Skip to main content

ट्विटरमा जन्मदिन


ट्विटरमा जन्ममिती देखिँदैन तर पनि ट्विटरमा जन्मदिनको शुभकामना दिने चलन भने चलिरहेकै छ। सायद सबैतिर यस्तै चलन चलिरहेको भएर होला, अब ट्विटरमा 'जन्ममिती' पनि नयाँ 'फिचर' बनेर आएकोछ । तपाईले आफ्नो जन्ममिती/जन्मदिन ट्विटर प्रोफाइलमा देखाउन सक्नुहुन्छ ।


ट्विटरमा कसरी जन्ममिती देखाउने?
ट्विटरमा 'इडिट प्रोफाइल'मा गएर 'बर्थडे' सेक्सनमा आफ्नो जन्ममिती राख्न सकिन्छ । त्यसपछि, आफ्नो इच्छा अनुसार, कसलाई जन्ममिती देखाउने भनेर निर्धारण गर्न सकिन्छ । जस्तो कि आफ्ना फलोअर्सलाई, वा आफूले फलो गरेकालाई वा दुई तर्फबाट फलो गरिएकोलाई, वा आफ्नो लागि मात्रै भनेर पनि राख्न सकिन्छ ।

आकारपोष्ट एप् गुगल प्लेमा उपलब्ध छ

Comments

Subscribe to Aakar Post