Skip to main content

Posts

Showing posts with the label Friday Tech

फेडोरा कम्युनिटि ले “Goddard” कोड नाम राखिएको ओपनसोर्स अपरेटिङ सिस्टम “फेडोरा लिनक्स” को १३ औँ संस्करण को अपरेटिङ सिस्टम सार्वजनिक गरेको छ । गत मे २५ तारिख का दिन फेडोरा कम्युनिटि ले सार्वजनिक गरेको “फेडोरा १३” मा अटोमेटिक ड्राइभर इन्सटल हुने, ग्राफिक कार्डहरु सपोर्ट गर्ने तथा विभिन्न ओपनसोर्स सफ्टवेयरहरु विना झन्झट चल्ने बताइएको छ । रेडह्याट को प्रायोजन मा फेडोरा प्रयोगकर्ताहरु र डेभ्लोपरहरु को समूह “फेडोरा कम्युनिटि” ले फेडोरा लिनक्स को नयाँ संस्करण सार्वजनिक गरेका हो । फेडोरा लिनक्स अपरेटिङ सिस्टम, माइक्रोसफ्ट को विन्डोज एक्सपी, भिस्टा र विन्डोज सेभेन जस्तै अपरेटिङ सिस्टम हो । फरक यति छ कि, “फेडोरा” ओपनसोर्स सफ्टवेयर अर्थात खूला सफ्टवेयर हो, जुन प्रयोगकर्ताहरुलाई निशुल्क उपलब्ध हुन्छ । तर स्मरणिय रहोस्, सबै ओपनसोर्स सफ्टवेयरहरु निशुल्क पाइँदैनन् । साथै तपाई हामीले प्रयोग गरिरहेको, मोजिला फायरफक्स ब्राउजर, ओपन अफिस आदि सफ्टवेयरहरु पनि ओपनसोर्स सफ्टवेयर अर्थात खूला सफ्टवेयर नै हो । तपाई खुला सफ्टवेयर को पक्ष मा लाग्न चाहनुहुन्छ भने, फेडोरा, उबन्टु जस्ता अपरेटिङ सिस्टमहरु आफ्नो कम्प्

पाकिस्तानी सरकार ले पाकिस्तान मा ‘ फेसबुक र युट्युव ’ माथि प्रतिबन्ध लगाएको छ । ती दुवै वेवसाइटहरु पाकिस्तान मा अनिश्चितकाल का लागि बन्द गरिएका छन् । फेसबुक को Everybody Draw Mohammad Day — May 20 नामक पेज मा मुस्लिमहरु का आस्था का केन्द्र तथा ईश्वर का दुत ‘मोहम्मद’ को कार्टुन बनाएर, ‘मोहम्मद’ र सम्पुर्ण मुस्लिम समुदाय को धार्मिक आस्था माथि प्रहार गरिएको भन्दै, पाकिस्तान मा प्रदर्शन चर्केपछि, पाकिस्तानी सरकार ले बुधबार देखि फेसबुक माथि प्रतिबन्ध लगाएको हो । उक्त फ्यान पेज मा हालसम्म करिब १० हजार वटा मोहम्मद का विकृत कार्टुनहरु राखिएको छ । मोहम्मद माथि आस्था राख्ने जो कोहीलाई ती कार्टुनहरु सह्य नहुने किसिम का रहेका छन् । अघिल्लो दिन, त्यो पेज मात्र बन्द गरिएको भएपनि बुधबार दिउँसो देखि भने, फेसबुक पुर्ण रुपमा बन्द गरिएको थियो । त्यस्तै, पाकिस्तानी सरकार ले बिहिबार देखि भिडियो साटिने साइट ‘युट्युब’ लाई पनि अनिश्चितकाल का लागि पाकिस्तान मा प्रतिबन्ध लगाएको छ । युट्युब बन्द गर्नु को कारण, स्पस्ट रुपमा नखुलाइएको भएपनि, युट्युब मा ‘आपत्तिजनक’ भिडियोहरु रहेका कारण युट्युबलाई प्रतिबन्ध लगा

एडोब ले अब आफ्नो ध्यान अब ‘एप्पल’ को उत्पादन तर्फ नहुने घोषणा गरेको छ । एप्पल का सिइओ स्टिभ जब्स ले, फ्ल्यास आइप्याड मा नराखिनु को कारण, एडोब फ्ल्यास प्रोपाइटरी सफ्टवेयर भएको बताएका थिए ! साथै, उनले एडोब फ्ल्यास सम्बन्धि अन्य विभिन्न नकरात्मक टिका टिप्पणीहरु गरेपछि, एडोब ले अब एप्पल तिर ध्यान नदिने घोषणा गरेको छ । करिब २ हप्ता अघि एप्पल का स्टिभ जब्स ले, एप्पल को ब्लग मा, एडोब फ्ल्यास सम्बन्धि आफ्ना धारणाहरु राखेका थिए । उनले एडोब फ्ल्यास को निकै आलोचना र नकरात्मक टिप्पणि गरेका थिए । जब्स ले आफ्नो धारणा सार्वजनिक गरेको केही दिन पछि नै, एडोब ले अब आफ्नो ध्यान अब ‘एप्पल’ को उत्पादन तर्फ नहुने घोषणा गरेको छ । एडोव ले आफ्नो ब्लग मा भनेको छ, एप्पल का सिइओ स्टिभ जब्स ले एडोब फ्ल्यास को बारेमा नकरात्मक टिप्पणि गरेका कारण, हामीहरु आफ्नो ध्यान एप्पल का उत्पादनहरु बाट हटाउन विवश छौँ । एडोवका चिफ टेक्नोटोजी अफिसर केभिन लिन्स ले ब्लग मा अगाडि थपेका छन्: हामीहरु एप्पल सँग मिलेर काम गर्न चाहन्थ्यौँ, फ्ल्यास को प्रयोग बाट एप्पल का “आइफोन” र “आइप्याड” मा निकै ठुलो चमत्कार ल्याउन सक्थ्यौँ तर विडम्वना,

माओवादी को आमहड्ताल लम्बिँदै जाँदा, फेसबुक जेनेरेसन ले, फेसबुक कै माध्यमबाट बन्द को विरोध मा आवाज उठाइरहेकाछन् । यही फेसबुक कै आवाजहरु, टिभि, रेडियो, पत्रपत्रिका, वेव र ब्लग मार्फत अधिकांशको कान सम्म पुगिरहेको छ । फेसबुक मा, बन्द को विरोधमा ग्रुप  र फ्यान पेजहरु प्रशस्तै खोलिएका छन् । फेसबुक बन्दकर्ताहरुलाई गाली गर्न र विरोध गर्न को लागि मात्र सिमित रहेन । आज वसन्तपुर मा भएको शान्ति र्याली मा फेसबुक बाटै धेरै ले खबर थाहा पाए । फेसबुक मार्फत नै, आफ्नो उपस्थिति को मात्र जानकारी दिएनन्, फेसबुक जेनेरेसन राष्ट्रिय झन्डा फहराउँदै वसन्तपुर पुगे । मोबाइल, ल्यापटप मार्फत पलपल का गतिविधिहरु संसार सामु अपडेट गरिरहे । यो पक्कै पनि एउटा भिन्न र सफल अभ्यास थियो, नेपाली नेटिजनहरु को, शान्ति को पक्षमा । सोसल नेटवर्किङ साइट फेसबुक र ट्विटर मा बन्द का विरुद्ध आवाजहरु गुन्जिरहेकाछन् । पलपल मा नयाँ ग्रुप र फ्यान पेजहरु बनिरहेकाछन् । अनि प्राय: सबै नेपाली फेसबुक प्रयोकर्ता को फेसबुक मा कतै न कतै यही बन्द ले ठाउँ पाएको छ । मैले देखेको पेजहरु मध्ये मा कमैले मात्र बन्द को समर्थन गरेका छन्, अधिकांश नेटिजनहरु ब

सोसल नेटवर्किङ साइट फेसबुक , अब हामी ले सोचेको भन्दा धेरै पर पुगिसकेको छ । के तपाईलाई थाहा छ ? इन्टरनेट जगत मा फेसबुक ले एउटा ठूलो फड्को मार्दैछ, अनि यही फेसबुक कै कुराला‌ई लिएर इन्टरनेट का ब्लग र वेवसाइट मा खैलाबैला छाएको छ । दुई दिन अघि फेसबुक ले, सानफ्रान्सिस्को  मा  ' 3rd Facebook f8 Developer Conference' गरेको थियो । '3rd Facebook f8 Developer Conference' को अनलाइन मा लाइभटेलिकास्ट पनि गरिएको थियो । सोही समारोह मा फेसबुक का CEO Mark Zuckerberg ले सबैलाई अचम्मित पार्दै फेसबुक का योजनाहरु सुनाए । ४ सय मिलियन भन्दा बढि प्रयोगकर्ता रहेको फेसबुक ले सम्भवत: गुगल लाई चुनौती दिएको छ, आफ्ना योजनाहरु मार्फत ! के भनियो 'Facebook f8 Developer Conference'  मा ?   फेसबुक अब समय बिताउने ठाउँ, रमाइलो गर्ने ठाउँ मात्र रहेन । अब Facebook Connect को मार्फत विभिन्न साइट मा लगइन गर्न सकिने भएको छ । Facebook Connect बटन भएका साइटहरु मा अब सिधै फेसबुक कै आफ्नो एकाउन्ट बाट साइन गर्न सकिने छ । तपाई ले अब Hacker News जस्ता साइटहरु मा, फेसबुक कै एकाउन्ट मार्फत साइन गर्न सक्नुहुनेछ

मध्यपुर्वी राष्ट् इजरायल ले एप्पल को नयाँ ‘आइप्याड’ आयात मा प्रतिबन्ध लगाएको छ । फाइनान्सिएल टाइम्स, इन्डिया का अनुसार ‘iPad’ लाई इजरायल मा प्रतिबन्ध लगाइएको छ, भने एयरपोर्ट मा आइएप्याड सँग भेटिएका व्यक्तिलाई कारवाही गरिएको छ ।   इजरायली सञ्चार मन्त्रालय का प्रवक्ता ले भनेका छन्, ‘आइप्याड’ मा प्रयोग गरिएको ‘wi-fi’ सिस्टम, इजरायल को ‘wi-fi’ सिस्टम सँग अमिल्दो रहेको छ ।  ‘आइप्याड’ मा फरक किसिम को ‘wi-fi’ सिस्टम जडान गरिएकोले, इजरायल को ‘ डोमेस्टिक नेटवर्क’ मा ‘आइप्याड’  ले क्षति पुर्याउन सक्ने दावी उनीहरु ले गरेका छन् । तर ‘आइप्याड’ निर्माता एप्पल ले भने इजरायल को यस कदम को बारेमा केही बताएको छैन । तपाईहरु इजरायल जाँदै हुनुहुन्छ भने ‘आइप्याड’ साथ मा नलग्नु होला, अन्यथा विना मतलब को झमेला मा फस्न सक्नु हुनेछ । English Version: Israel Banned iPads ************************************************************************* प्रविधि सम्बन्धि कुराहरु नेपाली भाषामा लेख्नको लागि आजबाट 'Friday Tech' कोलम सुरु गरेको छु । सूचना प्रविधिका कुराहरु साप्ताहिक रुपमा शुक्रबार यसब्लगमा लेख्दै जाने