गर्छन् । यस्तै यस्तै प्रौढानारी को भावनालाई यो उपन्यास मार्फत उजागर गरिएको छ । उपन्यास को मज्जा लिन त, तपाई ले सुन्नै पर्छ, रेडियोवाचनमा, कारागार का अंकहरु !

ए एक्युरियम का माछाहरु तिम्रो अस्तित्व केबल सिसा को बन्द घेरा भित्र मात्र सिमित छ । तिमी रंगिबिरङ्गी छौ तर केवल मनोरञ्जनको साधन मात्र यति नै हो तिम्रो अस्तित्व त्यहाँ भन्दा बाहिर तिमी कहिल्यै आउन सक्दैनौ किनकी तिमी पानी बिना बाँच्नै सक्दैनौ पानी तिम्रो घर हो खाने भाँडो हो त्यसैले त होला तिमी पानी विमुख हुनेबित्तिकै छट्पटाउन थाल्दछौ उफ्रन थाल्छौ पुच्छर ले वरपर हिर्काउन थाल्छौ किनकी तिमी आफ्नो मात्र सोच्छौ । तिम्रो उफ्राइले कति किट मरे होलान् तिम्रो छटपटाइले कतिलाई पेल्यौ होला तर तिमी महान छौ त्यसैले त तिमीलाई छानि छानि एक्युरियम मा राखेकाछौँ । तिमी मा उत्पादकत्व छैन सृजनशिलता छैन केबल छ त घमन्ड सेतो, कालो, हरियो, निलो, रातो हुनुको । परिवर्तन हुनु छ भने घमन्ड छोड अनि पानी बिना पनि बाँच्न सिक अनि तिमी महान हुनेछौ विश्वव्यापी हुनेछौ र प्रेरणाको स्रोत पनि नत्र फगत जन्मनु र मर्नुबाहेक केही अस्तित्व रहने छैन केही रहने छैन । नोट: एक्युरियम ले संसद/संविधानसभा भवन जनाउँछ भने माछाहरु ले हाम्रा संसद/सभासद जनाउँछ । imgsrc: mydigitallife.info

When I born, I black When I grow up, I black When I go in Sun, I black When I scared, I black When I sick, I black And when I die, I still black And you white fellow When you born, you pink When you grow up, you white When you go in sun, you red When you cold, you blue When you scared, you yellow When you sick, you green And when you die, you gray And you calling me colored? Note: I've got this piece of poem in my email. As email says, this poem was nominated by the United Nations as the best poem of 2008 & it was written by an African Kid. imgsrc: karamaureen.com

मकवानपुर गढी, इतिहासमा ठूलो प्रभाव रहेको तर अहिले एउटा भग्नावशेष मात्र । करिब १ महिना अघि जति मकवानपुर गढि सम्म पुगिएकोथियो, ख्यालख्याल मै ! हेटौँडा बाट करिब १५-१६ किलोमिटर पूर्वमा महाभारत डाँडा को टुप्पामा मकवानपुर गढि रहेको छ । नेपाल को एकिकरण हुनुपुर्व को एक शक्तिशाली राज्य, अनि त्यहाँ का सेन वंशीहरुले राज्य गर्थे भनेर खुबै पढिएको थियो । अस्ति को छुट्टि मा हेटौँडा पुग्दा, भाइ विवेक ले गढि जाउँ भन्यो, उसले भन्नेबित्तिकै मलाई हतार लागिहाल्यो, धेरै पहिलेदेखि जान मन लागेर पनि नगएको ठाउँ भएकोले, अनि अझ दरबार, ब्यारेक भनेपछि शनिबार को दिन गइयो, मकवानपुर गढिमा, एउटा भग्नावशेष भित्र हाम्रो इतिहास हेर्न ! बिहान खाना खाएर राजदेवी बाट जंगलै जंगल उकालो चढियो ! बाँकी कुरा फोटोहरुबाट प्रस्ट पार्ने कोशीस गर्छु है त ! मकवानपुर गढि प्रवेशव्दार यो, माटो को ढिस्को मुनि चाँहि उहिले राजा को 'सेतो हात्ति' गाडिएको थियो रे । पहिले त्यहाँमाथि एउटा साइनबोर्डमा लेखिएको थियो रे । दरबार प्रवेशव्दार, चारैतिर अग्ला पर्खाल, अनि पर्खाल बाहिर ठूला ठूला, गहिरा खाडलहरु । दरवार प्रवेश गर्ने यही एउटै मात्र ढोका,

Listen to Banira Giri's Karagar : Episode-1 "छाति च्यापेर हिँड्छ उ, मान्छे हुनुको गौरव, सम्भवत कोही हो भने, उ नै हो भगवत विजयी !" डा. वानिरा गिरीको 'मेरो आविष्कार' बाट साभार गरिएका हरफ सँगै सुरुहुने आजको रेडियोवाचन को यो नयाँ श्रृंखला मा हाम्रा चिरपरिचित रेडियो प्रस्तोता अच्युत घिमिरे डा. वानिरा गिरी को चर्चित उपन्यास 'कारागार' वाचन गर्दैहुनुहुन्छ । सँधै झैँ आज को यो श्रृंखला मा प्रविधिमा उज्वल अधिकारी ले साथ दिइरहनुभएको छ । वास्तविकतामा कैदीलाई थुनिने ठाउँ कारागार हो तर केही अन्तर्मुखीहरु आफैँ कारागार मा परेको अनुभव गर्छन् । यस्तै यस्तै प्रौढानारी को भावनालाई यो उपन्यास मार्फत उजागर गरिएको छ । उपन्यास को मज्जा लिन त, तपाई ले सुन्नै पर्छ, रेडियोवाचनमा, कारागार का अंकहरु !

जनैपूर्णिमा तथा रक्षाबन्धन को अवसरमा यहाँहरु सबैलाई सुस्वास्थ्य र दिर्घायु को कामना सहित हार्दिक शुभकामना ! जनैपूर्णिमा तथा रक्षाबन्धन को लागि आज, यहाँ नजिकै रहेको गोसाइस्थान गइएको थियो । वनेपा र धुलिखेल बिच २८ किलो भन्ने ठाउँबाट करिब १५-२० मिनेट उकालो चढेर गोसाइस्थान पुग्न सकिन्छ । यो ठाउँ, तालु डाँडा को नाम ले पनि चिनिने गरिन्छ । गोसाइस्थान मा विभिन्न चाडपर्वहरुमा मेला लाग्नेगर्दछ । गोसाइस्थान मा पुजाआजा गर्न तथा रक्षाबन्धन बाँध्न को लागि, काठमाडौँ, धुलिखेल, वनेपा, पनौती लगायत का विभिन्न ठाउँहरुबाट भक्तजनहरु आएकारहेछन् । रसुवा को गोसाइकुण्ड मा झैँ यहाँ पनि गोसाइस्थानमा भक्तजनहरु को ठूलो घुँइचो थियो । यही जनैपूर्णिमा र रक्षाबन्धन को अवसरमा, गोसाइस्थान मा लिइएका केही तस्विरहरु यहाँ राख्दैछु । मन्दिर मा भित्र छिर्न र बाहिर निस्कन भक्तजनहरु को भिड । पैसो खोज्दैछन्, पानीभित्र चुम्बक बाँधिएको बल्छि थापेर ! झाँक्रिहरु ढ्याङ्ग्रो ठोक्दै, काम्दै, उफ्रदैछन् ! (छेउमा यसो नजिकै पुगेको थिँए, रक्सी को गन्ध ह्‍वास्स नाकमा पर्‍यो) भ्याइनभ्याई छ, बाहुन बाजे लाई ! (डोरो बाँधिसकेपछि, टिका लगाइदिँदै) प

मनका कुराहरु बुझेर बुझ्नै नसकिने… खै कस्तो कस्तो… कहिले नसोचेको जस्तो… कहिले थाहा नपाएजस्तो… कति राम्रो र मिठो अनुभव । आत्मियता को गहिरो आभास अनि माया… केबल माया, के भइरहेछ पत्तो छैन । उनलाई देखेकी सम्म पनि छैन… तर भावनात्मक आभाषमा यति धेरै डुबेकी छु… आफैँलाई अचम्म लाग्छ, सायद यही नै हो माया । जताततै चारैतिर केवल उनको मात्रै आभास भइरहेछ… उनलाई मात्र सम्झिरहेकी छु… उनको कल्पनामा लिप्त भएकी छु । आफ्नै कल्पना को डुंगामा म तैरिरहेकी छु… साथमा छन् उनकै भावनाहरु, उनकै आभाषहरु र उनकै कल्पनाहरु… सपना देख्छु अत्याधिक र त्यही सपनामा मैले उनलाई देखेँ… कालोवर्ण, मृगनयनी आँखा… घुम्रेको कपाल, पिताम्बर को लुगा, मजुरको प्वाँख साथमा मुरली… उनी मेरा हुन, मेरा… ‘मेरो कृष्ण’… पूर्वकालमा जन्मेकी भएँ, सायद म नै राधा हुन्थेँ होला वा सायद म नै गोपिनीहरु माझ कुनै एक हुन्थेँ होला… तर अफसोच म अभागिनि, त्यसकाल मा मेरो अस्तित्व रहेन… तर आज यस समयमा म केवल उनलाई सम्झिरहेकी छु… यो प्रेम हो वा होइन… तर मलाई लाग्छ, सायद म माया मा फसेकी छु । कल्पना नै एउटा साहारा बनेको छ, उनको माया पाउन… मेरा कृष्ण, केबल मेरा कृष्ण… उन

I know, sometime you face lot of problem due to Computer Virus. And you most have installed some kind of Anti virus to protect your computer. But If you have Linux as your operating system, then you have no problem with Computer Virus.hehehe... But what could be done when Antivirus Says like this: "WARNING !!! This Computer is INFECTED with some virus. We try to kill and remove it but failed. So, yo must find and kill it manually." This warning is shown by Kaspersky Antivirus in one of my friend's computer. I was shocked when I saw this warning. We install Antivirus to Protect our computer form Virus , but Antivirus says, Find and Kill manually. How funny...hahaha. If we know this is virus and we have to remove ourself, then why we have to pay for Antivirus like this. So, If your computer is attacked by virus, don't need to scan them using Antivirus. Just find and delete yourself hehehe...

Happy Friendship Day. " Friendship is unnecessary, like philosophy, like art... It has no survival value; rather is one of those things that give value to survival. " - C. S. Lewis सि एस लेविस ले भने झैँ मित्रता अनावश्यक त हैन तर उनले भनेको यो कुरालाई पनि नकार्न सकिँदैन, साथै मित्रता ले जिउने जिवनमा ठूलो महत्व राख्दछ । हो, पक्कै पनि मित्रता को महत्व ठूलो छ, अनि यसको आफ्नै मुल्य छ जुन केही कुरा सँग पनि तुलना गर्न सकिँदैन । आज अन्तराष्ट्रिय मित्रता दिवस अर्थात अगस्ट महिना को पहिलो आइतबार । यहाँहरु सबैलाई मित्रता दिवसको अवसरमा हार्दिक मंगलमय शुभकामना । साथि, मित्र, हितैषी जुनसुकै नाम दिए पनि यो मित्रताको बन्धन सँधै रहिरहोस्, सबैसँग, सँधैभरिको लागि । आज को दिन यहाँहरु आफ्ना साथिहरुसँग रमाइलो गर्नुहुँदैछ होला, रमाइलो गर्नुस्, साथी को महत्व बुझ्नुस् । समय यस्तो छ कि, यो बितेपछि फर्काएर ल्याउन सकिँदैन अनि आफूमा सम्झना बाहेक केही बाँकी रहँदैन । अत: यो समय मा आफ्ना साथिहरु सँग, स्मरणीय पलहरु बिताउनुहोस्, खानुहोस्, पिउनुहोस्, मोज गर्नुहोस् । साथी, सँधै साथमा त नरहला तर पनि उनीहरु सँग