Skip to main content

चार वर्ष भएछ ब्लग लेख्नथालेको ~ नितान्त आफ्नै गन्थनहरु #AakarPost #HappyBirthdayToMe

ख्यालख्याल मै ४ वर्ष बितिसकेछ, “आकार” को नामबाट “आकार पोष्ट” मा लेख्न थालेको । ४ वर्ष पहिले काठमाडौँ विश्वविद्यालय प्रवेश सँगै ब्लग सुरु भएको थियो । अनि ६ वर्ष पहिले, लगनखेल को एउटा साइबरबाट मेरो “साइबर/कम्प्युटर” जिवन सुरु भएको थियो ।

मलाई त्यो पहिलो दिन को सम्झना सँधै भइरहन्छ र सँधै भइरहने छ । मलाई “ईमेल” चलाउनु सिक्नु थियो, त्यसै अभिप्रायले म लगनखेल को एउटा साइवर छिरेर, साइवर सञ्चालकलाई अनुरोध गरेको थिँए, “दाइ मैले कम्प्युटर अहिलेसम्म चलाएको छैन, तर मलाई आफ्नो ईमेल बनाउनुछ, मलाई ईमेल बनाउन सिकाइदिनुस्न” । ल यो कम्प्युटरमा बस् भनेर, एउटा कम्प्युटरमा राखिदिए, अनि कता कता थिचेर याहुमेल को साइनअप पेजमा पुर्याइदिएछन्, तर मलाई “काला अक्षर भैँस बराबर” भनेझैँ, मेरो दिमागले केही भेउ पाउन सकेन । २-३ घन्टा साइबरमा बिताएर घर गइयो ! त्यसबेला आफूलाई थाहा भा’को साइट भनेको “गुगल, डामाडोल डटकम, कान्तिपुरअनलाइन र साइबरनेपाल” थियो ।

म हप्तामा २-३ पटक साइबर धाउँथे, तर मलाई ईन्टरनेट को एकछेउ पनि थाहा थिएन । मलाई इन्टरनेट सिकाइदिने, र यसरी चलाउनुपर्छ, यहाँ एकाउन्ट बनाउनुपर्छ, यहाँ यसो गर्ने, त्यहाँ त्यसो गर्ने कोही भएनन् । अत मलाई एउटा ईमेल बनाउन ३-४ हप्ता नै लाग्यो, अझै याद आउँछ त्यो मंगलबजारको साइबर, जहाँ मान्छेहरु मस्त भिडियो च्याट गरिरहेका हुन्थे, अनि म चाँहि डेस्कटप मा माउस घुमाउँदै बसिरहन्थेँ ।

याहुमा आफ्नो पहिलो ईमेल, बागबजार को एउटा साइबरबाट बनाएको थिँए । बागबजारमा ईन्टरनेट सस्तो थियो, त्यतैको साइबर धाउँदा धाउँदै खै कसरी ईमेल बन्यो, अहिले यसै भन्न सक्दिन । तर मेरो पहिलो ईमेल ले मलाई पुरानोवानेश्वर को “गुरुकुल” मा पु्र्याइदिएको थियो । मेरो पहिलो ईमेल “कम्प्युटर प्रविधि” सम्बन्धि कान्तिपुर एफएम को कार्यक्रम “साइबर टाइम” का लागि थियो, त्यहाँ पठाएको ईमेलको उपहारस्वरुप “गुरुकुल” जाने “फ्रि” टिकट मिलेको थियो । तर म आफ्नो ईमेल र याहु म्यासेन्जर कहिले साइनआउट गर्दैनरहेछु भन्ने कुरा मलाई पछि मात्र ज्ञान भयो ।

ईन्टरनेट र ईमेल सिकाइदिने गुरु कोही नभएका कारण, ब्राउजरमा देखिने हरेक शब्दहरु मलाई पढ्नुपर्ने बाध्यता थियो । कहिलेकाँही ब्राउजरमा “एड्रेस बार” नदेखिँदा, आफु कुनै साइट नै नखोली याहु को च्याटरुम मा छिरेर बस्थेँ, अनि त्यहाँ आउने हरेक लिंकहरु क्लिक गर्दै बस्थेँ ! सबैको सोधाइ हुन्थ्यो, “ए एस एल” (asl), यो कुरा को अर्थ बुझ्न मलाई अर्को ३ महिना लाग्यो । जब ईमेलबाट साइनआउट पनि गर्नुपर्ने रै’छ भन्ने कुरा पहिलोपटक थाहा भयो म “याहु” को “एकाउन्ट” पेजमा पुगेको थिँए, जहाँबाट मैले “याहु ३६०” मा अन्जानमै आफ्नो पहिलो ब्लग सुरु गरेँ ।

aakarपाटनढोका को साइबरमा छिरेर याहु च्याटरुमा घुम्दै गर्दा, एकजना को हाइ सँगै मेरो च्याटयात्रा सुरु भयो । अनलाइनमा भेटिने मान्छेहरु साँचो बोल्दैनन्, आफ्नो सही नाम भन्दैनन्, फोटो राख्दैनन् भन्ने कुरा साथीहरु गर्थे, अत मैले उसलाई उसको नाम सोधेँ, ठाउँ सोधेँ, “जेन्डर” सोधेँ, सर्टकटमा भन्दा “ए एस एल” सोधेँ । उनको जवाफ आयो । कुरो सक्कियो । ३-४ दिन पछि फेरि एक्कासी भेट भयो, मैले नचिनेको झैँ गरि फेरि “ए एस एल” सोधेँ, एउटै जवाफ आयो, तब म ढुक्क भएँ, मान्छेहरु साँचो नै बोल्दारै’छन् अनलाइनमा ! च्याटमा भेटिएकी तिनै साथी नै मेरो अहिलेसम्म को सबैभन्दा मिल्ने साथी भएकी छिन् । बिचमा २ वर्ष हाम्रो सम्पर्क टुट्यो, २ वर्षपछि फेरि च्याटमा अकास्मात भेट हुँदा उनले चिन्न सकिनन् तर मेरो पहिलो च्याट साथी भएको कारण मलाई सबै सम्झना थियो । फेरि पनि उनी २-३ महिना हराइन्, त्यसपछि भने हामी प्राय: सम्पर्क मा नै रह्यौँ । अनि आज यो ब्लग लेख्दा उनैको याद आइरहेछ, पछिल्लो समयमा उनलाई इन्टरनेटमा मैले भेट्न सकिरहेको छैन । यता आएपछि करिब करिब फोन सम्पर्क पनि बन्द नै भएको छ र यी ब्लगहरुबाट उनी पुर्णतया अपरिचित नै छिन् । सायद फेरि सम्बन्ध अन्जान मै टुट्दैछ होला!

ईमेल नचलाउन्जेल, अनि मोबाइल नबोकुन्जेल मलाई यो ईमेल र मोबाइल भन्ने कुरा पहाड नै हुन् जस्तो लाग्थ्यो । कतिपटक त म यो सोचेर हैरान हुन्थेँ कि, मैले लगनखेल को साइबर बाट पठाएको ईमेल को जवाफ मैले बागबजार को साइबरबाट हेर्नुसक्छु र? मलाई निकै नै अजिव लागेथ्यो, यस्तो कुरा सुन्दा ! झन् मोबाइल बोक्नेहरु रिचार्ज गर्नुपर्छ भन्थे, म सोच्थेँ हरेकपटक रिचार्ज गरेपछि कति पटक नम्बर बल्दिन्छ होला, कसरी सम्झना गर्ने त्यति धेरै नम्बरहरु । रिचार्ज कार्डलाई म “सिमकार्ड” सम्झने गर्दोरै’छु ।

१२ कक्षा को रिजल्ट हुँदै थियो, आफूलाई रिजल्ट हेर्नुपर्ने थियो, रिजल्ट अनलाइनमा हेर्न सकिन्छ भन्ने कुरा थाहा पाइयो, कुदेर बालकुमारी को साइवरमा पुगेँ । साइबरको दाइ बाहिर निस्किएका रहेछन्, साइबर मा भाउजू रै’छिन् । मैले रिजल्ट हेर्नुपर्ने भनेँ । उनले भनिन् दाइ बाहिर जानुभा’को छ, तपाईलाई रिजल्ट हेर्न आउँछ? मैले आउँछ भने, कारण मैले अलिअलि साइट ब्राउज गर्न जानेको थिँए।  अनि मैले साइट खोले! धेरै ब्राउजरहरु खोलेछु तर रिजल्ट भेट्न सकिन । म हिँड्नै लागेको थिँए एकछिनमा दाइ आइपुगे, खै दाइ मैले त रिजल्ट पत्ता लाउनै सकिन, रिजल्ट हेर्न भनेर आ’को भनेँ । लु, म हेर्दिन्छु आउ भने, उनी कम्प्युटरमा बस्ने बित्तिकै यो साइटहरु कसले खोल्या भनेर सोधे, मैले खोल्या भनेर जवाफ दिँए । हाम्रै पछि रहेकी भाउजुलाई तुरुन्त “उता गइहाल” भनेर निर्देशन दिए, भाउजू गइन, ती दाइले मलाई झपारे, के हो तिम्लाई साइबरमा आएर यस्तो यस्तो साइट खोल्ने? झन्डै गोद्लान जस्तो गरे, अझ मैले भनेँ हैन दाइ ब्राउजर खोल्ने बित्तिकै यही साइट खुलिरहेको थियो, हैन भने भाउजुलाई सोध्नुस्, मैले केही गरेको छैन । तिमी चुप लाग, सात्तो नै खानेगरि झपारे, म चुप लागेँ, डर लागेर आयो, त्यही नि रिजल्ट हेरिदिए ती दाइले, फस्ट डिभिजनमा पास भएछु । धेरै पछि मलाई ज्ञान भो, मैले “पर्न साइट” हेरेको रहेछु र होमपेजमा ती साइटहरु ‘सेट’ भएका रहेछन् । इन्टरनेटमा “पर्न” हुँदोरहेछ भन्ने कुरा त्यहीँबाट ज्ञान भो । अहिले पनि हल्का सम्झना छ, त्यस साइट को ब्याकग्राउन्डमा हल्का निलो कलर थियो, बिचमा दुइटि केटी को अर्धनग्न फोटो थियो, “फन्नी-सेक्सी” यस्तै केही नाम थियो ! म सोच्दैछु ती दाइ अहिले के गर्दैछन्? सायद साइबर छोडेर, फोटोकपी मात्र गरेर बस्छन् क्या’र अहिले । म त्यस साइबर नियमित जाने गर्थेँ, तर त्यो दिन गाली खाएदेखि म त्यहाँ इन्टरनेट चलाउनको लागि कहिले गइन ।

ब्लग भनेको “कपी-पेष्ट” गर्ने त हो नि जस्तो लाग्थ्यो ती सुरुवाती दिनहरुमा ! अत याहु ३६० नेपाल सम्बन्धि कुराहरुले भरिएको थियो । अनि “आकार पोष्ट” अन्जानमै सुरु भयो, केयु छिरेपछि । अनि ती ४ वर्षहरुका उतारचढावहरु यसै ब्लगमा समेटिएका छन्, विभिन्न समयका लेखिएका ब्लगहरु “अर्काइभ” मा हेर्नसक्नुहुन्छ । कहिले गालि, कहिले ताली यी सामान्य नै कुराहरु हुन् । कहिलेकाँही आफ्नो बुझाइ फरकपर्छ, कहिले आफूलाई नराम्रो लागेको अरुलाई राम्रो लाग्छ, कहिले ठ्याक्कै उल्टो भइदिन्छ । यो त भर्खर एउटा सुरुवात मात्र हो, बल्ल पाइला चाल्न सिक्दैछु, लेख्न सिक्दैछु । पार्ट टाइम ब्लग लेखिरहेको छु । पहिले आफ्नो लागि मात्र लेखिन्थ्यो, तर पाठकहरुको वृद्धि सँगै पाठकको लागि पनि ब्लग लेख्ने कोशिस गरिरहेको छु । हेरौँ कहाँ सम्म यसलाई अघि लैजान सकिन्छ ! तपाईहरुको साथ र सहयोग को अपेक्षा हरदम रहनेछ ।

तस्विर: प्रेमछिरिङ शेर्पा

Comments

  1. साथ र सहयोज हरदम रहनेछ......:)

    ReplyDelete
  2. निकै राम्रो लाग्यो । सहज र सरल तरिकाले लेख्नु भएको रहिछ ! उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना...

    ReplyDelete
  3. Badhai chha!
     
    Considering the fact that you started from a copy paste blog, you have done a good job. That makes me think why shall we "punish" any copy-paste new comers ? (#Joke)
    :P

    Keep blogging!

    ReplyDelete
  4. khushiko kuro ho aakaar ji .. tpayi aafno chautho blog janmotsav manaaudai hunu huncha baastabik janmadin ko jhanda mahinaa din pa6i .... bhanincha kasai kasai ko barsa ma 2-3 choti janma din aaucha ... best of luck for your future and blog yaatra

    ReplyDelete
  5. tyo situation bata yo situation khusi lagyo aakar sir kohi ta yesto rahe6a wow.../really this is your time of happiness that u r celebrating your 4th birthday in the networking world..

    ReplyDelete
  6. Congratulations! It's not easy to blog continuously for four years.

    ReplyDelete
  7. आकार जी को र मेरो इन्टरनेट सिक्ने धोको एकै अनुसारको रहेछ...म पनि आफैले माउस चलाउँदा चलाउँदै कम्प्युटर सिकेको मान्छे...मेरो लागि गुगल त भगवान नै बनेको छ साथमा अन्य साइटहरु ३३ कोटी देउता भन्दा कम छैनन ....

    ReplyDelete
  8. सफल ४ वर्षका लागि बधाई छ आकार भाइ! आगामी दिनमा पनि निरन्तरता र सफलताका लागि हार्दिक शुभकामना!
    भाइको ईण्टरनेट अनुभव पढ्न निकै रमाईलो लाग्यो।

    ReplyDelete
  9. ma aafule ni suru suru ma nepalnews.com ko chat room bata chat gareko yaadharu taajaa bhayo yo padhera... suruma kehi garna aauthena, tyahi chat garyo, asl bata suru garera.. ani pachhi mero pahilo email ni yahoomai banako thye.. 

    timro lekhle ekaatira mantramugdha paaryo vanedekhi arko tira aafno dinharu yaad aaye!

    anyways, keep on blogging.. wish yu all the very best in coming future... love to read your blogs! :)

    ReplyDelete
  10. आकार जी, धेरै प्रेरणादायी कुरा लेख्नु भएको छ तपाईले । वास्तवमा यो प्रविधिको सबै पहिलो पाईलाहरु यस्तै हाँस्यस्पद र कष्टप्रद नै हुदाँ रहेछन । एउटा दाजुले address bar मा yahoomail टाईप गर्न नसिकाएर दाहिने पट्टिको Drop Down Menu मा click गरे देखिन्छ भनेर भन्नुभाको, म विचारा एका बिहानै साईवर पुँगे बडो जोशका साथ । History सबै delete गरेको ब्राउजरमा कहाँको dropdown मा केहि आउँथ्यो र । १ घण्टाको २० रूपैयाँ स्क्रिनमा भएको ताजमहलको फोटो हेरेर गयो । कहिले बिर्सिदिन त्यो १ घण्टा । केहि गर्न सकियोस नसकियोस,सिक्नु मेरो धर्मनै भयो यो प्रविधि भन्ने कुरा । 

    ReplyDelete
  11. रमाइलो लाग्यो अनुभव । अझै जोडदार रहोस् आगामी यात्रा । शुभ कामना !

    ReplyDelete
  12. पछाडि फर्किएर हेर्दा के छुटे, के साथै आए , अनि के थपिए भन्ने सम्झेर ल्याउँदा रमाइलो हुन्छ । अनिल, सम्झनालाई लेखाइले पठनीय बनाएको छ । चार वर्षकै अन्तरालमा पनि ब्लगमा फड्को राम्रो छ । सबै यात्राका माइलखुट्टीहरू मगजमा बसिरहँदैनन् । तर, पछाडि फर्किएर कहिलेकाही हेर्दा पनि अब के गर्दै अघि जाने, कहाँ आइपुगियो भन्ने थाहा हुन्छ । प्रगतिको कामना । 

    ReplyDelete
  13. Congratulations Aakar. Its always a pleasure to read you. 

    ReplyDelete

Post a Comment

Popular posts from this blog

SLC Result 2066/2067 (2009-2010)

The Office of the Controller of Examinations (OCE), Sanothimi, on Friday published the results of the School Leaving Certificate (SLC) 2066 examinations held last year. 64.31 percent students passed the SLC 2066/67, according to the Controller of Examinations (OCE) Sanothimi, Bhaktapur. We have uploaded SLC Result 2066 in .pdf , .txt and in .zip file format for you. Download the file and search your ‘symbol number’. Congratulations to all, who passed SLC this year. And if you want to see your results with marks then, you can follow THT (symbol no. and birth date required). Download SLC Result 2066/2067 (2009-2010) : REGULAR: EXEMPTED: Distinction --------------- First division First division Second Division Second Division Third Division Third Division Withheld Withheld ...

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

Radha : Shruti Sambeg [Review and Download]

Radha by Krishna Dharabasi is wonderful novel based on traditional era of Lord Krishna and Radha. The traditional plot of the story makes the readers/listeners feel that Dharabasi is narrating us the same old story of love of Radha and Krishna. However , the story based on the traditional plot it portrays the modern era in a dramatic way such that it speaks of so many hidden things that we will be amazed while ending it up. Radha and Krishna are the eternal lovers. Lord Krishna and Radha are together since childhood. But in teenage they are separated (as in the traditional story) and Lord Krishna has to go away leaving Vindraban for fulfilling the task for which he has taken birth.This brings tragedy to Radha and all the people in Vindraban. Radha waits for Krishna to arrive but he seldom does. She is stubborn to go meet Krishna. Later she sets out as a Yogini in a long voyage to search self, leaving her parents. She is accompanied by her friend Bisakha everywhere she went. Radha faces...

मोबाइलोग्राफी Photo Story [Pictures]

ग्राहक को पर्खाइ मा हात को मुठी भित्र सल्किरहेको चुरोट छ, नेपाली ढाकाटोपी, अनि कोट र गोल्डस्टार जुत्ता मा सजिएका बुढा बा, पुरानो वसपार्क छेवैको, एक पर्खाल को आड मा ग्राहक को पर्खाइ मा छन् । काँटावाला, तराजु लिएर बसेका उनी, मान्छे को तौल जोख्छन्, तौल जोखि माग्नेहरुले पैसो तिरेर आफ्नो तौल जोख्छन् । यो फोटो लिएको समय नेपाली कांग्रेस को महाधिवेशन चल्दैथियो । बाटोभरि मान्छेहरु को भिड थियो, तर यस्तो लाग्दैथ्यो यी बुढा बा लाई केही वास्ता थिएन । उनी चुरोट तान्दै आफैँ मा हराइरहेका झैँ देखिन्थेँ । ढल्किँदो दिन त्रिपुरेश्वर मा अवस्थित मन्दिर को फोटो खिच्दा, पश्चिम मा सूर्य डुब्न लागिसकेको थियो । कोलाहाल को बिचमा उभिएको मन्दिर आफू मा चाँहि साह्रै शान्त छ । पुल्चोक मा आयोजित लोकस २०१० हेरेर फर्किँदै गर्दा, थकाइ मार्ने उद्देश्य ले यही मन्दिर मा एकछिन अडिएको थिँए । झोलुङ्गे पुल ललितपुर बालकुमारी मा, मनोहरा खोला माथि रहेको झोलुंङ्गे पुल ! यो फोटो खिच्दा, मौसम सफा थिएन, हल्का वर्षा भइरहेथ्यो । त्यसदिन केही साथिहरु को साथ मा, नयाँ वानेश्वर, शंखमुल हुँदै यो झोलुङ्गे पुल तरेर, बालकुमारी हु...

Download Tihar Dhun and Deusi Bhailo Songs

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ । Download Tihar Songs: Bhailini/Bhailo - भैलो Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन Download Tihar Songs: deusi re / देउसी रे Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

Palpasa Cafe [Review]

अपडेट: प्रकाशक'को अाग्रहमा रेडियो वाचनबाट पल्पसा क्याफेको वाचन हटाइएको छ । हामी ले विगतका केही रेडियो वाचन का शृंखला मा नारायण वाग्ले को चर्चित उपन्यास "पल्पसा क्याफे" रेडियोकर्मी अच्युत घिमिरे को आवाजमा सुनाएका थियौँ । ८ अंकमा प्रशारण गरिएको पल्पसा क्याफे का लेखक सँग "पल्पसा क्याफे" को सेरोफेरो मा गरिएको कुराकानी राख्ने योजना हाम्रो थियो तर अन्तरवार्ता को रेकर्ड अहिले फेला पार्न नसकिएकोले प्रशारण गर्न असमर्थ भएका छौँ, पछि भेटिएको खण्डमा हामी अवश्य पनि राख्ने नै छौँ । हामीले भनिरहनुपर्दैन, पल्पसा क्याफे एक उत्कृष्ट उपन्यास हो जसलाई ऐतिहासिक दस्तावेज भन्दा पनि फरक नपर्ला । रेडियोवाचन को शृंखला मा यी सम्पुर्ण अंकहरु उपलब्ध गराइदिनुहुने अच्युत घिमिरेलाई धेरै धेरै धन्यवाद । पल्पसा क्याफे त सुनिसकियो, तर यहाँहरु ले पल्पसा क्याफेलाई कसरी मुल्यांङ्कन गर्नुभयो थाहा छैन । खैर कुरो जेसुकै होस्, आज यहाँ म केही साथिहरुको ब्लगमा प्रकाशित "पल्पसा क्याफे" बारे गरिएको टिप्पणीहरु सहित उपस्थित भएको छु । साथिहरुको ब्लगमा प्रकाशित भइसकेका कुराहरुलाई एकै ठाउँमा समेट्न...

Subscribe to Aakar Post