Skip to main content

Posts

Showing posts with the label Religion n Belief

विगत केही दिन यता, म भिन्नै महशुस गर्दैछु, निसास्सिएको जस्तो गुम्सिएको जस्तो । त्यो भन्दा बढि हिन भावना ले सताइरहेछ । म मष्तिष्क ले भन्दा मन ले सोच्ने भएको छु, अनि मन ले सोच्दा धेरै नै गल्तिहरु हुने रहेछन्, धेरै नै हिन भावनाहरु आउँदारहेछन् । मलाई आजकल यस्तो लाग्दैछ कि, म कुनै अनजान सभ्यताको एउटा भग्नावशेषमा बाँचेको बेमहत्व को सालिक हुँ, आकार रुपरहित शिलालेख हुँ, जसलाई कसैले पढ्न सक्दैन, बुझ्न सक्दैन, बुझेर पनि महत्व रहँदैन.... सायद म केही पनि होइन, केही होइन ! म के गरौँ, कसो गरौँ साह्रै अलमल र दुविधमा परेको छु । म धेरै रिसाउनथालेको छु, झ्वाट्ट रिस उठ्न थालेको छ अनि बुझ्दैछु हानी आफैँलाई नै भइरहेको छ । यहाँ कोही के भन्छन् कोही के, अनेक अर्थ छन् सबैका । मेरो कुरा सुन्नेहरु, सुनेर पनि बुझ्दैनन् या बुझ्नचाहँदैनन् । या म नै कुरा बुझाउन नसक्ने भएको हुँ कि जस्तो पनि लाग्छ । कुरा त हो पनि, अनि आफूले गरेका हरेक कुरा ठिक छ भन्ने ठान्छु , म अलि अल्प कुरा गर्छु, कुरा पुरा हुन पाउँदैन अनि त्यसैको धेरै अर्थ निकाल्छन्, मान्छेहरु । पुरै कुरा भन्न नसक्नु मा मेरो गल्ति हो या, आधि कुरा मात्र सुनेर अरु अ

म छोरी, म आइमाई जात, म नारी । आज म तृप्ती अनुभव गरिरहेको छु । मलाई लाग्छ आज मेरो जित भएको छ, आज म आनन्दले भरिपुर्ण छु । उ हेर, मेरी आमा चिच्याई चिच्याई रोइरहेकी छिन्, उता बुवा पनि त्यस्तै । साना साना भाइबहिनी चाँहि बुझ्दैनन्, यस्तो ठूलो कुरा । सायद तपाई को अनुमान मिल्न सक्छ… हो म अब यस संसार मा छैन, म मरिसेकेकी छु, हो म मरिसकेकी छु । हो, मैले आफूले आफैँलाई मृत्यु दिएकी छु र म यो गर्व को साथ बताउँदैछु । हो, मैले आत्महत्या गरेँ । अनि यही आत्महत्या को विषयमा धेरै प्रश्न उठिरहेकाछन्, मान्छेहरु कानेखुशी गर्दैछन् । त्यो छिमेकी आइमाई, उ हेर्नुस् खासखुस गर्दैछिन् । मेरो चरित्र मा दाग लगाउँदैछन्, म मा नभएको खोट र दाग पनि देखाउन खोज्दैछन् उनीहरु । समाजमा केटा ले आत्महत्या गर्‍यो भने, “टेन्सन” ले, या अरु कुनै वाहाना… अनि किशोरी केटी ले आत्महत्या गरी भने, ‘गर्भवति भएको’, कि ‘प्रेम मा धोका पाएको’ वा सिधै ‘चरित्रहिन’ भएको आरोप । मलाई पनि यस्तो लान्छना लाग्नु स्वभाविक हो । तर भित्री कुरा त कसलाई थाहा हुन्छ हैन र ? के हामी अरु को मन पढ्न सक्छौँ र ? धेरै के भन्नु तर मैले आफूलाई चाँहि मृत्यु दिँए ।

कुरो कहाँबाट सुरु गरौँ भनेर धेरै सोचियो तर कुरा को फेदटुप्पो फेला पार्न सकिन । खास मा भन्दा कुरो को प्लट फेला पारिएन । कतिलाई यो लेखाइ वाहियात लाग्ला, अनि कतिलाई मन पनि पर्ला । तर यो लेखिरहँदा मेरो मन भने कहाँ कहाँ उडिरहेछ, अनि के के सोचिरहेछ । खासमा, भन्ने हो भने यहाँ म के लेख्दैछु, या लेख्ने प्रयत्न गर्दैछु, मलाई नै थाहा छैन तर मैल यसो भन्दा नपत्याउनु पनि होला, या गफ नै बढि पनि भन्नुहोला । हेरौँ, लेख्दैजाउँ यो के बन्दोरहेछ, एउटा परिक्षण नै सहि । मन को अन्तरकुन्तर मा रहेका तर कहिले यही लेख्छु भनेर नसोचिएका कुराहरु, धारा प्रवाह छौँडौ न, के नै पो होला र ? शक्ति नाँसिदैन, अनि हाम्रो आवाज पनि कतै संरक्षित भएर रहन्छन् भने भावि पुस्ता का लागि सँधै सभ्य बोलौँ, शूभ बोलौँ । साइटहरु ब्राउज गर्दैथिँए, एउटा मा फोटो रहेछ, ल्होछार को अवसरमा मोटरसाइकल र्‍याली भन्ने क्याप्सन सहित । फोटो सायद कुनै आकाशे पुल बाट लिइएको थियो होला । र्‍याली, त्यसमाथि पनि मोटरसाइकल, मेरो आँखा पहिले त्यही मोटरसाइकल मा पुग्यो । आफैँ देखि दिक्क लागेर आयो । मोटरसाइकल चालक ले अनिवार्य हेलमेट लाउनु पर्छ भन्ने ट्राफिक नियम छ, अन

हजुरबुवा र म बिच कुराकानी भैरहेको छ । हजुरबुवालाई म पुराना कुराहरु सोध्दैछु, हजुरबुवा जवाफ दिनुहुन्छ, मेरो मन मा खुल्दुली झनै बढ्दै जान्छ । म सोध्छु “बा” (हजुरबुवा) दिनुहुन्छ, कुनै ईन्टरभ्यु लिएजस्तो । दशैँको कुराबाट सुरु भएको हाम्रो गन्थन धेरै पछाडि का पुराना कुराहरु सम्म पुगे । “पहिले नुन कसरी ल्याउनुहुन्थ्यो ?”, बा जवाफ दिनुहुन्छ – “दशैँ अगाडि माझिलाई १०-१५ रुपैँया दिएर लेकबाट आलु ल्याउन लागाइन्थ्यो, अनि तिहार पछि बेच्न पठाइन्थ्यो” । “वास्तवमा बाहुन बाठा नै हुन्, सबै माझिलाई फर्किँदा आफ्नो लागि एक पाथि नुन ल्याइ’दे भनिन्थ्यो, अनि सबैले ल्याउने भएकोले, धेरै भइहाल्थ्यो, वर्षभरिलाई पुग्थ्यो” । मेरो प्रश्न –“काम गरेको ज्याला दिइन्थ्यो त ?”, “काँ’दिनु, उनीहरुले लगेको ऋण नै फर्छौट हुँदैनथियो, तर काममा आएकालाई भने खाजा खुवाइन्थ्यो” – हजुरबुवाले भन्नुभयो । यस्तै कुराहरु भइरहेको वखत मैले प्रसंग बदलेँ । हुन त मलाई बुढा पुरानका “गफ” सुनिरहन मन लाग्छ । त्यही भएर पनि मैले कुरा अन्तै तिर मोड्ने हिसाबले सोधेँ “बा, यो विर, मसान, भुत प्रेत भन्ने हुन्छ ?”, “भूत भन्नाले याद आयो, एकपटक मेरो भुत सँ

खै, के हो त्यतिसारो चाँहि बुझिएन तर पनि ठूलै अनुष्ठान भैरहेको थियो त्यस मन्दिरमा ! सायद कुनै सम्प्रदाय को मन्दिर थियो, सायद कृष्ण प्रणामी, वैष्णब या अन्य यस्तै कुनै सम्प्रदायको कार्यक्रम त्यस मन्दिरमा थियो । कार्यक्रम या अर्थात पुराण या अन्य यस्तै केही धार्मिक कार्यक्रम थियो, जहाँ ठूला – ठूला पण्डितजीहरु प्रवचन दिनेगर्थे । दिनहुँ भक्तजनहरु आउँथे, गुरुहरुका प्रवचन सुन्थे, फर्कन्थे । प्रवचन को बिच-बिचमा भजनहरु हुन्थ्यो, भजनमा ती बुढाबुढीहरु पनि उठेर नाच्ने गर्थे, निकै रमाइलो हुने गर्थ्यो, त्यो प्रवचन को कार्यक्रम । मुख्य रुपमा प्रवचनमा पण्डितहरुले सबै का ईश्वर एकै हुन् भनेका भएपनि, आफ्नै सम्प्रदायलाई माथि देखाउँथे, अरु का दाजोँमा । आफ्नो सम्प्रदाय ठूलो र विशाल छ भन्थे । तर यसो भन्दैमा त्यहाँ, हिन्दु, मुस्लिम, ईशाइ धर्मआदिलाई होच्याउने काम भने भएको थिएन । मात्र यही सनातन हिन्दु धर्म का हामी एक सम्प्रदाय हौँ भन्थे, तर आफूलाई जस्तोसुकै तर्क दिएर भएपनि माथि पार्थे । उदाहरणका लागि, प्रणामी को कार्यक्रम मा, उनीहरु गोलोक र राजी बाहेक केही भन्दैनथे, उनै परमात्मा हुन भन्थे । अनि वैष्णव ले परमात्म

हट्यो सारा हिलो मैलो हरायो पानीको वर्षा भवानीको भयो पूजा चल्यो आनन्दको वर्षा जता जाउ उतै भन्छन् दशैं आयो दशैं आयो यही आनन्द चर्चाले सबै संकष्ट बिर्सायो ठूला साना सबैलाइ दशैं अत्यन्त राम्रो छ चलेका चाडमा ज्यादै यही उत्कृष्ट हाम्रो छ सबै अत्यन्त आनन्दी सबै छन् पिङमा दंग सबैको देखिंदै आयो उज्यालो चेहरा रंग ---------------------------------- हामीहरुको महान चाड बडादशैँ को उपलक्षमा यस ब्लगका सम्पुर्ण शुभचिन्तक तथा देश विदेश मा रहनुभएका ब्लगर मित्रहरु तथा पाठकहरुमा "आकार" को तर्फबाट शुभ विजयादशमीको हार्दिक मंगलमय शुभकामना ! --------Happy Dashain-------- This cartoon says more than 1000's words about our reality. (click on photo for larger view) Note: This cartoon is created by ABIN and "Aakar Post" has got the permission to publish it. Please do not PUBLISH this card in any blog or website or by any means without permission. Thank You !