अक्टोबर १५, “विश्व हातधुने दिवस” रेडियो, टेलिभिजन र पत्र पत्रिका ले यसबारे सुचना प्रवाह गरिरहेका थिए । “हात धोएर मृत्यु घटाऔँ” भन्ने नाराका साथ, यस वर्ष विश्वका विभिन्न भागमा “विश्व हातधुने दिवस” का सन्दर्भमा धेरै कार्यक्रमहरु भए । हामी नेपालीहरुलाई हात धुन पनि आउँदैन, खासगरी खाना पकाउनुअघि, खानु, खुवाउनुअघि, दिसा धोएपछि, फोहोर वा जनावरलाई छोएपछि, हाछ्युँ गरे वा खोकेपछि साबुन पानीले हात धुनुपर्छ । नेपालको लागि नारै बनेको छ, 'उचित तरिकाले हात धुवाई, रोगब्याधीको दुहाई ।' कुरो बुझ्दा साँच्चै हो रहेछ, विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार विश्वमा बर्सेनी झाडापखालाले १५ लाखको मृत्यु हुने गरेको छ । साबुन पानीले हात धुने बानी बसाल्ने हो यसलाई ४४ प्रतिशत घटाउन सकिने उसको अध्ययनले देखाएको छ । हात धुँदैमा अकाल मृत्यु मा कमि आउने तथ्याङ्क का कारण गत अगस्तमा स्टकहोममा भएको विश्व पानी सप्ताहले यो दिवस मनाउने निर्णय गरेका थियो, यस वर्ष हाम्रै देश नेपाल मा पनि “हात धुने दिवस” मनाउन प्रचारप्रसार गरिएको थियो । कार्यक्रम को दिन अर्थात १५ अक्टोबरका दिन, राजधानी काठमाडौँमा दर्जन भन्दा बढि संघसंस्थ