Listen to Bijaya Malla's 'Ma ra Chitthi' in RadioBachan. केही दिन को विश्राम पछि रेडियोवाचन मा फेरी एउटा अर्को एक अंकमा सकिने कथा लिएर उपस्थित भएका छौँ । विजय मल्ल को 'परेवा र कैदी' कथा संग्रहबाट आज 'म र चिठ्ठी' शीर्षक को कथा वाचन गर्दैछौँ । रेडियोवाचनका लागि यसका प्रस्तोता अच्युत घिमिरे वाचन गर्दैहुनुहुन्छ भने, प्रविधिमा उज्वल अधिकारी ले साथ दिइरहनुभएको छ । एक समय, काठमाडौँ को एक एफएम स्टेशन बाट प्रसारित रेडियोवाचनका श्रृंखलाहरु हामी आकारपोष्ट मार्फत बजाइरहेका छौँ । आज को रेडियोवाचन को श्रृंखला मा बजेको कथा 'म र चिठ्ठी' २००७ सालमा लेखक प्रजातन्त्र प्राप्ति पछि जेलबाट छुटेको कुरा बाट सुरु हुन्छ । लेखक कांग्रेसका कार्यकर्ता रहेछन्, अनि दिनहुँ चिठ्ठीहरु आउँदारहेछन्, अनि प्राय पत्रमा जागिर को याचना गरिएको हुन्थ्यो । व्यवस्था बलदिएको भएपनि मनोवृत्ति बदलिएको थिएन । एकदिन, एउटी आइमाई को चिठ्ठी आयो । चिठ्ठी लेख्ने आइमाईलाई लेखक चिन्छन् तर लेखकले यहाँ उनको नाम भने उल्लेख गरेका छैनन् । त्यो चिठ्ठी पढिसकेपछि लेखक ले त्यही चिठ्ठीलाई कथाको रुप दिएका छन्