Skip to main content

भूकम्प अनुभव [#Earthquake Experience in Kathmandu]

जब जमिन हल्लिँदै थियो, हामी (म र इश्वर) नेपाल वायुसेवा निगम सुन्धारा अगाडि सडक को बिच बाटो मा थियौँ । पानी परेको कारण सयौँ मानिसहरु गाडी को पर्खाइमा थिए । नेपाल वायुसेवा निगम अगाडि पुग्दा ड्याम्म केही पड्केको आवाज झैँ आयो, आफू तल को जमिन हल्लिरहेको थियो, आफू अगाडि को विजुली को खम्बा अनि वायुसेवा को बिल्डिङ हल्लिरहेथ्यो । हल्लीखल्ली मच्चीहाल्यो, भूकम्प आयो, भुइँचालो आयो, उ हल्लिँदैछ, घर अझै हल्लिँदै छ ।

हामी रोडको बिचमा थियौँ । रोड को पश्चिमतिर रोड को आधि बाटो ढाकेका थिए मान्छेहरुले । हामी रोड को बिचमा थियौँ, खुल्ला आकाशमुनी थियौँ । मन मा कुनै किसिम को डर थिएन । सम्भवत पहिलोपटक भुँइचालो को आभास गर्दै थियौँ । सडक को बिचमा उभिएको हुँदा यता र उता कुद्नुपर्ने कुनै जरुरी थिएन ।  याद आयो अरु केही नभएपनि ट्विट गरिहाल्नुपर्छ । मोवाइलमा ब्राउजर मा ट्विटर नै खुलिरहेको थियो, हतार हतार भूकम्प आएको कुरा ट्विट गरियो, आफू मुनि को जमिन हल्लिनै रहेजस्तो लागिरहेथ्यो । तर त्यो ट्विट प्रकाशित हुन सकेन, जिपीआरएस चलेन, मेरो र इश्वर दुवैको ।

६.९ रेक्टर स्केल को नेपाल को पूर्वी सिमानमा आएको भुइँचालो ले काठमाडौँ हल्लाइसकेपछि, गाडी चढ्ने आश मारेर, रोड को बिचै बिच अगाडि रत्नपार्क तिर बढियो ।  सडकमा एक्कासी जाम बढेको थियो, न्युरोड गेटमा न्युरोड बाट बाहिर निस्किने को ताँती थियो, भित्र छिर्न खोज्नेहरुलाई रोकिएको थियो । पानि सिमसिम पर्दैथियो, मोबाइल को ब्राउजरमा हामी बारम्बार ट्विटर खोल्न खोज्दै थियौँ, तर हाम्रोलागि अब नेटवर्क थिएन । एक्कासी फोनहरु बिजी भएका थिए ।

रत्नपार्क पुग्दा मान्छेहरु कै घुँइचो थियो, सबैको मुख मा भुईँचालो शब्द झून्डिएको थियो । बाटो मा भेटिएका सबै समूह भुईचालो को कुरा मा नै व्यस्त थिए । मलाई र इश्वरलाई चाँही यो दृश्य कुनै  अंग्रेजी फिल्म को दृश्य झैँ लागिरहेको थियो । पानी परिरहेको थियो, बाटोमा गाडि का बत्ति को उज्यालो बाहेक खासै केही उज्यालो थिएन, बाटो चिसो देखिन्थ्यो, मोबाइल ले काम गरिरहेको थिएन । घन्टाघरमा पुग्दा इश्वरले लगभग मोबाइलमा सिम परिवर्तन गरिसकेका थिए तर पनि जिपीआएरआस चैँ चलेन ।

earthquake-september-18
त्यस समयमा भुँइचालो को सेन्टर कहाँ हो भन्ने थाहा पाउन सकिएको थिएन । रेडियो सुन्नलाई मोबाइल को हेडसेट थिएन, झन् त्यसमाथी ट्विटर (जिपिआरएस) नचल्दा दिक्क लागेको थियो । केही टेम्पु आयो, केही साना निला माइक्रो पनि आयो तर यति भिड थियो कि, हामीले चढ्ने आँट गरेनौँ । हामी आपसमा गफ गर्दै कमलादि हुँदै सिटिसेन्टर पुग्यौँ । सिटिसेन्टर पुग्दा बाटोमा मानिसहरु को भिड थियो, सबैलाई बाहिर निकालेर सिटिसेन्टर को मुख्यव्दार बन्द गरिएको थियो, भुँइचालो शब्द यत्रतत्र सर्वत्र थियो ।

ती साना निला माइक्रो, टेम्पुमा अटाइनअटाइ मान्छेहरु थिए, हामी अघि बढ्दै गयौँ, पैदलै । हाम्रा अघि पछि सबै हिँडिनै रहेका थिए, हामी खाली गाडि आए चढ्ने सोचमा थियौँ, तर कुनै गाडि आएनन् खाली । ज्ञानेश्वर चोकबाट आएपछि चैँ ईश्वर एउटा निलो माइक्रोमा झुन्डिएर गए । मलाई भने त्यसरी जाने विचार भएन र अडिने ठाउँपनि थिएन, उनलाई टाढा जानुपर्ने भएको ले ‘बाइ बाइ’ भनेँ । म मोबाइलमा जिपिआर को लागि निरन्तर कोशीस गरिरहेको थिँए, बेला बेला फोन सम्पर्क गर्ने प्रयास पनि गरिनै रहेको थिँए ।

घरबाट फोन आयो, हेलो पछि को शब्द केही सुनिएन र मैले जति नै प्रयास गर्दा पनि लागेन । रातोपुल बिटमा रहेका एक प्रहरी भुँइचालो को विवरण सुनाउँदै थिए, हेर्दा हेर्दा बाइकहरु लडे । सिमसिम परेको पानी एकछिनलाई रोकिएको थियो । गौशलाको उकालोमा २-३ वटा निला माइक्रोहरु बिग्रिएर बसेका थिए, र गुडिरहेका पनि भयंकर आवाज निकालेर अघि बढ्ने प्रयत्न गरिरहेथे, तर गाडिभित्र अटाइ-नअटाइ रहेका मान्छेहरुका कारण गाडि उकालो चढ्न सकिरहेको थिएन ।

एउटा निलो माइक्रो ले अघि बढ्ने निकै प्रयत्न गर्यो र केही माथि पनि गयो तर अचानक पछि सर्न थाल्यो, म त्यही माइक्रो को पछि पछि हिँड्दै थिँए । मैले हत्तपत्त छेउको इट्टा टिपेर, गाडि को पाङग्रा मुनि छिराएँ, गाडि रोकियोस् भनेर तर गाडि रोकिएन, ईटामाथि बाटै गाडी पछाडि नै सरिरह्यो, खलासी भाइले छोड्दिनु छोड्दिनु भन्यो । मैले फेरि अर्को इटा उठाउने कोशिस गरिन । म एकछिन हेर्दै रहेँ, ती निला माइक्रोहरुले लगाएको बल । क्षमता भन्दा धेरै यात्रु, अनि पानी परेर चिप्लो भएको बाटो अनि त्यसमाथि उकालो । मान्छेहरु पनि के गरुन् सबैलाई पनि आफ्नो गन्तव्यमा पुग्ने हतार । दाइको फोन आयो, कता छस् के गर्दैछस् भनेर ! मैले आफ्नो हाल बताएँ, त्यही भुँइचालो कै कुरा थियो । दाइ चाँही भुँइचालो आएको बेला केहीबेर खाटमुनि लुक्नुभएछ ।

गौशला चोकमा आइपुग्दा पनि कुनै खालि गाडि देखिएनन् । सबै भिड थिए, ठेलम ठेल थियो, बस र माइक्रोबसहरु । मैले त्यति सारो भिड माइक्रोबसहरु कहिले देखेको थिँइन भन्दा हुन्छ । उनीहरु भएभरको बल लगाएर अघि बढिरहेका थिए । जयवागेश्वरीमा रोकिएको एउटा बसलाई कहाँ सम्म भनेर सोधेँ, गन्तव्य फरक रै’छ, म लुरु लुरु हिँडिरहेँ ।

मित्रपार्क आइपुग्दा सम्म पनि जिपिआरएस चलेन, कहाँ भुँइचालो आयो, कहाँ कति क्षति भयो, केही थाहा भइरहेको थिएन । मित्रपार्क मा रहेको एनटिसी को टावरमा बत्ति बलिरहेको थिएन, मलाई लाग्छ त्यस टावर ले काम गरिरेको थिएन, त्यही भएर मेरो जिपीआरएस चलिरहेको थिएन । चाबेल आइपुग्दा याद गरेँ, हिजो अस्ति हुनेजस्तो चहलपहल थिएन । बेलुका साँढे सात बजे नै सडकमा सार्वजनिक बसहरु थिएनन्, चाबेलको दुइ किनारामा हुने ‘स्ट्रिट फुड’ का स्टलहरु थिएनन् । एउटा बेग्लै किसिम को अचम्म लागिरहेथ्यो । सायद विश्वकर्मा पूजा का कारण पनि बसहरु चाबेल मा थिएनन् तर भुइँचालो अर्को प्रमुख कारण हो जस्तो लाग्छ ।

गोपीकृष्ण नजिकबाट भित्र छिर्दै गर्दा, याद गरेँ, सँधै बत्ति बलिरहेन गोपीकृष्ण एफएम को टावर मा पनि रातो बत्ति बलिरहेको थिएन । अगाडि तरकारीबजारमा तरकारी किन्ने बिचार ले त्यतै अडिँए । त्यहाँ पनि भुँइचालो कै कुरा हुँदै थियो । उ त्याँ को डेरी को दूध पोखियो एक भन्दै थिए, अर्का भन्दै थिए सटर बन्द गरेर, कुद्दै पर गएँ । त्यहाँ भएको कुरा ले थाह भयो, भुँइचालो को केन्द्रविन्दु नेपाल को पूर्वी सिमाना थियो । केही तरकारी किनेर अघि बढेँ, पानी फेरि पर्न थाल्यो । पानी मा भिज्दै बढिरहेँ, पछाडिबाट अगाडिबाट बाइक र स्कुटीमा हुँइकिनेहरु पनि भुँइचालो को कुरा नै गर्दै थिए । कपन चल्ने एउटा बस विचित्र को आवाज निकाल्दै अघि बढिरहेथ्यो, बस को छतभरि, भित्र, अनि पछाडी को भर्याङमा समेत मान्छेहरु झुन्डिएका थिए । साततले बाट पूर्व मोडिँए ।

भुईँचालो पछि काठमाडौँ को केन्द्र सुन्धारा देखि कपन सम्म पैदलै छिचोलेको थिँए । सबैको मुखमा यही भुँइचालो को कथा थियो । सबै केही भन्नु छ झैँ, गरि आफ्नो अनुभव साटिरहेका थिए । कोही के भन्दै थिए, कोही के भन्दै थिए । मलाई लाग्यो मलाई पनि केही भन्नु छ, अत: ब्लग तयार भयो । हालसम्म आफू सुरक्षित रहेको जानकारी गराउँछु । टिभि च्यानलहरु अघि हुने होडमा आपत्तिजनक तस्विर र भिडियो फुटेज देखाइरहेकाछन् । ट्विटर टाइमलाइन #earthquake ले भरिएको छ ।



earthquake on twitter

तपाईको भूकम्प अनुभव कमेन्ट मा लेख्नसक्नुहुन्छ । भूकम्प फेरि आउनसक्ने हुँदा सावधानी अपनाउनुपर्ने देखिन्छ।

यो हेर्नुहोस्: What to Do After an Earthquake

Comments

  1. Ma ta sadhai jaso computer ma theye , geet pani sundai theyee , kehi halliraheko anubhab bhayo soche geet bajekole ma halliyeko vanera....pachi ta afu baseko bench nai hallina thayo...awaz pani sune ..tes pachi hattana patta baira niskera arulai vanchu vaneko................baira ta manche haru karaidai raichan. pachi khula thau ma baseu..kei berr pachi santa hudai gayoo. mine too 1st time Aakar ji.

    ReplyDelete
  2. Aaja Gurukul gaeko, 'Pulbata Herda' herna ko lagi, aadha mai chhodera niskanu paryo sabai jana... purai anubhaw chahi kahi lekhnai mazza aaula :) share matrai gareki...

    ReplyDelete
  3.  पानी परीरहेको थियो । म रात्रीको खाना खाईरहेको थिए । एक्कासी एक प्रकारको स्वा गरेको आवाज आए जस्तो लाग्यो अनि जमिन पनि हल्लीएको जस्तो लाग्यो । छिमेकी काकीको टिनको घर कामीरहेको म मा अनुभव भयो । अव मलाई भुकम्प आएको पक्का भएपछि डरले छोरा छोरीको खोजी गर्दै आमाको कोठमा भएका छोरा छोरी मध्ये छोरालाई मैले वोके आमाले छोरी बोक्नुभयो । अनि हामी सबै वाहिर निस्कीयौ । वाहिर निस्कीसकेपछि पनि छिमेकी काकीको घर  हल्लीरहेको थियो । म डरले एक्कासी बुवा बुवा भनेर कराउन थालेछु ।

    ReplyDelete
  4. भूकम्प हो ।

    ReplyDelete
  5. nepali unicode:ekchin ta marincha jasto lagya thyo ni... dhanna.. :D

    ReplyDelete
  6. nepali unicode: kati bhgyamani muso ta... :D

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Shirish Ko Phool : Review & Download

One of the finest book ever written in Nepali literature....Shirish Ko Phool and one of my personal favorite. I have read this novel over four times or say five times..and each time I finish the novel I feel pang and it hangs on my head for so many days. Why guilt is so painful that made such a strong woman called Sakambari to suicide..or die…?? The novel has a wonderful language..the simplest of all. When I had read it for the first time..to tell the truth that I hadn’t really understood the novel, I felt the love story in it and I could not understand the passion in the novel.. But this day I may say I am able to figure out the passion and the feelings of the author.. I really appreciate the wonderful story, the plot the real setting, the real characters…and the situation of the novel till it ends. The pain of running away from the feelings and passion. When the Suyogbir says.."Ma glass ma bhagchu” ( I forgot the line exactly…). The feeling is that we run away from pai...

SLC Result 2067/2068 Published : Check SLC Result 2067

The Office of the Controller of Examinations (OCE), Sanothimi, on Monday published the results of the School Leaving Certificate (SLC) 2067 examinations held last year. Under the regular category, a total of 2,20,766 students passed the exams, with pass percentage standing at 55.5, the OCE said in a press statement. Among them 1,24,305 are boys and 96,461 are girls. Of those passing the iron gate, 23,0499 achieved distinction marks; 82,619 passed in the first division; 1,09795 second division and the rest in 8241 third division. As many as 4,54,022 students had appeared in the exams conducted in March this year. Likewise, under the exempted category, 9733 students passed the exams with the pass percentage of 17.30. Combining both the categories 2,30,509 students made it through the iron gate. via ~ The Himalayan Times We have uploaded SLC Result 2067 in .txt  and .zip file format for you. Download the file and search your ‘symbol number’. Congratulations to all, who...

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

SLC Result 2066/2067 (2009-2010) has not been published yet!

Update: SLC Result Published. Check SLC Result 2066/2067 from  Here. SLC Result 2066/2067 (2009-2010) has not been published yet! Nepal News wrote, "The Office of the Controller of Examinations (OCE) has refuted rumours that the results of the School Leaving Certificate (SLC) had been published this morning". Controller of Examinations Chitra Devkota said, the results will be published by next week. The OCE had said, it would publish the SLC results in the first week of July, earlier, too. SLC २०६६-२०६७ को रिजल्ट आज सम्म निस्किएको छैन । आज बिहान चलेको भ्रामक हल्ला को पछि नलागौँ । सम्भवत: अर्को हप्ता सम्म मा SLC रिजल्ट निस्कने छ । **I'm getting huge traffic in previous 2065-2066 SLC result page , Please don't run after rumors. SLC result 2066/2067 has not been published yet. Please don't mislead people. We'll publish result here whenever The Office of the Controller of Examinations (OCE) published the result of SLC 2066/2067.

कुखुरी जालैमा [Photo Story]

एउटी रातो रातो रङ कि कुखुरी हस्याङफस्याङ गरि कुद्दै छे ! तर बिचरी कूखुरी जालो मा परिछे, पसल तिर चाउचाउ र चिजबल जस्ता कुराहरु झुन्ड्याएर राख्ने जालो त कुखुरी को घाँटि मा झुन्डिएछ । कुखुरी आफैँ देखि तर्सि तर्सि हिँडिरा’कि छे ! पर बाट कुद्दै आएर कुखुरी ले मेरो क्यामरा अघि पोज दिइ, तपाई ले नि देख्नुहुन्छ नि, त्यो कुखुरी को घाँटि मा कसरी जाली अड्किएको छ या भनौँ त्यो जालो मा कुखुरी कसरी अड्केकी छे ! सायद डर लागेर होला, त्यसले परै बाट आफू जालि मा अड्किएकी छु भनेर देखाइ । मैले उसको पोज अलि नमिलेको झैँ गरेपछि, कुखुरी रोड को छेउतिर लागि र टाउको यस्सो थोरै फर्काएर देखाइ, गज्जब को पोज भयो भनेझैँ गरि मैले फेरि फोटो खिचेँ । यसलाई नि मोडलिङ मा साह्रै ‘इन्ट्रेस्ट’ रहेछ । उसलाई डर कम भएछ क्यारे, मलाई हेरिरही, सायद यो जाली मेरो घाँटि बाट निकालिदेउ भनी, मैले त्यस्तै बुझेँ । मेरो प्रतिक्रिया के हुन्छ भनेर हेर्दै, उ एकछिन रोड को बिचमा आएर टक्क रोकिइ । मैले फेरि फोटो खिँचे । उसलाई मैले हानी गर्दैन भन्ने पक्का झैँ भएछ । तर पनि शंकाले हेर्दैछे, कतै म कुखुरीलाई खाइदिने त हैन, यो केटा ले । मैले उसको शंक...

हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु

नयाँ वर्ष २०१९ को अवसर पारेर हाम्रो पात्रो ले हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण सार्वजनिक गरेकोछ । नयाँ थिम, इमोजी तथा नेपाली स्टिकरहरु सहित आएको हाम्रो नेपाली किबोर्ड को नयाँ संस्करण हिजोबाट गुगल प्लेस्टोरमा उपलब्ध छ । हाम्रो नेपाली किबोर्डमा नयाँ के छ? स्टिकर हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखिएकोछ । मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ । थिम हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थिम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थिम उपलब्ध छ । चलनचल्तिको “ब...

Subscribe to Aakar Post