Skip to main content

Posts

Showing posts with the label Poem

कसो-कसो कता-कता मलाई जिन्दगीको बाटो देखाईदिने ति पुराना दिन याद आयो .. धेरै दिनपछि , सम्झनाका तरेलीहरुमा , चाैर-बिचको बाटो धुसुरका मुन्टाहरुले बढार्दै गाईबाच्छा खेलेको याद आयो .. सर्कस हेर्न   क्लास बंक गरेको भोलिपल्ट , ब्ल्याकबोर्डमा  इक्वेसन सल्भ गर्न लाउने , गणित सरको याद आयो .. “किटा ! प्राक्टिस पुगेन है तेरो” भन्दै ट्वाकसिङ् लाउने , अंकगणित सरको याद आयो .. गाईबस्तु चराउन जाँदा , अंगेरि खाएर कालोनिलो भएको एकअर्काको मुख हेर्दै , गलल्ल हाँसेको याद आयो .. दाँई गर्ने गोरु धपाउदै परालमा गुडुल्कि खेलेको याद आयो , आहा ! कस्तो मिठो हुन्थ्यो मस्याम र चिउराको खाजा , साँधेको गुन्द्रुकसँगै खाएको याद आयो ... के याद आएन भन्नु धेरै कुरा झल्झलि याद आयो मलाई जिन्दगीको बाटो देखाइदिने ति पुराना दिनको याद आयो ... Contributed by: A friend! Image courtesy: 4to40.com

तिमी, एउटा सोच अनि कल्पना एउटा परिवेश त्यही निमिशेश तिमी, एउटा आकार फरक प्रकार तिमी नै आधार अनि स्तम्भ तिमी, मेरो आशा अनि निराशा एउटा भावना अनि करुणा तिमी, दृश्य अनि अदृश्य फक्रिने फूल ऊठ्ने छाल तिमी, आजको आरम्भ अनि तिमी नै लेखिएको अन्त्य एवमस्तु !!

यो रित्त्याउने चाड हो… शहर रित्तिन्छन, पसल रित्तिन्छन, गोठ रित्तिन्छन, बोतल रित्तिन्छन, खल्ती रित्तिन्छन! यो मत्त्याउने चाड हो… कोही जितेर मात्तिन्छन, कोही पिएर मात्तिन्छन, कोही खाएर मात्तिन्छन, कोही पाएर मात्तिन्छन, कोही लाएर मात्तिन्छन! यो मार्ने चाड हो… पशु मर्छन, पंक्षि मर्छन, धेरैको घर जाने सपना मर्छन, बाआमाको हातको टिका लगाउने चाहना मर्छन, कोही डाहले मर्छन, कोही पिडाले मर्छन! यो रुवाउने चाड पनि हो… कोही हर्षले रुन्छन, कोही बिस्मातले रुन्छन, कोही पिरेर रुन्छन, कोही कुरेर रुन्छन, कोही फोटो हेर्दै रुन्छन! यो खाली खाली चाड पनि हो… कसैको घरै खाली हुन्छ, कसैको मनै खाली हुन्छ, कसैको निधारै खाली हुन्छ, कसैको पकेट खाली हुन्छ, कसैको त पेटै खाली हुन्छ! - By   N®B    Image via  I nspihive  by  Ananda

Suddenly I have an urge to go back to that place again To the heavenly darkness i truly never really feared My own lil' room filled with nothing but candles of love Back to my "Mother's Womb" which was so mesmerizing n divinely real.... I felt magically Blessed when i was inside of You Mother Listening to your heartbeat, surrounded by angels from up above How proud you were to carry me around for nine Tough months Made me feel bold,extremely safe n very much loved..... Even though I'm all grown now,settled in my own world I miss your embrace,kisses on my forehead all the gestures n the care How you protected me from every Thunderstorm that came my way I miss you holding me in your arms n saying everything will be okay dear.... How can I ever thank you enough Mom For my first word,my first step n everything you've done You're the reason I’m here today breathing and smiling You r the power in my prayers n the melody to my so

बर्खामास तामझामले खेत रोपियो छाँट देखेर छिमेकी छक्कै परे अब महिना दिन बाँकी छ बालि भित्र्याउन, सार्है पिर लागेको छ, कतै धानै नफल्ने पो हो कि भनेर !!   भर परेर जस्तालाइ नि खेताला पठाइयो गोड्न छोडेर मुलाहरु हिलो छेप्दैमा भुलेछन अहिले खेतैभरि जम्मै झार छपक्कै छ शंकै लागेको छ, कतै धानै नफल्ने पो हो कि भनेर !!   पल्लो गर्होमा लह लह बाला झुलेका छन् तल्लो गर्होमा झन् के भन्नु खै, उत्पातै छ मेरै गर्होमा भने पसाएको पनि छैन मन सार्है पोल्दै छ, कतै धानै नफल्ने पो हो कि भनेर !! त्यत्रो दुखले खेत फिर्ता पाइयो ऋण धन खर्चेर बालि लाइयो तर बुद्धि पुर्याउन सकिएन कि मल कुन्नि? एकदम डर लागेको छ, कतै धानै नफल्ने पो हो कि भनेर !! एकदम डर लागेको छ, संविधानै  नबन्ने पो हो कि भनेर !!   -By N®B   Image via Keck

बुज्यौ बुर्जुआ जनता हो, आज ता "अकबरेले" नि सलाम खायो, बाँचुन्जेल गाँजा खायो, चन्दन-खएर, गोलाई चपायो, अस्तिन क्या त, "बनबिरेले" गोली चलायो, "अकबरे"लाई ड्याङ्ग लायो, सोर्स-फोर्सले `सहिद` बनायो, हेर् त आज !! ये राता मकै!!  १२ तोपको गोली पायो, खादा, भत्ता, लाखौं कमायो !! थुक्क तेरो भाग्य नि के भनौ खोइ ? त्यो जाबो पनि सहिद? भो अब! ए बाबा!! थांगने हजुरबाको कोठे भित्तोमा, तेस्को आनुहर काठे फ्रेमको एक बित्तोमा, ट्वाल्ल-ट्वाल्लति गाँठे, अझै नि लाटीले कुन्नि के हेर्या जस्तो! जुम्सो, अझै कति रिसउठ्दो गरि झुण्ड्या छ भने, प्वाक्क मुखमा हानु जस्तो! उही इतिहास ढाँटने त हो, हाम्लाई थाहा छैन,  नत्र सहिद दिवसको दिन  'अकबरे' को बा' माघाँ गोरु नार्न जान्छु, भन्दै "बैद्य"को मा गफ हाल्न जान्छन् त ? वाहियातको सहिद, निल्नु न वोकेल्नु!! ए सुन् सुन्!! यसै भो तेस्सै भो, "सुन्तले" को परिवारले नि सार्है दुक्ख पायो, एस्लाई सहिद बनाउने परपंच तँ मिला, परेको म बेहोर्छू!! थोरै दि

१) क्राइष्टलाई झैँ काँटी ठोकी, महान बनाइदिउँ झैँ लाग्ने ! हुसेनलाई झैँ पासो लगाई, अमर बनाइदिउँ झैँ लाग्ने ! यस्तै यस्तै महान आत्माहरुको, बास छ एउटा सभामा ! अश्लिलता नै लजाउने, रास छ एउटा सभामा । २) मर्नै नपरी यिनेर्लेनै, फुत्तै बैतर्नी तार्लान जस्ता । खेल्न मागे बालकहेर्ले, तारै ऐले झार्लान् जस्ता ! यस्तै यस्तै महान आत्माहरुको, बास छ एउटा सभामा ! अश्लिलता नै लजाउने, रास छ एउटा सभामा ।   ३) दक्षिण तिर बगाएर, उत्तर तिर खोजौँ लाग्ने ! दुई चार झापड पड्काएर, दुख्यो !!?? भनि सोधौँ लाग्ने ! यस्तै यस्तै महान आत्माहरुको, बास छ एउटा सभामा ! अश्लिलता नै लजाउने, रास छ एउटा सभामा ।   ४) मति भर्ने महात्मा भए, उनैको सामु थुपार्नु हुन्थ्यो ! कोपार्नु सम्म कोपार्नु हुन्थ्यो, अनि चिउँडै सम्म लोपार्नु हुन्थ्यो ! यस्तै यस्तै महान आत्माहरुको, बास छ एउटा सभामा ! अश्लिलता नै लजाउने, रास छ एउटा सभामा ।   ~ घिमिरे सुनिल Image: stanacosmin

देश विदेश मा रहनु भएका समस्त नेपालीहरु मा शुभ विजया दशमी तथा शुभ दिपावली को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ! Hope the festival of Dashain and Tihar showers the blessings of peace, joy and prosperity into your life. Happy Dashain & Tihar. सुनको बिहान सुनको दिन एक उदाउँछ रे, यस देश खुलीकन आउँछ रे, रँगिला सब बादल छाउँछ रे, जल चंचल भैकन गाउँछ रे ! चिडिया बिउँझेर कराउँछ रे सब मन्दिर घंट बजाउँछ रे र हवा पनि बास उडाउँछ रे दिल फूल सबै बिउँझाउँछ रे ! दुनियाँ सब चार्दछ धाउँछ रे र हिमाल उचाँ झलकाउँछ रे जलविन्दु सुशीतल ल्याउँछ रे सब उन्नत झल्ल तुल्याउँछ रे! -  महाकवि लक्ष्मी प्रसाद देवकोटा

पेट्रोल को लाइन.... जम्काभेट..... देखा देख..... माया प्रेम..... आधि घन्टा.... अलविदा.... अलविदा.....

You have been with me through thick & thins  You supported me when I was most in need Unknowingly You did so much already indeed I am left with memories  unaware where it would lead Forgive me my friend if i went wrong and your feelings unread Wherever you are give your best and be firm in your creed I will miss you wish you the best in your life ahead Goodbye my friend take on positiveness with you on your tread.... P.S. THANKS FOR EVERYTHING!!!   -written by Samriddhi Dhakal Environmental Science, 3rd Year Kathmandu University.

थाहा हुंदा हुंदै पनि मनले धिक्कार्दा धिक्कार्दै पनि मान्यतालाई फाल्नलाई नयां बिचार पाल्नलाई भ्यागुताहरु थुपारियो धार्नि पुर्याउनलाई ! मौसमलाई अनुकुल बनाई रछ्यान मा मुला सप्रेझैं सप्रेका पहेंला पहेँला काला काला झ्वाँक झ्वाँक भै कक्रेका भ्यागुताहरु थुपारियो धार्नि पुर्याउनलाई ! घांटीको गांड नै च्यात्तिनेगरि कराउन सक्ने अर्कोलाई लात्ताले बजारि नमज्जाले हराउन सक्ने मान्छेका खुट्टामा पिसाब फेर्दै मान्छेकै सामु दगुर्न सक्ने भ्यागुताहरु थुपारियो धार्नि पुर्याउनलाई ! सेतो कालो दुब्लो पातलो मोटो घाटो भाले पोथी दुलामा बस्ने काठमा बस्ने पानीमा बस्ने समान अनुपातमा भ्यागुताहरु थुपारियो धार्नि पुर्याउनलाई ! तै! पुगिहाल्छ कि भन्दै दुई सय पाँच को ठाउंमा छ सय एक नै ल्याईयो अनि थुपारियो प्रतिनिधि भ्यागुताहरु धार्नि पुर्याउनलाई !!!               - घिमिरे सुनिल

प्याँप्याँ र ट्याँट्याँ को दोहोरी उस्तै छ भिड पनि फुटपाथ बाट हुँकिदैछन् बाइकवाला र स्कुटिवालीहरु सरकारी काम कहिले जाला घाम उफ झेल्न नसकिने काठमाडौँ को साला जाम !   रातो र हरियो बत्ति एकैचोटि पिलिक्क बाटो काट्ने को हुल निस्कन्छ फुत्त न जेब्रा क्रसिङ न ट्राफिक लाइट गाडि ले हरन लाउँछ झ्वाट्ट !   कोलाहाल धुवाँ र धुलो फोहोर थुारिएको साँघुरो बाटो उकुसमुकुस साह्रै सकस समय को सँधै सत्यानाश !   वाइकवाला र निजी कारलाई सँधै हतार गाडि बढेपनि बाटो नबढ्दा जाम झेल्न सँधै लाचार सरकारी काम कहिले जाला घाम उफ झेल्न नसकिने काठमाडौँ को साला जाम !   ( नोट: कथा लेख्ने प्रयास गर्दैथिँए, कविता जस्तो बन्दै गएछ तर यो कविता को व्याकरण मा मिल्यो कि मिलेन थाहा भएन । जे सुकै होस्, आफना मन मा उठेका भाव पोख्ने कोशिस गरेको छु है!)

In the world of darkness, A ray of light entered Inside me, And the reflections pour out As smile; Is that what I want to share? Mystic eyes, A joyful heart, Wishing to live every moment That’s all I have in plenty; Let me shine, And I wish to share it with the world. Past and future, Let them follow the present Just let me live this beautiful moment Fully, And bring some smile to share. A long day to go, A long life to live Miles to cross and responsibilities on my door; Let me forget the physical world And lift my spirit to joy, Since I cheer up, I will make sure, love and smile is what I shall really share. - Written By Anjali Sketch Credit: Suresh Maharjan

सारा दु:ख बिर्सिएर  देख्छु सपना म हजार, हो, म देख्छु केही मिठा सपना !   लखतरान देह थकित मन लिएर भर्खर फर्किएको छु म, केही छिन त आराम गर्न देउ एक्कै छिन कल्पना मा हराउन देउ !   मलाई हराउन देउ आफैँमा, रम्न चाहन्छु म, सपना को बगैँचा मा !   देश, परिवेश समाज र राजनिति आजित भइसकेको छु म, भुल्न चाहन्छु आफूलाई, यो स्वप्न नगरी मा !   म सपना देख्छु एउटा सुन्दर भविष्यको जहाँ हामी हुनेछौँ उनीहरु हुनेछन् ।   खुशीले पुलकित हुन्छु, एकै फड्को मा सगरमाथा चुम्ने हिम्मत राख्छु, मेरो सपना नटुटोस्, मेरो देश नफुटोस् ।   कहिले लाग्छ मेरा सपनाहरु ऐना का सिसा झैँ, उज्यालामा चम्किला देखिएका मात्र हुन्, ती क्षणभर मै चकनाचुर बनाइन सक्छन् । सायद भ्यागुताको धार्नी पुर्‍याउने असफल कोशिस गर्दैछु म !   तर पनि, हिम्मत हारेको छैन यो देश जति उनीहरुको हो, त्यति नै मेरो पनि हो ।   म र मेरो सपनाको अन्त्य छैन ! हो, म मिठो सपना देख्छु, एउटा सुन्दर संसार को कल्पना गर्छु । जहाँ तिमी र म हुनेछौँ उ

आरोप लाग्यो प्रत्यारोप नि भयो बकवास रे ! आश्वासन नि भन्देको मात्र हो रे महत्वहिन ! गल्ति गरियो विश्वास र माया ले धोका भएछ ! बेफुर्सदी रे अब महत्व छैन खेलौना जस्तो ! माया र प्रेम अवस्था अनुकुल मलाई बाल ! जागिरदार आफ्नै संसार छ टाइमपास ! अब को प्रण छ मेरो आफ्नो बाटो सम्बन्ध छैन ! टाढा भाग्नुछ सपना टुक्र्याएर धन्यवाद है !

तातो चुस्कीसँगै शुरु हुन्छ, हाम्रो कफी गफ गुलियो कफि, त्यसमाथि तिम्रो मिठो मुस्कान कति आनन्दित छ यो पल ! शिशिर यामको घामभन्दा प्रिय लाग्छ तातो कफी, अनि तिम्रो सामिप्यता साँच्चै रोज्न गाह्रो छ ! हाम्रो गफ कहिल्यै टुङ्गिन मान्दैनन समय बगिरहेछ, कफी सेलाउँदै जान्छ कतै हाम्रो सम्बन्ध पनि चिसिने त होइन ? तिमी छिट्टै सपना बुन्न थाल्छ्यौ कति सम्भव छन्, कति असम्भव अन्जान मै नटुटुन् तिम्रा सपनाहरु ! हतार नगर, अझ तिता यथार्थ सुनाउनु छ अनि कयौँ घुट्की लिनै छन् चिसो कफी अनि तिता स्वादहरु । -मुकुन्द भण्डारी बायोटेक तेस्रो वर्ष काठमाडौँ विश्वविद्यालय ।

कुनै अघोषित गन्तव्यतर्फ लम्कदैंछ ऊ लक्ष्यसंग जम्काभेट हुने आशमा निरन्तर निसन्देह अघि बढ्दैछ यात्री निरामय अर्थपुर्ण जीवनको खोजमा। उकालीसंग चढ्छन, ओरालीसंग झर्छन उसका पाइला तर हार मान्ने छैन साहसी यात्री उसका पाइलाका डोबले साथ दिने सहयात्री भेटिन्छिन, छुट्टिन्छन् तर कसैसंग रिस नराखि सबैको बन्छ ऊ प्यारो साथी। भोलीको कुनै चिन्ता छैन, न त कुनै भय नै छ, उसका पाइलाहरुले बाटो पहिल्याउने नै छन्, पुरातन यात्राको धर्म पछ्याउदैं छौं हामी सबै पनि यात्रीझैं कुनै अपरिचित अन्तिम विन्दुको पर्खाइमा दिन काट्दै। -- अन्जली

बन्द छ हृदय शिथिल छ शरीर श्वास फेरिदिने कोशिश नगर संसार भुलिदिएछु तिमीलाई चाहन खोज्दा आफूलाई बिर्सिदिएछु तिमीलाई खोज्न चाहदा सपना मै छ संसार अन्धकार मै छ तिम्रो अस्तित्व ब्युँझाईदिने कोशिश नगर यसमा दोष तिम्रो हैन मेरो नै छ अञ्जान समबेगलाई परिभाषा दिने जुन प्रयास मैले गरें बान्छना त कुन हृदयमा पलाउदैन होला तिम्रो अस्तित्वलाई अँगाल्ने जुन भुल मैले गरें लज्जित छ अभिलाषा दोषी छ हृदय माफि दिने कोशिश नगर लाग्थ्यो आँखाको अभिन्न अंश हो तिम्रो स्वरूप तिम्रो सुन्दरताको ओजस्बिले बन्थें म कुरुप रसाईसकेछन नयन बगिसकेछ त्यो आकृति आँखा खोलिदिने कोशिश नगर चिसो आगो र निराश आशा छ मनमा भाग्यलाई दोषी देख्ने सामर्थ्य छैन दु:खी राख्ने चोट र अनन्त तिमी बोकी बाँचिराख्ने जीवन देख्ने ईक्षा छैन पार्थिब छ शरीर आगो छ तिम्रा चाहनाको समबेदना दिने कोशिश नगर । -अनिल शिवाकोटी कुपन्डोल ।

तिमीले निचोर्दै, चिथोर्दै खियाउन लाग्दा म कहिले आत्तिन्न । तिमी सँग शक्ति होला म सँग सामर्थ्य छ तिमी सँग क्रोध होला म सँग सहनशिलता छ तिमी सँग बुद्धि होला म सँग विवेक पनि छ ! त्यसैले तिमी र म वा म र तिमी जताबाट हेरौँ फरक स्पष्ट छ । तिमी पेल्न खोज्छौ म ढुंगा बन्छु तिमी उखेल्न खोज्छौ म अनन्त जरा गाड्छु तिमी धकेल्न खोज्छौ म हिमाल बन्छु तिमी पखाल्न खोज्छौ म अझै चम्किन्छु अनि तिमी थाक्दछौ किनकी म विर गाथा बोकेको गोर्खाली हुँ । सुस्ताहरु मा तिमी रजाँइ गर्न थाल्छौ अनि कालापानीहरुमा मलाई लाग्छ निभ्न लागेको दियो चम्के झैँ, मात्र त्यस्तै । तिमी कसैको अधीनमा रहँदा मैले कसै सामु शिर झुकाइन, कसैसामु घुँडा टेकिन र पिठ्युँ पनि आफ्नै धर्ति सामुन्ने नै थियो । तर पनि तिमी मलाई लाछी ठान्छौ, तिमी सँग क्रोध छ म सँग सहनशिलता छ, तिमी सँग बुद्धि छ तर म सँग विवेक पनि छ ! imgsrc: travel-nepal.com - घिमिरे सुनिल

ए एक्युरियम का माछाहरु तिम्रो अस्तित्व केबल सिसा को बन्द घेरा भित्र मात्र सिमित छ । तिमी रंगिबिरङ्गी छौ तर केवल मनोरञ्जनको साधन मात्र यति नै हो तिम्रो अस्तित्व त्यहाँ भन्दा बाहिर तिमी कहिल्यै आउन सक्दैनौ किनकी तिमी पानी बिना बाँच्नै सक्दैनौ पानी तिम्रो घर हो खाने भाँडो हो त्यसैले त होला तिमी पानी विमुख हुनेबित्तिकै छट्पटाउन थाल्दछौ उफ्रन थाल्छौ पुच्छर ले वरपर हिर्काउन थाल्छौ किनकी तिमी आफ्नो मात्र सोच्छौ । तिम्रो उफ्राइले कति किट मरे होलान् तिम्रो छटपटाइले कतिलाई पेल्यौ होला तर तिमी महान छौ त्यसैले त तिमीलाई छानि छानि एक्युरियम मा राखेकाछौँ । तिमी मा उत्पादकत्व छैन सृजनशिलता छैन केबल छ त घमन्ड सेतो, कालो, हरियो, निलो, रातो हुनुको । परिवर्तन हुनु छ भने घमन्ड छोड अनि पानी बिना पनि बाँच्न सिक अनि तिमी महान हुनेछौ विश्वव्यापी हुनेछौ र प्रेरणाको स्रोत पनि नत्र फगत जन्मनु र मर्नुबाहेक केही अस्तित्व रहने छैन केही रहने छैन । नोट: एक्युरियम ले संसद/संविधानसभा भवन जनाउँछ भने माछाहरु ले हाम्रा संसद/सभासद जनाउँछ । imgsrc: mydigitallife.info