Skip to main content

संघियताबारे केहि नागरिकहरुको अपिल [Citizens Appeal about Federalism Nepal]

एउटा इमेल-छलफल समूहमा प्रेषित यो अपिल प्रेषकको अनुमति सहित यहाँ जस्ताको त्यस्तै प्रकाशित गरिएको छ। हस्ताक्षकर्ताहरु मध्ये केहि व्यक्ति निकै चर्चित अनुहारहरु छन्।
Captain Vijaya Lama

भट्टराई गठबन्धन-सरकारका पक्षधरहरुले प्रचार गर्नेजस्तो उनीहरुको विचारसँग सहमत नहुने सबै संघियताका विरोधी होइनन् र सबै त्यस्ता मानिसहरु उनीहरुले नै भन्ने गरेजस्तो शोषकहरु पनि होइनन् भन्ने कुराको यो एक प्रमाण हो। हुन त यस्ता धेरै प्रमाणहरु पहिल्यै उपलब्ध छन्, तर झुठको व्यापारलाई ती कुराहरुबाट खासै फरक पर्दैन।

सबैलाई यी विचारहरु पुन:प्रकाशन गर्न अनुरोध छ । ट्विटर, फेसबुक वा ब्लगहरु मार्फत सक्दो सेयर गरौँ। धन्यवाद ।

जरुरी नागरिक अपिल,१४ जेठ २०६९

“संबिधानसभाले संघियताको परिभाषा अहिले नगरोस"

संबिधानसभामा संघियताको परिभाषा गर्ने कार्य ४/४ वर्षसम्म अगाडी नबढेको संदर्भमा अंतिम घडीमा आएर अस्वस्थ बन्दै गएको हामी नागरिकले पाएका छौं । यसले नेपालका समुदायहरु बिचको सौहार्दता तथा सुसम्बन्धमा असर पर्ने, अंतरजातीय सदभाव खल्बलिने तथा नेपालको आर्थिक अग्रगमन र समाजिक बिकासमा धक्का लाग्ने हुंदा हामीले यो बक्तब्यको साथ सुझाब पेश गरेका छौं ।

हामी नेपालका समुदायहरु बिचको सौहर्दता तथा सुसम्बन्धमा असर नपर्ने, अंतरजातीय सदभाव नखल्बलिने गरेर कार्यान्वयन गरिने संघियता तथा राज्य पुनःसंरचनाका पक्षधर हौं । हाम्रो मुलुकको सामुदायिक बिबिधता, बसोबासको इतिहास तथा भौगोलिक उत्कृष्टताको आधारमा बन्ने संघियताको परिभाषाले एकार्तफ हरेक समुदायको पहिचानलाई सुरक्षित गर्नेछ भने अर्कोतर्फ मुलुकको हरेक भागमा आर्थिक समृद्धिको ढोका खोली दिन्छ । यसको लागि हिमाल-पहाड़-तराई/मधेशको भाग्यरेखा कोर्ने क्षमता भएको जलश्रोत लगायतका प्राकृतिक श्रोतको नेपालको हितमा अत्यधिक दोहनमा अवरोध नआउने गरेर प्रान्तहरुको निर्माण गर्ने पक्षमा हामी छौं ।

हाम्रो यो पनि बिचार छ कि संघियताको परिभाषा मानविय सम्बेदंशीलताका साथ तथा समाजशास्त्रीय सोच सहित गरिनु पर्छ, ताकी हरेक सिमांतकृत समुदायको पहिचान तथा समृद्धिको लागी यसले आधार बनाओस । संघियताले केहीलाई राम्रो गर्दा कुनै अरु समुदाय या जात/जातीको स्वाभिमान तथा अर्थिक-सामाजिक अवस्थामा धक्का नलागोस भनेर सबै सर्तक हुनुर्पदछ । विशेष गरी नेपालमा बिद्यमान ११८ समुदाय मध्ये १० वटा समुदायलाई उच्चतम स्थान दिएर प्रान्तहरु खडा गर्दा बांकि १०० भन्दा बढी समुदायहरुले बहिस्कृत, सीमान्तकृत तथा पाखापारिएको महशूस गर्न सक्छन् र सदभाव बिथोलिने सम्भावना उच्च हुन्छ ।

संघियताबारे संबिधानसभाभित्र पर्याप्त बहस नभएको प्रस्ट छ । यस्तो महत्वपूर्ण बिषयमा आम जनतामाझ पनि खुला र ब्यापक छलफल हुन पाएको छैन । संबिधानसभाको आयुको अंतिम घडीमा पनि धेरै सिमांतकृत र अल्पसंख्यक समुदायहरुको आवाज उठ्नसकेको छैन । यस अर्थमा संबिधानसभा भित्र र बाहिर संघियताको बहस अर्पूण रह्यो, र यसलाई पूर्णता नदिईकन संघियताको परिभाषा पारित गर्नु हुँदैन ।

हामी निम्नलिखित नागरिकहरुको सुझाब छ कि प्रान्तहरुको सीमांकन तथा नामांकन जस्ता जटिल र समबेदंशील विषयमा आज १४ जेठ २०६९ को अंतिम दिन संबिधानसभाले निर्णय लिनु उचित हुँदैन । संघितायाको परिभाषा गर्ने कामको लागी उचित र अधिकारसंपन्न ब्यवस्थाको लागी र्निणय लिनु बुद्धिमानी हुनेछ ।

संबिधानमा लेखीने संघियताको खाकाले सींगो देशलाई समृद्ध र सम्पन्न बनाओस ।

दस्तखतकर्ताहरुः

बिजयमान शेरचन
राजेश विश्वकर्मा
निम बहादुर बुढाथोकी मगर
क्याप्टेन बिजय लामा
डा. गणेश गुरुंग
रत्न संसार श्रेष्ठ

(Re-blogged from Ushaft Image: NepaliTimes)

Comments

  1. jatiyeta ko asali  natak kaha bat kahile kasari shuru bhayo janau.
    Prachanda ,Baburam haru, janjati ra morcha neta haru CIA ka dollar le sanchalit bhayeka hun.प्रशङ्घ जातिवादीको जरोशीतयुध्दका टुहुरा – अमेरिका र तिब्बतीहरुको सङ्घर्ष- जोन केनेथ न्याँउस ( सिआईएका एक अधिकृत)सिआईएले हिमाली छेत्रमाथि आँखा गाडेको सन् १९५० ( वि स २००७) को शुरुमा हो । नेपाल तिब्बतसहित छेत्रमा युध्द, लोभ र व्यापार द्वारा कब्जा जमाउन सकिन्न । यसका लागि स्थानीय जातिलाई विभाजित गराउनु पर्छ भन्ने मैले काठमाडौमा लेखेको प्रतिवेदन अहिले पनि सम्झन्छु । धन्न हाम्रा सिआईएका अधिकृतहरुले चलाखिपुर्ण तरिकाले राष्ट्र सङ्घमा आईएलओ १६९ धारा घुसाउन सफलता पाए । मैले अवकाश प्राप्त जीवनमा आफ्नो युवाकालको विश्लेषणले विश्वलाई करयाप्पै पार्न आँटेको देखेपछि धेरै रात हर्षका आँसुसँगै बिताँए । हुनपनि पूर्वी युरोपमा त्यही जातियताका सूत्र आधा दशकमै सफल भयो र सोभियत धूर्व ध्वस्त भयो । सन् १९९७ (विस २०५४) मा ७४ वर्षको उमेरमा म काठमाडौमा गएँ । तिब्बती सम्पर्क केन्द्र खुलेको रहेछ । मेरो तीन दशक अगाडिको जातीय स्वतन्त्रताको सूत्र नेपाल तिब्बत र भारतमा प्रयोग भईरहेको रहेछ । मैले के ठाने भने जब हाम्रा सिआईएका अधिकृतहरुले राष्ट्र सङ्घमा १६९ धारा लाई सजिलै प्रवेश गराउन सके, हिमालय पर्वतमालालाई फेयर बैङ्क (सिआईएको मुख्यालय) ले तताउनेछ, म अब जीवनको उत्तरार्ध्दमा पुगिसकेको छु, तरपनि मलाई गर्व छ कि हाम्रो देश अमेरिकाका कट्टर विरोधी वामपन्थीहरू मेरो सिआईएको सूत्र घोकेर तेस्रो विश्वमा जातीय स्वायत्तताको नारा लगाउन बाध्य छन् । मृत्युपछि पनि (येशु) प्रभुको माध्यमबाट म तिनीहरुलाई धन्यबाद दिईरहने छु । सिआईएक मेरा रणनीतिहरूमा गुरु मार्कटोनलाई म धन्यवाद नदिरहन सक्दिन, जसले महिला मुक्तिको नारा तेस्रो विश्वमा राष्ट्र सङ्घ मार्फत घुसाउन लगाए । यो नारा हेरेर नै मैले हिमालय पर्वतमालाको फेदीमा बसी जातीय स्वायत्तताको सूत्र प्रतिपादन गरेको हुँ । म दावा गर्दछु कि नेपाल लगायत विश्वमा जातीय मुक्तिको नारा उठाउने पहिलो ब्यक्ति म हुँ । त्यसलाई ब्यवहारमा प्रयोग गर्ने सङ्स्था सिआईएलाई म सँधै धन्यवाद दिइरहनेछु ।हिमालय छेत्रका बासिन्दालाई विकास र आधूनिकताको लोभ देखाउने हो भने चीनमाथी सहजै नियन्त्रण गर्न सकिने बाटो खुल्छ भन्ने मेरो विश्लेषण रह्यो । मेरो जीवनमा हिमालय छेत्रमा जति प्रगति भयो सबैमा मेरो सूत्र लागू भएका कारण हो । नेपाल तिब्बत सीमानामा सात लाख पाउन्डका हतियार झार्यौ खम्पा बिद्रोहमा । तर लाभ शुन्य भयो । जातजातीलाई प्रयोग गर्ने हो भने चिसो हिमाली छेत्रमा तात्तातो सफलता पाउन सकिन्छ भन्ने मैले निचोड निकालेको थिँए, जुन म जीवित छँदा विश्वव्यापी हुँदै गईरहेको देखिरहेको छु ।साभार – नेपाल, २०६६ पेज १६२-१६४) 

    ReplyDelete
  2. NICE JOB - I LIKE- ITS A GOOD RESPONSIBILITY TOWARDS THE NATION.
    http://drdhaugoda.blogspot.com/HAMRO DESH LAI -JATIYETA KO CANCER ROG LAGNA THALEKO 6- ESKO UPACHAR NAGARI HAMI NEPALI HARU HEALTHY HUN SAKINDAINA 

    ReplyDelete
  3. All the conscious Nwpalese hearty appreciate this  ...

    ReplyDelete
  4. Tapai adarniya Nepali nagarikharu lai muri muri dhanyabad.

    ReplyDelete
  5. kekena hola bhaneko !!! yemaleko jastai kaitye kura !! nikashko prastab chhaina, sandhai rumaline bato!!!!

    ReplyDelete

Post a Comment

Popular posts from this blog

यसपाली को गाईजात्रा

'सबको मालुम् है मै बिहारी नही फिर भि कोही हिन्दी बोल्न दबाब डाले तो मैं क्या करु ?' हवनकलीः तपाईंको मातृभाषा त मैथिली हैन र - फोरमानन्दः हो, लेकिन मातृभाषाभन्दा अहिले हाम्को पितृभाषा हि मन पड्ता है । हवनकलीः यो नेपाली वर्णमाला राम्रोसंग पढ्नुस् क्यारे । फोरमानन्दः हिन्दी भाषामें नेपाली वर्णमाला नही मिलता क्या ? क-कौन बनेगा, ख-खरबपती, ग- गोली मारो अ-अरुणाचल, आ-आदमी, इ-इन्तजार हवनकलीः उप-राष्ट्रखतीज्यू, सपथको बेला किन दौरा सुरुवाल नलगाएको ? फोरमानन्दः क्यौं हमको बहुत गर्मी होता है । दौरा सुरुवालमे भेन्टिलेसन नही होता है न । Damdev......Devi......Aakh bandh Karo Na...Banda aakh mey Itna achhi Lagti ho ki ..............Main sabda mey kaha nahi sakta. Damdev- dekho, Maine yog Sab ko Nisulka sikhata hu. Maile aap se kavi Paise Maga hey ? Bhakta-Nahi Swami..Paisa nahi, Rupaye Maga hai. Hai..Aapne Kaka Bikendra Yadav ko Luck Kiya jaye....Lekin Yeh Hamre Rule ke Khilaf hai. Hum Bikendra Yadav ko Luck kar Nahi sakte hai. Devi Aur Sajjano, Maii hun Manojtav

म आउँदैछु प्रिय

"हातमा हात ओठमा ओठ म आउँदैछु प्रिय म आउँदैछु प्रिय !..." भन्ने पंक्ति सँगै भिडियो सुरु हुन्छ । राजन कठेत को निर्देशन मा बनेको भिडियो निकै मजाले सलल बगेको छ । भिडियो अन्तिम सम्म नहरेसम्म यो के को लागि र कुन विषयमा बनेको भिडियो हो भन्न मुस्किल नै पर्छ । एउटा सन्देशमुलक कुरा भिन्नै कन्सेप्ट मा बनेको भएर पनि भिडियो निकै राम्रो लाग्छ । काठमाडौँ विश्वविद्यालय मिडिया स्टडिज का साथिहरुले बनाएको छोटो र मिठो भिडियो आज यहाँ राख्दैछु । भिडियोमा अभिनय रहेको छ पर्वत थापा को भने, क्यामरा मा छिरिङ र कविता वाचन मा रतन रहेकाछन् । भिडियोको बारेमा: A very short, both romantic and funny video(1 min. 25 secs.), made by KU students (2009) with Parbat Thapa (Electrical Engineering 4th/last year) in the scene....Poem narration by Ratan Aanad Karna, background score by Diwas Manandhar and Parbat Thapa, editing by Shekhar KC and Rajan Kathet, camera by Prem Tshering Sherpa and, scene selection, photography direction, script, concept and direction by Rajan Kathet. It was a good homework before making th

हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ ?

फेसबुक आफैँमा व्यापक सञ्जाल । हामी फेसबुक विना त अधुरो नै हुन्छौँ जस्तो लाग्छ हिजोआज । तर यसो सोच्नुहोस् त हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ होला ? फेसबुक का सुरक्षा प्रमुख म्याक्स केली ले २६ अक्टोबर २००९ मा ब्लग मार्फत मृत्यु भएका व्यक्तिहरु को फेसबुक को प्रोफाइललाई सर्च को नतिजा मा नदेखाइने जनाएकाछन् । फेसबुक प्रयोगकर्ता को मृत्यु पछि, उक्त व्यक्ति को प्रोफाइललाई सिल गरिने अनि सर्च को नतिजामा नदेखाउने बताएकाछन् । तर मृत्यु भएको व्यक्ति प्रति सम्मान का शब्द लेख्न या आफ्नो श्रद्धा व्यक्त गर्न उक्त व्यक्ति को प्रोफाइल को वाल भने, आफ्ना आफन्त अनि साथिहरु को लागि सँधै खुल्ला राखिने जनाइएको छ । अक्टोबर २३ मा फेसबुक नयाँ डिजाइनमा आएपछि, फेसबुक ले यस्तो कुरा सार्वजनिक गरेको हो । फेसबुक प्रयोगकर्ताहरु ले फेसबुक को नयाँ ‘सजेसन’ र ‘रिकनेक्ट’ भन्ने सुविधा का कारण समस्या सिर्जना भएको बताउँदै, ब्लग र ट्विटर मा आफ्ना गुनासाहरु लेखेपछि फेसबुक ले, यो नयाँ निति अगाडि ल्याएको हो । फेसबुक ले मृत्यु भइसकेका व्यक्तिहरु को प्रोफाइल देखाउँदै साथि बनाउन ‘सजेसन’ दिन थालेपछि, समस्या सिर्जना भए

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

नेपाली टाइप गर्ने सजिलो तरिका

मदन पुरस्कार पुस्तकालयले  २००७  २००३-४ ताका नेपाली युनिकोड किबोर्ड लेआउट, रोमनाइज्ड र ट्रेडिसनल सार्वजनिक गर्यो । नेपाली टाइपिङ (ट्रेडिसनल) जान्दै नजान्ने (कहिले नेपाली टाइप नगरेको) मैले, मदन पुरस्कार पुस्तकालयले सार्वजनिक गरेको रोमनाइज्ड नेपाली युनिकोड किबोर्ड लेआउट कम्प्युटरमा राखेर पहिलो पटक कम्प्युटरमा नेपाली भाषामा लेखेँ । यसविचमा कम्प्युटर तथा मोबाइलको लागि धेरै किसिमका नेपाली किबोर्ड लेआउट तथा एप्सहरु आइसकेकाछन्, तर पनि इन्टरनेट प्रयोगकर्ताहरु नेपाली टाइप गर्नुपर्दा अप्ठ्यारो मान्छन् । मलाई धेरैले सोध्ने गरेको प्रश्न भनेको, "फेसबुकमा कसरी नेपाली टाइप गर्ने?" अत: यो ब्लगमा मदन पुरस्कार पुस्तकालय (मपुपु) ले निर्माण गरेको नेपाली युनिकोड किबोर्ड लेआउट बारे चर्चा गर्दैछु। प्रिती, कान्तिपुर लगायतका 'ट्रु टाइप फन्ट' (ttf) प्रयोग गरेर ट्रेडिसनल लेआउटमा नेपाली टाइप गर्ने प्रयोगकर्ताहरुले, नेपाली ट्रेडिसनल युनिकोड किबोर्ड लेआउट राखेर, इन्टरनेटमा सजिलै सँग नेपालीमा लेख्न सक्छन् । भन्नुको मतलब, तपाईलाई पहिले नै नेपाली टाइपिङ आउँछ भने टाइपिङ गर्ने तरिका उही हुन्छ, उही &q

SLC Result 2068/2069 Published

The Office of the Controller of Examinations, Sanothimi has published the results of the SLC examination for the academic year 2068, on Wednesday evening. Out of 528,257 examines, 47.16 percent students passed the SLC this year. According to OCE, 2,47,689 regular students passed the exam under the regular, whereas 82,283 students have passed under the exempted category. We've uploaded SLC Result 2068 in .pdf format. Please download the SLC Result 2068 from the links below. Check your SLC Result 2068 Online 1) Link1: SLC Result 2068 Regular .pdf      Link2:  SLC Result 2068 Regular .pdf      Link3: SLC Result 2068 Regular .pdf   (via chakab.com)   2)   Link1:   SLC Result 2068 Exempted .pdf      Link2:   SLC Result 2068 Exempted .pdf      Link3:   SLC Result 2068 Exempted .pdf   (via chakab.com) 3) Distinction : SLC Result 2068 .txt     First Div:  SLC Result 2068  .txt     Second Div:  SLC Result 2068  .txt     Third Div:  SLC Result 2068  .txt     Unde

Subscribe to Aakar Post