Skip to main content

फेसबुक नयाँ टाइमलाइन परिक्षण गर्दै [Facebook Testing new Timeline]

फेसबुकले टाइमलाइन तथा ‘नोटिफिकेशन बार’ को नयाँ डिजाइन परिक्षण गरिरहेकोछ । सिमित प्रयोगकर्ताहरुलाई मात्र उपलब्ध गराइएको फेसबुक टाइमलाइनको नयाँ डिजाइनमा आफूले तथा साथिहरुले पोस्ट गरेका सम्पूर्ण कुराहरु (स्टाटस, फोटो, भिडियो, प्रश्न आदि) टाइमलाइनको वायाँ भागमा मात्रै रहेकोछ भने ‘एक्टिभिटि अपडेट’ (Activity), ‘फ्रेन्ड्स’ (Friends), ‘एप्स’ (Apps), ‘प्लेसेज’ (Places) लगायतका अपडेटहरु यथावत रुपमा टाइमलाइनको दायाँ तिर रहेकोछ!

facebook-new-timelineअहिलेसम्म टाइमलाइनको दुवै साइडमा आफ्नो ‘पोस्ट’ देखिँदै आएकोमा, निकट भविष्यमा नै हाम्रो पोस्टहरु टाइमलाइनको वायाँ साइडमा मात्र देखिनेछ । त्यस्तै फेसबुकले नोटिफिकेशन बारलाई पनि परिक्षण गर्दैछ । हाललाई नोटिफिकेशन बार (फ्रेन्ड रिक्वेष्ट, म्यासेज तथा नोटिफिकेशन) पेजको दायाँ साइडको माथिल्लो भागमा लगआउट बटन सँगै राखिएकोछ, जसको कारण फेसबुक सर्चवारमा पनि थोरै परिवर्तन हुनपुगेकोछ । सर्चवार फेसबुकको वायाँ साइडमा सरेको छ । फेसबुकको म्यासेज पनि हालसालै परिवर्तन गरिएकोछ । notification-bar-in-right-side

फेसबुकले जुनसुकै डिजाइन ल्याउँदा, प्रयोगकर्ताहरुले विरोध जनाउने गरेकाछन् । नयाँ डिजाइन कतिले रुचाउँछन् भन्ने कुरा नयाँ डिजाइन आइसकेपछि मात्रै थाहा होला ।

तस्विरस्रोत: Inside Facebook

Comments

Post a Comment

Subscribe to Aakar Post