जब जमिन हल्लिँदै थियो, हामी (म र इश्वर) नेपाल वायुसेवा निगम सुन्धारा अगाडि सडक को बिच बाटो मा थियौँ । पानी परेको कारण सयौँ मानिसहरु गाडी को पर्खाइमा थिए । नेपाल वायुसेवा निगम अगाडि पुग्दा ड्याम्म केही पड्केको आवाज झैँ आयो, आफू तल को जमिन हल्लिरहेको थियो, आफू अगाडि को विजुली को खम्बा अनि वायुसेवा को बिल्डिङ हल्लिरहेथ्यो । हल्लीखल्ली मच्चीहाल्यो, भूकम्प आयो, भुइँचालो आयो, उ हल्लिँदैछ, घर अझै हल्लिँदै छ ।
हामी रोडको बिचमा थियौँ । रोड को पश्चिमतिर रोड को आधि बाटो ढाकेका थिए मान्छेहरुले । हामी रोड को बिचमा थियौँ, खुल्ला आकाशमुनी थियौँ । मन मा कुनै किसिम को डर थिएन । सम्भवत पहिलोपटक भुँइचालो को आभास गर्दै थियौँ । सडक को बिचमा उभिएको हुँदा यता र उता कुद्नुपर्ने कुनै जरुरी थिएन । याद आयो अरु केही नभएपनि ट्विट गरिहाल्नुपर्छ । मोवाइलमा ब्राउजर मा ट्विटर नै खुलिरहेको थियो, हतार हतार भूकम्प आएको कुरा ट्विट गरियो, आफू मुनि को जमिन हल्लिनै रहेजस्तो लागिरहेथ्यो । तर त्यो ट्विट प्रकाशित हुन सकेन, जिपीआरएस चलेन, मेरो र इश्वर दुवैको ।
६.९ रेक्टर स्केल को नेपाल को पूर्वी सिमानमा आएको भुइँचालो ले काठमाडौँ हल्लाइसकेपछि, गाडी चढ्ने आश मारेर, रोड को बिचै बिच अगाडि रत्नपार्क तिर बढियो । सडकमा एक्कासी जाम बढेको थियो, न्युरोड गेटमा न्युरोड बाट बाहिर निस्किने को ताँती थियो, भित्र छिर्न खोज्नेहरुलाई रोकिएको थियो । पानि सिमसिम पर्दैथियो, मोबाइल को ब्राउजरमा हामी बारम्बार ट्विटर खोल्न खोज्दै थियौँ, तर हाम्रोलागि अब नेटवर्क थिएन । एक्कासी फोनहरु बिजी भएका थिए ।
रत्नपार्क पुग्दा मान्छेहरु कै घुँइचो थियो, सबैको मुख मा भुईँचालो शब्द झून्डिएको थियो । बाटो मा भेटिएका सबै समूह भुईचालो को कुरा मा नै व्यस्त थिए । मलाई र इश्वरलाई चाँही यो दृश्य कुनै अंग्रेजी फिल्म को दृश्य झैँ लागिरहेको थियो । पानी परिरहेको थियो, बाटोमा गाडि का बत्ति को उज्यालो बाहेक खासै केही उज्यालो थिएन, बाटो चिसो देखिन्थ्यो, मोबाइल ले काम गरिरहेको थिएन । घन्टाघरमा पुग्दा इश्वरले लगभग मोबाइलमा सिम परिवर्तन गरिसकेका थिए तर पनि जिपीआएरआस चैँ चलेन ।

त्यस समयमा भुँइचालो को सेन्टर कहाँ हो भन्ने थाहा पाउन सकिएको थिएन । रेडियो सुन्नलाई मोबाइल को हेडसेट थिएन, झन् त्यसमाथी ट्विटर (जिपिआरएस) नचल्दा दिक्क लागेको थियो । केही टेम्पु आयो, केही साना निला माइक्रो पनि आयो तर यति भिड थियो कि, हामीले चढ्ने आँट गरेनौँ । हामी आपसमा गफ गर्दै कमलादि हुँदै सिटिसेन्टर पुग्यौँ । सिटिसेन्टर पुग्दा बाटोमा मानिसहरु को भिड थियो, सबैलाई बाहिर निकालेर सिटिसेन्टर को मुख्यव्दार बन्द गरिएको थियो, भुँइचालो शब्द यत्रतत्र सर्वत्र थियो ।
ती साना निला माइक्रो, टेम्पुमा अटाइनअटाइ मान्छेहरु थिए, हामी अघि बढ्दै गयौँ, पैदलै । हाम्रा अघि पछि सबै हिँडिनै रहेका थिए, हामी खाली गाडि आए चढ्ने सोचमा थियौँ, तर कुनै गाडि आएनन् खाली । ज्ञानेश्वर चोकबाट आएपछि चैँ ईश्वर एउटा निलो माइक्रोमा झुन्डिएर गए । मलाई भने त्यसरी जाने विचार भएन र अडिने ठाउँपनि थिएन, उनलाई टाढा जानुपर्ने भएको ले ‘बाइ बाइ’ भनेँ । म मोबाइलमा जिपिआर को लागि निरन्तर कोशीस गरिरहेको थिँए, बेला बेला फोन सम्पर्क गर्ने प्रयास पनि गरिनै रहेको थिँए ।
घरबाट फोन आयो, हेलो पछि को शब्द केही सुनिएन र मैले जति नै प्रयास गर्दा पनि लागेन । रातोपुल बिटमा रहेका एक प्रहरी भुँइचालो को विवरण सुनाउँदै थिए, हेर्दा हेर्दा बाइकहरु लडे । सिमसिम परेको पानी एकछिनलाई रोकिएको थियो । गौशलाको उकालोमा २-३ वटा निला माइक्रोहरु बिग्रिएर बसेका थिए, र गुडिरहेका पनि भयंकर आवाज निकालेर अघि बढ्ने प्रयत्न गरिरहेथे, तर गाडिभित्र अटाइ-नअटाइ रहेका मान्छेहरुका कारण गाडि उकालो चढ्न सकिरहेको थिएन ।
एउटा निलो माइक्रो ले अघि बढ्ने निकै प्रयत्न गर्यो र केही माथि पनि गयो तर अचानक पछि सर्न थाल्यो, म त्यही माइक्रो को पछि पछि हिँड्दै थिँए । मैले हत्तपत्त छेउको इट्टा टिपेर, गाडि को पाङग्रा मुनि छिराएँ, गाडि रोकियोस् भनेर तर गाडि रोकिएन, ईटामाथि बाटै गाडी पछाडि नै सरिरह्यो, खलासी भाइले छोड्दिनु छोड्दिनु भन्यो । मैले फेरि अर्को इटा उठाउने कोशिस गरिन । म एकछिन हेर्दै रहेँ, ती निला माइक्रोहरुले लगाएको बल । क्षमता भन्दा धेरै यात्रु, अनि पानी परेर चिप्लो भएको बाटो अनि त्यसमाथि उकालो । मान्छेहरु पनि के गरुन् सबैलाई पनि आफ्नो गन्तव्यमा पुग्ने हतार । दाइको फोन आयो, कता छस् के गर्दैछस् भनेर ! मैले आफ्नो हाल बताएँ, त्यही भुँइचालो कै कुरा थियो । दाइ चाँही भुँइचालो आएको बेला केहीबेर खाटमुनि लुक्नुभएछ ।
गौशला चोकमा आइपुग्दा पनि कुनै खालि गाडि देखिएनन् । सबै भिड थिए, ठेलम ठेल थियो, बस र माइक्रोबसहरु । मैले त्यति सारो भिड माइक्रोबसहरु कहिले देखेको थिँइन भन्दा हुन्छ । उनीहरु भएभरको बल लगाएर अघि बढिरहेका थिए । जयवागेश्वरीमा रोकिएको एउटा बसलाई कहाँ सम्म भनेर सोधेँ, गन्तव्य फरक रै’छ, म लुरु लुरु हिँडिरहेँ ।
मित्रपार्क आइपुग्दा सम्म पनि जिपिआरएस चलेन, कहाँ भुँइचालो आयो, कहाँ कति क्षति भयो, केही थाहा भइरहेको थिएन । मित्रपार्क मा रहेको एनटिसी को टावरमा बत्ति बलिरहेको थिएन, मलाई लाग्छ त्यस टावर ले काम गरिरेको थिएन, त्यही भएर मेरो जिपीआरएस चलिरहेको थिएन । चाबेल आइपुग्दा याद गरेँ, हिजो अस्ति हुनेजस्तो चहलपहल थिएन । बेलुका साँढे सात बजे नै सडकमा सार्वजनिक बसहरु थिएनन्, चाबेलको दुइ किनारामा हुने ‘स्ट्रिट फुड’ का स्टलहरु थिएनन् । एउटा बेग्लै किसिम को अचम्म लागिरहेथ्यो । सायद विश्वकर्मा पूजा का कारण पनि बसहरु चाबेल मा थिएनन् तर भुइँचालो अर्को प्रमुख कारण हो जस्तो लाग्छ ।
गोपीकृष्ण नजिकबाट भित्र छिर्दै गर्दा, याद गरेँ, सँधै बत्ति बलिरहेन गोपीकृष्ण एफएम को टावर मा पनि रातो बत्ति बलिरहेको थिएन । अगाडि तरकारीबजारमा तरकारी किन्ने बिचार ले त्यतै अडिँए । त्यहाँ पनि भुँइचालो कै कुरा हुँदै थियो । उ त्याँ को डेरी को दूध पोखियो एक भन्दै थिए, अर्का भन्दै थिए सटर बन्द गरेर, कुद्दै पर गएँ । त्यहाँ भएको कुरा ले थाह भयो, भुँइचालो को केन्द्रविन्दु नेपाल को पूर्वी सिमाना थियो । केही तरकारी किनेर अघि बढेँ, पानी फेरि पर्न थाल्यो । पानी मा भिज्दै बढिरहेँ, पछाडिबाट अगाडिबाट बाइक र स्कुटीमा हुँइकिनेहरु पनि भुँइचालो को कुरा नै गर्दै थिए । कपन चल्ने एउटा बस विचित्र को आवाज निकाल्दै अघि बढिरहेथ्यो, बस को छतभरि, भित्र, अनि पछाडी को भर्याङमा समेत मान्छेहरु झुन्डिएका थिए । साततले बाट पूर्व मोडिँए ।
भुईँचालो पछि काठमाडौँ को केन्द्र सुन्धारा देखि कपन सम्म पैदलै छिचोलेको थिँए । सबैको मुखमा यही भुँइचालो को कथा थियो । सबै केही भन्नु छ झैँ, गरि आफ्नो अनुभव साटिरहेका थिए । कोही के भन्दै थिए, कोही के भन्दै थिए । मलाई लाग्यो मलाई पनि केही भन्नु छ, अत: ब्लग तयार भयो । हालसम्म आफू सुरक्षित रहेको जानकारी गराउँछु । टिभि च्यानलहरु अघि हुने होडमा आपत्तिजनक तस्विर र भिडियो फुटेज देखाइरहेकाछन् । ट्विटर टाइमलाइन #earthquake ले भरिएको छ ।

तपाईको भूकम्प अनुभव कमेन्ट मा लेख्नसक्नुहुन्छ । भूकम्प फेरि आउनसक्ने हुँदा सावधानी अपनाउनुपर्ने देखिन्छ।
यो हेर्नुहोस्: What to Do After an Earthquake