Skip to main content

सामाजिक सञ्जालको मान्यता विपरित कान्तिपुर र नागरिक दैनिक को ट्विटर @nagarikdaily @ekantipur_

तपाईले यदि ट्विटर को बारेमा सुन्नुभएको छ भने वा तपाई ट्विटरको नियमित प्रयोगकर्ता हुनहुन्छ भने तपाईलाई पक्कै थाहा होला, ट्विटर भनेको माइक्रोब्लगिङ साइट हो, जसले अहिले सूचना र समाचार को क्षेत्रमा नयाँ क्रान्ति ल्याइदिएको छ । ट्विटर मा ट्विट गरिन्छ, जुन तपाईका आफ्ना ‘फलोअर’हरु ले पढ्ने गर्छन् । सामाजिक सञ्जाल ट्विटर हँसिमजाक गर्ने ठाउँ भन्दा पनि, सुचना र समाचार थाहा पाउने गतिलो माध्यम बन्दै गएको छ भन्दा अत्युक्ति नहोला ।

तर के तपाईलाई नागरिक र कान्तिपुर दैनिक को ट्विटर को बारेमा थाहा छ ? तपाई यदि ट्विटर को नियमति प्रयोगकर्ता हुनुहुन्छ भने, नागरिककान्तिपुर को ट्विटर ‘एकाउन्ट’ को बारेमा गरिएको कुरा तपाईलाई रोचक लाग्ने मेरो अनुमान छ । के तपाईलाई थाहा छ, कान्तिपुर को ट्विटर एकाउन्ट को ट्विट ‘प्राइभेट’ गरिएको छ भने नागरिक दैनिक को ट्विटर एकाउन्ट ले केयौँ व्यक्तिलाई फलो गर्नबाट बञ्चित गरेको छ, या भनौँ ‘ब्लक’ गरेको छ ।

सुचना र समाचार को लागि म ट्विटरलाई हरदम पच्छ्याइरहेको हुन्छु । म विशेषगरि समाचार साइटलाई फलो गरिरहेको हुन्छु, अझ त्यो भन्दा बढि नेपालमा हुने गतिविधिको लागि नेपालीहरु र नेपाली साइटका ट्विटरफिडहरुलाई पच्छ्याइरहेको हुन्छु । तर मलाई यो कुरा आज यहाँ भन्दा दुख लागिरहेको छ कि, नेपाल का ठूला भनिने प्रकाशन गृह कान्तिपुर र नागरिक ले आफ्ना पाठकहरु माथि ठूलो अन्याय गरिरहेको छ । नागरिक दैनिक ले, उसका ट्विटर फलोअरुहरुलाई ब्लक गर्ने गरेको छ भने, कान्तिपुरको ट्विट नै ‘प्रोटेक्टेड’ गरिएको छ ।

मैले न्युयोर्क टाइम्स, मासावेल, सिएनएन, टेकक्रन्च, बिबिसी, हफपोष्ट देखि लिएर भर्खर ट्विटरमा पाइला राखेका कान्तिपुर लगायतलाई ट्विटरमा फलो गरिरहेको छु । न्युयोर्क टाइम्स, वा मासावेल, वा बिबिसी नै किन नहोस्, उनीहरुले गरेका सबै ट्विट मलाई मान्य हुँदैन, कहिलेकाँही मलाई उनीहरुका ट्विट देखेर रिस पनि उठ्ने गर्छ, उनीहरुका विरुद्ध ट्विटरमा नानाथरि भनिन्छ पनि, तर उनीहरुले पाठक का प्रतिक्रियालाई नकरात्मक रुपमा हेर्दैनन् । उनीहरुले पाठक का प्रतिक्रियालाई मनन गर्दै, आफूमा रहेको कमी कमजोरी औँल्याउने प्रयत्न गर्छन् । अनि सोसल मिडिया “मोनिटरिङ”, र “इङ्गेजमेन्ट” को अर्थ पनि यही हो कि, आफ्ना पाठक तथा ‘कस्टमर’ हरु सँग अन्तरक्रिया गर, आफूलाई समय को माग अनुसार परिवर्तन गर्दै लैजाउ ।

केही समय पहिले मास्टरकार्ड को साइट ह्याक भएको कुरा बारेमा ब्लग लेखेको थिँए, त्यसको भोलिपल्टै देखि ‘मास्टरकार्ड’ को ट्विटर एकाउन्टले मेरो ट्विटर एकाउन्ट फलो गर्न थाल्यो, किनकी उनीहरु थाहा पाउन चाहन्छन्, उनीहरुको बारेमा कहाँ नकरात्मक कुरा भइरहेको छ, उनीहरु कहाँ चुकिरहेकाछन् । हो, उनीहरु आफ्ना पाठक तथा फलोअरहरुको कुरा सदैव सुन्न चाहन्छन् ।

तर भर्खर भर्खर ट्विटरमा छिरेका नेपाली साइटहरु को फुर्ति नै बेग्लै छ । कसैले उनीहरुको कुरा मा प्रश्न उठायो भने, उसलाई ब्लक गरिन्छ । सुचना तपाई को अधिकार भन्दै विज्ञापन गर्ने कान्तिपुर ले आफ्नो ‘ट्विट’ प्रोटेक्ट गरेकोछ । ट्विट प्रोटेक्ट गर्नु को अर्थ हो, तपाई को ट्विट ‘पब्लिक्ली’ कसैले हेर्न नपाओस् । अनि नागरिक को कार्य को बारेमा नकरात्मक टिप्पणी गर्यो भन्ने बित्तिकै उसको फलोअरलाई ट्विटरमा ब्लक गरिएको छ । के कुनै पनि देशका ठूला प्रकाशन गृहलाई प्रतिनिधित्व गर्ने संस्थाहरु को फेसबुक र ट्विटर एकाउन्ट कुनै व्यक्ति विशेष को लहड मा चल्छन् ? म अनुमान गर्न सक्छु, नागरिक को ट्विटर अपडेट गर्ने समूह मा को को छन्, के त्यसो भन्दैमा मैले नागरिक को विषयमा प्रश्न उठाएँ भन्दैमा, नागरिक को ट्विटर एकाउन्टले मलाई ‘ब्लक’ गर्नुपर्छ ? ब्लक को अर्थ हुन्छ, तपाईले नागरिक को ट्विटर एकाउन्ट फलो गर्न पाउनु हुँदैन । केही हप्ता पहिले ‘फक्सन्युज’ को एउटा ट्विटर एकाउन्ट ह्याक गरेर, ‘बाराक ओवामा’ मारिएको प्रचार गरिएको त थाहा नै होला । ‘फक्सन्युज’ को ट्विटलाई सत्य मान्ने समूहरु टन्नै थिए, तर पछि थाहा भयो ‘फक्सन्युज’ को ट्विटर ह्याक गरिएको रहेछ। कुनै पनि संस्था र कम्पनी को ट्विटर र फेसबुक चलाउनु भनेको, व्यक्तिगत ट्विटर र फेसबुक चलाएको जस्तो हैन भन्ने बुझ्न जरुरी छ ।

कुरो हिजो भएको नेपाल र अमेरिका बिच को क्रिकेट खेल को, जुन खेल नेपालले जितेको थियो । नागरिक दैनिक को ट्विटर बाट खेल को ‘लाइभ’ ट्विट गरिएको थियो । नागरिक दैनिक को ट्विटरमा क्रिकेटको बारेमा मात्र ट्विट गरेपछि, कसैले भन्यो, ‘यो नागरिकले त समाचार ट्विट गर्थ्यो, अब त क्रिकेट को लाइभ अपडेट पो दिइरहेकोछ’ । अनि अर्को ले थप्यो, ‘नागरिकले, क्रिकेट को लागि अर्को ट्विटर एकाउन्ट बनाए हुन्छ’ , त्यसपछि ट्विटर सर्कलमा हाँसो फैलियो । यति भनिएको मात्र के थियो, त्यस्तो टिप्पणि गर्ने साथीको ट्विटरलाई ‘नागरिक’ को ट्विटरबाट ब्लक गरियो ।

nagarik-daily-twitter-block-followerमैले पत्याइरहेको थिइन, तर साथीले मलाई उसको ट्विटर को स्क्रिनसट नै पठायो । अनि मैले पनि, मलाई ब्लक गर्नेहरु को ट्विटरमा परिक्षण गरे । अचम्म लाग्यो, नागरिकले “नागरिकले त समाचार ट्विट गर्थ्यो, अब त क्रिकेट को लाइभ अपडेट पो दिइरहेकोछ” भन्ने साथीलाई ब्लक गरिदिएछ । अनि यहाँ कान्तिपुर को कुरा गरिरहन जरुरी छैन, कारण कान्तिपुर को अफिसियल ट्विटर १५ जुन देखि ‘कोमा’ मा छ। मैले कुनै किसिम को ट्विट देखिरहेको छैन, त्यो भन्दा ठूलो कुरा, देशको सबैभन्दा ठूलो प्रकाशन गृह को ट्विटहरु ‘प्रोटेक्टेड’ छ । मैले संसारका कुनै पनि समाचार को साइट को ट्विटहरु ‘प्रोटेक्टेड’ भएको देखेको छैन, अनि उनीहरुका विरुद्ध बोल्दैमा, ब्लक गरेको पनि थाहा छैन । उनीहरु धेरै भन्दा धेरै आफ्ना पाठकहरु समक्ष पुग्न चाहन्छन्, पाठकका गुनासा र बोली सुन्न चाहन्छन् । तर नेपाली प्रकाशन गृहमा कामगर्ने पत्रकारहरु को मनस्थिति कस्तो किसिम को छ र, नेपाली पत्रकारिता कता तिर गइरहेको छ भन्ने कुरा यस्ता हर्कतले प्रस्ट देखाइरहेकाछन् । मलाई ती प्रकाशनगृह र त्यसपछाडि रहेका मान्छेहरुको बारेमा केही भन्नु छैन, मात्र टिठ लाग्छ, उनीहरुको केटाकेटी बुद्दी देखेर, अनि सोसल मिडिया प्रति को बुझाइ देखेर ।

सायद उनीहरुलाई लाग्दो हो, फेसबुक ट्विटर भनेको मात्र विलासिता का साधन जस्ता हुन्, जुन हँसिमजाक र साथीभाइहरु सँग गफ गर्न प्रयोग गरिन्छ । उनीहरुलाई थाहा छैन, ट्विटर र फेसबुक ले कुनै पनि “ब्रान्ड”लाई ‘प्रमोट’ गर्न कति सहयोग गरिरहेको छ  । उनीहरुलाई सोसल मिडिया ‘मोनिटरिङ’,  सोसल मिडिया ‘ईन्गेजमेन्ट’,सोसल मिडिया ‘ब्रान्ड म्यानेजमेन्ट’ भन्ने कुरा थाहा छैन । अहिले संसार ‘सोसल मिडिया’मय भएको छ, र अधिकांश ‘बिजेनश’हरु को महत्वपुर्ण अंगको रुपमा ‘सोसल मिडिया’ उदाइरहेको छ ।

विश्वबजार मा अनलाइन या भनौँ सामाजिक सञ्जाल मा हुने कुराकानीले कुनै पनि कम्पनीको गतिविधिमा प्रभाव पारिरहेको हुन्छ । हामीहरु कुनै सिनेमा हेर्न जानुपर्यो, या केही किन्नुपर्यो भने, पत्रिका र इन्टरेनटमा आएका रिभ्युहरु को पछि लाग्दैनौँ । हामी सामाजिक सञ्जालबाट नै सोध्छौँ, कुनै न कुनै साथि ले जरुर जवाफ दिन्छ, हामी एक्सपर्ट को रिभ्यु भन्दा, कुनै साथिले फेसबुक, ट्विटर वा ब्लगमा भनेको कुरा मा विश्वास गर्छौँ । तर अनलाइनमा हुने यही कुरा बिजनेस हाउस ले थाहा पाएनन् भने, बिजनेसमा ठूलो घाटा लाग्ने सम्भावना रहन्छ या भनौँ आफू कहाँनेर चुकेँ भन्ने कुरा थाहा पाउँदैनन् ।

एक समय मैले एउटा कम्पनीको इन्टरनेट सर्भिस लिएँ, यो कुरा मैले ब्लगमा लेखेको थिँए । त्यही ब्लग पढेर, त्यही कम्पनी को इन्टरनेट सर्भिस लिने व्यक्तिहरु धेरै भेटेँ । र पछि, उक्त कम्पनी को सेवा को स्तर खस्कँदै जान लागेपछि, ब्लग, ट्विटर र फेसबुक लगायत का सामाजिक सञ्जालहरुमा उक्त कम्पनी को सुविधा प्रति गुनासो गरेँ, अनन्त मैले इन्टरनेट सेवा प्रदायक कम्पनी नै परिवर्तन गरेँ । म सँगै मेरा अन्य साथिहरुले पनि अर्को कम्पनी को इन्टरनेट चलाउन थाले ।

ekantipur-protected-tweet

कुनैपनि बिजनेस हाउस ले आफ्ना ग्राहक गुमेको हेर्न चाँहदैन ।  तर कम्पनिहरुले अनलाईन मा भइरहेको कुराकानीबाट ब्रान्डलाई के असर गरिरहेको छ भन्ने कुरा थाहा पाउँदैनन् तब उनीहरुको बिजनेश भनेको जसरी अघि बढ्न सक्दैन । हाम्रो नेपाली प्रकाशन गृहहरु त उनीहरुको बारेमा प्रश्न उठायो भन्यो, त्यसलाई सुधार गर्ने भन्दा, भन्ने मान्छेलाई नै “ब्लक” गर्ने तर्फ लान्छन् ।

नागरिकको फेसबुक पेजमा उनीहरुको भन्दा फरक विचार राख्दा, कमेन्ट डिलिट हुनु, ब्लक गरिनु, ट्विटरमा ब्लक गरिनु सामान्य हुन थालिसकेको छ ।

यो कुराबाट सायद नागरिक तथा कान्तिपुर को “म्यानेजमेन्ट” बेखबर छ, तर उनीहरुका कर्मचारीका लहड का कारण ती प्रकाशन गृह को साख विस्तारै घट्दै गइरहेको छ। अनि यो सोसल मिडिया को युगमा, त्यसरी साख घट्नु कुनै पनि हालतमा राम्रो संकेत हुँदै होइन, आखिर भविष्यमा उनीहरु पनि अनलाइनमै जानुछ, कारण अब पत्रिका को वासी खबर निकै कम मान्छे को रोजाइमा पर्ने गरेकोछ ।

एकसमय चौधरी घराना को बारेमा अनलाइन खुलेर बहस हुँदा, त्यस कम्पनी को चाउचाउ खान छोड्दिएँ भन्ने साथीहरु धेरै भेटेको थिँए । केही समय पहिले एक दैनिक ले छापेको ट्विटका कारण अनलाइन विशेषत ट्विटर प्रयोगकर्ताहरुले उक्त दैनिक का बारेमा नकरात्मक धारणाहरु पालेर बसेकाथिए । अनि उनीहरु अहिले बिरलै पैसा तिरेर उक्त दैनिक किनेर पढ्छन् । लाखौँ ग्राहक छन् भन्दै मा ती पाठकहरु को गन्ति नहुने होइन, आखिर थोपा थोपा मिलेर नै समुन्द्र बन्छ ।

अनि एनसेल को थ्रिजी डेटा कार्ड को खुलेर प्रशंसा गर्नेहरु पनि धेरै भेटेको छु, यद्दपी उनीहरुको बारेमा गुनासो पनि अनलाइनमा देखिन्छ । तर पनि नेपालका कम्पनीहरु प्राय: अनलाइनमा के कुरा हुन्छन् भन्ने कुराबाट बेखबर नै छन् । फेसबुक, ट्विटर आदि साइटहरु रमाइलो गर्ने साइट मात्र नभइ, बिजनेशलाई अघि बढाउन मद्दत गर्ने साइटहरु हुन् । त्यस्ता साइटमा हुने कुराकानीहरु थाहा नपाउनु भनेको, अन्जानै मा आफ्ना ग्राहकहरु गुमाउनु हो ।

भन्दा पत्याउन गाह्रो पर्ला तर पनि जुन सुकै साइटमा पनि ‘सर्च’ पछि ‘सोसल मिडिया’ को रिफरल लिंकहरुबाट ति साइटहरु ‘भिजिट’ गर्ने को सङ्ख्या बढि छ । तपाईले आफ्नो सर्कलमा आफ्नो, फलोअर र फ्यान गुमाउनू भनेको, तपाई को बिजनेशमा घाटा लाग्नु हो ।

के तपाईलाई थाहा छ? हप्ता दिन अघि इन्टरनेट को अज्ञात समूहले ट्विटर मार्फत ‘पेपल’ प्रयोग नगर्न आग्रह गर्यो, एकैदिन मा बिस हजार जना भन्दा धेरैले ‘पेपल’ मा रहेको एकाउन्ट बन्द गरे । यस्तो कुरा गर्दा नेपाली कम्पनी र संस्थाहरुलाई लाग्दो हो, के नचाहिँदो कुरा गरिरहेको छ । फेसबुक र ट्विटर ले पनि के असर गर्छ र, त्यो जाबो एउटा त हो नि भन्ने लागिरहेको होला । यदि यस्तै सोचाइ छ भने, बुझे हुन्छ, तिम्रो बिजनेसमा कालान्तरमा यसले ठूलो धक्का पुर्याउने छ ।

पत्याउन गाह्रो पर्ला, तर मैले काम गरिरहेको कम्पनीले ‘सिर्फ’ सोसलमिडियामा काम गरिरहेको छ या भनौँ बिजनेस गरिरहेको छ । साथै सायद यो ब्लग, नागरिक र कान्तिपुर को दिमाग मा घुस्दैन होला, र उनीहरुलाई लागिरहेको होला, एक दुई जना कराउँदैमा केहि हुँदैन । तर पनि,  उनीहरुलाई ‘थोपा थोपा मिलेर समुन्द्र बन्छ’ भन्ने कुरा त थाहा नै होला ।

फेसबुक ‘फ्यानपेज’ खेल होइन, यो बिजेनश हो । प्रकाशन गृह को ट्विटर पनि ख्यालख्याल होइन, यसले राष्ट्र को जिम्मेवार निकाय को भार बहन गरेको छ । तर त्यसमा नियमति अपडेट गर्ने कर्मचारीहरु को सोचाइ भने ‘निकृष्ट’ रहेको छ ।

यहाँ फेसबुकबाट ‘नेपाल युनाइट्स’ समूह खोलेर संविधान समयमै बनाउन दवाव अभियान दिने नेपालीहरुको खुट्टा तान्ने काम मा प्रकाशनगृहहरु लागिपरेकाछन् भने, कुनै व्यक्ति विशेषले भनेको कुरालाई उनीहरुको आफ्नै ‘डाँको’ ले खाइदिनसक्छन् । नेपाली टेलिकम कम्पनीहरु, औद्यौगिक घरानाहरु, बैंक तथा वित्तिय संस्थाहरु, नेपाल का प्रतिष्ठित नयाँ, पुराना कम्पनीहरु, प्रकाशन गृह तथा रेडियो, टेलिभिजनहरु, नेता तथा कलाकारहरु कसैले पनि ‘सोसल मिडिया’ को महत्व बुझ्न सकिरहेका छैनन् भन्ने कुरा फेरि पनि दोहोर्याउँछु । फेसबुक फ्यानपेज त्यसै आएको होइन, गुगल प्लसले ‘बिजेनस पेज’हरु कालान्तरमै ल्याइहाल्छु भनेर  त्यसै घोषणा गरेको होइन अनि ट्विटरले पनि आफ्ना ‘एपिआइ’हरु रमाइलो गर्न को लागि मात्र उपलब्ध गराइदिएको होइन ।

हिजोआज प्राय कमैले मात्र साइट को ‘आरएसएस फिड’ पढ्नेगर्छन् । अधिकांशले त्यस साइट को ‘ट्विटर’ र ‘फेसबुक’ नै फलो गर्न रुचाउँछन् । तर सोच्नुस त, नेपाललाई विश्वसामु प्रस्तुत गर्ने साइट भनेको, इकान्तिपुर, नागरिकन्युज, नेपालन्यज आदिहरु हुन् । अनि ती साइटहरुको फेसबुक र ट्विटर पेज को बारेमा कुरा गर्नु भयो भने, दिक्क लागेर र रिस उठेर आउँछ । सोचौँ त हामी कहाँ छौ? के हाम्रो स्टान्डर्ड यही हो त? नेपाल मा नेपाली कम्पनीहरुलाई सोसल मिडिया को महत्व बुझाउन एकदम जरुरी छ ! साँच्चै यार, यस्तो पारा ले त हुँदैन ।

हाम्रा प्रकाशन गृहहरु ‘फेसबुक’ को सम्पति यति र उति छ, फेसबुकमा यस्तो र त्यस्तो भयो भनेर समाचार त खुब लेख्छन् तर ‘फेसबुक’ ले उनीहरुलाई कस्तो प्रभाव पारिरहेको छ, बुझ्न नै चाहँदैनन् । कुरो गर्यो कुरै को दुख भन्या जस्तो, जबसम्म उनीहरुले ‘सोसल मिडिया’ को महत्व बुझ्न सक्दैनन्, तब सम्म केही हुन सक्दैन, उनीहरु आफ्ना फ्यान र फलोअरहरुलाई ब्लक गरिरहनेछन् । हुन त कुवाको भ्यागुतालाई ‘कुवा’ नै संसार हो, मेरो भन्नु केही छैन । तर यत्ति हो दुनिँयामा कसैको नभएको ट्विटर एकाउन्ट नागरिक र कान्तिपुर दैनिकको मात्र रहेछ ! :D


नोट: केही साथी को आग्रहमा, हामीले यस ब्लग को शीर्षक परिवर्तन गरेका छौँ । पहिले हाम्रो शीर्षक यसप्रकार थियो। “दुनिँयामा कसैको नभएको नागरिक र कान्तिपुर दैनिकको ट्विटर एकाउन्ट”

हामीलाई ट्विटरमा फलो गर्नुहोस् @aakarpost @aakartech @NewsBlogsNepal

Comments

  1. एकातिर हाम्रा ठूला प्रकाशन गृहको मानसिकता यस्तो छ । अर्कोतिर हाम्रा प्रयोगकर्ता पनि कम्तिका छैनन । त्यसमाथि पनि इन्टरनेटमा त कसैले थाहा पाउँदैनन् झैँ गरी जे पायो तेही लेखिदिन्छन् । अश्लिल बोल्नत कसैले रोक्नै सक्दैनन् । सुविधा उपभोग गरिरहेको बेला सभ्य र उत्तरदायी पनि हुन सक्यौं भने मानसिकतामा क्रमिक सुधार आउँदै जाला ।

    ReplyDelete
  2. this is the Nepali media view about the new invention of science and technology.

    ReplyDelete
  3. If you are reading this :) could you please share us so we could laugh as well ;)

    ReplyDelete
  4. yeah!!! यो हो नि तरिका..... गलत कुरोको बिरोध गर्नै पर्छ | म पूर्ण रुपमा सहमत छु | 

    ReplyDelete
  5. Big Media houses are trying to learn how to socialize :P 

    And because their mentality is too old fashioned, they are having a hard time embracing the new digital media. 

    ReplyDelete
  6. सहमत छु , नागरिक र कान्तिपुर मा काम गर्ने कतिपय हरु मेडिया भनेको तिनी हरु को पेवा जसतो गर्छन ! केटा केटि खेलेको जसतो हुन्छ :D 

    ReplyDelete
  7. very impressive research report .......
     

    ReplyDelete
  8. I send the follow request to ekantipur may be a month ago or more . Don't get accepted till now. Abroad News agencies is trying to attention of lot of twitter followers. In Nepal they are just protecting the tweets and using twitter like a person twitter account. One should teach them the meaning of twitter. If they want to protect their tweet and never accept the follow request. What the user of their twitter account. In Nepal people only follow one convention of marketing. You should mail this post to the administration department and marketing department of both site. Hope they will learn something

    ReplyDelete
  9. सटिक बिस्लेसण मन पर्यो

    ReplyDelete
  10. ho ho yo kurama ma ni sahamat chhu.....................

    ReplyDelete
  11. राम्रो लेख्नुहुँदो रहेछ...... आशा छ "कान्तिपुर" र "नागरिक"ले यो कुरा बुजोस्...

    ReplyDelete
  12. यो अरु केही होईन दरिद्र mysansar.com मनसिकता हो, आफ्नो आलोचना सुन्न नसक्ने हरु बाट या भनौ aauta "बाद" को झन्डा बोकेर हिड्ने हरु बाट अरु केही आपेक्क्षा गर्नु पनि बेकार हो ,

    ReplyDelete
  13. कान्तिपुर र नागरिकको Facebook हेर्नु न , Flood गरेको जस्तो छ , Homeमा Click गर्दा पुरा उनीहरुको मात्र Status आउछ एक छिन ...........तेस्तो त Twitterमा Tweet Tweet गर्नु नी ! :D

    ReplyDelete
  14. sachai ho... tara samaye le sabailai sudhardai jane cha bhanne lageko cha....

    ReplyDelete
  15. यो चाँही अत्ती नै भयो अब ....

    ReplyDelete
  16. लक्ष्मणAugust 1, 2012 at 11:57 AM

    भयो यो मुला भाते हरुको  न कुरा गरौ।

    ReplyDelete
  17. prakashan samuha ko account nabhayera kunai karmachari bisesh le aafno byaktigat account banayera chalayeko parinaam ho yo... k garnu companyka sanchaalak harulaai baal bhayepachhi yastai hunchha.. 


    ramro lekhyau! ramailo laagyo padhera! :)

    ReplyDelete
  18. I am also blocked by Idiots of Nagariknews. 

    ReplyDelete
  19. i hadn't read this post earlier. am laughing a lot. i have reasons. :)

    ReplyDelete
  20. अनिल ब्रो को ब्लग अब नियमित पढिन्छ.....राम्रो खुराक हुदो रैछ हो ....मैले त नजरअन्दाज गरेछु अहिले सम्म .....

    ReplyDelete
  21. हा हा हा ! धन्यवाद ब्रो, कहिलेकाँही लेखिन्छ ! तर यो पटक चैँ एउटै को सिरिज लेख्या जस्तो भो ! यो अलि गर्नु नहुने थियो कि जस्तो नि लाग्दैछ ! :)

    ReplyDelete
  22. I'm guessing... And I think, my guess is right to some extent. :)

    ReplyDelete
  23. yestai ho na paune le kera payeo bokrai sanga khayeo bhaneko

    ReplyDelete
  24. आज अनिल जिको यो पोष्ट पढे । म पनि "कान्तिपुर"लाई पछ्याउछु भन्दै कान्तिपुरलाई ट्विटरमा पछ्याउन गएको त प्रोटेक्ट गरेको रहेछ । मलाई पनि त्यतिबेला कान्तिपुरदेखि रिस उठेको थियो । अनिल जिलाई मेरो धेरै धेरै धन्यवाद "ती" अबुझहरुलाई सचेत गराउनु भएकोमा । 

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Shirish Ko Phool : Review & Download

One of the finest book ever written in Nepali literature....Shirish Ko Phool and one of my personal favorite. I have read this novel over four times or say five times..and each time I finish the novel I feel pang and it hangs on my head for so many days. Why guilt is so painful that made such a strong woman called Sakambari to suicide..or die…?? The novel has a wonderful language..the simplest of all. When I had read it for the first time..to tell the truth that I hadn’t really understood the novel, I felt the love story in it and I could not understand the passion in the novel.. But this day I may say I am able to figure out the passion and the feelings of the author.. I really appreciate the wonderful story, the plot the real setting, the real characters…and the situation of the novel till it ends. The pain of running away from the feelings and passion. When the Suyogbir says.."Ma glass ma bhagchu” ( I forgot the line exactly…). The feeling is that we run away from pai...

SLC Result 2067/2068 Published : Check SLC Result 2067

The Office of the Controller of Examinations (OCE), Sanothimi, on Monday published the results of the School Leaving Certificate (SLC) 2067 examinations held last year. Under the regular category, a total of 2,20,766 students passed the exams, with pass percentage standing at 55.5, the OCE said in a press statement. Among them 1,24,305 are boys and 96,461 are girls. Of those passing the iron gate, 23,0499 achieved distinction marks; 82,619 passed in the first division; 1,09795 second division and the rest in 8241 third division. As many as 4,54,022 students had appeared in the exams conducted in March this year. Likewise, under the exempted category, 9733 students passed the exams with the pass percentage of 17.30. Combining both the categories 2,30,509 students made it through the iron gate. via ~ The Himalayan Times We have uploaded SLC Result 2067 in .txt  and .zip file format for you. Download the file and search your ‘symbol number’. Congratulations to all, who...

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

SLC Result 2066/2067 (2009-2010) has not been published yet!

Update: SLC Result Published. Check SLC Result 2066/2067 from  Here. SLC Result 2066/2067 (2009-2010) has not been published yet! Nepal News wrote, "The Office of the Controller of Examinations (OCE) has refuted rumours that the results of the School Leaving Certificate (SLC) had been published this morning". Controller of Examinations Chitra Devkota said, the results will be published by next week. The OCE had said, it would publish the SLC results in the first week of July, earlier, too. SLC २०६६-२०६७ को रिजल्ट आज सम्म निस्किएको छैन । आज बिहान चलेको भ्रामक हल्ला को पछि नलागौँ । सम्भवत: अर्को हप्ता सम्म मा SLC रिजल्ट निस्कने छ । **I'm getting huge traffic in previous 2065-2066 SLC result page , Please don't run after rumors. SLC result 2066/2067 has not been published yet. Please don't mislead people. We'll publish result here whenever The Office of the Controller of Examinations (OCE) published the result of SLC 2066/2067.

कुखुरी जालैमा [Photo Story]

एउटी रातो रातो रङ कि कुखुरी हस्याङफस्याङ गरि कुद्दै छे ! तर बिचरी कूखुरी जालो मा परिछे, पसल तिर चाउचाउ र चिजबल जस्ता कुराहरु झुन्ड्याएर राख्ने जालो त कुखुरी को घाँटि मा झुन्डिएछ । कुखुरी आफैँ देखि तर्सि तर्सि हिँडिरा’कि छे ! पर बाट कुद्दै आएर कुखुरी ले मेरो क्यामरा अघि पोज दिइ, तपाई ले नि देख्नुहुन्छ नि, त्यो कुखुरी को घाँटि मा कसरी जाली अड्किएको छ या भनौँ त्यो जालो मा कुखुरी कसरी अड्केकी छे ! सायद डर लागेर होला, त्यसले परै बाट आफू जालि मा अड्किएकी छु भनेर देखाइ । मैले उसको पोज अलि नमिलेको झैँ गरेपछि, कुखुरी रोड को छेउतिर लागि र टाउको यस्सो थोरै फर्काएर देखाइ, गज्जब को पोज भयो भनेझैँ गरि मैले फेरि फोटो खिचेँ । यसलाई नि मोडलिङ मा साह्रै ‘इन्ट्रेस्ट’ रहेछ । उसलाई डर कम भएछ क्यारे, मलाई हेरिरही, सायद यो जाली मेरो घाँटि बाट निकालिदेउ भनी, मैले त्यस्तै बुझेँ । मेरो प्रतिक्रिया के हुन्छ भनेर हेर्दै, उ एकछिन रोड को बिचमा आएर टक्क रोकिइ । मैले फेरि फोटो खिँचे । उसलाई मैले हानी गर्दैन भन्ने पक्का झैँ भएछ । तर पनि शंकाले हेर्दैछे, कतै म कुखुरीलाई खाइदिने त हैन, यो केटा ले । मैले उसको शंक...

हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु

नयाँ वर्ष २०१९ को अवसर पारेर हाम्रो पात्रो ले हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण सार्वजनिक गरेकोछ । नयाँ थिम, इमोजी तथा नेपाली स्टिकरहरु सहित आएको हाम्रो नेपाली किबोर्ड को नयाँ संस्करण हिजोबाट गुगल प्लेस्टोरमा उपलब्ध छ । हाम्रो नेपाली किबोर्डमा नयाँ के छ? स्टिकर हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखिएकोछ । मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ । थिम हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थिम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थिम उपलब्ध छ । चलनचल्तिको “ब...

Subscribe to Aakar Post