फेडोरा कम्युनिटि ले “Goddard” कोड नाम राखिएको ओपनसोर्स अपरेटिङ सिस्टम “फेडोरा लिनक्स” को १३ औँ संस्करण को अपरेटिङ सिस्टम सार्वजनिक गरेको छ ।
गत मे २५ तारिख का दिन फेडोरा कम्युनिटि ले सार्वजनिक गरेको “फेडोरा १३” मा अटोमेटिक ड्राइभर इन्सटल हुने, ग्राफिक कार्डहरु सपोर्ट गर्ने तथा विभिन्न ओपनसोर्स सफ्टवेयरहरु विना झन्झट चल्ने बताइएको छ । रेडह्याट को प्रायोजन मा फेडोरा प्रयोगकर्ताहरु र डेभ्लोपरहरु को समूह “फेडोरा कम्युनिटि” ले फेडोरा लिनक्स को नयाँ संस्करण सार्वजनिक गरेका हो ।
फेडोरा लिनक्स अपरेटिङ सिस्टम, माइक्रोसफ्ट को विन्डोज एक्सपी, भिस्टा र विन्डोज सेभेन जस्तै अपरेटिङ सिस्टम हो । फरक यति छ कि, “फेडोरा” ओपनसोर्स सफ्टवेयर अर्थात खूला सफ्टवेयर हो, जुन प्रयोगकर्ताहरुलाई निशुल्क उपलब्ध हुन्छ । तर स्मरणिय रहोस्, सबै ओपनसोर्स सफ्टवेयरहरु निशुल्क पाइँदैनन् ।
साथै तपाई हामीले प्रयोग गरिरहेको, मोजिला फायरफक्स ब्राउजर, ओपन अफिस आदि सफ्टवेयरहरु पनि ओपनसोर्स सफ्टवेयर अर्थात खूला सफ्टवेयर नै हो । तपाई खुला सफ्टवेयर को पक्ष मा लाग्न चाहनुहुन्छ भने, फेडोरा, उबन्टु जस्ता अपरेटिङ सिस्टमहरु आफ्नो कम्प्युटर मा राख्न सक्नुहुन्छ । जुन चलाउन त सजिलो छँदै छ, त्यसमाथि ती सफ्टवेयहरु निशुल्क पाइन्छ र मन लागेजति अरुलाई पनि बाँड्न सकिन्छ ।
Fedora is a Linux-based operating system that brings the latest in free and open source software to your desktop, laptop and server, and gives you access to thousands of different open source applications. And the Fedora Project supports a growing and thriving open source community with thousands of project members. Though the project is sponsored by Red Hat, Fedora Community is responsible for development and release.
Read Fedora 13 Release Notes | Download Fedora 13 (via Fedora Project)
i was waiting for fedora 13 :)
ReplyDeleteinstlalgarera hernu paaryo aba
आकार जी जानकारीका लागि धन्यावाद । एकचोटी Try गरुँ भनेको तर मेरो इन्टरनेट स्पीडले भ्याएन डाउनलोड गर्न तर खैर केही छैन् । :D
ReplyDeletei was waiting for fedora 13 :)
ReplyDeleteinstlalgarera hernu paaryo aba