स्कुटरको मिटर मा आज १७,००० किलोमिटर पुरा भएको छ । विगत ३ वर्षदेखि सार्वजनिक यातायात फाट्टफुट्ट २-४ पटक मात्र चढेकी छु । स्कुटर चढ्ने एउटा आदत भइसकेको छ, त्यसकारण कुनै बेला बस चढ्नुपर्यो या हिँड्नुपर्यो भने धेरै गाह्रो लाग्छ । मानिस materialistic कति हदसम्म हुन्छ भन्ने कुरा म आफैँबाट प्रष्ट हुन्छ । अमेरिका जान ठिक्क परेकी म I-20 नि आएको तर म यही स्कुटर कै लोभले अमेरिका गइन । म अझै अचम्म मा नै छु, बाबाले स्कुटर किनिदिन्छु भनेकोले मैले अमेरिका जाने विचार नै त्यागिदिँए । जब स्कुटर किनियो… म त एक किसिमले खुशीले पागल नै भएकी (आजकल त नर्मल नै लाग्छ)… साइकल चलाउन नआउने मलाई ‘स्कुटर’ त के आउँथ्यो, एक महिना जस्तो त हेरेर मात्र बिताँए… स्कुटर चलाउने कल्पना मा… आज ३ वर्ष पुरा भइसकेको छ, स्कुटर सँगको यात्रा… जब स्कुटर चलाउन नआएर घरमै थन्किएको हुन्थ्यो र म बस चढ्थेँ, तब म हरेक बस चढाईलाई अन्तिम मान्थेँ र मनमनै खुब खुशी हुन्थेँ… नभन्दै त्यस्तै भयो, बस मा यात्रा गर्न निकै कम हुँदै गयो ! स्कुटर अस्ति सर्भिसिङ को लागि दिएकी थिँए, त्यतिखेर मलाई बस चढ्नुपरेको थियो… धेरै समयपछि बस चढ्दा निकै रमाईलो लाग्य...