Skip to main content

ब्लगरका लागि सोसल मिडिया [Social Media Tools for Blogger]

जब पनि कसैले ‘सोसल मिडिया’ को प्रयोग कसरी भइरहेको सोध्दा, मलाई सँधै गुगलका अभिनाष कौशिकको ट्विट याद आउँछ । अभिनाषले ‘सोसल मिडियालाई किशोरावस्थाको सेक्ससँग लगेर जोडेकाछन्’ । उनको भनाइले मलाई सँधै झक्झक्याइरहन्छ, उनले भनेकाछन्, “Social media is like teen sex. Everyone wants to do it. No one actually knows how. When finally done, there is surprise its not better.” अत: सोसल मिडियाको अभ्यास गर्दै जाँदा यस्तै लाग्छ ! अनि विभिन्न तरिकाले सोसल मिडियाको अभ्यास गर्ने गरिएकोछ ।

ब्लग पनि सोसल मिडिया नै हो । तर आज यही ब्लगलाई नै अरु सोसल मिडिया टुलहरु प्रयोग गरेर कसरी ब्लगरले फाइदा लिन सक्छन् भन्ने कुरा गर्दैछु । ‘सोसल मिडिया’ भनेको अनलाइन ‘टुल’ हो, जसको प्रयोगबाट हामी सजिलोसँग अनलाइनमा आफ्ना भनाइहरु सेयर गर्न सक्छौँ, एकअर्का सँग अन्तरक्रिया गर्न सक्छौँ । ब्लग, फेसबुक, ट्विटर, युट्युब, स्लाइडसेयर, गुगलप्लस आदि सबै सोसल मिडिया हुन् । साँच्चै भन्ने हो भने, वेव २.० टेक्नोलोजी भएका सबै साइटहरु नै सोसल मिडिया हुन् । सोसल मिडिया भनेको एउटा अनलाइन ‘माध्यम’ हो ।

sharing-is-caringपासवर्ड प्रोटेक्ट नभएका वा भनौँ प्राइभेट नगरिएका बाहेक ईन्टरनेटमा भएका सबै ब्लग पब्लिक हुन् । ब्लग पब्लिक हुने बित्तिकै, ब्लगरको अभिष्ट हुन्छ, आफ्नो ब्लग धेरैले पढुन । यदि आफ्नो ब्लग कसैले नपढुन भन्ने लाग्छ भने, इन्टरनेट माध्यम उनीहरुका लागि हुँदै होइन । कसैले नपढोस् भन्ने चाहनेले कि त ब्लग प्राईभेट राख्नुपर्यो, कि आफ्नो डायरीमा मात्रै लेख्नुपर्यो । मानविय स्वभाव नै त्यस्तै हुन्छ कि, आफूले लेखेको कुरा धेरैले पढुन भन्ने अभिष्ट हुन्छ । यति हुँदा हुँदै पनि, आफ्नो ब्लगको प्रमोशनमा खासै ध्यान दिइरहेका हुँदैनौँ । अझ नेपालमा त ब्लग भनेको व्यक्तिगत  मात्र हुन्छ भनेजस्तो गर्ने ब्लगरहरु धेरै छन् जस्तो लाग्छ । ब्लग मात्रै लेखेर त्यसैबाट जिविकोपार्जन गर्ने नेपाली ब्लगरहरु त अहिलेसम्म देखेको छैन तर पनि ब्लगको कुरा गर्दा, व्यवसायिक पनि हुनुपर्छ भन्दा धेरै ब्लगरहरुले जिब्रो निकाल्छन् । ब्लग भन्नेबित्तिकै आफ्नै व्यक्तिगत गन्थन हुनुपर्छ वा कथा कविता हुनुपर्छ वा आफैँले देखेको भोगेको हुनुपर्छ वा अरु कसैलाई गालि गरेर लेखिएको मात्र ब्लग हुन्छ भन्ने होइन ! म्यासेबल, टेकक्रन्च, द नेक्स्ट वेव, अनि हफपोस्ट पनि ब्लग नै हुन्, तिनीहरुले ब्लगिङमा व्यवसायिकता भित्र्याएकाछन् ! हामी त्यही दाजोँमा पुग्न सकौँला, नसकौँला अर्कै कथा होला तर उनीहरुबाट हामीले सिक्नुपर्छ भन्ने लाग्छ ।

ब्लग लेखिसकेपछि, त्यसको हेरचाह पनि गर्नुपर्छ भन्ने मान्यता म राख्छु । ब्लग अनलाइनमा पब्लिक हुनेहुँदा, पाच्य कुराहरु मात्र लेख्नुपर्छ र त्यसलाई सकेसम्म पढ्न सजिलो बनाउनुपर्छ । अहिले आफूले लेखेको कुरा धेरै माझ पुर्याउन एकदम सजिलो भएकोछ । केही वर्ष अघिसम्म पनि आफूले लेखेका कुराहरु धेरै माझ पुर्याउन गाह्रो थियो, करिब ५ वर्ष पहिले ब्लग लेख्दा, हामी हाम्रै ब्लगर सर्कल भित्र मात्र पुगिरहेकाथियौँ । ज-जसले ब्लग लेख्छन्, उनीहरुको आफ्नो सानो सर्कल हुन्थ्यो, अनि एउटाले लेखेको कुरा, अर्कोले पढ्थ्यो, ब्लगको बारेमा प्रतिक्रिया आउँथ्यो । तर अहिले त्यो कुरामा परिवर्तन भएकोछ । अहिले ब्लगका पाठकहरु जति पनि हुनसक्छन् । कुनै नयाँ कुरा बारे ब्लग लेख्नुस्, त्यस्तै रोचक ब्लग रहेछ भने एकैछिनमा हजारौँ हजारले पढ्नसक्छन् । अत: हामीले ब्लग लेख्ने मात्र नभइ, आफ्नो ब्लग कसरी पढ्न सजिलो बनाउने, कसरी सेयर गर्न सजिलो बनाउने, भन्ने कुराहरु पनि सोच्न जरुरीछ । त्यसका लागि इन्टरनेमा उपलब्ध अन्य सोसल मिडिया टुलहरुको प्रयोग गर्नु जरुरी छ ।

ब्लगको लागि सोसल मिडिया टुल किन?

सोसल मिडिया टुलहरुको प्रयोगबाट कुनै पनि ब्लगको प्रमोशनमा मद्दत मिल्छ । ती टुलहरुको प्रयोगले ब्लगहरु छिटो र छरितोसँग सेयर गर्न सकिन्छ, फलस्वरुप धेरै पाठकहरु सम्म पुग्न सकिन्छ । आफ्ना पाठकहरु सँग अन्तरक्रिया गर्न पनि यसले मद्दत गर्छ, ब्लगको ब्रान्डिङमा पनि सोसल मिडिया टुलहरुले ठूलो भुमिका निर्वाह गरिरहेका हुन्छन् । हिजोआज प्राय: जुनसुकै ब्लगहरु, नेपाली ब्लग हुन् वा म्यासेवल वा गिगाओम वा टेकक्रन्च हुन्, ती ब्लगहरुमै आउने प्रतिक्रिया धेरै कम हुन्छ । प्राय प्रतिक्रिया ट्विटर र फेसबुकमै आइरहेकाहुन्छन्, अनि त्यसले अन्य पाठकहरुलाई पनि आकर्षित गरिरहेकोहुन्छ ।

कुन सोसल मिडिया टुल प्रयोग गर्ने?

माथि पनि भनिसकेँ हामीमाझ हजारौँको सङ्ख्यामा ‘सोसल मिडिया’ टुलहरु छन् । अनि ति सबैको प्रायोजन फरक छ अनि फरक फरक पाठकहरुछन् । सोसल मिडिया टुल प्रयोग गर्दा, आफ्ना पाठकहरु को हुन्, पाठकहरु कहाँ छन्, ब्लग के विषयमा गरिन्छ भन्ने कुराहरु सोच्नु जरुरी छ । पाठकहरु चाइनिज हुन् भने, फेसबुक ट्विटर जस्ता कुराहरुबाट खासै लाभ लिन सकिँदैन । चिनमा आफ्ना पाठकहरु छन् भने वाइबियो, रेनरेन आदि सोसल नेटवर्कमा आफ्नो पकड हुनु जरुरी छ ।  जापानमा आफ्ना पाठकछन् भने, जापानमा मिक्सि नेटवर्कमा आफ्नो पकड हुनु जरुरी हुन्छ । नेपालको हकमा ब्लगको लागि ट्विटर, फेसबुक र गुगलप्लसमा आफ्नो उपस्थिति हुनु जरुरीछ या भनौँ ब्लगमा ट्विटर, फेसबुक, गुगलप्लस सेयरिङ बटन र आफ्नो पेज हुन जरुरी छ । फोटो ब्लग छ भने, पिनट्रेस्ट उत्तम विकल्प हुनसक्छ (पिनट्रेस्ट अहिले निकै चर्चामा रहेको सोसल नेटवर्क हो, जहाँ फोटोहरु सेयर गरिन्छ) ! प्रोफेसनल टिप्स वा टेक्नोलोजी ब्लग हो भने, लिङ्डइन पनि एउटा राम्रो विकल्प हुन्छ । तर ब्लग छ भन्दैमा, भएभरका सोसल सेयरिङ बटन ब्लगमा थोपर्नु राम्रो हुँदैन । प्रयोग नै नहुने कुरा ब्लगमा राख्नु भनेको, ब्लगलाई भद्दा बनाउनु मात्र हो ।

फलो र सेयर

हामी प्राय: फलो र सेयरमा झुक्किने गरेका छौँ । आफ्नो ब्लगको ब्लगपेजलाई पाठकहरुले फेसबुक, ट्विटर, गुगुलप्लसमा सजिलै भेट्न सकुन भनेर फलो बटन ब्लगमा राखिन्छ । प्राय: माथि वा सबैभन्दा तल यी बटनहरु राख्ने चलनछ । यसको फाइदा भनेको, आफ्नो ब्लगमा प्रकाशित ब्लगपोष्टहरुलाई ती नेटवर्कहरुमा सेयर गर्दा, त्यस पेजलाई फलो गर्ने पाठकहरुले ती ब्लगहरु सजिलो सँग पढ्न पाउँछन् । अर्को सेयर बटन चाँहि ब्लगमा नभइ ‘ब्लग पोस्ट’मा राख्नु पर्छ । ती सेयर बटनहरुले ब्लगमा लेखिएका कुराहरु सेयर गर्न सजिलो बनाउँछ । कुनै पनि पाठकले ब्लग पढेपछि सजिलो सँग सेयर गर्न सकुन भनेर सेयरिङ बटन राखिन्छ । सेयरिङ बटन मात्रै राख्छु भन्दा आफ्नो पेज सबै नेटवर्कमा हुनै पर्छ भन्ने हुँदैन तर ती नेटवर्कहरुमा आउने प्रतिक्रिया हामीले छुटाइरहेका हुन्छौँ, पाठक र ब्लग बिच दूरी हुनु पक्कै पनि राम्रो होइन । अत: सोसल नेटवर्कमा आफ्नो ब्लगको पेज हुनु जरुरी छ । ती नेटवर्कमा भएको ब्लगपेजका लागि फलो बटन राखिन्छ भने, सेयर गर्न सजिलो होस् भनेर ब्लगपोस्टमा सेयरिङ बटनहरु राखिन्छ । सोसल नेटवर्क अनुसार कुनैलाई फलो भनिन्छ, कुनैलाई लाइक भनिन्छ !

फेसबुक

फेसबुकमा आफ्नो ब्लगको लागि छुट्टै पेज हुनु जरुरी छ । फेसबुकको बिजनेस पेजलाई पहिले ‘फ्यान पेज’ भनिएको भएर, कतिपयलाई के लाग्छ भने, आफ्नो ब्लगको फ्यान छन् भनेर प्रचार गर्ने हो र ? कतिपयलाई लाग्छ, आफ्नो ब्लगको फ्यान पेज आफूले भन्दा पनि अरुले बनाइदिएको राम्रो, जुन बिलकुल गलत हो । यदि ब्लग छ भने, ब्लगको फेसबुकमा आफ्नै छुट्टै पेजहुनु जरुरी छ । अनि फेसबुक पेज बनाउँदा पनि आफ्नो पेजको नाम देखि लिएर कसरी प्रयोग गर्ने भनेर सोच्नु जरुरी छ ।

facebookकेही समय पहिले सोसल मिडिया सम्बन्धि एउटा भिडियो हेरेको थिँए । त्यहाँ एसईओ मोजका र्यान्ड भन्दै थिए, फेसबुक प्रोफाइलमा तपाईका साथीहरु हुन्छन्, अनि पेजमा तपाईका ब्लग पाठकहरु हुन्छन् । तपाईका साथीहरु तपाईको फोटो अनि तपाईको रमाइला र रोचक अपडेटहरु (स्टाटस, लिंक, फोटो, भिडियो)  हेर्न लालायित हुन्छन्, साथीहरुलाई तपाईले ब्लगमा के लेख्नुभएको छ मतलब हुँदैन । अत: ब्लको लागि छुट्टै फेसबुक पेज बनाउनुस्, अनि त्यही पेजबाट पाठकहरु माझ पुग्नुस्, ब्लगका कुराहरु आफ्नो प्रोफाइल भन्दा पनि ब्लगको पेजमा सेयर गर्नुस् । हुन त मैले यो कुराहरु आफैँमा पूर्ण रुपमा लागु गर्न सकेको छैन तर पनि त्यसो गर्ने अभ्यास गरिरहेकोछु । र ब्लगरहरुलाई आफ्नो ब्लगको लागि पेज बनाउने सल्लाह दिन्छु ।

मेरो प्रोफाइलब्लग पेज दुबैमा करिब ३ हजार साथीहरु हुनुहुन्छ । त्यसमा मेरो प्रोफाइलमा भएका करिब ७ सय जनाले मात्र ब्लग पेज लाइक गर्नुभएको छ । यसले प्रस्ट देखाउँछ, आकार भनेर चिन्ने साथिहरुले साथि बनाउनको लागि मलाई एड गर्नुभएकोछ भने, ब्लग पाठकहरुले आफूले खोजेको सामाग्री ब्लगमा पाएका कारण पेजलाई लाइक गर्नुभएकोछ । अत: मेरा फेसबुकका साथीहरु भन्दा पनि पेजलाई लाइक गर्ने साथीहरु मेरा ब्लगको पाठक हुन् । मलाई ब्लगर भनेर चिन्ने, मेरा आफ्ना कलेजका साथीहरुले सायदै मेरो ब्लग हेर्ने गर्छन् तर पनि उनीहरुले ब्लगर भनेर चिन्छन् । अनि फेसबुकमा लाइक गर्ने साथिहरुले चाँही ‘आकारपोष्ट’ ब्लगमा आफूलाई चाहिने सामाग्री पाइन्छ भनेर लाइक गर्नुहुन्छ ।

फेसबुक पेजको लाइक बटन आफ्नो ब्लगमा माथि वा तल राख्नुस्, ता’की तपाईका ब्लग पढ्ने साथीहरुले तपाईको ब्लग, पेजमार्फत पच्छ्याउन पाउन । अनि आफ्नो पेजहरुमा आफ्ना ब्लगका अपडेट, र आफ्ना ब्लग सँग सम्बन्धित विषयका कुराहरु सेयर गर्नुस् । पेजमा फोटो, भिडियो, लिंक सबै कुरा सेयर गर्न सकिन्छ । तर पेजमा सेयर गर्दा बिचार गरौँ, कुनै पनि कुरा लगातार सेयर नगरौँ । मानौँकि आफ्नो ब्लगपोस्ट पेजमा बिहान सेयर गर्नुभयो भने, त्यही पोष्ट बेलुका वा भोलि फेरि सेयर गर्दा खासै केही फरक पर्दैन तर निरन्तर घन्टैपिच्छे, एउटै कुरा सेयर गर्नुभयो भने, तपाईका पाठकहरुलाई त्यो कुरा दिक्क लाग्छ । आफ्ना पाठकलाई दिक्क लाउने काम नगर्नुहोस् । आफ्ना ब्लगपोष्टहरु सजिलो सँग पाठकले सेयर गर्न सकुन भन्ने हिसाबले ब्लगपोष्टमा फेसबुक लाइक वा सेयर बटन राख्नुहोस् । मानौँ कि तपाईलाइ कुनै ब्लगपोष्ट मनपर्यो भने, तपाईलाई फेसबुकमा सेयर गर्न मनलाग्छ । ब्लगमा सेयर वा लाइक बटन छ भने, एकै क्लिकमा सेयर गर्न सकिन्छ यदि छैन भने लिंक कपि गरेर फेसबुकमा लगेर पेस्ट गर्नुपर्छ, जुन झन्झटिलो छ, हामी यति सुबिधा खोज्ने भएका छौँ कि त्यति कपि पेस्ट नि गर्दैनौँ । अत: ब्लगरहरुले यो कुरा बुझेर, फेसबुकमा सजिलोसँग सेयर गर्न सकियोस भनेर ब्लगपोष्टमा सेयर वा लाइक बटन राख्न सकिन्छ ।

ट्विटर

ट्विटरमा पनि फेसबुक’कै कुरा लागु हुन्छ । यसमा फरक भनेको, ट्विटरमा फलो भनिन्छ अनि ट्विट गरिन्छ । आफ्नो लागि र ब्लगको लागि बेग्लै ट्विटर हुनु जरुरी छ, तर यति कुरा थाहा हुँदा हुँदै पनि ‘आकारपोष्ट’को हकमा त्यसो गर्न सकिएको छैन । पहिले देखि नै ‘आकारपोष्ट’ को नामबाट ट्विटर चलाइएको हुँदा, चाहेर पनि मैले आकारपोष्टमा लागु गर्न सकेको छैन । तर सबैको केस मेरो जस्तै छ भन्ने हुँदैन । प्राय:ले आफ्नो नामबाट ट्विटर चलाउने हुँदा, ब्लगको लागि अर्को ट्विटर एकाउन्ट प्रयोग गर्न सकिन्छ । जस्तो कि, मेरो टेक्नोलोजी ब्लगको आफ्नो छुट्टै ट्विटर पेज र फेसबुक पेज छ । सम्भव भएसम्म तपाईहरुलाई पनि बेग्लै ट्विटर पेज बनाउने सल्लाह दिन्छु ।

twitterब्लगपोष्टमा भने ट्विट बटन राख्न जरुरी छ । नेपालमा फेसबुक र ट्विटर प्रयोगकर्ताहरु दिनानुदिन बढ्दैछन् । अत: सजिलोसँग ट्विट गर्न मिल्नेगरि ब्लगपोष्टमा ट्विट बटन पनि राख्नुहोस् र अरुलाई दिक्क नलाग्ने किसिमले सेयर गर्नुहोस् ।

जस्तो कि तपाईले एउटा ब्लग लेखेर ट्विट गर्नुभयो । तपाइको ट्विट पच्छ्याउँदै तपाईका ट्विटरका फलोअरहरुले तपाईको ब्लग लगत्तै ट्विट गर्न सक्छन् । तपाईको ब्लग जति सेयर भयो त्यति राम्रो हो, तर त्यसो भन्दैमा अरुले गरेको हरेक ट्विटलाई रिट्विट गर्नुभनेको तपाईलाई फलो गर्नेहरुलाई दिक्क लगाउनु हो । तपाईले गरेको ट्विटमा केही थपेर ट्विट कसैले गरेकोछ भने, लगत्तै रिट्विट गर्दा पनि फरक पर्दैन तर बारम्बार मिनेट मिनेटमा रिट्विट गर्नुभनेको आफ्ना फलोअरुहरुलाई दिक्क लगाउनु हो । अनि पढ्छु भनेकाहरुले पनि तपाईको ब्लग नपढ्न सक्छन्, सेयर नगर्नसक्छन् ।

जस्तो मैले यो ब्लग ट्विट गरेपछि, अरु साथिहरुले पनि ट्विट गर्न सक्नुहुन्छ तर तत्काल मैले फेरि ति सबै ट्विटहरु रिट्विट गर्नु भनेको, मैले आफ्नो मुर्खता प्रदर्शन गर्नु हो । ट्विट आफ्ना लागि मात्र नभइ, आफ्ना फलोअरहरुका लागि गर्ने गरिन्छ । यदि कसैले मेरो ट्विट नहेर्ने हो भने, सायद म ट्विटर नै चलाउँदैन थिएँ होला वा म ट्विटरमा टिक्न सक्ने थिइन होला । अत: ट्विट र रिट्विट गर्दा ब्लगरले सोच्नु जरुरी छ । बरु रिट्विटको सट्टा ब्लग सेयर गर्ने सबैलाई धन्यवाद भनेर ट्विट गर्न सकिन्छ । साथै, कुनै साथिले म पछि लगत्तै ट्विट गर्नूभयो भने, त्यही ट्विटलाई म ६-७ घन्टा पछि रिट्विट गर्नसक्छु, त्यसो गर्दा तपाईको कन्टेन्ट पनि विभिन्न समयमा सेयर हुन्छ भने तपाईलाई फलो गर्नेलाई पनि दिक्क लाग्दैन । ब्लगरहरुलाई मेरो आग्रह, ब्लगलाई सेयर गर्नु जरुरी छ तर ब्लग सेयर गर्दा केही समयको अन्तराल हुनु जरुरी छ ।

गुगल प्लस

फेसबुक र ट्विटरका अतिरिक्त गुगल प्लस पनि ब्लगको लागि अपरिहार्य हुँदै आइरहेकोछ । गुगलप्लसमा पनि माथि फेसबुक र ट्विटरमै भनिएको कुरा लागु हुन्छ । ब्लगको छुट्टै पेज अनि फलो र सेयरिङ प्लसवान बटनहरु जरुरी छ । गुगलप्लसमा सेयर गरिएका कुराहरुले गुगल सर्चमा असर पार्ने भएका कारण, आफ्नो ब्लग धेरै माझ पुगोस्, सर्चमा पनि सजिलै देखाओस भनेर चाहनेहरुले गुगलप्लसको प्रयोग गर्नुपर्ने जरुरी देखिएकोछ ।

अन्य

माथि पनि भनिसकेँ आफ्ना पाठक र देश अनुसार आफ्नो ब्लगमा सोसल सेयरिङ बटनहरु राख्नुपर्छ । ब्लग सेयरिङ गर्न कै लागि दर्जनौँ पपुलर प्लेटफार्महरु उपलब्ध छन् । लिङ्डइन, पिनट्रेस्ट, डिग, स्टम्बलअपअन, डेलिसियस, रेडिट आदि केही उदाहरणहरु हुन् । ब्लगलाई ट्विटर तथा फेसबुकमा अटोमेटिक सेयर गर्नको लागि ट्विटरफिड, डेलिभर, फिडबर्नर आदि सर्भिस प्रयोग गर्न सकिन्छ । तर यदि अटो ट्विट गर्दैहुनुहुन्छ भने, कुनै एक माध्यमबाट मात्र सेयर गर्नुहोस् । फिडबर्नर, डेलिभर, ट्विटरफिड सबैबाट आफ्नो ब्लग ट्विट एकैसाथ ट्विट गरेर आफ्नो मुर्खता प्रदर्शन नगर्नुहोस् । साथै, ब्लगहरुले आफ्नो आरएसएस फिड खुला छोडदिनुस् ता’कि जो कसैले फिड ‘सब्सक्राइब’ गरेर तपाईको ब्लग पढ्न सकुन् ।

त्यसबाहेक, युट्युब, फ्लिकर, स्लाइडसेयर, ईन्फोग्राफिक आदि मार्फत पनि आफ्नो ब्लगलाई धेरै पाठक सामु पुर्याउन सकिन्छ । तपाईले कुनै राम्रो भिडियो बनाएर युट्युब मार्फत आफ्नो ब्लगमा सेयर गर्नुभयो भने वा त्यो भिडियो अन्य साइटहरुमा पनि सेयर हुने सम्भावना रहन्छ, फलत अप्रत्यक्ष रुपमा त्यसबाट तपाईलाई नै फाइदा पुगिरहेकोहुन्छ ।

सोसल मिडिया भनेको जति अभ्यास गर्दै गयो, त्यति बुझ्दै गइन्छ । माथि लेखिएका कुराहरु पढ्नुभयो होला भने आशा राख्छु । यी कुराहरु मनन गर्नुहोस् अनि आफ्नो ब्लगमा अभ्यास गर्ने प्रयास गर्नुहोस्, यसले तपाईको ब्लगलाई फाइदा नै पुर्याउँछ । के थाहा भोलि, तपाई व्यवसायिक ब्लगर पनि बन्न सक्नुहुन्छ, ब्लगबाटै आफ्नो जिविकोपार्जन गर्ने अवस्थामा पुग्नुहुन्छ, सम्भावनाहरु प्रशस्त छन् ।

(यो प्रिजेन्टेसन सोसल मिडिया डे २०१२ को अवसरमा प्रस्तुत गरिएको थियो !)

ट्विटरमा @aakarpost

फेसबुकमा fb.com/aakarpostBlog

Comments

  1. thank u so much for this creating helpful for blogger

    ReplyDelete
  2. सर हजुरले प्रयोग गर्नु भएको भाषा हेर्दा हजुरलाइ बैचारिक रुपमा दरिद्र भन्न मिल्छ??

    ReplyDelete
  3. चक्र खरेलAugust 1, 2012 at 11:26 AM

    साला जान्ने हुन वा भएजस्तो देखाउन कति सजिलो छ है यी सुसल मिडमले गर्दा। गुगुल पण्डितको अगाडि वाइयात पण्डित!! स्काइप, ट्विटर, फेसबुक वा इन्स्टाग्रामजस्तो केही बनाउ बाबु पण्डित नहोउ धेरै।

    ReplyDelete
  4. I just complete this don't forget to check mine blog www.nepalipedia.blogspot.com

    ReplyDelete
  5. म परे नयाँ ब्लगगर । यिनै तपाइँका माथिका लेख बाट परिपक्क हुने प्रयास गर्ने छु । हेर्दै डुल्दै तपाइँको ब्लगमा पनि आइपुगियो, लेखका लागि यहाँलाई धन्यबाद!!

    ReplyDelete
  6. यो पोष्ट पढेर मलाई लागेको धेरै कुराहरु मध्ये एउटा कुरा चै के हो भने - म सक्रिय ब्लगर नभएपनि मैले अहिले सम्म के गरे, के गर्नुपर्थ्यो र के गरिरहेको छु भन्ने कुरा को आन्तरिक अन्तरलाई प्रष्ट रुपमा मनन गरिरहेको छु ! सायद आकार जी ले भन्नुभएको जस्तै सबै एकै पटक मिलाउन र गर्न सम्भव नहोला तर यदि शुरुवात गरियो भने भने चै हानि हैन फाइदाजनक हुन्छ ! कुनै पनि कुरालाई ब्यवस्थित गर्ने न हो ... सृजनात्मकका सार्थक पोष्टका लागि धेरै धेरै धन्यवाद ! :)

    ReplyDelete
  7. thanx that's a piece of information we needed.
    one question, Do you type directly type in nepali or use services like this

    ReplyDelete

Post a Comment

Popular posts from this blog

म आउँदैछु प्रिय

"हातमा हात ओठमा ओठ म आउँदैछु प्रिय म आउँदैछु प्रिय !..." भन्ने पंक्ति सँगै भिडियो सुरु हुन्छ । राजन कठेत को निर्देशन मा बनेको भिडियो निकै मजाले सलल बगेको छ । भिडियो अन्तिम सम्म नहरेसम्म यो के को लागि र कुन विषयमा बनेको भिडियो हो भन्न मुस्किल नै पर्छ । एउटा सन्देशमुलक कुरा भिन्नै कन्सेप्ट मा बनेको भएर पनि भिडियो निकै राम्रो लाग्छ । काठमाडौँ विश्वविद्यालय मिडिया स्टडिज का साथिहरुले बनाएको छोटो र मिठो भिडियो आज यहाँ राख्दैछु । भिडियोमा अभिनय रहेको छ पर्वत थापा को भने, क्यामरा मा छिरिङ र कविता वाचन मा रतन रहेकाछन् । भिडियोको बारेमा: A very short, both romantic and funny video(1 min. 25 secs.), made by KU students (2009) with Parbat Thapa (Electrical Engineering 4th/last year) in the scene....Poem narration by Ratan Aanad Karna, background score by Diwas Manandhar and Parbat Thapa, editing by Shekhar KC and Rajan Kathet, camera by Prem Tshering Sherpa and, scene selection, photography direction, script, concept and direction by Rajan Kathet. It was a good homework before making th

यसपाली को गाईजात्रा

'सबको मालुम् है मै बिहारी नही फिर भि कोही हिन्दी बोल्न दबाब डाले तो मैं क्या करु ?' हवनकलीः तपाईंको मातृभाषा त मैथिली हैन र - फोरमानन्दः हो, लेकिन मातृभाषाभन्दा अहिले हाम्को पितृभाषा हि मन पड्ता है । हवनकलीः यो नेपाली वर्णमाला राम्रोसंग पढ्नुस् क्यारे । फोरमानन्दः हिन्दी भाषामें नेपाली वर्णमाला नही मिलता क्या ? क-कौन बनेगा, ख-खरबपती, ग- गोली मारो अ-अरुणाचल, आ-आदमी, इ-इन्तजार हवनकलीः उप-राष्ट्रखतीज्यू, सपथको बेला किन दौरा सुरुवाल नलगाएको ? फोरमानन्दः क्यौं हमको बहुत गर्मी होता है । दौरा सुरुवालमे भेन्टिलेसन नही होता है न । Damdev......Devi......Aakh bandh Karo Na...Banda aakh mey Itna achhi Lagti ho ki ..............Main sabda mey kaha nahi sakta. Damdev- dekho, Maine yog Sab ko Nisulka sikhata hu. Maile aap se kavi Paise Maga hey ? Bhakta-Nahi Swami..Paisa nahi, Rupaye Maga hai. Hai..Aapne Kaka Bikendra Yadav ko Luck Kiya jaye....Lekin Yeh Hamre Rule ke Khilaf hai. Hum Bikendra Yadav ko Luck kar Nahi sakte hai. Devi Aur Sajjano, Maii hun Manojtav

हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ ?

फेसबुक आफैँमा व्यापक सञ्जाल । हामी फेसबुक विना त अधुरो नै हुन्छौँ जस्तो लाग्छ हिजोआज । तर यसो सोच्नुहोस् त हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ होला ? फेसबुक का सुरक्षा प्रमुख म्याक्स केली ले २६ अक्टोबर २००९ मा ब्लग मार्फत मृत्यु भएका व्यक्तिहरु को फेसबुक को प्रोफाइललाई सर्च को नतिजा मा नदेखाइने जनाएकाछन् । फेसबुक प्रयोगकर्ता को मृत्यु पछि, उक्त व्यक्ति को प्रोफाइललाई सिल गरिने अनि सर्च को नतिजामा नदेखाउने बताएकाछन् । तर मृत्यु भएको व्यक्ति प्रति सम्मान का शब्द लेख्न या आफ्नो श्रद्धा व्यक्त गर्न उक्त व्यक्ति को प्रोफाइल को वाल भने, आफ्ना आफन्त अनि साथिहरु को लागि सँधै खुल्ला राखिने जनाइएको छ । अक्टोबर २३ मा फेसबुक नयाँ डिजाइनमा आएपछि, फेसबुक ले यस्तो कुरा सार्वजनिक गरेको हो । फेसबुक प्रयोगकर्ताहरु ले फेसबुक को नयाँ ‘सजेसन’ र ‘रिकनेक्ट’ भन्ने सुविधा का कारण समस्या सिर्जना भएको बताउँदै, ब्लग र ट्विटर मा आफ्ना गुनासाहरु लेखेपछि फेसबुक ले, यो नयाँ निति अगाडि ल्याएको हो । फेसबुक ले मृत्यु भइसकेका व्यक्तिहरु को प्रोफाइल देखाउँदै साथि बनाउन ‘सजेसन’ दिन थालेपछि, समस्या सिर्जना भए

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

नेपाली टाइप गर्ने सजिलो तरिका

मदन पुरस्कार पुस्तकालयले  २००७  २००३-४ ताका नेपाली युनिकोड किबोर्ड लेआउट, रोमनाइज्ड र ट्रेडिसनल सार्वजनिक गर्यो । नेपाली टाइपिङ (ट्रेडिसनल) जान्दै नजान्ने (कहिले नेपाली टाइप नगरेको) मैले, मदन पुरस्कार पुस्तकालयले सार्वजनिक गरेको रोमनाइज्ड नेपाली युनिकोड किबोर्ड लेआउट कम्प्युटरमा राखेर पहिलो पटक कम्प्युटरमा नेपाली भाषामा लेखेँ । यसविचमा कम्प्युटर तथा मोबाइलको लागि धेरै किसिमका नेपाली किबोर्ड लेआउट तथा एप्सहरु आइसकेकाछन्, तर पनि इन्टरनेट प्रयोगकर्ताहरु नेपाली टाइप गर्नुपर्दा अप्ठ्यारो मान्छन् । मलाई धेरैले सोध्ने गरेको प्रश्न भनेको, "फेसबुकमा कसरी नेपाली टाइप गर्ने?" अत: यो ब्लगमा मदन पुरस्कार पुस्तकालय (मपुपु) ले निर्माण गरेको नेपाली युनिकोड किबोर्ड लेआउट बारे चर्चा गर्दैछु। प्रिती, कान्तिपुर लगायतका 'ट्रु टाइप फन्ट' (ttf) प्रयोग गरेर ट्रेडिसनल लेआउटमा नेपाली टाइप गर्ने प्रयोगकर्ताहरुले, नेपाली ट्रेडिसनल युनिकोड किबोर्ड लेआउट राखेर, इन्टरनेटमा सजिलै सँग नेपालीमा लेख्न सक्छन् । भन्नुको मतलब, तपाईलाई पहिले नै नेपाली टाइपिङ आउँछ भने टाइपिङ गर्ने तरिका उही हुन्छ, उही &q

SLC Result 2066/2067 (2009-2010)

The Office of the Controller of Examinations (OCE), Sanothimi, on Friday published the results of the School Leaving Certificate (SLC) 2066 examinations held last year. 64.31 percent students passed the SLC 2066/67, according to the Controller of Examinations (OCE) Sanothimi, Bhaktapur. We have uploaded SLC Result 2066 in .pdf , .txt and in .zip file format for you. Download the file and search your ‘symbol number’. Congratulations to all, who passed SLC this year. And if you want to see your results with marks then, you can follow THT (symbol no. and birth date required). Download SLC Result 2066/2067 (2009-2010) : REGULAR: EXEMPTED: Distinction --------------- First division First division Second Division Second Division Third Division Third Division Withheld Withheld

Subscribe to Aakar Post