Skip to main content

Posts

सन् २०१३ ले विदा माग्ने सुर कस्दैछ, दिन बित्दै जाँदैछ, ब्लग बुढो हुँदै जाँदैछ । दिनहुँ नयाँ कुरा सिकिँदैछ, नयाँ परिवर्तनको अनुभव गरिँदैछ । 'गुगल किप'मा हरेक दिन जसो केही न केही टिपोट गरिन्छ, ब्लगको लागि भनेर तर सँधै भोलि भनेर पन्छिएको धेरै समय भयो । यही अनिमियतताको विच पनि गत १ वर्षमा ६५ वटा ब्लग प्रकाशित गरिएछ, केही ड्राफ्टमै थन्किएकाछन् । पछिल्लो १ वर्षलाई नियाल्दा ब्लग नियमित नभएपनि सँधै केही न केही चैँ लेखिनै रहिएको रहेछ भन्ने लाग्यो  । त्यो भन्दा महत्वपूर्ण कुरा, ब्लगमा प्रकाशित कुन र कस्तो ब्लगपोष्टहरुलाई रुचाइएको रहेछ भनेर जान्ने मौका पनि मिल्यो । यसले ब्लगमा आगामी दिनमा कस्ता सामाग्री प्रकाशन गर्नु पर्ने रहेछ भनेर एक किसिमको सन्देश पनि मलाई दियो । धेरैले भन्ने गर्छन्, ब्लग आफ्ना लागि लेखिने हो । सायद सही नै होलान् तर पढ्ने पाठक नभइदिए, ब्लगहरुको काम छैन भन्ने लाग्छ । केही वर्ष पहिलेसम्म ब्लग भनेका व्यक्तिगत गुनासा पोख्नेठाउँ मात्र हुन् भन्ने लाग्थ्यो तर अहिले ब्लगको परिभाषा मेरा लागि फेरिँदै आएकोछ । अत: ब्लगमा आफूले जानेका, आफ्नो पेशासँग सम्बन्धित र अरुलाई उपयोगी...

काठमाडौँ विश्वविद्यालय कम्प्युटर क्लब (KUCC) ले २७ डिसेम्बर शुक्रबार देखि आइतबारसम्म ३ दिन ' आइटि मिट २०१३ ' आयोजना गर्नेभएकोछ । 'लिङ्किङ सोसाइटि विद इन्फर्मेसन टेक्नोलोजी' (Linking Society with Information Technology) थिममा आयोजना गरिने कार्यक्रम काठमाडौँ विश्वविद्यालय धुलिखेल, काभ्रेको प्रांगणमा सञ्चालन हुनेछ । केयु कम्प्युटर क्लबव्दारा जारी गरिएको विज्ञप्तिमा, चारवटा विश्वविद्यालयका २० वटा भन्दा धेरै कलेजहरुले कार्यक्रममा सहभागिता जनाउने उल्लेख गरिएकोछ । आइटि मिट, कम्प्युटर साइन्स तथा इन्जिनियरिङ डिपार्टमेन्ट अन्तर्गतको कम्प्युटर क्लबको वार्षिक कार्यक्रम हो । तिन दिन सम्म चल्ने आइटि मिट २०१३ मा निम्न कार्यक्रमहरु समावेश गरिएकोछ: सफ्टवेयर कम्पिटिसन हार्डवेयर कम्पिटिसन वर्कसप आइटि क्विज वेव/ग्राफिक्स कम्पिटिसन ह्याकाथन गेमिङ कम्पिटिसन थ्रिडी मुभी Event Details: KU IT Meet 2013 Entrance: Free Venue : Kathmandu University, Dhulikhel Kavre Time: 9am-4pm Date: 27-29 December 2013 Hashtag: #ITMEET2013 Cross post on Aakar Tech: Kathmandu University I...

ईन्टरनेटमा नेपाली भाषाको लागि यो हप्ता विशेष रह्यो । रोमनाइज्ड नेपाली युनिकोड मा आधारित एन्ड्रोइड एप 'हाम्रो नेपाली किबोर्ड' यसैहप्ता गुगल प्लेस्टोरमा सार्वजनिक भयो भने गुगलले आफ्नो ट्रान्सलेसन टुलमा नेपाली भाषा समावेश गर्यो। Read -->  Best Nepali Keyboard for Android - Hamro Keyboard गुगल ट्रान्सलेसन टुलमा नेपाली भाषा समावेश भएसँगै, हामी विश्वका विभिन्न ८० वटा भाषासँग ईन्टरनेटको माध्यमबाट जोडिन पुगेकाछौँ ।  यो पटक नेपाली, पञ्जावी, मंगोलियन आदि नौ भाषालाई ट्रान्सलेसन टुलमा समावेश गरिएको, गुगलले आफ्नो ब्लगमा उल्लेख गरेकोछ । अब नेपाली भाषामा लेखिएको साइटहरुलाई गुगलले 'हिन्दी' को 'सट्टा' नेपाली उल्लेख गर्नेछ । साथै अब इन्टरनेटमा देखिने अधिकांश कुराहरु पनि नेपाली भाषामा पढ्न सकिनेछ भने नेपाली भाषामा लेखिएका कुराहरु पनि अन्य भाषा बोल्ने/लेख्नेहरुले उनीहरुको आफ्नै भाषामा पढ्न पाउनेछन् । जस्तो, अब नेपालीले 'चिनिया' भाषामा लेखिएको कुराहरु नेपालीमा पढ्न सक्छन्, अनि नेपालीमा लेखिएका कुराहरु 'चिनिया'हरुले आफ्नै भाषामा पढ्नसक्छन्। गुगल नेपाली ...

अनलाइनमा केही दिन यता अमेजनको ड्रोन, गुगलको रोबट र आकाशिएको बिटकोइनको मुल्यको चर्चा छ । यस ब्लगमा यो हप्ता इन्टरनेटमा चर्चित रहेका यिनै विषय तथा केही रमाइला/उडन्ते ट्विटहरु राखेकोछु ।तल राखिएका  ट्विटहरुलाई मनोरञ्जनको रुपमा मात्र लिइयोस् भन्ने मेरो आग्रह छ । १. अमेजनले ड्रोनबाट प्याकेज डेलिभरी गर्ने सिस्टमको परिक्षण गरिरहेको कुरा यो हप्ता सार्वजनिक भएकोछ। अमेजनका सिइओ जेफ बेजोजले ६० मिनेट नामक एक टेलिभिजन कार्यक्रम मार्फत 'अमेजन प्राइम एयर'को खुलासा गरेका हुन् । बेजोजका अनुसार परिक्षणमा रहेको यो प्रविधी २०१५ देखि अमेरिकाको केही शहरहरुमा सुरु हुनेछन् ।  साइन्स फिक्सन् जस्तो लाग्ने यी कुराहरु अव वास्तविकतामा परिणत हुँदैछन् । तपाई अमेरिकी शहरमा हुनुहुन्छ भने २०१५ को आगमन सँगै तपाईले अमेजनमा किनेका प्याकेजहरु कुनै व्यक्तिको सट्टा हवाईमार्ग मार्फत एमेजनका ड्रोनहरुले तपाईको घरसम्म ल्याइपुर्याइदिनेछन् । यसका माध्यमबाट प्याकेजहरु समयमै र छिटो 'डेलिभरी' गर्न सकिने जेफ बेजोजको विश्वास छ । अधिक जानकारीको लागि तलको यो अमेजन एयर प्राइम भिडियो हेर्नुहोस् । २. अमेजनले ड्...

नेपालका हाम्रा राजनितिज्ञ/विश्लेषक/बुद्धिजिवीहरु शब्दजाल बनाउन कत्तिको खप्पिस छन् भन्ने कुरा विवेक पौडेलको यो ब्लग बाट थाहा हुन्छ । चुनावको केही समय पहिले, 'चातुर्दिक' शब्द नेपाल भित्रिएको थियो, वा मैले पहिलोपटक सुनेकोथिँए । चुनावपछि 'मतादेश' शब्द पहिलोपटक सुनियो, चुनावमा हार ब्यहोरेका र जनताले नराम्रोसँग झापड लाइदिएकाहरुलाई यो 'मतादेश' शब्द अस्त्र झैँ भएकोछ अहिले। आफूले जिते 'जनादेश' तर आफूले हारे 'मतादेश' हुने भन्ने उनीहरुको बुझाइ अचम्म लाग्दोछ । 'मतादेश' शब्द बारेको हुटहुटि देखेर, यसै सन्दर्भमा  विवेक पौडेलले लेख्नुभएको  जनादेश, मतादेश, र नेपाली बहसका नयाँ शब्दहरु  ब्लगलाई यहाँ पुन प्रकाशित गरेकोछु । विवेक पौडेललाई ट्विटरमा  @tistung  फलो गर्न सकिन्छ । एकैपटक “मतादेश” भन्ने शब्द निकै सुन्न थालिएको छ। नेपालको सन्दर्भमा मैले यो शब्द प्रथम पटक हालैको चुनावपछि सुनेको हुँ। चुनावको नतिजा आउन शुरुगरेपछि एकजना चर्चित राजनीतिक विश्लेषकले टेलिभिजन र रेडियो कार्यक्रममा माओवादीको अप्रत्याशित नतिजालाई अर्थ्याउन यसको प्रयोग गर्नुभयो र भन्नुभयो,...

हिजोआज विभेद विरुद्ध जहिँकहिँ आवाज उठ्ने गरेकोछ । तर हामीकहाँ केही संयन्त्रहरु यस्ता छन्, जहाँ विभेद विरुद्धका आवाज बाहिरसम्म आइपुग्दैनन्, माथिल्लो निकायसम्म पुग्दैनन्, ती आवाजहरु त्यसै दबाइन्छन्, त्यसै दबिएर जान्छन् । अपवादका रुपमा कहिलेकाँही ती विभेद विरुद्धका आवाजहरु विस्फोट हुन्छन् । ती आवाजहरु विस्फोटन हुँदा पनि अंधिकाश समय, 'सत्य के हो' भनेर खोज्ने प्रयत्न गरिँदैन । तर थिएटर भिलेज, उत्तरढोका, काठमाडौँमा चलिरहेको अनुप बराल निर्देशित नाटक 'कोर्ट मार्शल'ले भने 'सैनिक संगठन' भित्र दबिएका आवाज र त्यसले निम्त्याएको अकल्पनिय परिणाम पछि, सत्यको खोजी गर्ने प्रयास गरेकोछ । सत्यको खोजी गर्ने टोलीको नेतृत्व नायक सुवास थापा उर्फ क्याप्टेन विकास पोखरेलले गरेकाछन् भने नायक राजेश हमाल उर्फ कर्नेल रुपक सिंहले 'कोर्ट मार्शल'कै नेतृत्व गरेकाछन् । एक सिनियर अफिसरलाई गोली हानेर हत्या गरेको र अर्को एकजनालाई घाइते बनाएको अभियोगमा रामबहादुर (सुदाम सिके) माथि कोर्ट मार्शल गरिन्छ । रामबहादुरले आफ्ना सिनियरको हत्या गरेको स्विकार गरिसकेको अवस्थामा यस विषयलाई अगाडी लानु...

सोसल मिडियाको प्रयोगबाट अहिले नै कसैले नेपालमा चुनाव जिते भनेर भन्नु गलत प्रचार हुन्छ । तर सोसल मिडियाको अधिकतम प्रयोग भएको यो नेपालकै पहिलो चुनाव भने "संविधान सभाको दोस्रो चुनाव" हो। उम्मेदवार तथा मतदाताहरुले आफ्नो कुरा राख्न, सोसल मिडियाको राम्रैसँग प्रयोग गरे । सोसल मिडिया एनालिटिक्स कम्पनी सिम्लिफाई ३६० ले चुनावको समयमा सोसल मिडियाको अनुगमन गरेको थियो । सिम्लिफाइको रिपोर्ट अनुसार संविधान सभा निर्वाचनबारे सबैभन्दा धेरै बहस ट्विटरमा भएको थियो । त्यसो त #NepalVotes लेखिएका ट्विट मात्रै पनि ५० औँ हजार भन्दा धेरै गरिए, पछिल्लो १ महिनामा । रिपोर्टको सन्दर्भमा सिम्प्लिफाइ ३६० का सिइओ, भुपेन्द्र खनाल भन्छन् ,"सबैभन्दा धेरै डिस्कसन ट्विटरमा भएबाट पनि, ट्विटरको प्रयोग र महत्व नेपालीहरु माझ बढ्दै गएको प्रस्ट हुन्छ । त्यसबाहेक अन्तराष्ट्रिय क्षेत्रबाट पनि संविधान सभा निर्वाचनलाई निकै महत्वसाथ हेरिएको पाइयो।" Read: Nepal CA Election Happened Both in Ballot And in Social Media [Buzz Analysis Report] चुनाव अघि वैद्य समूहले नेपाल बन्द गरेको थियो भने ठाउँ ठाउँमा ...

ट्विटर, फेसबुक, इन्स्टाग्राम, गुगल प्लस आदि चलाउनेहरुका लागि यो सिम्बोल " # " नयाँ होइन। पहिले नम्बर/पाउन्ड सिम्बोल भनेर चिनिने # लाई ट्विटरमा प्रयोग गर्न थालेसँगै ह्यासट्याग भन्ने गरियो । ट्विटरमा एउटै विषयमा कुरा गर्दा # सिम्बोल सँगै उक्त विषय/शब्द लेखौँ भनेर गरिएको ट्विट बाट ट्विटर ह्यासट्यागको थालनी भएको थियो । how do you feel about using # (pound) for groups. As in #barcamp [ msg ]? — Chris Messina™ (@chrismessina) August 23, 2007 ओपन सोर्स एडभोकेट्, क्रिस मेसिना (Chris Messina) ले सन् २००७ को अगस्टमा ट्विटर ह्यासट्यागको सुरुवात गरेकाथिए ।  न्युयोर्क टाइम्स का अनुसार क्रिसलाई 'ह्यासट्यागको गडफादर' (hash godfather) भन्ने गरिन्छ । ट्विटरमा ह्यासट्यागको सुरुवात सन् २००७ मा भएपनि, यसको व्यापक प्रयोग हुन भने केही समय लागेको थियो। ट्विटरको ह्यासट्यागको शैलीलाई इन्स्टाग्राम, गुगलप्लस, फेसबुक आदिले पनि अनुसरण गरिसकेकाछन् । ट्विटरमा चलाइने 'क्याम्पेन', 'ट्विट च्याट' आदिमा ह्यासट्यागको विशेष महत्व रहन्छ । जनमत बुझ्नका लागि पनि ह्यासट्याग महत्...

गुगलप्लसको प्रोफाइल र पेजमा धेरै समय देखि प्रतिक्षा गरिएको 'कस्टम युजरनेम' राख्ने सुविधा गुगलले गएराती सार्वजनिक गरेकोछ । केही चुनिएका व्यक्ति तथा ब्रान्डहरुलाई यसअघि नै आफ्नो युजरनेम राख्न दिइएको भए पनि, सम्पूर्ण प्रयोगकर्ताहरुको लागि भने गएराती देखि यो सुविधा आएको हो । जस्तो कि आकारपोष्ट गुगल प्लस पेज यस्तो थियो,  https://plus.google.com/111373834639850968132/ तर अब युजरनेम राखिसकेपछि उक्त पेज यस्तो देखिनेछ: https://plus.google.com/+Aakarpostblog/  ! फेसबुक र ट्विटर झैँ अब गुगल प्लसको आफ्नो युजरनेम पनि अब सबैलाई सहज रुपमा सेयर गर्न सकिने भएकोछ । केही समय पहिले गुगलले गुगलप्लसलाई तपाई हाम्रो "आइडेन्टिटी" को रुपमा विकास गर्ने लक्ष्य रहेको बताएको थियो । के थाहा अबको केही वर्षपछि हामी ट्विटर र फेसबुकको युजरनेम भन्दा पनि गुगलको युजरनेम धेरै सेयर गर्छौ होला, आफ्नो बिजनेस कार्डको रुपमा। तर गुगलप्लसमा युजरनेम बनाउन भने निम्न कुराहरु पुरा भएको हुनुपर्छ । १) फ्रोफाइलमा फोटो भएको हुनुपर्ने २) कम्तिमा १० जना साथीहरुले फलो गरेको हुनुपर्ने ३) एकाउन्ट कम्तिमा ३० दिन पु...

गएको दुई-तिन देखि फेसबुकमा अनौठो लहर चलेकोछ । फेसबुक प्रयोगकर्ताहरु धमाधम आफ्नो तस्विर परिवर्तन गरेर 'जिराफ' को फोटोलाई आफ्नो 'प्रोफाइल फोटो' बनाइरहेकाछन् । जिराफ मन परेर वा जिराफ बचाउ अभियान भनेर कसैले पनि जिराफको फोटोलाई आफ्नो 'प्रोफाइल फोटो' बनाएका भने होइनन् । जिराफ किन? फेसबुकमा जिराफको फोटो सहित एउटा प्रश्न देख्न सकिन्छ । प्रश्नकर्ताले उक्त प्रश्नको जवाफ आफूलाई आउँछ भने, 'म्यासेज'मा पठाउन सुझाउँछन् । उत्तर सही भएको खण्डमा केही गर्नुप्रदैन तर उत्तर गलत भएको खण्डमा आफ्नो प्रोफाइल फोटोमा पनि जिराफको तस्विर राख्नुपर्छ । अनि खेलको नियम अनुसार गलत उत्तर दिनेहरुले जिराफको फोटोलाई केही समयको लागि आफ्नो प्रोफाइल फोटो बनाउँछन् र सोही प्रश्न अरुलाई दोहोर्याउँछन् । अत: फेसबुक जिराफमय बनेकोछ । प्रश्न यस्तो छ, "रातको ३ बजेकोछ, ढोकाको घन्टि बज्छ र तपाई उठ्नुहुन्छ । तपाईले नसोचेका पाहुनाहरु (तपाईको आमा-बाबा) ब्रेकफास्टको लागि आइपुगेकाछन् । तपाईसँग स्ट्रवेरी जाम, मह, वाइन, ब्रेड र चिज छ । अब भन्नुस तपाई सबैभन्दा पहिले के खोल्नुहुन्छ?" प्रश्नको ...