Skip to main content

भ्यालेन्टाइन डे [कथा]

(प्रेम दिवस या भनौँ भ्यालेन्टाइन डे आउन एकहप्ता बाँकी छ । यसै सेरोफेरोमा आज हामीले साथी निशांकको “भ्यालेन्टाइन डे” नामक कथा प्रकाशित गरेकाछौँ । - आकारपोष्ट)

Camera 360स्ति ट्वीटरमा अनन्त सरले ‘मेन्सन’ गरेपछि बल्ल धेरै भएछ नलेखेको जस्तो ‘फिल’ भयो। अझ सरले #Feb लागेछ भन्नु भयो, सार्‍है घत लाग्यो। कतै म पनि भर्खर बैंसले छोएका अनि भ्यालेन्टाइन-डेको व्यग्र प्रतिक्षा गर्दै बसेका फुच्चे लभरब्वाइहरु जस्तै देखिएको पो छु कि जस्तो लागेर आयो। भित्रभित्रै त हल्का प्रतीक्षा त जसले पनि गर्छ, नदेखियोस् भन्ने मात्र मनसाय हो। यो कुरामा मै मात्र बिटुलो छुइन होला, यहाँ जम्मै सिंगल उस्तै परे मिङ्गलहरु पनि ‘फोट्टिन फेब्रुअरी’ कहिले आउला र प्रपोज गरौँला/गर्लान भनेर 'फिंगर क्रस' गरेर बसिरहेका होलान्। होलान् के भन्नु, छन् नै। नेपालमा यसरी चर्कै भ्यालेन्टाइन मनाउन थालिएको कहिले देखि हो कुन्नि, मैले चाहिँ डाइरेक्ट कलेज पुगेपछि यो घटना र 'हेल्लो पुजा, के छ मैया' गीत सुनेपछि बल्ल थाहा पाएको हूँ। 

सानैमा एसएलसी पास गरियो, स्कुलमा जसरी कलेजमा पनि सँधै फुच्चे मै गनिइयो, फुच्चेहरुलाई कसैले हेर्दारहेनछन्। न टीटी या भलिबल च्याम्पियन हुन सकियो न एउटा बाजा बजाउने ढंग नै  थियो, अनि कसरी कोही ‘इम्प्रेस’ हुनु र पट्टिनु? एकदिन कलेजबाट फर्किँदै थिएँ, बाटोमा एउटा घुम्ती जस्तो थियो, त्यहाँ एउटा सिनियर कुटकुटकुटकुट काँप्दै हाम्रै क्लासकी एउटी केटीलाइ पोकोजस्तो दिंदै गरेको देखें, केटी मलाई देखेपछि पोको समाएर दौडीइ, केटो चैं रातोपिरो भयो, हात अझै थरररर काँप्दै थिए, बिचरा जाडोले काँपेको थियो होला कि डरले? जहिले भ्यालेन्टाइन आऊँदा मेरो दिमागमा यो प्रश्न आऊँछ। जे होस् त्यो दिन पहिलो चोटि भ्यालेन्टाइनको महिमा अबगत भो। तर महिमा मात्र जानेर के गर्नु, प्रपोज हान्नलाइ कोही मनपर्नु पनि पर्यो। महिमा बुझिसकेपछिका भ्यालेन्टाइन पनि प्रायजसो जम्मै ब्यर्थै भए। तर नढाँटी भन्दा दुइचार चोटी आर्चिज त गइएको थियो, कार्ड पनि किनिएको थियो, नाम पनि लेखिएको थियो तर प्रापकले त्यो सौभाग्य पाएनन्। कहिले हिम्मत नजुटेर, कसैका पहिल्यै अफेयर भएको थाह पाएर, कहिले उनी भन्दा अर्की झन् राम्री लागेर र कहिले…यसरी 'प्रपोज क्यान्सिल' भए।

त्यो दिन मामाघरमा श्राद्ध थियो, मलाइ सबैभन्दा झ्याउ लाग्ने ती 'पंहेला' टिका थाप्न। क्यै रमाइलो हुन्न श्राद्धमा। त्यसैले मैले अबेर गएर दक्षिणा थापेर छिटो फर्किने जुक्ति लगाएँ। मेरो घरमा बहालमा बस्ने एउटा दम्पतिकी दुइ बर्षकी छोरी थिई, बाइक चढ्न भनेसी हुरुक्कै हुने। मसँग बाइकमा घुम्न जाने बानी नै परेको थियो। तर कहिले काहिँ बाइकमा बस्दाबस्दै निदाईदिन्थी र अप्ठेरो पर्थ्यो। फुच्चीलाइ लिएर गएपछि बहाना देखाएर छिट्टै फर्किन पाइन्छ भनेर अगाडी बसालेर लगें, मामाघर गएँ, टिका लगाएँ, दक्षिणा थापें अनि खाना खाएर फर्कें। फुच्ची निदाउली भनेर बाटोमा 'नानी उ त्यो हेर त' भन्दै बाटोमा के के देखाऊँदै भुलाऊँदै आइरहेको थिएँ, 'नानी ननिदाउ है' भन्दा 'हुन्त' भनेकी पनि थिइ।

तर जे कुरा को डर थियो त्यही भयो। फुच्ची निदाएर झुल्न पो थाली। अब परेन आपत? बाइक साइड लगाएँ र फुच्चीलाइ काखमा लिएर उभिएँ। वरीपरी खासै घर थिएनन्, मान्छे कोही देखिएनन्। फुच्ची काखमा मस्त निदाएकी छ है, म उभिएको छु, यता हेर्छु उता हेर्छु..... अहँ कोही देख्दिन। आधा घण्टा भो कुरेको, एउटा मान्छे आऊँदै गरेको देखें। अब यो मान्छेसँग ‘हेल्प’ माग्छु भनेको, बुढो ल्वात्त एउटा घरतिर छिर्‍यो। त्यतिकैमा छाती न्यानो भएर आएजस्तो भयो, यसो हेरेको त फुच्चीले पिसाब गरिछ। आँफैलाइ गाली गर्दै फुच्चीलाइ अर्को हातले समाएर सर्ट पुछ्दै थिएँ, एउटा स्कुल बस आएको रहेछ त्यो पनि फुत्त गइहाल्यो। हरे, अरु दिनमा त दुनियाँ लिफ्ट माग्ने भेटिन्थे, आज चाहिएको दिनमा कोही भेटिएनन। एक घण्टा बित्यो।

त्यतिकैमा एउटी केटी त्यहिंको एउटा घरबाट निस्केर बाट-बाटै आइरहेको देखें। बल्ल राहतको सास फेरें। केटी नजिकै आएपछी कहाँ जाने हो भनेर सोधें, उसले अप्ठ्यारो मानेर हेरी। मैले आफ्नो समस्या बताएँ अनि फुच्चीलाइ लीइदिन आग्रह गरें, त्यसपछि उसलाई जानुपर्ने ठाऊँसम्म पुर्‍याईदिने आश्वासन दिएँ। उसले कुरो बुझेपछि स्वीकृति जनाई र फुच्चीलाइ काखमा राखेर पछाडी बसी। उ आफ्नी दिदीकोमा आएकी रहिछ र घर फर्किन लागेकी रहिछ। मैले उसलाई फुच्चीलाइ घरमा झारेपछी बस चढ्ने ठाऊँसम्म पुर्याइदिने भएँ। सबै कुरा ठिकै भो, फुच्चीलाइ घरमा ड्रप गरेर भलादमी तरिकाले बस चढ्ने ठाऊँसम्म पुर्याइदिएँ। तर यो 'जालिम दुनियाँ' को आँखामा परी त हालियो। बाइकमा पछाडी केटी राखेर आएको के देखेका थिए, पुग्यो उनीहरुलाई। भोलिपल्ट गाईंगुईं चल्न सुरु भैहाल्यो। 'फलानोले कुन्नि को केटीलाई बाइकमा चढाएर घरै ल्याएको थियो' रे, बहालमा बस्नेहरु चैं 'ओहो कस्तो राम्रो जोडी' रे, केटाहरु 'कहाँ घुमाएर ल्याइस?' रे, सुनीसाध्य थिएनन् कसैका कुरा। हूँदाहूँदा आफ्नै घरकाले शशंकित नजरसँगै प्रश्नबाण हान्न थाले। मुमा भोलिपल्ट मामाघरबाट फर्किनासाथ, 'हिजो बाइकमा केटी लिएर हिँडेथिईस रे, को हो त्यो? मलाइ यस्ता कुरा मन पर्दैन, बुझिराख्' भन्दै बम्किनु भो, बल्लतल्ल सम्झाएँ, तर बाहिर को-कोलाइ स्पष्टिकरण दिंदै हिँडेर साध्य? अनि कसैलाई बाल नदिने निर्णय गरें।

तर भनिहालें नि यो 'जालिम दुनियाँ'ले बसीखान दिन्न भनेर। जेपीटी अफेयर चलाइदिएरै छोडे। बुढाखाडा त एकदुइ दिन जिस्काएर शान्त भए, यता केटाहरु रोकिने नामै लिन्नन्। दिनदिनै उसैसँग लिङ्कअप गराएर कुरा गर्थे, जिस्काऊँथे। मलाइ त उसको नाम समेत थाह थिएन, अनुहार समेत स्पष्टसँग याद थिएन, त्यो दिन फेवर माग्ने मुडमा उसको अनुहार राम्रोसँग हेर्ने होस् नि आएन। पछि सम्झेर ल्याउँदा केटी ठीकैकी राम्री थिइ, फेवर गर्देको भएर पनि होला, ऊप्रति मनमा गुड फिलिंगस् पलाएको थियो। केटाहरुले जिस्काऊँदा जिस्काऊँदै रमाइलो लाग्न पो थाल्यो। रिसाए जस्तो त गर्थें तर अझै जिस्काईदिए हुन्थ्यो जस्तो लाग्ने के। आखिर मनै त हो, हल्लैहल्लामा कताकता मन पर्न-पर्न थाले जस्तो फिल भएर आयो। अब के गर्नु न के गर्नु है।

उता भ्यालेन्टाइन आऊँदै थियो। अहिले जसरी नै 'फिंगर क्रश' त उबेलामा पनि हुने गर्थे। कुनै केटीले गुपचुप मन पराइराखेका छन् कि.... फ्याट्ट भ्यालेन्टाइनमा प्रपोज गरि पो हाल्छन कि भन्ने आश। जाँगर नचलाउने तर केही भइ पो हाल्छ कि भनेर आश गर्ने त हाम्रो 'ट्रेडिसनल नेपाली बानी' नै हो। कसैले प्रपोज गर्लान भन्ने गुप्त आश त थियो तर भर चैं पटक्कै लागेको थिएन। त्यसैले सँधैजस्तो आश गरेर खिस्रिक्क पर्नुभन्दा यो पाली अफिसियल्ली भ्यालेन्टाइन मनाउनु पर्यो, जे पर्ला पर्ला योपाली प्रपोज गरेर कोटा पुर्याऊँछु भन्ने जोस चल्न थाल्यो। लिङ्कअपवालीलाइ नै प्रपोज गरिने निर्णय भो।

टक्क फुर्तिसाथ आर्चिज ग्यालरी छिरियो, हे भगवान..... दुइ घण्टा टोलाइयो होला तर एउटा नाथे कार्ड छान्न सकिएन। बल्लतल्ल एउटा छानेर लुरुलुरु फर्कें। पहिलो चोटि भएर होला, अजीब खालको फिलिंग आऊँदो रहेछ। घर आएर कार्ड खोलेर हेरें, रातो कलरको अनि भित्रपट्टि पानामा लभ सम्बन्धि के के लेखेको थियो। पहिले कहिल्यै कार्ड-सार्ड पाएको/पठाएको भए पो थाह हुनु, कन्फ्युज भएँ, मेरो र उनको नाम मात्र लेखे पुग्ने हो कि अरु पनि थप केही लेख्नु पर्ने हो? अब कसैसँग टिप्स माँगम् भने स्योर गेस गरिहाल्छन, गेस गरे भने बिल्ला गरेर बसीखान दिँदैनन्। त्यसैले आँफैले सोचेर कार्डमा 'Will You Be My Valentine?' थपिदिएँ। 'उनको' नाम पत्ता लगाउन अझै बाँकी थियो। जहाँ इच्छा त्यहाँ उपाय भनेझैं एउटा उपाय लागिहाल्यो। ‘इन्क्वाइरी’ गर्दै जाँदा मेरा छिमेकीहरु उनको दिदीको नातेदार पर्दारहेछन, घुमाइ फिराइ मेसो मिलाएर उनको नाम पत्ता लगाई छोडें। नाम मात्र खोजेको थर, गोत्र, घर, कलेज, पढाइ.. जम्मै पत्ता लाग्यो। अब सकेसम्म FEB 14 या वरीपरीको डेटमा कार्ड उनको हातमा पार्नु प्रमुख मिसन थियो। तर कसरी दिने? भन्ने गहन सोचाइ पछी ध्रुब दाइ नै एउटै साहरा देखें। अब जसैगरी उनलाई मनाउनु पर्ने भो।

ध्रुब दाइ, म भन्दा नौ-दश वटा भोटो बढी फटालेका, तर सानैमा बिरामी परेकाले उनको शारीरिक बिकास त्यति राम्रोसँग भएको थिएन, पढाइमा पनि लद्दु थिए। मेरो उमेर बढ्दै थियो, उनी चाहिं समयलाइ च्यालेन्ज गरिरहेका जस्ता देखिन्थे। मेरो बुबामुमाको बिहे हूँदा नि बच्चै थिए रे, म बुझ्ने हूँदासम्म पनि बच्चै थिए, र आज पनि बच्चै छ उनको बानी व्यहोरा। तर भगवानले उनलाई बच्चा बनाइदिएर मलाइ एउटा साथी जुटाईदिनु भयो, जसको लागि म भगवान सँग आभारी छु। मैले भनेका हरेक कुरा मान्थे। उनी नेपाली फिल्मका खतरनाक  फ्यान थिए, नेपाली फिल्म कुनै छुटाऊँदैनथे। पोखरामा कतै फिल्म सुटिंग चल्दैछ भने उनी त्यहाँ अटोग्राफ लिनलाई पुगेकै हुन्थे, अनि बेलुका मलाइ ल्याएर देखाऊँथे। राजेश हमालसँग मात्रै पन्ध्र चोटी अटोग्राफ लिए होलान्।

'हिजो' घरमा पुजा थियो, या 'हिजो' घरमा पाहुना आएका थिए, या 'हिजो' मामाघर गएर फर्किएका थिए, भने 'आज' दिनभर दाजु गायब हुन्थे। त्यो दिन उनी फिल्म हेर्न गएको कुरो भन्ने मलाइ मात्र थाह हुन्थ्यो। नयाँ लुगा लगाउने, अलि स्मार्ट भएर हिंड्ने, केटी पट्याउने... यस्ता कुरामा उनलाई पटक्कै इन्ट्रेस्ट थिएन। बस् उनलाई नेपाली फिल्म हेर्न पाए भो। अनि हेरेको फिल्मको अडियो क्यासेट किन्नै पर्ने अनौठो बानी थियो उनको। उनका घरमा नेपाली फिल्मका क्यासेटका त खात् थिए। अनि बेलुका मलाइ फिल्मको कहानी नभनी उनलाई चित्त बुझ्दैनथ्यो। एकछिन मलाइ गिदी गर्थे, अनि म केटी र सेक्सका कुरा गर्दिन्थें अनि राता भएर भाग्थे। केटीका कुरा त उनी गर्नै चाहँदैनथे, म उनको मनका कुरा खोतल्ने व्यर्थ कोशिश गर्थें। 'फिल्ममा धेरै के मन पर्छ' भनेर सोध्दा 'फाइट अनि हिरोले हिरोनीलाइ चुप्प खाएको मन पर्छ' भन्थे। यीनका मनमा कहिल्यै 'लभ-सभ' का फिलिङ्ग्स आऊँछन् कि आउन्नन् होला? भनेर सोच्ने गर्थें। अन्तत मैले यीनैमार्फत मेरो कार्ड पठाऊने बिचार गरें। एकदिन ध्रुब दाइलाइ काम छ भनेर एकान्तमा बोलाएँ, पट्याउनलाइ पहिला नेपाली फिल्मका नयाँ खबर सोधें, उनले गिदी गर्ने गरेरै वृतान्त सुनाए। म चैं उनलाई कन्भिन्स गराउन सिक्वेन्स मिलाउदै थिएँ। उनलाई उनकी नातेदार भाउजु कि बाहिनीलाइ उनको घरतिर गएर जसरी हुन्छ मेसो मिलाएर कार्ड दिन भनें। उनले दुइटा नेपाली फिल्म हेराइदिने र तीनका अडियो क्यासेट स्पोन्सर गरिदिने शर्तमा स्वीकृति जनाए। यो कुरा अरु कसैलाई भनेमा म फेरी उनका पोल खोल्दिन्छु भनेर सोलिड धम्की दिएँ मैले पनि अनि ढुक्क भएँ।

‘भ्यालेन्टाइन डे’ आयो गयो, धेरै दिन बिते तर रेस्पोन्स केही आएन.... उता कार्ड दिन पठाएका ध्रुबे दाइ गायब जस्तै भए। के भयो कसो भयो केही जानकारी दिएनन् अनि असह्य भएर एकदिन उनको घरै गएँ। उनले कार्ड दिएँ भने। 'के भनी नि?' भनेर सोध्दा बोल्ने मौका मिलेन भनेर तर्किए। ध्रुब दाइ फेरीए झैं लाग्यो, मैले स्पोन्सर गरेका फिल्मका बारेमा पनि केहि भनेनन्। अजीब लाग्यो। उनले आफ्नो काम गरिहाले, अरु उनलाई के भन्नु र अब। तर कार्ड जसलाई पठाएको हो उसले केही प्रतिक्रिया नपठाइदिंदा एकदम गाह्रो हुने रहेछ। के सोची होली? जवाफ 'यस' कि 'नो' होला? जाबो एकदिन झ्वास देखेको भरमा कार्ड पठाउने कस्तो मुर्दार रहेछ भन्दै पो छ कि? अस्तिको झैं एकान्तमा भेटे त हुन्थ्यो तर फेरी बाटोमा भेटेर मान्छेको अगाडी थप्पड हानी भने? ब्वाईफ्रेन्ड पो छ की? मैले पठाको कार्ड ब्वाईफ्रेन्डलाइ देखाई की? उसको ब्वाईफ्रेन्ड मलाइ गोद्न धुँइधुईति खोज्दै पो छ की?...... ओहो के के हुन् के के सोच आउन थाले। खाली नेगेटीभ सोचाइ आऊँथे। अब 'यस' को आश त मरीसकेको थियो, बेक्कार कार्ड पठाएछु भन्ने कुराले मन पोल्न थालेको थियो। हप्तौं बिते तर केही खबर आएन। सेन्टी सेन्टी गीत सुन्न मन लाग्ने, एकान्तमा बस्न मन लाग्ने हुन थाल्यो। लभ सभ को चक्करमा परेपछि रिकभर हुन त डेन्जर टाइम लाग्ने रहेछ भन्ने थाह भो।

मेरो घरमुनी अङ्कलको घर छ, दुइटा बहिनी छन्। म त्यहाँ प्राय गइराख्छु। एकदिन अङ्कलको घर गएको थिएँ, बहिनीहरु पढ्दै थिए, एकछिन जिस्काएँ, अनि तिनीहरुको किताबहरु हेर्न थालें। किताबको घर्रानेर रातो कलरको कार्ड जस्तो च्यातिएको अबस्थामा देखें, बहिनीहरुलाइ कसैले पठाए होलान अनि च्यातिदिएका होलान् भन्ने सोचेर टुक्रा जम्मा पारेर जोडें। अनि बल्ल पो सबकुरा ऐनाझैं छर्लंग भो। मेरा प्रिय दाजुले मेरो नाम काटेर आफ्नो नाम अनि 'उनी'को नाम काटेर आफ्नै 'उनी' को नाम लेखेर बहिनीहरु मार्फत आफुलाइ मन परेकी केटीलाइ पठाएका रहेछन् । बहिनीहरुले त्यो केटीलाइ कार्ड दिएछन् तर त्यो केटीले रिसाएर कार्ड च्यातेर फिर्ता पठाईदिईछ, अनि त्यही ल्याएर राखेका रहेछन्। म एकछिन हेरेको हेरेइ भएँ।

त्यो बिचरी केटी, कार्ड आएको त्यो पनि नाम केरेर, अक्षर उस्तै कवाडी, मेरो देब्रे हातले लेखेका भन्दा पत्रु, त्यस्तो देखेपछि रिस उठ्ने नै भो, आँधा दाइले बरु मागेको भए उनको लागि म अर्को कार्ड किन्दिन्थें। झनक्क पारो तातेर आयो, बाँदरै रहेछन् दाइ त जस्तो लाग्यो। न उनको सक्सेस भो, न मेरो। बरु त्यो केटीले या बहिनीहरुले केरेको नाम नियालेर हेरे कि भनेर डर पनि लागेर आयो। खुसुक्क टुक्रा बटुलेर निस्कें। तर बिस्तारै रिस मर्दै गयो।

दाइलाई सम्झेर माया लागेर आयो। दाइलाई पनि त्यस्ता फिलिङ्ग्स आऊँदा रहेछन भन्ने थाह भो। यसो केटीसँग कुरा गरिदिएर दाइको 'सेटिंग' मिलाईदिम कि भन्ने सोच त आएको थियो तर दाइ अति नै 'बच्चा' थिए त्यसमाथि अरु अनेकौं ब्यबधान थिए, त्यसैले यो कुरालाइ 'जान दिन' नै उचित सम्झें। दाइ किन लुकी-लुकी हिँडेका रहेछन भन्ने कुरा नि थाह भो। एकदिन बोलाएर घर ल्याएँ, अनि कार्ड देखाएँ, डराएर भनौं कि आत्तिएर हो, रुन पो आँटेका थिए, अनि फुत्त कोठाबाट निस्के। म लगायत बहिनीहरुसँग करीब छ महिना बोलेनन्। मेरो अनि उनीको किस्सा पनि त्यतिकै टुंगियो। खाशै यादगार किस्सा थिएन, त्यसैले उनको सम्झना पनि आऊँदैन, अहिले त अनुहार पनि बिर्सीसकें, अगाडी परे पनि चिन्दिन होला। बरु कहिले काहिँ त्यो बाटो हिंड्दा चाहिँ यी कुरा सम्झिन्छु अनि बिशेषगरी भ्यालेन्टाइन डे आऊँदा याद आऊँछ। बेलुनरुपी मेरो मन भ्यालेन्टाइन डे को हावाले उडाएर केहि दिन भुइँ छोडेको थियो, भ्यालेन्टाइन डे सकिए लगत्तै हावा फुस्केको बेलुन झैँ भुइँमै झर्यो, धन्न फुटेन, त्यही कुरामा खुशी छु। अन्तत पुरानै पारामा आइयो, बिन्दास अनि सिंगल। जिन्दगीमा कहिले काहिँ यस्ता खालका पनि ‘ह्याप्पी इन्डीङ्ग’ हुँदा रहेछन्।

************************

- N®B

(यो कथा पोखराका निशांक रानाभाटले लेख्नु भएको हो । उहाँले यस अघि लेख्नुभएका कथा र अनुभुतिहरु  यहाँ गएर पढ्न सकिन्छ । उहाँलाई ट्विटरमा (@being_nrb) फलो गर्न सकिन्छ !)

Comments

  1. कडा अनुभव रहेछ त । रमाइलो लाग्यो पढ्दा अनि बिचरा भन्न नि मन लाग्यो हो । ;-)

    ReplyDelete
  2. बाइक भनेपछि त केटीहरु २ वर्षको हुँदा देखि नै हुरुक्क हुने रैछन् है? ऋण काँड्नै पर्ने हो त? यो पटकलाई नभ्याए पनि अर्को साल लाई। :D

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free.

Install Nepali Unicode Romanized in Windows XP:
Install:
Run setup file;
Go to control Panel;
Open Language and Regional settings;
Open Regional Language Options;
Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages):
Click apply-it might ask for windows CD:
Insert CD or you can directly copy "i386" files too;
And install all: then you have done;
Click for details;
Then click add a tab;
A new popup will appear:
Select "Sanskrit" in the first box;
Select "Nepali unicode (romanized)" in second box;
Click "ok";
You have successfully installed it;
Press "alt+shif…

ब्लगिङ का ३ वर्ष

यी ३ वर्षहरु कति छिटो बिते पत्तै भएन । केयु मा आफ्नो इन्जिनियरिङ सँगै सुरु भएको ‘आकारपोष्ट’ र ‘आकार’ ले ३ वर्ष पार गरेर चौथो वर्षमा प्रवेश गर्दैछ । याहु ३६० बाट केही पहिले नै सुरु गरिएको ब्लगिङ अनुभव, धेरै ब्लगहरु मा प्रयोग  गरेको थिँए । इन्टरनेट तथा ज्ञान को अभाव मा ती पहिले का ब्लगहरु कता हराए थाहा छैन तर अन्तिम मा ‘आकारपोस्ट डट ब्लगस्पट’ मा आएर खास ब्लगिङ सुरु भएको थियो । के पाइयो ?ब्लग का माध्यमबाट धेरै साथि बनाउने र उनीहरु को विचार बुझ्ने मौका पाइयो । साथै, आफूलाई पनि लागेको कुराहरु निर्धक्क लेख्न पाइयो । अहिले को युग मा सबैभन्दा ठूलो कुरा भनेको परिचय भन्ने कुरा रहेछ । कतै कुना मा लुकिरहेको मलाई, मेरो आफ्नै नाम ले कमैले चिने पनि, आफ्नो विश्वविद्यालय को सेरोफेरो मा ‘आकार’, ‘ब्लगर’ को नाम ले चिनिएकोछु । साथै, अनलाईन मा पनि केही ले मलाई ‘आकार’ भनेर चिन्नुहुन्छ । मलाई लाग्छ, अहिले सम्म पाएको ठूलो कुरा नै यही नाम हो ! सायद म यो नामलाई आजन्म छोड्नेछैन, अनि सकेसम्म ‘आकारपोष्ट’लाई सदैव निरन्तरता दिने प्रयास गर्नेछु, यही ‘आकार’ नाम राखिराख्न को लागि ! कोही कोही भन्छन्, मिडिया पढ्नु पर्ने …

SLC Result 2068/2069 Published

The Office of the Controller of Examinations, Sanothimi has published the results of the SLC examination for the academic year 2068, on Wednesday evening.
Out of 528,257 examines, 47.16 percent students passed the SLC this year. According to OCE, 2,47,689 regular students passed the exam under the regular, whereas 82,283 students have passed under the exempted category.

Check SLC Result 2068 with Marksheet (via soce.gov.np)
Enter your Symbol No:
(eg. 0010001Q or 0010001)

We've uploaded SLC Result 2068 in .pdf format. Please download the SLC Result 2068 from the links below.

Check your SLC Result 2068 Online1) Link1: SLC Result 2068 Regular .pdf 
    Link2: SLC Result 2068 Regular .pdf
Link3: SLC Result 2068 Regular .pdf(via chakab.com)

2)Link1:SLC Result 2068 Exempted .pdf 
    Link2:SLC Result 2068 Exempted .pdf 
    Link3:SLC Result 2068 Exempted .pdf(via chakab.com)

3) Distinction : SLC Result 2068 .txt
    First Div: SLC Result 2068 .txt
    Second Div: SLC Result 2068 .txt
    Th…

Download

Nepali Songs and software download:


दशैँ तिहार - देउसी भैलो:

Download: Mangal Dhun / मंगल धुन - सुरसुधा

Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा

Download More Songs: Go To Deusi/Bhailo Songs

देशभक्ति गितहरु / Deshbhakti 

Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan

Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan

Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya

Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ

Download:रातो र चन्द्र सुर्य / raato ra chandra surya  (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ)

Download:सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun)

Download:म मरेपनि मेरो देश बाँचिराखोस / ma marepani mero desh baachirakhos - yogeshwor amatya

Download…

Download Tihar Dhun and Deusi Bhailo Songs

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ ।

Download Tihar Songs: Bhailini/Bhailo - भैलो

Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन

Download Tihar Songs: deusi re / देउसी रे

Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली

Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को

Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा

नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

Aadha Baato (आधा बाटो) [Download] #Novel #Shrutisambeg

श्रुतिसंवेग मा हामी ले कृष्ण धरावासी को उपन्यास “आधा बाटो” को सम्पूर्ण डाउनलोड लिंक लिएर आएका छौ |आफ्ना जिवन भोगाइ का यथार्थलाई जोडेर तयार पारिएको उपन्यास ‘आधा बाटो’ कृष्ण धरावासी को आत्मकथा को रुपमा रहेको छ ।“राधा” जस्तो सफल उपन्यास लेखिसकेका धरावासी को यो पछिल्लो उपन्यास मा आफ्ना बाल्यकाल देखि हाल को अवस्था सम्म को कुराहरु समेटेर लेखिएको कारण उपन्यासलाई धरावासी ले ‘आधा बाटो’ भन्न रुचाएका छन् ।आफूले देखे सुनेको स्थान, नाम आदि का कारण यो उपन्यास पढ्ने तथा सुन्नेहरुलाई आफ्नै कथा जस्तो पनि लाग्न सक्छ ।उज्यालो ९० नेटवर्क को लागि निर्माण गरिएको कार्यक्रम श्रुति संवेग मा वाचन मा अच्युत घिमिरे हुनुहुन्छ भने प्रविधी मा दिनेश निरौला र शशिन्द्र गौतम रहनुभएको छ ।कार्यक्रम को अडियो श्रृंखला उज्यालो नाइन्टि नेटवर्क को कार्यक्रम श्रुतिसम्बेग बाट लिइएको हो ।Download : Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –1Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –2Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –3Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –4Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –5Krishna Dharabasi’s…

Subscribe to Aakar Post