Skip to main content

Posts

Showing posts with the label Mobile

गत बिहिबार नेपाली प्राइभेट टेलिकम कम्पनी ‘एनसेल’ ले सगरमाथा मा थ्रिजी सेवा सुरु गर्यो । अब पर्वतारोहीहरु ले सगरमाथा वेसक्याम्प तथा सगरमाथा को सर्वोच्च चुचुरोबाट नै, टेलिफोन गर्न मात्र होइन, भिडियो कल तथा  हाइस्पिड इन्टरनेट पनि चलाउन सक्नेछन् । Ncell ले सगरमाथा मा थ्रिजी सेवा सुरु गर्यो भन्ने बित्तिकै सारा संसार को ध्यान सगरमाथामा खिचिएको थियो । सोसल मिडिया तथा टेक्नोलोजीका टप साइटहरु मासावेल, इएनग्याजेट, गिजमोडो आदि साइटहरुले ब्रेकिङ न्युज नै दिएका थिए । त्यसबाहेक, बिबिसी टेक, गार्जियन लगायत लगभग सम्पुर्ण मिडियाहरु ले प्रमुखताका साथ समाचार प्रकाशन प्रशारण गरेका थिए । उनीहरुका लागि, यो अचम्मित तुल्याउने किसिम को समाचार थियो तर हामी नेपाली र हाम्रो नेपाल मा भने, यी कुरा ले खासै प्रभाव पारेको देखिएन । सगरमाथा मा थ्रिजी सेवाले यति धेरै चर्चा पायो कि, माइक्रोब्लगिङ साइट टुविटर मा ‘Trending Topic’ नै Mount Everest बनेको थियो । टुविटर मा विश्वभरि का मान्छेहरु अचम्मित र रोमाञ्चित हुँदै आफ्ना कुरा टुविटर मार्फत विश्वलाई सुनाइरहेका थिए । यो खबर ले उनीहरु निकै उत्साहित बनेका थिए, मलाई लाग्छ

मोजिल्ला ले भर्खरै मोबाइल को लागि फायरफक्स ४.० बेटा भर्सन ब्राउजर सार्वजनिक गरेको छ । फेनेन्स कोडनाम दिइएको, प्रोजेक्टलाई अहिले भने, फायरफक्स नै भनिएको छ । बेटा भर्सन निस्किएको ब्राउजर पुर्णत नोकिया ‘एन ९००’ तथा ‘एन्ड्रोइड २.० अथवा त्यसभन्दा माथि का’ फोनहरुलाई लक्षित गरेरर तयार पारिएको छ । हाललाई नयाँ भर्सन को वेव ब्राउजर, ‘आइफोन’ को लागि भने उपलब्ध छैन । साथै, ‘ब्ल्याकबेरी’ फोन को लागि पनि मोजिल्ला को कुनै योजना रहेको छैन । मोजिल्ला फाउन्डेसन ले भनेको छ, “मोबाइल को लागि बनाइएको नयाँ वेटा फायरफक्स ब्राउजर, डेस्कटप को लागि बनाइएको फायरफक्स ४.० ब्राउजर कै, मोबाइल संस्करण हो” । मोबाइल ब्राउजर मा पनि, एडवान्ड आदि को सुविधा रहेको छ । फायरफक्स ले मोबाइल  ब्राउजर को निर्माण मा आफ्नो पाइला बढाउँदै लगेको भएपनि, ‘ओपेरा मिनी’ ब्राउजर ले  नै मोबाइल मा आफ्नो कब्जा जमाएको छ । बेटा फेज मा भएको, फायरफक्स ४.० मोबाइल भर्सन ब्राउजर ले केही महिना मा फाइनल भर्सन सार्वजनिक गर्ने छ । डाउनलोड : Firefox 4.0 Beta for Mobile

हामी इन्टरनेट को युग मा छौँ । इन्टरनेट त छँदै नै छ, साथ मा संसार मोबाइलमय नै भएको छ । हाम्रै देश को तथ्याङक ले पनि भन्छ, हाम्रो देश मा इन्टरनेट चलाउने ८० प्रतिशत भन्दा बढि मान्छेहरु, मोबाइल बाट नै इन्टरनेट चलाउँछन् । हिजो आज, च्याट गर्न र वेव सर्फ गर्न, फेसबुक चलाउन वा ट्विटर चलाउन पहिले को जस्तो साइबर धाएर कमै जान्छन् । हिजो आज अधिकांश त मोबाइल बाटै नेट चलाउँछन् । एनटिसी, एनसेल आदि को जिपिआरएस, थ्रीजी, एज नामक सेवा मार्फत हाम्रो मोबाइल इन्टरनेटमय बन्दै गएको छ । स्मार्टफोन, आइफोन बाहेक का अन्य मोबाइल प्रयोगकर्ताहरु, प्राय: ओपेरा मिनी तथा मोबाइल को आफ्नै ब्राउजर बाट इन्टरनेट को कुना चिहाइरहेका हुन्छन् । अरु केही नहेरेपनि, फेसबुक त जरुर हेर्छन् । तर के तपाई ले Snaptu एप्लिकेशन मार्फत इन्टरनेट चलाउनु भएको छ त ? आउनुहोस्, आज हामी यही Snaptu को बारेमा कुरा गर्दै छौँ । यो इन्टरनेटमय मोबाइल मा यो Snaptu तपाई को लागि बहुउपयोगी सावित हुन सक्छ । Snaptu के हो ? Snaptu एउटा मोबाइल एप्लिकेशन हो जसको इन्टरफेस ले स्मार्टफोन तथा आइफोन को झझल्को दिलाउँछ । स्नापटु यस्तो मोबाइल एप्लिकेशन हो, जसको माध्य

ब्लग छ, कम्प्युटर बाट धेरै ले हेर्छन् । हिजो आज फेसबुक धेरै ले मोबाइल बाट पनि चलाउने हुँदा, तपाई को ब्लगहरु मोबाइल बाट पनि हेर्न खोज्छन्, मोबाइल प्रयोगकर्ताहरु ! तर तपाई को ब्लग कम्प्युटर को लागि डिजाइन गरिएको हुँदा, मोबाइल मा तपाई को ब्लग लोड हुन धेरै समय लाग्छ, जसका कारण पैसा र समय दुवै को बर्बादी मात्र हुन्छ । साथै, कम्पयुटर को लागि डिजाइन गरिएको ब्लग, मोबाइल मा हेर्दा धेरै कुरा मिल्दैन । अर्को कुरा मोबाइल बाट हेर्ने पाठकहरु ‘साइडबार’ का विगेटहरु हेरेर बस्दैनन् । उनीहरुलाई नयाँ ब्लग के रहेछ भन्ने कुरा मात्र जान्ने इच्छाहरु हुन्छ । उनीहरु चाहन्छन्, ब्लगहरु क्रमैसँग मोबाइल को ब्राउजर मा देखियोस, चाँडो खुलोस, ब्लग सजिलो सँग पढ्न पाइयोस् । सायद तपाईहरु पनि यही सोच्नुहुन्छ होला, कुनै साइट मोबाइल मा खोल्नु पर्यो भने, तपाईहरुलाई चाँडो खुलोस, सजिलो सँग पढ्न पाइयोस् । अझ तपाईहरुलाई पनि आफ्नो ब्लग मोबाइल फ्रेन्डली बनाउने मन होला ! पक्कै पनि अहिले सबैकुरा मोबाइल मा अटाउन थालेको छ ।  मोबाइल बाट पनि तपाई को ब्लगहरु हेरिन्छन् भन्ने कुरा मा कुनै दुइमत छैन । तपाईलाई आफ्नो ब्लग को लागि मोबाइल साइट

के तपाईहरुलाई थाहा छ, एनटिसि, स्पाइस र युटिएल का रिचार्ज कार्डहरुका कारण ठूलो संङ्ख्यामा उपभोक्ता ठगिएकाछन् भने व्यापारीहरु यसैबाट लाखौँ कुम्ल्याउँदै छन् । खासमा याद नगरिने तर प्राय: सँधै खड्किने कुरा हो, ब्यालेन्स ट्रान्सफर या नयाँ रिचार्ज कार्ड किन्दा त्यससँगै व्यापारीलाई दिनुपर्ने चार्ज । चाहे तपाई, १०, २०, ५० या १०० वा २०० कै रिचार्ज किन नगर्नुहोस्, व्यापारीहरु ले हामी बाट ५ रुपैँया बढि लिन्छन् । १० को रिचार्ज गर्नुपरे, १५ रुपैँया, अनि १०० को रिचार्ज गर्नु परेपनि १०५ रुपैँया । विचार गरौँ त, व्यापारीहरुले १०० रुपैँया कै कार्डबाट अधिकतम ५० रुपैँया सम्म कमाउन सक्ने रहेछन्, यदि त्यसबाट १० जनाले १०-१० रुपैँया को रिचार्ज गरेमा ! नेपाल टेलिकम ले ५० र १०० रुपैयाँ को रिचार्ज कार्डहरु भर्खरै निकालेको छ । अनि ती कार्डहरुमा अधिकतम खुद्रा मुल्य भनेर क्रमश ५१ रुपैँया र १०२ रुपैँया राखिएको छ, भ्याट सहित । तर ती कार्डहरु आम उपभोक्ता ले किन्दा भने क्रमश ५५ रुपैयाँ र १०५ रुपैँया पर्ने गरेको छ, अझ उस्तै ठाऊँमा परे १०० रुपैँया को कार्डलाई ११० रुपैँया नै लिनेगरिएको छ । के व्यापारीहरुले, साइबर क्याफे, प

देखे पनि नदेखेको जसरी बाटो लागे दुवै । खै, कसरी यस्तो भएका हुन्, पहिले त यस्तो थिएनन्, सबैमा यही जिज्ञासा छ । हरदम सँगै रहने उनीहरु अहिले परिचितहरु को भिडमा पनि अपरिचित बनेर हिँडिरहेकाछन् । कसैले सोधेमा जवाफ दिन्छन्, ‘थाहा छैन, त्यस्को बारेमा मलाई के मतलब, जब उसले मलाई आफ्नो मान्दैन भने, उसको जिन्दगीमा मेरो केही भ्यालु छैन भने’ । दुवै को जवाफ एउटै हुन्छ, सबैसँग तर अफसोच उनीहरुको जवाफ सुन्ने एउटै साझा मान्छे कोही छैन । यदि दुवै को कुरा एउटैले सुन्ने हो भने सायद, उनीहरु बिच को दुरी रहँदैनथियो । एक अर्काको नजरमा नराम्रो बनेर हिँड्दैन थिए होलान् । आज पनि भेट भएको थियो तर न उसले बोलायो न उनले बोल्ने इच्छा नै देखाइन् । दुवै एउटै रेष्टुरेन्टमा पुगेकाछन् तर टेबल बेग्लै छ । अनि दुवै विपरित दिशा तिर फर्किएकाछन् । उनीहरुलाई हेर्दा लाग्दैन कि, उनीहरु कुनै समय सँगै थिए । हुन त अफिस जाने बाटो पनि एकै छ, अनि दिनहुँ देख्छन् तर पनि नदेखेको, नचिनेको नाटक गर्छन् । हुन त उनीहरु बिच केही भएकै थिएन । सुनाउँदा पनि सबै हाँस्नेछन्, उनीहरु को मनमुटाव को कारण सुनेर । (फेरी भनुँ भने नि, आफ्नै बेइज्जत हुन्छ, भन्द

यहाँ पनि मोबाइल कै कुरा । मोबाइल अर्थात अहिले हामीले भोगिरहेको नेटवर्क को समस्या । हुन त यहाँ कुरा गर्नलाई विषयको खाँचो छैन । विषय प्रशस्त छन्: जस्तो कि, यहाँ को लोडसेडिङ, अनि दिनैपिच्छे बन्द भैरहने बजार र राजमार्ग, डान्सबार को रात्रिजिवन मा बन्देज लागेपछि को अवस्था, क्यासिनो काण्ड,फुटपाथको आन्दोलन, अनि राजनितिक दाउपेचहरु, खानेपानीको समस्या, अनि बेला-बेला उपराष्ट्रपति को बोलि ले ल्याउने तरंग, अनि कोही लुटिइरहेका, कोही मरिरहेको अवस्था आदि ईत्यादी ! यहाँ समस्याको जालो मात्र देखिन्छ तर नेताले गर्ने प्रत्येक भाषण मा "नयाँ नेपाल" भन्ने शब्द हुन्छ, जुन सुन्दा साह्रै कर्णप्रिय लाग्छ तर व्यवहारमा लागु नभइदिनाले गर्दा हामीले मनको लड्डु घिउ सँग खाएर बस्नु बाहेक अर्को कुनै उपाय छैन । लोडसेडिङ को कुरा पुरानो भै'सक्यो भन्दा हुन्छ र अब लोडसेडिङ बाट पार पाउन कम्तिमा पनि ४-५ वर्ष कुर्नुपर्छ रे ! अनि बारम्बार हुनेगरेको बन्द को महिमा पनि कम छैन । तर एउटा कुरा चाँहि उदेक के छ भने, काठमाडौँ उपत्यका मा गरिएको बन्द १-२ दिन मै पारलाग्छ तर विभिन्न जिल्लामा हुने बन्दहरु भने निकै लामो समयसम्म लम्ब

घट्ट जाँदा बिसाउने ,अनी ठट्टा गर्दा रिसाउने , मान्छे को काम छैन । त्यस्तै बोल्दा-बोल्दै काटिने , अनी भनेको समय मा नलाग्ने मोबाईल को पनि काम छैन । नेपाल मा मोबाईलधारी को सङ्ख्या यती धेरै भईसकेको छ कि , मोबाईल टावर मुनी/तल हुँदा पनि network को समस्या हुन्छ । तपाईं समझदार ब्यक्ती हुनुहुन्छ , खास मा कुनै काम बिशेष नपरी तपाईं मोबाईल चलाऊनु नै हुन्न । बेकार मा मिस कल हानी फोन को दुरुपयोग गर्ने मान्छे तपाईंलाई मन पर्दैन । तर पनि भनेको समय मा फोन नलाग्दा तपाईं साह्रै मुर्मुरिनुहुन्छ , अनी सबैले सुन्नेगरी कराउनु हुन्छ , अब त जनावर को हात मा पनि मोबाईल भ्ई सक्यो अनी के लागोस त फोन ! तर त्यतिखेर तपाईं आफु पनि हात मा मोबाईल चलाई राख्नुभएको हुन्छ । शायद तपाईं त्यो भन्दा पनि बढी भन्न सक्नु हुन्छ , अथवा भनौं आफ्नै घरपरिवार को नाम लिएर , भन्दै भन्न नमिल्ने शब्दहरु प्रयोग गरी सरापी रहनुभएको हुन सक्छ । तर मुर्ख बुद्धी भएका प्राय: सबै तपाईं जस्ता समझदार ब्यक्तिहरु , आफु ले आकाशतिर फर्केर थुकेको पनि चाल पाउँदैनन् । नसराप्नु पनि किन , अब बोल्दा-बोल्दै फोन लाइन कट्छ , बोलेको पनि प्रस्ट बुझिदैन , पैसा भने उड