Skip to main content

कारको फोटो मात्रै होइन, अब थ्रिडी प्रिन्टरबाट कार नै प्रिन्ट गर्न सकिने #3DPrinting [VIDEO]

कारको फोटो मात्रै होइन, अब थ्रिडी प्रिन्टरबाट कार नै प्रिन्ट गर्न सकिने  आसयको शीर्षक भएको लेख कुनै टेकब्लगमा देखे झैँ लाग्छ ! त्यो बेला, के नचाहिने कुरा गर्याहोला भनेर, उक्त लेखको शीर्षकमात्र पढेर छोडेको थिँए । अब फोटो प्रिन्ट गर्ने प्रिन्टरले कार नै प्रिन्ट गर्छ भन्दा कसरी पत्याउनु ! थ्रीडी नै प्रिन्टर भए नि, कागजमा कारको फोटो प्रिन्ट गर्ने होला भन्ने मलाई लागेको थियो ! तर अघि डुल्दै जाँदा ‘टेड’ को भिडियोमा पुगियो, भिडियो हेरेपछि पो, एकहप्ता पहिले देखेको ब्लग शीर्षक याद आयो !

3D Printing Bot

अब हामीमाझ यस्तो प्रविधि आउँदैछ कि, कुनै कुरा अनलाइनमा सपिङ गर्यौँ भने, उक्त वस्तु/सामान नै हामी आफ्नो कम्प्युटरबाट डाउनलोड गरेर, थ्रिडी प्रिन्टरमा प्रिन्ट गर्न सक्छौँ ! कहिलेकाँही घरमा फोन हुँदा यस्तो पकाइराकोछु, मिल्ने भए यही फोनबाट पठाइदिन्थेँ भन्नुहुन्छ, तर अलि केही समयपछि यस्तो कुरा सम्भव नहोला भन्न सकिन्न !

मानौँ कि मलाई बाल्टिन चाहियो ! बाल्टिन चाहियो भने, बाहिर बजार गइरहनु पर्ने जरुरत नै छैन ! अनलाइनमा आफूलाई मन परेको बाल्टिन छान्यो, वा आफैँ बाल्टिन डिजाइन गर्यो, अनि प्रिन्टरबाट प्रिन्ट गर्यो ! कुरा सुन्दै हावा जस्तो, कसरी पत्याउने ! म यही कुरा सोची सोची हैरान भइसकेँ, ‘डिटेल’मा मैले खोज्ने प्रयास गरेको त छैन तर तल राखिएको टेडको भिडियोमा कलम, टेबलल्याम्प आदि बनाइएको देखाइएकोछ ! थ्रिडी प्रिन्टरले भनेको जस्तै गर्छ भने, कारको पाटपुर्जा आफैँले बनाएर, कार नै प्रिन्ट गर्न सकिनेरै’छ ! 

केही दिन अघि ब्लगहरुमा ‘पाइरेट वे’ मा अब पाइरेटेड सामान नै पाइन्छ, जुन आफूले प्रिन्ट गरेर काम चलाउन सकिन्छ भनेर समाचार आएको थियो ! गित संगित, चलचित्र आदि मात्रै पाइने पाइरेटवेमा अब त पाइरेटेड ‘फिजिकल सामान/वस्तु’ नै पाइन्छ रे !

तल फोटोमा देखाइएका सामाग्रीहरु, थ्रिडी प्रिन्टरबाट प्रिन्ट गरिएकाहुन् !

3d printed material

भिडियो हेरेर आफैँ छक्क परिरहेको अवस्थमा मैले धेरै केही भन्न सक्दिन, बाँकी कुरा यो भिडियो हेर्नु, अनि आफैँ सोच्नु, थ्रिडी प्रिन्टरले हाम्रो जिवन कहाँ पुर्याउँदैछ भनेर ! थ्रीडी प्रिन्टर आएपछि, बजारमा सामान बेच्ने पसल हुँदैनन्, ती सबै पसलहरु ‘डिजाइन गर्ने ठाउँ’ मा परिणत हुनेपक्का छ! आफूलाई जे चाहियो, त्यसको डिजाइन अर्डर गर्यो, अनि आफ्नै घरमा प्रिन्ट गरेर सामान निकाल्यो ! सोच्दा पनि, खै के खै के हुन्छ दिमागमा?


Lisa Harouni: A primer on 3D printing

 


Image via ReadWriteWeb

Further Reading:

Forget MP3s: Soon You'll Download Your Sneakers From The Pirate Bay

Comments

  1. यो साँचो हो... Its true !!

    ReplyDelete
  2. लौ अब त के के हुने हो ! उही क्यानमा ६ हजारको ट्यावलेट पिसी पाइए जस्तै त हो नी हेर्न सम्म पाइने (अझ यसको त  भिडियो मात्र देखाउने होला तेही पनि यँही देखीयो ) छुन नपाइने होला :P 2025 सम्म त आउला नी :)

    ReplyDelete
  3. मैले पनि अर्को कुरा सोचेको छु, पैलेपैले डेस्कटप् कम्प्युटर चलाउदा औला ले छुदा चल्ने भए कस्तो हुन्थियो जस्तो लाग्थ्यो ऐले आयो, अब मेरो अर्को रहर छ, फिलिम हेर्दा भिडियो मा जे देखिन्छ त्यो प्राकृतिक गन्ध पनि संगसंगै आओस, अर्थात गन्ध लाइ पनि भिडियो संगै कैद गर्न सकोस !! अनि बल्ल रिअल अनुभव हुने छ !! जय प्रावधि !!

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match [LIVE]

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match खेल को पहिलो हाफसम्म जोर्डन ४ गोलले अगाडि छ ! जोर्डन ले ४ गोल हानेको छ भने, नेपाल ले कुनै पनि गोल फर्काउन सकेको छैन ! पहिलो हाल्फमा जोर्डनीहरुकै दवदवा रहेको थियो । First Half Nepal 0:4 Jordan Full Time Nepal 0:9 Jordan जोर्डन को रंगशालामा भएको खेलमा जोर्डनी टिम ९:० को विशाल अन्तर ले विजयी भएको छ ! नेपाली टिम, जोर्डनी टिम को अगाडि आज कमजोर सावित भयो, खेल अवधिभर नेपाली टिम जोर्डनी टिम को दवावमा रह्यो ! नेपालले छनौटको तेस्रो चरण प्रवेश गर्न बिहीबार दशरथ रंगशालामा अर्को एक खेल खेल्नेछ ! LIVE VIDEO WAS MOVED BY NOW Though LIVE video was moved, but we have small clip. Enjoy! Here's another Video:

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

Download Tihar Dhun and Deusi Bhailo Songs

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ । Download Tihar Songs: Bhailini/Bhailo - भैलो Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन Download Tihar Songs: deusi re / देउसी रे Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

डर : एक अनुभव

डर अर्थात Fear. गुगल मा Fear भन्ने शब्द खोज्यो भने १५०,०००,००० वटा नतिजा निस्कन्छन्। तर आफ्नो जिवन मा डर खोज्यो भने, त्यो भन्दा सायद धेरै डरहरु पत्ता लाग्छन् होला ! सबैभन्दा धेरै लाग्ने डर भनेकै 'मर्ने डर' हो । जन्मेपछि मर्नुपर्छ भन्ने थाहा छ, तर अहिले को उमेर मा यही कुरा ले डर लगाउँछ कहिँ सुईकिने त हैन भनेर ! वृद्ध अवस्था मा के हुन्छ थाहा भएन, तर सबैलाई लाग्ने सबैभन्दा ठूलो डर चाँहि मृत्यु कै हो । मृत्यु पछि अन्य डरहरु आउँछन् । विद्यार्थीलाई हरेक परीक्षा मा राम्रो गर्न सक्दिन कि भन्ने डर लाग्छ। अस्ति को दिन पनि पत्रिका मा आएको थियो, एसएलसी को कपी मा विद्यार्थीहरु ले पैसा राखेछन्, पास गराइदिनु भन्दै, किनकी उनीहरुलाई डर छ, फेल भइएला कि भनेर ! व्यापारीलाई आफ्नै किसिम को डर छ, लगानी डुब्ने हो कि, नाफा नहुने हो कि ? नेतालाई आफ्नै डर छ, कतै कुर्सी गुम्ने हो कि, कतै त्यो पो सत्ता मा पुग्ने हो कि ? कसैलाई के को डर, कसैलाई के को डर ? डर सँधै हाम्रै वरिपरि सँधै घुमिरहेको हुन्छ र हरेक क्षण सतर्क गराइरहेको हुन्छ । आज चाँहि म, सुनेका कुराहरुका कारण बालमष्तिस्क मा उब्जिने डर को बारेमा कुरा...

My First Post on Blog

Subscribe to Aakar Post