Skip to main content

चार वर्ष भएछ ब्लग लेख्नथालेको ~ नितान्त आफ्नै गन्थनहरु #AakarPost #HappyBirthdayToMe

ख्यालख्याल मै ४ वर्ष बितिसकेछ, “आकार” को नामबाट “आकार पोष्ट” मा लेख्न थालेको । ४ वर्ष पहिले काठमाडौँ विश्वविद्यालय प्रवेश सँगै ब्लग सुरु भएको थियो । अनि ६ वर्ष पहिले, लगनखेल को एउटा साइबरबाट मेरो “साइबर/कम्प्युटर” जिवन सुरु भएको थियो ।

मलाई त्यो पहिलो दिन को सम्झना सँधै भइरहन्छ र सँधै भइरहने छ । मलाई “ईमेल” चलाउनु सिक्नु थियो, त्यसै अभिप्रायले म लगनखेल को एउटा साइवर छिरेर, साइवर सञ्चालकलाई अनुरोध गरेको थिँए, “दाइ मैले कम्प्युटर अहिलेसम्म चलाएको छैन, तर मलाई आफ्नो ईमेल बनाउनुछ, मलाई ईमेल बनाउन सिकाइदिनुस्न” । ल यो कम्प्युटरमा बस् भनेर, एउटा कम्प्युटरमा राखिदिए, अनि कता कता थिचेर याहुमेल को साइनअप पेजमा पुर्याइदिएछन्, तर मलाई “काला अक्षर भैँस बराबर” भनेझैँ, मेरो दिमागले केही भेउ पाउन सकेन । २-३ घन्टा साइबरमा बिताएर घर गइयो ! त्यसबेला आफूलाई थाहा भा’को साइट भनेको “गुगल, डामाडोल डटकम, कान्तिपुरअनलाइन र साइबरनेपाल” थियो ।

म हप्तामा २-३ पटक साइबर धाउँथे, तर मलाई ईन्टरनेट को एकछेउ पनि थाहा थिएन । मलाई इन्टरनेट सिकाइदिने, र यसरी चलाउनुपर्छ, यहाँ एकाउन्ट बनाउनुपर्छ, यहाँ यसो गर्ने, त्यहाँ त्यसो गर्ने कोही भएनन् । अत मलाई एउटा ईमेल बनाउन ३-४ हप्ता नै लाग्यो, अझै याद आउँछ त्यो मंगलबजारको साइबर, जहाँ मान्छेहरु मस्त भिडियो च्याट गरिरहेका हुन्थे, अनि म चाँहि डेस्कटप मा माउस घुमाउँदै बसिरहन्थेँ ।

याहुमा आफ्नो पहिलो ईमेल, बागबजार को एउटा साइबरबाट बनाएको थिँए । बागबजारमा ईन्टरनेट सस्तो थियो, त्यतैको साइबर धाउँदा धाउँदै खै कसरी ईमेल बन्यो, अहिले यसै भन्न सक्दिन । तर मेरो पहिलो ईमेल ले मलाई पुरानोवानेश्वर को “गुरुकुल” मा पु्र्याइदिएको थियो । मेरो पहिलो ईमेल “कम्प्युटर प्रविधि” सम्बन्धि कान्तिपुर एफएम को कार्यक्रम “साइबर टाइम” का लागि थियो, त्यहाँ पठाएको ईमेलको उपहारस्वरुप “गुरुकुल” जाने “फ्रि” टिकट मिलेको थियो । तर म आफ्नो ईमेल र याहु म्यासेन्जर कहिले साइनआउट गर्दैनरहेछु भन्ने कुरा मलाई पछि मात्र ज्ञान भयो ।

ईन्टरनेट र ईमेल सिकाइदिने गुरु कोही नभएका कारण, ब्राउजरमा देखिने हरेक शब्दहरु मलाई पढ्नुपर्ने बाध्यता थियो । कहिलेकाँही ब्राउजरमा “एड्रेस बार” नदेखिँदा, आफु कुनै साइट नै नखोली याहु को च्याटरुम मा छिरेर बस्थेँ, अनि त्यहाँ आउने हरेक लिंकहरु क्लिक गर्दै बस्थेँ ! सबैको सोधाइ हुन्थ्यो, “ए एस एल” (asl), यो कुरा को अर्थ बुझ्न मलाई अर्को ३ महिना लाग्यो । जब ईमेलबाट साइनआउट पनि गर्नुपर्ने रै’छ भन्ने कुरा पहिलोपटक थाहा भयो म “याहु” को “एकाउन्ट” पेजमा पुगेको थिँए, जहाँबाट मैले “याहु ३६०” मा अन्जानमै आफ्नो पहिलो ब्लग सुरु गरेँ ।

aakarपाटनढोका को साइबरमा छिरेर याहु च्याटरुमा घुम्दै गर्दा, एकजना को हाइ सँगै मेरो च्याटयात्रा सुरु भयो । अनलाइनमा भेटिने मान्छेहरु साँचो बोल्दैनन्, आफ्नो सही नाम भन्दैनन्, फोटो राख्दैनन् भन्ने कुरा साथीहरु गर्थे, अत मैले उसलाई उसको नाम सोधेँ, ठाउँ सोधेँ, “जेन्डर” सोधेँ, सर्टकटमा भन्दा “ए एस एल” सोधेँ । उनको जवाफ आयो । कुरो सक्कियो । ३-४ दिन पछि फेरि एक्कासी भेट भयो, मैले नचिनेको झैँ गरि फेरि “ए एस एल” सोधेँ, एउटै जवाफ आयो, तब म ढुक्क भएँ, मान्छेहरु साँचो नै बोल्दारै’छन् अनलाइनमा ! च्याटमा भेटिएकी तिनै साथी नै मेरो अहिलेसम्म को सबैभन्दा मिल्ने साथी भएकी छिन् । बिचमा २ वर्ष हाम्रो सम्पर्क टुट्यो, २ वर्षपछि फेरि च्याटमा अकास्मात भेट हुँदा उनले चिन्न सकिनन् तर मेरो पहिलो च्याट साथी भएको कारण मलाई सबै सम्झना थियो । फेरि पनि उनी २-३ महिना हराइन्, त्यसपछि भने हामी प्राय: सम्पर्क मा नै रह्यौँ । अनि आज यो ब्लग लेख्दा उनैको याद आइरहेछ, पछिल्लो समयमा उनलाई इन्टरनेटमा मैले भेट्न सकिरहेको छैन । यता आएपछि करिब करिब फोन सम्पर्क पनि बन्द नै भएको छ र यी ब्लगहरुबाट उनी पुर्णतया अपरिचित नै छिन् । सायद फेरि सम्बन्ध अन्जान मै टुट्दैछ होला!

ईमेल नचलाउन्जेल, अनि मोबाइल नबोकुन्जेल मलाई यो ईमेल र मोबाइल भन्ने कुरा पहाड नै हुन् जस्तो लाग्थ्यो । कतिपटक त म यो सोचेर हैरान हुन्थेँ कि, मैले लगनखेल को साइबर बाट पठाएको ईमेल को जवाफ मैले बागबजार को साइबरबाट हेर्नुसक्छु र? मलाई निकै नै अजिव लागेथ्यो, यस्तो कुरा सुन्दा ! झन् मोबाइल बोक्नेहरु रिचार्ज गर्नुपर्छ भन्थे, म सोच्थेँ हरेकपटक रिचार्ज गरेपछि कति पटक नम्बर बल्दिन्छ होला, कसरी सम्झना गर्ने त्यति धेरै नम्बरहरु । रिचार्ज कार्डलाई म “सिमकार्ड” सम्झने गर्दोरै’छु ।

१२ कक्षा को रिजल्ट हुँदै थियो, आफूलाई रिजल्ट हेर्नुपर्ने थियो, रिजल्ट अनलाइनमा हेर्न सकिन्छ भन्ने कुरा थाहा पाइयो, कुदेर बालकुमारी को साइवरमा पुगेँ । साइबरको दाइ बाहिर निस्किएका रहेछन्, साइबर मा भाउजू रै’छिन् । मैले रिजल्ट हेर्नुपर्ने भनेँ । उनले भनिन् दाइ बाहिर जानुभा’को छ, तपाईलाई रिजल्ट हेर्न आउँछ? मैले आउँछ भने, कारण मैले अलिअलि साइट ब्राउज गर्न जानेको थिँए।  अनि मैले साइट खोले! धेरै ब्राउजरहरु खोलेछु तर रिजल्ट भेट्न सकिन । म हिँड्नै लागेको थिँए एकछिनमा दाइ आइपुगे, खै दाइ मैले त रिजल्ट पत्ता लाउनै सकिन, रिजल्ट हेर्न भनेर आ’को भनेँ । लु, म हेर्दिन्छु आउ भने, उनी कम्प्युटरमा बस्ने बित्तिकै यो साइटहरु कसले खोल्या भनेर सोधे, मैले खोल्या भनेर जवाफ दिँए । हाम्रै पछि रहेकी भाउजुलाई तुरुन्त “उता गइहाल” भनेर निर्देशन दिए, भाउजू गइन, ती दाइले मलाई झपारे, के हो तिम्लाई साइबरमा आएर यस्तो यस्तो साइट खोल्ने? झन्डै गोद्लान जस्तो गरे, अझ मैले भनेँ हैन दाइ ब्राउजर खोल्ने बित्तिकै यही साइट खुलिरहेको थियो, हैन भने भाउजुलाई सोध्नुस्, मैले केही गरेको छैन । तिमी चुप लाग, सात्तो नै खानेगरि झपारे, म चुप लागेँ, डर लागेर आयो, त्यही नि रिजल्ट हेरिदिए ती दाइले, फस्ट डिभिजनमा पास भएछु । धेरै पछि मलाई ज्ञान भो, मैले “पर्न साइट” हेरेको रहेछु र होमपेजमा ती साइटहरु ‘सेट’ भएका रहेछन् । इन्टरनेटमा “पर्न” हुँदोरहेछ भन्ने कुरा त्यहीँबाट ज्ञान भो । अहिले पनि हल्का सम्झना छ, त्यस साइट को ब्याकग्राउन्डमा हल्का निलो कलर थियो, बिचमा दुइटि केटी को अर्धनग्न फोटो थियो, “फन्नी-सेक्सी” यस्तै केही नाम थियो ! म सोच्दैछु ती दाइ अहिले के गर्दैछन्? सायद साइबर छोडेर, फोटोकपी मात्र गरेर बस्छन् क्या’र अहिले । म त्यस साइबर नियमित जाने गर्थेँ, तर त्यो दिन गाली खाएदेखि म त्यहाँ इन्टरनेट चलाउनको लागि कहिले गइन ।

ब्लग भनेको “कपी-पेष्ट” गर्ने त हो नि जस्तो लाग्थ्यो ती सुरुवाती दिनहरुमा ! अत याहु ३६० नेपाल सम्बन्धि कुराहरुले भरिएको थियो । अनि “आकार पोष्ट” अन्जानमै सुरु भयो, केयु छिरेपछि । अनि ती ४ वर्षहरुका उतारचढावहरु यसै ब्लगमा समेटिएका छन्, विभिन्न समयका लेखिएका ब्लगहरु “अर्काइभ” मा हेर्नसक्नुहुन्छ । कहिले गालि, कहिले ताली यी सामान्य नै कुराहरु हुन् । कहिलेकाँही आफ्नो बुझाइ फरकपर्छ, कहिले आफूलाई नराम्रो लागेको अरुलाई राम्रो लाग्छ, कहिले ठ्याक्कै उल्टो भइदिन्छ । यो त भर्खर एउटा सुरुवात मात्र हो, बल्ल पाइला चाल्न सिक्दैछु, लेख्न सिक्दैछु । पार्ट टाइम ब्लग लेखिरहेको छु । पहिले आफ्नो लागि मात्र लेखिन्थ्यो, तर पाठकहरुको वृद्धि सँगै पाठकको लागि पनि ब्लग लेख्ने कोशिस गरिरहेको छु । हेरौँ कहाँ सम्म यसलाई अघि लैजान सकिन्छ ! तपाईहरुको साथ र सहयोग को अपेक्षा हरदम रहनेछ ।

तस्विर: प्रेमछिरिङ शेर्पा

Popular posts from this blog

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

Radha : Shruti Sambeg [Review and Download]

Radha by Krishna Dharabasi is wonderful novel based on traditional era of Lord Krishna and Radha. The traditional plot of the story makes the readers/listeners feel that Dharabasi is narrating us the same old story of love of Radha and Krishna. However , the story based on the traditional plot it portrays the modern era in a dramatic way such that it speaks of so many hidden things that we will be amazed while ending it up. Radha and Krishna are the eternal lovers. Lord Krishna and Radha are together since childhood. But in teenage they are separated (as in the traditional story) and Lord Krishna has to go away leaving Vindraban for fulfilling the task for which he has taken birth.This brings tragedy to Radha and all the people in Vindraban. Radha waits for Krishna to arrive but he seldom does. She is stubborn to go meet Krishna. Later she sets out as a Yogini in a long voyage to search self, leaving her parents. She is accompanied by her friend Bisakha everywhere she went. Radha faces...

ट्विटरव्दारा प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न आग्रह [पडकास्ट 📻 ]

आकार पोष्ट रेडियोको पहिलो अंकमा स्वागत छ । आजको यो अंकमा ट्विटरले केही दिन पहिले पासवर्ड परिवर्तन गर्न जारी गरेको सूचनाको बारेमा कुरा गर्दैछु । के कति कारणले, ट्विटरले पासवर्ड परिवर्तन गर्न सूचना जारी गर्‍यो, तथा प्रयोगकर्ताले के कति कारणले पासवर्ड तुरुन्त परिवर्तन गर्नुपर्छ भन्ने विषयमा यो अंक केन्द्रित छ । पडकास्टको यो पहिलो अंक परिक्षणको रुपमा मोबाइलमा रेकर्ड गरेर तयार पारिएको हो । कति सकिन्छ थाहा छैन, तर यस पडकास्टलाई साप्ताहिक रुपमा सञ्चालन गर्ने मेरो योजना छ, जहाँ सूचना प्रविधिका विभिन्न पाटोहरुको बारेमा कुरा गर्नेछु । हाललाई यो पडकास्ट एन्कर एफएम तथा स्टिचर एप मार्फत सुन्न सकिन्छ । ट्विटरमा प्रयोग भएको पासवर्ड अन्य साइटहरुमा (जस्तो: फेसबुक, गुगल, दराज, सस्तोडिल, ड्रपबक्स आदि) पनि प्रयोग गरिएकोछ भने, ती साइटहरुमा पनि पासवर्ड तुरुन्त परिवर्तन गर्नुभइ, इन्टरनेटमा सुरक्षित रहनुहोला। प्रो टिप: साइटहरुमा कहिले पनि एउटै पासवर्ड प्रयोग नगर्नुहोला। pic.twitter.com/PjWwQWc7C4 — Aakar Anil (@aakarpost) May 4, 2018

पाँच करोड फेसबुक प्रयोगकर्ताको तथ्यांक दुरुपयोग

५ करोड फेसबुक प्रयोगकर्ताको तथ्यांक चोरी भएको खबर केही दिन पहिले गार्डियन तथा न्युयोर्क टाइम्स ले प्रकाशित गरेको थियो । प्रयोगकर्ताको जानकारी विना फेसबुकबाट लिइएको उक्त तथ्यांकलाई क्याम्ब्रिज एनालिटिका भन्ने कम्पनीले अनधिकृत रुपमा प्रयोग गरेको दावी गर्दै, क्याम्ब्रिज एनालिटिका’का भूतपूर्व इन्जिनियर क्रिस्टोफर वाइलीले गार्डियनलाई अन्तरवार्ता दिएर यी कुराहरु मिडियामा सार्वजनिक गरेका थिए । क्रिस्टोफरका अनुसार क्याम्ब्रिज एनालिटिकाले २०१४ मा एउटा एप मार्फत करिब ५ करोड फेसबुक प्रयोगकर्ताहरुको तथ्यांक चोरी गरेको थियो । क्याम्ब्रिज एनालिटिका र फेसबुककै विषयमा गार्डियनले पहिले नै २०१५ मा समाचार प्रकाशित गरेको थियो । उक्त समाचार पछि फेसबुकले क्याम्ब्रिज एनालिटिकालाई तथ्यांक मेटाउन भनेको र एनालिटिकाले तथ्यांक मेटाएको जानकारी फेसबुकलाई गराएको थियो । तर दुबै कम्पनीले यो कुरालाई गुपचुप राखेका थिए, अझ उल्टै फेसबुकले जथाभावी समाचार लेखेको भन्दै गार्डियनलाई मुद्दा हाल्ने धम्कि दिएको थियो भने क्याम्ब्रिज एनालिटिकाले तथ्यांक सुरक्षित नै राखेको थियो । त्यही चोरी गरिएको प्रयोगकर्ताहरुको तथ्यांकलाई ...

कुन च्याट एप्स चलाउने?

फेसबुकको मेसेन्जरमा स्टोरीज आएपछि वाक्क, दिक्क नै भइयो । त्यसको विकल्प खोज्ने क्रममा पहिले त फेसबुक र मेसेन्जर एप दुवै मोबाइलबाट हटाएर ब्राउजरमा चलाउन थालेँ । त्यसको केही दिनपछि फेसबुक लाइट र मेसेन्जर लाइट चलाउन पुगेँ । फेसबुक लाइटको 'एप एक्सपिरियन्स' खासै गतिलो लागेन र फेरि केही हप्ता पछि फेसबुक एपमा सरेँ तर फेसबुक मेसेन्जर चाँहि मेसेन्जर लाइट नै मनपर्‍यो । गज्जब, च्याट गर्न मात्र मिल्ने । त्यसो त मोबाइलमा करिब आधा दर्जन च्याट एप्स छन्, सबै एप सँधै चलाइँदैन । अर्को कुरा, च्याटको लागि प्रयोग नगरिने एप्‌मा पनि च्याट गर्ने फिचर छ या भनौँ "प्राइभेट मेसेज" गर्ने सुबिधा छ । उदाहरणको लागि इन्स्टाग्राम फोटो सेयर गर्ने एप हो, तर यहाँ साथीहरुलाई सिधै मेसेज पनि गर्न मिल्छ, दोहोरो च्याट गर्न मिल्छ । हिजोआज म पनि प्राय: ट्विटरको 'डाइरेक्ट मेसेज' धेरै प्रयोग गरिरहेको हुन्छु, साथीहरुसँग कुरा गर्न । एक समय यस्तो थियो, म गुगल टक या भनौँ जिमेल च्याट मात्रै प्रयोग गर्थेँ । कसैले केही म्यासेज मलाई पठाउनु छ भने, कि त ईमेल गर्थे वा गुगल टकमा कुरा गर्थे, हैन भने फोन र एसएम...

फेसबुक न्युजफिड अपडेट - पेजलाई झनै गाह्रो

अमेरिकामा भएको पछिल्लो राष्ट्रपति निर्वाचनको परिणाम सार्वजनिक भएसँगै फेसबुक लगायत विभिन्न सोसल मिडिया साइटहरुको उपयोगिताबारे व्यापक बहस सुरु भएको थियो । "फेक न्युज"को बिगबिगीले गर्दा फेसबुक, एकहिसाबमा फेकबुकमा परिणत भयो । प्राय: फेक न्युजहरु नै धेरै सेयर हुने र भाइरल हुन थाले । धेरै सेयर हुँदा, स्वाभावत: "फेक न्युज" पनि साँच्चै हो भन्न थालियो । कहिँकति अनुसन्धान छैन, फलानोले एकथरि पेजबाट समाचार सेयर गर्छ, अर्कोले सेयर गर्छ, अर्कोले गर्छ, असत्य तथा काल्पनिक समाचारहरु कै बोलबाला देखियो । नेपालमा भएको पछिल्लो निर्वाचनमा पनि प्रचारवाजी शैलीका मनगढन्ते तथा काल्पनिक समाचारहरु भाइरल भए । फलाना र चिलाना पार्टि, मान्छे पिच्छेका अनलाइन समाचार पोर्टल, फेसबुकको न्युजफिड हेर्न नै दिक्क लाग्ने किसिमको थियो । सबैभन्दा अनौठो लाग्ने चाँहि, मान्छेहरु फेसबुकमा फलाना समाचार पोर्टलले लेखेको भन्दै सेयर गरिरहेका भेटिन्थे । अझ के भने, नेपालका ठूला प्रकाशनहरु सँग ठ्याक्कै मिल्ने नामहरु राखेर काल्पनिक समाचारको व्यापार गर्ने समूहहरु नै छन् । उदाहरणको लागि, कान्तिपुरले यस्तो उस्तो लेख्यो ...

Subscribe to Aakar Post