Skip to main content

हिमाल खबर डटकम अनलाइन न्युज पोर्टल फेरि सञ्चालनमा [Himal Khabar Launches Daily Online News Portal]

दुई दुई पटक सञ्चालन भएर रोकिएको हिमालखबर मिडियाको अनलाइन न्युज पोर्टल "हिमाल खबर डटकम" जेठ १० गते देखि फेरि सञ्चालनमा आएको छ ।

केही दिन पहिले फेसबुक मार्फत, हिमालखबर दैनिक रुपमा निरन्तर प्रकाशित हुने घोषणा गरिएकोथियो । यही कुरालाई अनुमान गर्दै, धेरैले हिमालखबर पत्रिका पाक्षिकबाट दैनिक भएको भनेर चर्चा गरेका थिए । नागरिक, रिपब्लिकाका सम्पादकको राजिनामा भएकै दिन, हिमालखबरको दैनिक खबर पस्किने सूचना फेसबुकमा आएको, कारणले पनि अधिकांशले यसलाई आ-आफ्नै रुपमा बुझेका थिए । तर बजारमा चलेको जस्तो हिमालखबर, दैनिक पत्रिकाको रुपमा नभइ, अनलाइनमा चाँहि दैनिक रुपमा आएको छ ।
पश्चिमी देशमा पत्रिकाहरु इन्टरनेट (अनलाइन पोर्टल) व्दारा विस्थापित हुँदै गएको सन्दर्भमा, यसलाई नेपालमा पनि सकरात्मक रुपमै हेर्नुपर्छ भन्ने लाग्छ । हिमालखबरले इन्टरनेट संस्करणलाई आफ्नो प्राथमिकतामा राख्नु र हिमाल खबरपत्रिकाको समाचार कक्षबाटै सञ्चालन हुनुले हिमाल खबर अन्य समाचार पोर्टल भन्दा पृथकहुने अनुमान गरेकोछु । नागरिक, ईकान्तिपुर, कारोबार आदि समाचार पोर्टल सञ्चालनमा आएपनि, समाचार बाहेक, लेख र विचारहरु सबै पत्रिकामा प्रकाशित भएका कुराहरु मात्र ती पोर्टलहरुमा प्रकाशित हुने गरेकाछन् । पत्रिकामा प्रकाशित समाचार र लेखहरु मात्र पस्किने समाचार पोर्टलहरु बिच हिमालखबरको पोर्टलले नेपालमा एउटा नयाँ सम्भावनाको ढोका खोलेकोछ । नेपालमा नेपाली टाइम्स, टेलिग्राफ नेपाल, अनलाइन खबर आदि लगायतका अन्य पोर्टलहरु नभएका होइनन् तर पनि इन्टरनेमा गतिलो नेपाली समाचार पोर्टलको खाँचो थियो र यो आवश्यकतालाई हिमालखबरले पुरा गर्छ भन्ने आशा छ । साँच्चै भन्ने हो भने, बिबिसी, सिएएनको शैलीमा हिमालखबरले अनलाइन न्युज पोर्टलमा आफ्नो उपस्थिति जनाउने हो भने, हिमालखबर डटकमले नेपालमा एउटा नयाँ ट्रेन्ड सेट गर्ने विश्वास छ ।

नेपालमा इन्टरनेटको प्रभाव विस्तार भएको उल्लेख गर्दै हिमालखबरको जेठ १० को सम्पादकीयमा लेखिएकोछ, "राज्यव्यवस्था, शासकीय प्रणाली र न्यायिक संरचना आदि विषयमा नेपाली राजनीतिका लागि सहयोगी हुने अपेक्षासहित हिमाल मिडियाले देशभित्र मात्रै झण्डै ४४ लाख प्रयोगकर्ता रहेको इन्टरनेट सञ्जालमा पुनः प्रवेश गरेको हो । करीब १६ लाखको हाराहारीमा पुगेको फेसबुक प्रयोगकर्ता नेपालीहरूबाटै समाजसेवाको क्षेत्रमा अनेकन् कोसेढुंगा खडा भइरहेको सन्दर्भमा हिमाल खबर डट कममार्फत् खबर, विचार र विश्लेषणको निरन्तर प्रवाहले नेपाली राजनीतिमा सहयोग पुग्ने निश्चित छ ।"

हिमाल खबरपत्रिका को समाचार कक्षबाटै सञ्चालित हुने यो पोर्टललाई डम्बरकृष्ण श्रेष्ठको संयोजन गरेकाछन् । हिमालखबरडटकमले नेपाली समाचार पोर्टलहरुको बिचमा आफ्नो विशिष्ट छाप छोड्न सकोस्, शुभकामना ।

Comments

  1. https://www.facebook.com/mailme123/posts/2739575989176

    ReplyDelete

Post a Comment

Popular posts from this blog

मुगु अनुभव - यात्रा

...सुर्खेतमा (हुन त नेपालगन्जबाट पनि सिधा हवाइ सम्पर्क छ, मुगुमा) टिकट पाउने लम्बेतान संघर्ष(?) पछी मुगूको लागि उडान निश्चित हुन्छ । कपडा र आवश्यक केही सरसामानहरुको गह्रुङ्गो झोला सहितको काउन्टर चेक इन पछी डिपार्चर रुम मा छिर्न पाउनु खुबै आनन्द लाग्दो हुन्छ किनकी अब टिकटको लागि हिजो जस्तो संघर्ष गर्नुपर्ने छैन । डिपार्चर रुम को बातावरण पनि रोचक छ । बिमान कम्पनिहरुले दिने १५ किलो को तौल सिमिततालाई छल्न कैयनले अनेकौँ पत्र कपडा लगाएका हुन्छन र कोहिले मुगुमा पाइन्न भनेर लहलहाउँदा रायोका साग र कतिले ब्रोइलर कुखुराका मासु कोसेलिका रुपमा बोकेका हुन्छन । ...एउटी जरखरिएकी एअरहोस्टेस औपचारिक स्वागत गर्छे र सबैलाई सिटबेल्ट बाँध्न निर्देश गर्छे अनी नजानेका यात्रुलाई हप्काइको भाषामा बाँध्न पनि सिकाउँछे । म भने सिटको अघिल्तिर राखिएको आपतकालिन सुरक्षा निर्देशिकाको सानो पन्ना पल्टाउँदै एअरहोस्टेसको ब्यबसायिकताको बारेमा सोच्न लाग्छु । एअरहोस्टेस 'यती एअरलाइन्स' लेखिएको खोलले बेरिएको चकलेट र कपासका टुक्राहरु किस्तिमा बोकेर आउँछे । धन्यवाद सहित म एउटा चकलेट र दुई टुक्रा कपास निकालेर कानमा राख्छ

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

चित्र बनाउने सजिलो तरिका

चित्र बनाउन भनेपछि, सबैलाई गाह्रो लाग्छ । हुन पनि हो, चित्र कोर्नलाई गाह्रो नै छ, सबैले गर्न सक्दैनन् । म केही पहिलेसम्म स्केच कोर्थेँ, तर अहिले तिनै स्केच कोर्न पनि म नसक्ने भएको छु, अत: चित्र कोर्न निरन्तर अभ्यास जरुरी छ भन्ने लाग्छ । आज यहाँ यस्तो 'टेक्निक' को चर्चा गरिएको 'टेड' भिडियो राख्दैछु, यो भिडियो हेरिसकेपछि जस्तोसुकै व्यक्तिले पनि चित्र कोर्न सक्नेछन् । चित्र कोर्ने भन्ने बित्तिकै, एकदम 'पर्फेक्ट', जेसुकै, जुनसुकै कुराको पनि चित्र बनाउन सकिन्छ भनेको चाँहि होइन, त्यसको लागि त निरन्तर अभ्यास नै आवश्यक पर्छ । तर यति चैँ भन्न सकिन्छ कि, यो भिडियो हेरिसकेपछि तपाईले 'अल्बर्ट आइन्सटाइन'को स्केच चैँ सजिलै बनाउन सक्नुहुन्छ । वाँयाबाट दाँया क्रमैसँग । कागज र कलम तयारी अवस्थामा राखेर, चित्र बनाउन सिकाउने तलको टेड टकको भिडियो हेरौँ । टेड टक'को यो भिडियोमा ग्राम स्‌ ले भनेजस्तै सजिलै चित्र कोर्न सकिन्छ । एकपटक अवश्य बनाउनुहोस् ।

नेपाली टाइप गर्ने सजिलो तरिका

मदन पुरस्कार पुस्तकालयले  २००७  २००३-४ ताका नेपाली युनिकोड किबोर्ड लेआउट, रोमनाइज्ड र ट्रेडिसनल सार्वजनिक गर्यो । नेपाली टाइपिङ (ट्रेडिसनल) जान्दै नजान्ने (कहिले नेपाली टाइप नगरेको) मैले, मदन पुरस्कार पुस्तकालयले सार्वजनिक गरेको रोमनाइज्ड नेपाली युनिकोड किबोर्ड लेआउट कम्प्युटरमा राखेर पहिलो पटक कम्प्युटरमा नेपाली भाषामा लेखेँ । यसविचमा कम्प्युटर तथा मोबाइलको लागि धेरै किसिमका नेपाली किबोर्ड लेआउट तथा एप्सहरु आइसकेकाछन्, तर पनि इन्टरनेट प्रयोगकर्ताहरु नेपाली टाइप गर्नुपर्दा अप्ठ्यारो मान्छन् । मलाई धेरैले सोध्ने गरेको प्रश्न भनेको, "फेसबुकमा कसरी नेपाली टाइप गर्ने?" अत: यो ब्लगमा मदन पुरस्कार पुस्तकालय (मपुपु) ले निर्माण गरेको नेपाली युनिकोड किबोर्ड लेआउट बारे चर्चा गर्दैछु। प्रिती, कान्तिपुर लगायतका 'ट्रु टाइप फन्ट' (ttf) प्रयोग गरेर ट्रेडिसनल लेआउटमा नेपाली टाइप गर्ने प्रयोगकर्ताहरुले, नेपाली ट्रेडिसनल युनिकोड किबोर्ड लेआउट राखेर, इन्टरनेटमा सजिलै सँग नेपालीमा लेख्न सक्छन् । भन्नुको मतलब, तपाईलाई पहिले नै नेपाली टाइपिङ आउँछ भने टाइपिङ गर्ने तरिका उही हुन्छ, उही &q

Story: बितेका कुरा

Listen to story 'Biteka Kura'. आज हामी बिशेष प्रस्तुती लिएर आएका छौ । कथाकार रुपनारायण सिहको कथा 'बितेका कुरा'लाई लिएका छौँ । नेपाली गद्य साहित्यमा यो एउटा चर्चित कथा हो । यो कथा नेपाली साहित्यको पाठ्यक्रममा समेत राखिएको कथा हो । कथा कस्तो लाग्यो, यसबारेमा तपाईँ आफैँ विश्लेषण गर्नुहोस् । बितेका कुरा कुनै राम्रा हुन्छन त कुनै नराम्रा, कुरा जस्तो सुकै होस् बितेका नराम्रा कुराहरु बिर्सिनु नै राम्रो हुन्छ रे । अन्यथा आगामी पलहरु अमिलो बन्छन रे । अत: पुराना बितेका नराम्रा कुराहरु, बिर्सिदिनुस् भन्ने बिशेष आग्रह का साथ आज मेरो रेडियो डटकमबाट रुपेश श्रेष्ठ को आवाजमा आज को कथा 'बितेका कुरा' राख्दैछु । आगामी हप्ता देखी पारीजात को उपन्यास 'शिरिस को फूल' लिएर उपस्थित हुनेछौ । (साभार: मेरो रेडियो )

हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु

नयाँ वर्ष २०१९ को अवसर पारेर हाम्रो पात्रो ले हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण सार्वजनिक गरेकोछ । नयाँ थिम, इमोजी तथा नेपाली स्टिकरहरु सहित आएको हाम्रो नेपाली किबोर्ड को नयाँ संस्करण हिजोबाट गुगल प्लेस्टोरमा उपलब्ध छ । हाम्रो नेपाली किबोर्डमा नयाँ के छ? स्टिकर हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखिएकोछ । मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ । थिम हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थिम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थिम उपलब्ध छ । चलनचल्तिको “ब

Subscribe to Aakar Post