केही हप्ता अगाडि हाम्रो कलेज मा मानवअधिकार चलचित्र प्रदर्शनी सप्ताह को उद्’घाटन गरिएको थियो । उद्’घाटन समारोह मा शिक्षक, राजनितिज्ञ / सभासद, विद्यार्थी, चलचित्रकर्मी तथा पत्रकारहरुको उपस्थिति थियो । कार्यक्रम मा वक्ताहरुले, मानवअधिकार माथि आफ्नो मन्तव्य राखेका थिए । अनि बढ्दो मानवअधिकार हनन, मानवअधिकार चलचित्र, अनि अहिलेको खुला समाज आदिका बारेमा खुलेर कुरा राखेका थिए । “यहाँ मानवअधिकार भनेपछि, त्यही हत्या, बलात्कार, लुटपाट का घटनालाई मात्र हेर्ने गरिएको छ, यहाँ दिनहुँ मानवअधिकार हननका घटना घटिरहेकाछन्, तर ती विषयवस्तु हाम्रा चलचित्रका विषयवस्तु बन्न सकेका छैनन् । त्यसैले यस्ता चलचित्र को प्रदर्शनी जरुरी छ, साथै आउनुहोस् हामीबाट मानवअधिकार हनन हुने काम कहिले पनि हुने छैन भनेर प्रण गरौँ ।” हलमा ताली बज्यो, साहित्यकार समेत रहेका सभासद, उनले (नाम चाँहि उल्लेख नगरौँ) आफ्नो मन्तव्य राखे । चलचित्रको क्षेत्र व्यापक छ भन्दै, उनले अहिलेको जमानामा केही कुरामा पनि बन्देज लगाउन नहुने बताए । केहीदिन भयो, पत्रिकामा, इन्टरनेटमा एउटै समाचार छाइरहेकाछन्, अनि मेरो दिमाग खल्बल्याइरहेको छन् । खबर छ: “मिस