Skip to main content

नेपाल खबर

हामी अनि हाम्रो समाचार को बारेमा लेख्दैछु । नेपालमा भएकालाई त थाहा नै हुन्छ तर नेपाल बाहिर रहनेलाई नेपाल को खबर खै कस्तो रुपमा पुग्छ थाहा छैन । विगतका जनयुद्धका नाम मा भएका हत्याहिंसा, अनि "एक मधेस, उत्तर प्रदेश" उफ, सरी ल ! "एक मधेस, एक प्रदेश" नाम मा भएका हिंसा, सामजिक सद्भाव भड्काउने हिंसा, आदि ईत्यादिका कारण ले हामीलाई समाचार यी बाहेक केही हुँदैन जस्तो नै लाग्छ ।

खैर, अब प्रसंगमा आउँ । म आज २९ गते आइतबार २०६५ को कान्तिपुर दैनिक हेर्दैथिँए । एका-एक पत्रिका मा छापिएका समाचारहरुले मेरो मनस्थिति खल्बल्याइदियो । ओहो, मैले त याद नै गरेको रहेनछु, दिनहुँ पत्रिका त यस्तै खाले समाचार ले पो भरिएको हुँदोरहेछ । सयौँ को संङ्ख्यामा पत्रिका अनि सबै पत्रिका का सबै पेज यस्तै घटनाले भरिनेगरेकाछन् । अब सुरु गरौँ है त, आज कान्तिपुर दैनिकमा छापिएका समाचार शिर्षकहरुबाट:
- नेपाली दुतावास नजिकै बम विस्फोट,
- अपहरण आरोपमा ५ प्रहरी नियन्त्रण,
- तान्त्रिक ले बलि दिएको आशंका,
- दुर्घटनामा ४ को मृत्यु, २१ घाइते,
- हात्ति को आक्रमणबाट पाँचको मृत्यु,
- तिर्थयात्रिको मृत्यु,
- रामेछापमा तनाव कायमै,
- प्रहरीले पैसा लुटे,
- कुकुरको टोकाइबाट २ को मृत्यु,
- दुर्घटनामा ६ घाइते,
- बन्दुक पड्केर मृत्यु,
- युवक अपहरित,
- चन्दा उठाउने पक्राउ,
- वर्कसव्दारा गाविसमा आगजनि,
- झडपपछि परीक्षा स्थगित,
- दिइएको प्याकेटमा बम फेला,
- राजमार्ग अबरुद्ध,
- सर्पदंश ले मृत्यु !

यी माथिका सबै समाचार शिर्षकहरु हुन् । पत्रिका पढेपछि मलाई सोच्न बाध्य बनायो, हैन यो हत्या,मृत्यु, अपहरण, झडप, चन्दा, दुर्घटना आदि समाचार नभएको पत्रिका कहिले पढ्न पाइन्छ होला ? या भनौँ, कुन दिन को पत्रिका मा यस्ता समाचार नछापिएलान् या कुन दिन देशका कुनै पनि ठाउँमा अप्रिय घटना घट्दैनन् होला ???


Comments

  1. यो एक्कै दिनको (यौटै अंकको) समाचार हो?

    बाफ रे बाफ !!
    नेपाल के पशुपतिनाथकै भरमा मात्रै चल्दै छ कि कसो?

    ReplyDelete
  2. हजुर यो आज को अंक मा नै छापिएको खबरका शिर्षकहरु हुन् ।

    ReplyDelete
  3. Blog ma naya naya Prayog garna mahir Aakarko Akhbarko mukya samcharko Listko jankari dinu pani naya prayog nai ho.

    Hain yo tapaile khali sad newsko matra List banako ho ki, sabai akhbar yetai News le bhareko ho?

    Je hos Dhanyabad Aaakar jee, malai yo tapaiko prayog Ramro lagyo. ani Purano postma bhayeko Audio Post ta ati ramro cha.
    Keep it up.

    ReplyDelete
  4. खै के हुन्थ्यो होला र शुभै शुभमात्र समाचार भएको दिन ।

    ReplyDelete
  5. thank you very much Bharat ji, for your words...
    अनि कुनै दिन त त्यस्तो दिन पनि आउला, शूभ समाचार मात्र भएको दिन, हैन र दीपक जी !

    ReplyDelete

Post a Comment

Subscribe to Aakar Post