Skip to main content

अब झोला बोकेर स्कुल जाने #tfcNepal #Smile #School #Twitter

ट्विटर ले जुटाइदिएको साथीभाइ बिच को भेटघाटबाट एउटा नयाँ अवधारणाले जन्म लिएको थियो, नयाँ वानेश्वरको छक्कुबक्कु मा चिया पिउँदै गर्दा ! हाम्रो सानो ४ जना को ‘ग्याङ’ ट्विटर बाट बनेको थियो । नामै तोकेर भन्दा, प्रमोद, निरज, इश्वर अनि म । हाम्रो बाक्लिँदै गएको भेटघाट अनि भेटघाटमा हुने गफगाफ बाट केही गरौँन भन्ने कुराले जन्म लिएको थियो । हामी ट्विटेहरुको सानो समूहले सानो काम गर्ने सोच्यो, सबै साथीहरुलाई आग्रह गरियो, सबै को समर्थन पाइयो, सुरुभयो हाम्रो एककिसिम को सामाजिक अभियान त्यो पनि ट्विटर चलाउँदै ।

आइतबार तेस्रो मिसन पनि सम्पन्न भयो । अघिल्लो दुइवटा मिसन मा म पनि सँगै थिए तर तेस्रो मिसन चलिरहँदा म अन्तै व्यस्त भइरहेछु । पहिलो मिसन मा जाँदा सबैभन्दा ‘सक्सेसफुल’ मिसन त्यही नै हो भन्ने लागेको थियो, हुन पनि हो त्यो हाम्रा लागि निकै अविस्मरणिय क्षण थियो । अनि ट्विटरबाट भेला भएका साथीहरुले आफ्नो निस्वार्थ भावले, कार्यक्रम सफल बनाउनु भएको थियो । पहिलो, दोस्रो हुँदै तेस्रो मिसन पनि सकियो । तेस्रो मिसन को तस्विरहरु ट्विटपिक, पिकासा र फ्लिकर मा हेर्दै जाँदा मन एकोहोरो भएको छ, मन केही भक्कानिएको छ ।

i-am-happy-with-this-bagकहिलेकाँही साह्रै खुशी लागिदिन्छ, अरुको खुशी देखेर ! अनि कहिलेकाँही मन दुखी बन्छ अरुलाई दुखी देखेर । स्कुल ड्रेसमा सजिएका ती साना भाइबहिनी को मनस्थिती अनि टिएफसी को झोला लिएपछि को उत्साह म फोटो हेरेर पत्ता लगाउने कोशिस गरिरहेछु । तिलगंगामा अवस्थित शारदा नि. मा. बि. मा पाठ्यसामग्रीहरु वितरण गरियो, तेस्रो मिसन को रुपमा । ट्विटरबाट भेट भएका साथीभाइहरुको उपस्थिति थियो ।

दुइ दिन अघि मात्रै क्यानेडेली नागरिक मार्क को ब्लग पढेको थिँए “10 random things I love about Nepal”  जहाँ उनले पहिलो कुरा स्कुल जाने साना नानीहरुबाटै सुरु गरेका थए । मार्क ले लेखेका थिए “युनिफर्म मा सजिएर, झोला बोकेर बिहानै स्कुल जाने साना नानीहरुको लस्कर साह्रै मनपर्छ” । सायद मार्क को ब्लग भर्खरै पढेका कारण पनि, आइतबारे मिसन को फोटो देखेपछि, मन मा थरि थरिका कुरा आएकाहोलान्।

फोटो देखेर, लागेको खुशी यहाँ शब्दमा व्यक्त गर्न साह्रै गाह्रो छ मलाई । फोटोमा ती साना नानीहरुको मुहार का विभिन्न भावभंगीहरु हेरेर म मुस्कुराइरहेको पनि छु । सायद उनीहरुले घर जाने बित्तिकै, आफ्नो झोला घरका सबैलाई देखाए होलान् । हिजो सम्म कसैसँग झोला थिएन होला, कसैको पुरानो झोला थियो होला, कसैको झोला फाटेको थियो होला । सायद हिजो झोला लिन कोही छुटेनन् होला । अब सबैले आफ्नो झोला भन्दै गर्वले बोकेर स्कुल जालान् । सबै सँग उस्तै झोला छ, सबै सँग कपि छ, अनि पेन्सिल र सार्पनर पनि छ ।

भविष्य को सपना के देखेकाछन् थाहा छैन तर पनि जिवन मा सोचेको र भनेको जस्तो थोरै मात्र पुग्ने गर्छ । कहिलेकाँही आफ्नो सानो इच्छा पुरा गर्न पनि साह्रै कठिन हुन्छ । कतिलाई लागेको थियो होला, एउटा राम्रो झोला भएपनि, मेरो किताब हराउँदैन थियो होला, पानीले भिजाउँदैन थियो होला, यो झरीमा पनि । कहिले काँही आफ्नो सानो इच्छा पुरा हुँदा मन साह्रै फुरुङ्ग हुन्छ हाम्रो, यो गर्छु र त्यो गर्छु भन्ने योजना बनाउँछौँ र त्यसलाई पुरा गर्न मरिमेट्छौँ । सायद, झोला ले उनीहरुलाई पनि त्यही किसिम को उत्साह दिन्छ होला भन्ने आशा गर्छु । साँच्चै युनिफर्म मा सजिएर, झोला मा कपि र किताब बोकेर स्कुल जाँदै गरेको साना नानीहरु को समूह हेर्दा मन साह्रै रमाउँछ । उनीहरुको आफ्नो सानो खुशीमा यो झोला ले अर्को सानो खुशी थपिदिएको होला भन्ने आशा छ, सायद उनीहरु आ-आफ्ना साथीहरुलाई भन्दै होलान् अब म पनि झोला बोकेर स्कुल जाने ! साना साना नानीहरुको भविष्य को सपना साकार होस् ! शुभकामना !!

bag has family valuesi-m-so-much-happynamingtfc2tfc3tfc4tfc5tfcnepal-1victory

सबै तस्विरहरु सोमेश वर्मा

Comments

  1. Wow, I'm impressed! U guys r doing great job! Will be waiting for mission 4 then.

    ReplyDelete
  2. what an awe-inspiring and admirable work !

    ReplyDelete
  3. (कहिलेकाँही आफ्नो सानो इच्छा पुरा गर्न पनि साह्रै कठिन हुन्छ । कतिलाई लागेको थियो होला, एउटा राम्रो झोला भएपनि, मेरो किताब हराउँदैन थियो होला, पानीले भिजाउँदैन थियो होला, यो झरीमा पनि । कहिले काँही आफ्नो सानो इच्छा पुरा हुँदा मन साह्रै फुरुङ्ग हुन्छ हाम्रो, यो गर्छु र त्यो गर्छु भन्ने योजना बनाउँछौँ र त्यसलाई पुरा गर्न मरिमेट्छौँ ।) - यो भन्दा सुन्दर र यो भन्दा शान्त शब्दको चयन अरु कुनै पनि छैन होला । धन्यवाद आकरजी ।   

    ReplyDelete
  4. ma timro bhawana ko kadar gardachhu aakarji

    ReplyDelete
  5. wow! what an inspiring initiative ..

    ReplyDelete
  6. Wow, I'm impressed! U guys r doing great job! Will be waiting for mission 4 then.

    ReplyDelete
  7. Keep up the good work!!!

    Thanks for sharing.

    ReplyDelete
  8. खुशी पाउन, हास्न, रमाउन अन्त टाढा कतै जान पर्ने, धेरै खर्च गर्नु पर्ने नै होइन रहेछ | ट्विटरमा भेट भएका साथीहरुका यथासक्य सहयोगले हामीले अरुलाई त खुशी बनायौँ नै, सबैभन्दा आफैँ  धेरै हुने अवसर मिलेको छ | सबैले साथ एवम् हौसला प्रदान गर्नुभएको छ, अझै बढी खुशीको माहोल प्रवाह भएको छ | सम्पूर्ण असल मनहरुप्रति आभार !

    ReplyDelete

Post a Comment

Popular posts from this blog

भारतमा साइट ब्लक गरिँदा, नेपालमा पनि साइट ब्लक [File Sharing Sites Blocked in Nepal]

भारतको सर्वोच्च अदालतको आदेश अनुसार भारतका इन्टरनेट प्रदायक संस्थाहरु (ISP) ले फाइल सेयरिङ साइटहरु, टोरेन्ट, भिडियो साइटहरु तथा अन्य उपयोगी साइटहरुलाई ब्लक गरेकाछन् । आइसोहन्ट (Isohunt), पाइरेट वे (thepiratebay), किकएसटोरेन्ट (kickasstorrent) लगायतका टोरेन्ट साइटहरु तथा भिमियो (Vimeo) र डेलिमोसन (DailyMotion) जस्ता भिडियो सेयरिङ साइटका साथै पेस्टविन (Pastebin), एक्समार्क्स (Xmarks) जस्ता साइटहरुले 'पाइरेसी'लाई बढावा दिएको भन्दै उक्त साइटहरुलाई 'ब्लक' गर्न भारतको सर्वोच्च अदालतले 'आइएसपी'हरुलाई आदेश दिएको थियो । आदेश लगत्तै रिलायन्स, एयरटेल लगायत भारतिय इन्टरनेट प्रदायक संस्थाहरुले उक्त साइटहरु भारतमा ब्लक गरेकाछन्, तर त्यसैको असर स्वरुप नेपालका पनि केही आइएसपीहरुका प्रयोगकर्ताहरुले उक्त सेन्सरसिप सहन गर्नु परेको छ । भारतीय इन्टरनेट प्रदायक संस्थाहरुले साइट ब्लक गर्दा, नेपालमा पनि ती साइटहरु ब्लक हुन पुगेकाछन् । पेस्टविन, पाइरेट वे जस्ता साइटहरु नेपालका अधिकांश आइएसपीहरुबाट नखुल्ने भएकोछ, त्यसको सट्टा "अदालतको आदेश अनुसार साइट ब्लक गरिएकोछ" (Access t...

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

नागको चित्र बनाउने सजिलो तरिका [VIDEO]

आज नागपञ्चमी, नाग अकिंत चित्रहरु घरको ढोकामा गाइको गोबरले टाँसेर दुबो, फूल, अक्षता आदिले पूजा गर्ने गरिन्छ । यसरी ढोका या मूल खाबाेंमा टाँसिएको नागको चित्रले बर्षभरि रक्षा गर्ने जनविश्वास छ । हिजोआज बजारमा नागका थरिथरिका, रंगीविरङ्गी चित्रहरु पाइन्छन् तर यदि तपाईले नागको चित्र भेट्नुभएको छैन वा पाउनु भएको छैन भने पनि चिन्ता नलिनुस्, यो ब्लगमा नागको चित्र बनाउने सजिलो तरिकाबारे चर्चा गर्दैछु। नागको चित्र कसरी बनाउने? सादा कागजमा पहिले 'ब्र्याकेट' (    ) बनाउँदै जानुस् । पहिलो लहरमा एउटा, दोस्रोमा दुईवटा, तेस्रोमा ३ वटा, चौथोमा ४ वटा, त्यस्तै पाँचौमा ३ वटा, छैटौँमा २ वटा, र सातौँमा एउटा 'ब्र्याकेट' बनाउनुस् । त्यसपछि माथिल्लो र तल्लो लहरका ब्राकेटहरु आपसमा छड्के तरिकाले जोड्दै जानुस् । यति गरिसकेपछि, टाउको र पुच्छर बनाउनुस् । तपाईको नाग तयार हुन्छ, यसलाई अझ रंगरोगन गरेर, राम्रो बनाउन सक्नुहुन्छ । विस्तृत विवरणको लागि तलको यो भिडियो हेर्नुस् । नाग पञ्चमी के हो? कसरी मनाइन्छ? ( हाम्रो पात्रो बाट साभार) आज नाग पञ्चमी, अब बिस्तारै बर्षा ओरालो लाग्दैछ, चाडवाडहरुको मौ...

मेरो बिहे [कथा]

“एम ए पढ्दै छे, स्कुलमा पढाउँछे, केटी राम्री छ, एकचोटि हेर” आमाले चिया सँग प्रस्ताव पस्कनु भयो । बिहे गर्ने त यस्तै केटी सँग हो, तर पनि यो मामलामा किन किन म निर्णय गर्न एकदम कमजोर भइरहेको थिँए। “खान्दानी छन् रे, आँगन पनि ठूलो छ" आमाको भनाईको आसय मैले प्रष्टरुपमा बुझेको थिँए । तर कुनै विवाद नगरी म चुप लागेर कुरा सुनिरहेँ । “एक्ली छोरी, काठमाण्डौंमा दाजु भाइ सँग बसेर पढेकी, शिल स्वाभाव राम्रो छ, घर गरिखान्छे हाम्रो” आमा थप्दै हुनुहुन्थो, मलाई चिया भन्दा ति कुरा र बयान मीठा लाग्दै थिए । एक किसिमले आमा मेरो कल्पनामा बुट्टाहरु भर्दै हुनुहुन्थ्यो । “मलाई त मन खायो, तँलाई भनेर फोटो मगाएकीछु, ला” आमाले २ वटा फोटो हातमा राखिदिनु भयो । आमाको अगाडि नियालेर हेर्न लाज भयो । केटी त राम्री नै हो । मैले झलक्क हेर्दा त्यही देखें । म रिमोट चलाइरहेको थिँए । गोरुले दाँइ गरे जसरी च्यानल घुमाउनु मेरो पुरानो बानी । भरे बुवा आएपछि कुरा गरौँला भनेर आमा गिलास उठाउँदै जानुभयो । आमा गएपछी ‘केटीलाई’ नियालें । मुहार त राम्रै हो । कपाल कस्तो हो, प्रष्ट सँग देखिएको थिएन । कुर्ता सलवार, बाहुला नभएकोल...

म र ऊ - एउटा अनलाइन भेट [कथा]

“तिमी को हो?” मेरो प्रश्न थियो! उसले भनी, “खुशी” । “को खुशी”, मैले सोधेँ ! “ह्या, कस्तो नचिन्या होला? म खुशी के ! रहर, छायाँ, खुशी जे भने नि म नै हो के”, उसको जवाफ ! “ए, तिमी पो, कता हराकी थियौ? अब के भनौँ त तिमीलाई उसोभए?” “जे भने नि हुन्छ!” “उसोभए म खुशी भन्छु है”, मैले भनेँ ! उसले हुन्छ भन्ने जनाउ दिन, आँखा सन्काइ र लेखी “हे हे” । कुरा यसरी नै सुरु भएको थियो च्याटमा ! च्याटमा को सँग कुरा गरिरहेछु, आफैँलाई पत्तो छैन, न पहिले च्याट गरिएको थियो, न भेट नै गरिएको थियो । ट्विटरमा नाम परिवर्तन गरिरहने ऊसँग ट्विटरमा आक्कल झुक्कल कुरा गरिने भएपनि उनको ‘म्यासेज’ पहिलोपल्ट च्याटमा अकस्मात आइपुगेको थियो ! म उनको बारेमा प्रस्ट हुन सकिरहेको थिँइन ! अत: फेरि सोधेँ, “यो खुशी को हो?” मेरो प्रश्नले, उसले आफू दुखित भएको जनाउ दिन लेखी “:(” “हैन किन यति रिङ्ग्याएको मलाई”, मैले सोधेँ । “नाम मे क्या रखा है? ;)”, उसको जवाफ ! “नाममा धेरै कुरा राख्या छ हजुर, चिन्नु त पर्यो नि, आफू कोसँग कुरा गर्दैछु भनेर”, मैले भनेँ ! “पिक द नेम, तिम्लाई जुन मन पर्छ त्यही राख”, उसले मलाई नाम छान्ने अधिकार दिई ।...

फोटो आफैँ बोल्छ [Photo Story]

यो कुरा धेरैले देखेका होलान्, केहीले मात्र नियालेर हेरेका होलान् र थोरैले मात्र बुझेका होलान् । कुरा हो पाटन दरवार स्क्वायरमा अवस्थित तिनवटा मुर्ति को, जुन मुर्ति ले पाटन दरवार स्क्वायार को इतिहास बताउँछ । मंगलबजारबाट पाटन दरवार स्क्वायर छिर्दै गर्दा बाटो छेवै को दायाँ तिर को घर अगाडि ३ वटा ऐतिहासिक मुर्तिहरु छन् । देख्नेलाई ३ वटा मुर्तिहरु मात्र लाग्नसक्छ, तर त्यसपछि लुकेको कथा रमाइलो र आश्चार्यजनक छ । ती मुर्तिहरु को बारेमा बुझेपछि त्यसवेला को मानिसको सोच्ने क्षमता को हामीलाई कदर गर्न करै लाग्छ । ती ३ वटा मुर्तिहरु हेरेर यो पाटन दरवार कसले बनायो/बनाउन लगायो भन्ने कुरा थाहा हुन्छ । मुर्ति हेरेर कसरी कसैले त्यस्तो भन्न सक्छ होला भन्ने कौतुहलता लाग्नु स्वभाविक नै हो ! तल ती मुर्तिहरु को फोटो छ, फोटो आफैँ बोलिरहेको छ, तर बुझ्नु नबुझ्नु तपाई को कुरा ! माथि को फोटोमा हेर्नुस्, ३ वटा मुर्ति छन् । वाँया बाट पहिलो मूर्ति भगवान गणेश को हो, गणेश ले आफ्नि श्रीमतीलाई अँगालोमा राखेकाछन् । दोस्रो मुर्तिमा भगवान विष्णु को आधा मान्छे र आधा सिंह को रुप नरसिंह अवतार चित्रित छ । अन्तिम मुर्ति भगवा...

Subscribe to Aakar Post