ट्विटरमा जन्ममिती देखिँदैन तर पनि ट्विटर मा जन्मदिनको शुभकामना दिने चलन भने चलिरहेकै छ। सायद सबैतिर यस्तै चलन चलिरहेको भएर होला, अब ट्विटरमा 'जन्ममिती' पनि नयाँ 'फिचर' बनेर आएकोछ । तपाईले आफ्नो जन्ममिती/जन्मदिन ट्विटर प्रोफाइलमा देखाउन सक्नुहुन्छ । ट्विटरमा कसरी जन्ममिती देखाउने? ट्विटरमा 'इडिट प्रोफाइल'मा गएर 'बर्थडे' सेक्सनमा आफ्नो जन्ममिती राख्न सकिन्छ । त्यसपछि, आफ्नो इच्छा अनुसार, कसलाई जन्ममिती देखाउने भनेर निर्धारण गर्न सकिन्छ । जस्तो कि आफ्ना फलोअर्सलाई, वा आफूले फलो गरेकालाई वा दुई तर्फबाट फलो गरिएकोलाई, वा आफ्नो लागि मात्रै भनेर पनि राख्न सकिन्छ । आकारपोष्ट एप् गुगल प्लेमा उपलब्ध छ ।