Skip to main content

Posts

म छोरी, म आइमाई जात, म नारी । आज म तृप्ती अनुभव गरिरहेको छु । मलाई लाग्छ आज मेरो जित भएको छ, आज म आनन्दले भरिपुर्ण छु । उ हेर, मेरी आमा चिच्याई चिच्याई रोइरहेकी छिन्, उता बुवा पनि त्यस्तै । साना साना भाइबहिनी चाँहि बुझ्दैनन्, यस्तो ठूलो कुरा । सायद तपाई को अनुमान मिल्न सक्छ… हो म अब यस संसार मा छैन, म मरिसेकेकी छु, हो म मरिसकेकी छु । हो, मैले आफूले आफैँलाई मृत्यु दिएकी छु र म यो गर्व को साथ बताउँदैछु । हो, मैले आत्महत्या गरेँ । अनि यही आत्महत्या को विषयमा धेरै प्रश्न उठिरहेकाछन्, मान्छेहरु कानेखुशी गर्दैछन् । त्यो छिमेकी आइमाई, उ हेर्नुस् खासखुस गर्दैछिन् । मेरो चरित्र मा दाग लगाउँदैछन्, म मा नभएको खोट र दाग पनि देखाउन खोज्दैछन् उनीहरु । समाजमा केटा ले आत्महत्या गर्‍यो भने, “टेन्सन” ले, या अरु कुनै वाहाना… अनि किशोरी केटी ले आत्महत्या गरी भने, ‘गर्भवति भएको’, कि ‘प्रेम मा धोका पाएको’ वा सिधै ‘चरित्रहिन’ भएको आरोप । मलाई पनि यस्तो लान्छना लाग्नु स्वभाविक हो । तर भित्री कुरा त कसलाई थाहा हुन्छ हैन र ? के हामी अरु को मन पढ्न सक्छौँ र ? धेरै के भन्नु तर मैले आफूलाई चाँहि मृत्यु दिँए ।

त्यसै त्यसै ताजुब लाग्छ, सोच्दा झनै अजिव लाग्छ । नेतागण का अर्धबुद्धि, केही मात्र जिवित लाग्छ ।। गर्छन् सँधै नारावाजी, राती पनि घाम लाग्छ । हाम्लाई देओ तिम्रा ‘नारा’, जोत्‍नै मात्र काम लाग्छ ।। झिक्छन् अरे बिजुली नि, दिउँसै अब बत्ति बल्छ । भाँड मा गए तिम्रा बत्ति, हाम्रै टुकी काम लाग्छ ।।

Listen to 6th episode of Lolita. लोलिता सँगको बसाइमा आज छैठौँ अंक लिएर हामी उपस्थित भएका छौँ । रेडियोवाचनमा “लोलिता”को अन्तिम अंक वाचन गर्दैछन्, अच्युत घिमिरे र प्रविधी मा साथ दिइरहेकाछन् अनिल मन्डर । भ्लादिमिर नावोकोभ को विश्वविख्यात उपन्यास लोलिता को छैठौँ अंक आज सुनाउँदै छौँ ,आज को रेडियोवाचनमा । केशरी अमगाईव्दारा नेपाली मा अनुवादित उपन्यास “लोलिता”, प्रोफेसर “हम्बर्ट र लोलिता” बिच को यौनसम्बन्धमा आधारित उपन्यास हो । आगामी हप्ता लोलिता को सम्पुर्ण लाउनलोड लिंक सहित उपस्थित हुनेछौँ ।

अपडेट: केयु का विभिन्न क्लबहरु र पुरुष तथा महिला छात्रावासका प्रतिनिधिहरुको मध्यस्थता मा आन्दोलनरत पक्ष र प्रशासन विच ७ बुँदे सहमतिहरु भएको छ । काठमाडौँ विश्विद्यालय आज दोश्रो दिन पनि बन्द रहेको छ । SWC (Student Welfare Council) ले विभिन्न माग राखि गरिएको आन्दोलन ले आज उग्र रुप लिएको छ । यसअघि हिजो SWC ले आफ्नो माग को सुनवाइ नभएको भन्दै सबै डिपार्टमेन्टहरु मा ताला लगाएको थियो भने उता रजिष्ट्रार को कार्यालय ले ताला नखुले कारवाही गरिनेछ भन्दै आज प्रशासन आफैँले ताला फुटाएका कारण स्थिति असमान्य बनेको छ । सो क्रम मा झडप भएर केही विद्यार्थीहरु घाइते भएका छन् भने, झडप कै क्रम मा केही सिसा र गमला तोडफोड भएको छ । केहीबेर अघिसम्म पनि प्रशासन ले वार्ता मा नबोलाएको ले, विद्यार्थीहरु झनै आक्रोशित देखिएकाछन् । केही दिन यता, प्रशासन र SWC बिच दूरी बढ्दैगएको थियो । CR हरु को राजिनामा पछि, SWC को कार्यक्षमता मै प्रशासन ले औँला ठड्याएपछि, स्थिति जटिल बन्दैगएको हो । एकातिर मागहरु सुनुवाइ हुनुपर्ने माग उठिरहँदा विद्यार्थीहरुकै अर्को समूह पढाइ सुचारु गर्न दबाब दिइरहेको छ । विद्यार्थीहरु नै विभिन्न गुट र स

Environment Parade 2009...'Your Planet Needs You ! Unite to combat climate change'...भन्ने नारा सहित वनेपाको विभिन्न भागहरुको परिक्रमा गरी, परेड सभा मा परिणत भएको थियो । KU, ECO ACTIVE FORUM,NSCS,FECAM,LEO CLUB OF KAVRE,BANEPA आदि को संयुक्त आयोजना मा गरिएको परेड केयु गेट देखि सुरु भइ, वनेपा को विभिन्न भागहरु परिक्रमा गरि सभा मा परिणत भएको थियो । साथै, समापन को अवसरमा सडक नाटक पनि देखाइएको थियो । कार्यक्रममा केयु का साथै, विभिन्न स्कुल का विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

"हातमा हात ओठमा ओठ म आउँदैछु प्रिय म आउँदैछु प्रिय !..." भन्ने पंक्ति सँगै भिडियो सुरु हुन्छ । राजन कठेत को निर्देशन मा बनेको भिडियो निकै मजाले सलल बगेको छ । भिडियो अन्तिम सम्म नहरेसम्म यो के को लागि र कुन विषयमा बनेको भिडियो हो भन्न मुस्किल नै पर्छ । एउटा सन्देशमुलक कुरा भिन्नै कन्सेप्ट मा बनेको भएर पनि भिडियो निकै राम्रो लाग्छ । काठमाडौँ विश्वविद्यालय मिडिया स्टडिज का साथिहरुले बनाएको छोटो र मिठो भिडियो आज यहाँ राख्दैछु । भिडियोमा अभिनय रहेको छ पर्वत थापा को भने, क्यामरा मा छिरिङ र कविता वाचन मा रतन रहेकाछन् । भिडियोको बारेमा: A very short, both romantic and funny video(1 min. 25 secs.), made by KU students (2009) with Parbat Thapa (Electrical Engineering 4th/last year) in the scene....Poem narration by Ratan Aanad Karna, background score by Diwas Manandhar and Parbat Thapa, editing by Shekhar KC and Rajan Kathet, camera by Prem Tshering Sherpa and, scene selection, photography direction, script, concept and direction by Rajan Kathet. It was a good homework before making th

I have always been away from political since the very beginning I have been hearing from so many people the same thing that "Politics is the dirty game. So, this kind of surrounding made me go away from politics. But one thing has always fascinated me, or let me say one woman, one Italian-Indian woman who leads congress in India , yes I am talking about Sonia Gandhi..."Sonia Gandhi" for me is the idol in something called politics, though I know least about her, or let me say I give a damn !! to politics. One event before five years I clearly remember because I have watched this ardently in Television. Yes, that was Election in India before five years...Although I don't remember so many things one event for me remains unforgettable.I remember the clash whether to make Sonia Gandhi Prime Minister or not. A leader Uma Bharati I guess came up with"Hunger strike" and similarly a fake publicity seeker stood up in a car among cameras and police with a gun in h

Listen to 5th episode of Lolita. लोलिता सँगको बसाइमा आज पाचौँ अंक लिएर हामी उपस्थित भएका छौँ । रेडियोवाचनमा “लोलिता”को पाचौँ अंक वाचन गर्दैछन्, अच्युत घिमिरे र प्रविधी मा साथ दिइरहेकाछन् अनिल मन्डर । भ्लादिमिर नावोकोभ को विश्वविख्यात उपन्यास लोलिता को पाचौँ अंक आज सुनाउँदै छौँ ,आज को रेडियोवाचनमा । केशरी अमगाईव्दारा नेपाली मा अनुवादित उपन्यास “लोलिता”, प्रोफेसर “हम्बर्ट र लोलिता” बिच को यौनसम्बन्धमा आधारित उपन्यास हो । एउटा बुढो प्रोफेसर र कलिली केटी बिच को सम्बन्ध को वर्णन गरिएको यो उपन्यास, विश्व कै सर्वाधिक विवादाश्पद उपन्यास हो । प्रोफेसर हम्बर्ट, लोलितालाई लिएर सहर सहर मा डुलिरहेकाछन् । विभिन्न सहरका प्राय: जसो सबै होटल, मोटल चहारिरहेकाछन् ।

देखे पनि नदेखेको जसरी बाटो लागे दुवै । खै, कसरी यस्तो भएका हुन्, पहिले त यस्तो थिएनन्, सबैमा यही जिज्ञासा छ । हरदम सँगै रहने उनीहरु अहिले परिचितहरु को भिडमा पनि अपरिचित बनेर हिँडिरहेकाछन् । कसैले सोधेमा जवाफ दिन्छन्, ‘थाहा छैन, त्यस्को बारेमा मलाई के मतलब, जब उसले मलाई आफ्नो मान्दैन भने, उसको जिन्दगीमा मेरो केही भ्यालु छैन भने’ । दुवै को जवाफ एउटै हुन्छ, सबैसँग तर अफसोच उनीहरुको जवाफ सुन्ने एउटै साझा मान्छे कोही छैन । यदि दुवै को कुरा एउटैले सुन्ने हो भने सायद, उनीहरु बिच को दुरी रहँदैनथियो । एक अर्काको नजरमा नराम्रो बनेर हिँड्दैन थिए होलान् । आज पनि भेट भएको थियो तर न उसले बोलायो न उनले बोल्ने इच्छा नै देखाइन् । दुवै एउटै रेष्टुरेन्टमा पुगेकाछन् तर टेबल बेग्लै छ । अनि दुवै विपरित दिशा तिर फर्किएकाछन् । उनीहरुलाई हेर्दा लाग्दैन कि, उनीहरु कुनै समय सँगै थिए । हुन त अफिस जाने बाटो पनि एकै छ, अनि दिनहुँ देख्छन् तर पनि नदेखेको, नचिनेको नाटक गर्छन् । हुन त उनीहरु बिच केही भएकै थिएन । सुनाउँदा पनि सबै हाँस्नेछन्, उनीहरु को मनमुटाव को कारण सुनेर । (फेरी भनुँ भने नि, आफ्नै बेइज्जत हुन्छ, भन्द

If you are currently in Nepal then you might be facing problems with the ever changing politics and load shedding schedule. This has disrupted the Nepalese public life and created a sense of frustration. At these times, how do you know what people are asking from the government? The angry public and frustration has always caused people to come out on the roads and revolt to the government. At these times, very few – I think, know of the existence beyond the chaos of Nepal, particular all those bureaucrats working on their desk that doesn’t have a computer – forget the internet, there lies a mass of people connected in virtual World. In global terms – we call it Online Social Network. In simple words, it’s an online society where people from different part of the world connect to share their views and thoughts. Few examples are Facebook , Twitter and different blogs written by people. I have been involved in the social network for almost a year; I have, in my network, Nepalese friends