Skip to main content

Will Classes Resume From Tuesday? #KU

काठमाडौँ विश्वविद्यालय मा तालावन्दी भएको आज २० औँ दिन । तर २० औँ दिन सम्म पनि केयु प्रशासन ले आन्दोलनरत पक्षलाई वार्ता मा नबोलाउँदा र वार्ता नहुँदा कतै केयु प्रशासन विद्यार्थी नै जुधाएर बस्ने खेलमा लागेको हैन भन्ने शंका उब्जिएको छ । हुन त, रजिष्ट्रार ले पहिले चुनावलाई सहि र पछि स्थगन भनेर सूचना जारी गर्नुले नै केयु मा राजनिति छिरेकोछ भन्ने प्रष्ट संकेत गरिसकेको छ । अनि अझ केयु को दोस्रो सूचना पछि,  रजिष्ट्रार को पदावधि फेरि थपिनुलाई पनि विद्यार्थीले सोही राजनीतिक चलखेल को एउटा पाटो को रुपमा बुझेकाछन् ।

यसैविच आज आन्दोलनरत पक्ष नेविसंघ ले एक विज्ञप्ति मार्फत, “प्रशासन मात्र बन्द गरेको” जनाउँदै नियमित पठनपाठन सुचारु गर्न सम्पुर्ण प्राध्यापकवर्गलाई अनुरोध गरेको छ । विज्ञप्ति मा भनिएको छ, “विद्यार्थीहरुको पढ्न पाउने नैसर्गिक अधिकारलाई सुनिश्चित गर्दै नियमित पठनपाठन सुचारु गर्न सम्पुर्ण प्राध्यापकवर्गलाई अनुरोध गर्दै प्रशासनिक निकाय मात्र तालाबन्दी गरिएको जानकारी यसै विज्ञप्ति मार्फत अवगत गराउन चाहन्छौं” । उनीहरुले आज दिउँसै, प्रशासनिक भवन बाहेक अरु स्कुल र डिपार्टमेन्ट मा लागेका तालाहरु खोलिदिएकाछन् ।

आज जारी विज्ञप्तिमा भोलिदेखि सेन्ट्रल क्याम्पस धुलिखेलमा नियमित पठनपाठन मा केही बाधा नगर्ने भनिएको छ । साथै सशक्त आन्दोलनका थप कार्यक्रमहरुको घोषणा गरिएको कुरा पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । अनि आन्दोलन का थप कार्यक्रम अन्तर्गत, आजैका दिनदेखि काठमाडौं विश्वविद्यालय अन्तर्गतका पनौती, काभ्रेमा अवस्थित स्कूल अफ मेडिकल साइन्स तथा ग्वार्को, काठमाडौंमा अवस्थित स्कूल अफ आर्टस्, एजुकेसन र म्यानेजमेन्टका प्रशासनहरुमा पनि तालाबन्दी गरिएको छ ।

NSUBigyapti_2067-12-7

हामीलाई प्राप्त प्रेस विज्ञप्ति को पूर्ण पाठ

मिति: २०६७/१२/७

विज्ञप्ति

काठमाडौं विश्वविद्यालयमा २०६७ फागुन १७ गते भएको विद्यार्थी कल्याणकारी परिषदको निर्वाचन काठमाडौं विश्वविद्यालय विद्यार्थी कल्याणकारी परिषद निर्वाचन नियमावली अनुसार सम्पन्न भइ नेपाल विद्यार्थी संघ र अनेरास्ववियूलाई विजयी भएको घोषणा विश्वविद्यालय प्रशासनले विधिवत रुपमा गरेको थियो। कान्तिपुर राष्ट्रिय दैनिकमा २०६७ फागुन २१ गते विश्वविद्यालयका रजिष्ट्रारले सुचना प्रकाशित गरि पुष्टि गरेको सम्पुर्ण विद्यार्थी, शिक्षक, कर्मचारी तथा स्थानीय जन-समुदायहरुलाई सर्ववीदितै छ।

गुण्डागर्दी र धाक धम्कीको भरमा चुनाव जित्न खोज्ने केही अराजक तत्त्वको दवाबमा विश्वविद्यालय प्रशासन निरीह भइ निर्वाचित विद्यार्थी कल्याणकारी परिषदका पदाधिकारीहरुको सपथ ग्रहण गराउनुको सट्टा उल्टै नव-निर्वाचित विद्यार्थी कल्याणकारी परिषदलाई नै स्थगन गर्ने सुचना जारी गर्नाले विश्वविद्यालयका रजिष्ट्रार आफैंमा असक्षम भएको पुष्टि गरेको छ। काठमाडौं विश्वविद्यालयमा अध्ययन गर्ने सम्पूर्ण विद्यार्थीको भविष्यमाथि खेलवाड हुने गरि विश्वविद्यालयका रजिष्ट्रारले निकालेको पछिल्लो सुचना प्रति नेपाल विद्यार्थी संघ घोर आपत्ति प्रकट गर्दछ र उक्त कार्यले विश्वविद्यालय प्रशासनका पदाधिकारीहरुको पनि असक्षमताको पुष्टि गर्दछ। काठमाडौं विश्वविद्यालयमा यस्ता असक्षम पदाधिकारीहरु बस्नु भनेको विश्वविद्यालयको भविष्यमा नै खेलवाड गर्नु हो। त्यसैले काठमाडौं विश्वविद्यालयका सम्पूर्ण विद्यार्थी, शिक्षकवर्ग, कर्मचारीहरु लगायत सम्पूर्ण प्राज्ञिक वर्गको सर्वोत्तम हित भनेको नै यस्ता पदाधिकारीहरुको राजिनामा हो भन्ने हाम्रो ठहर छ। विद्यार्थी कल्याणकारी परिषदको विधिसम्मत भएको निर्वाचन स्थगन गर्ने सुचनाबाट सम्पूर्ण विद्यार्थीहरु प्रभावित भइ एक ढिक्का भएर काठमाडौं विश्वविद्यालय केन्द्रीय हातामा रहेका सम्पूर्ण स्कूलहरुमा पठनपाठन हुने गरि काठमाडौं विश्वविद्यालय केन्द्रीय प्रशासनमा मात्र ताला लगाएको कुरा सबैमा अवगत नै छ। तर काठमाडौं विश्वविद्यालय प्रशासनले विद्यार्थी जुधाउने र विद्यार्थीको भविष्यमाथि नै खेलवाड गर्ने नियतले गत २० दिनदेखि काठमाडौं विश्वविद्यालय बन्द रहँदा पनि हाम्रो मागको सम्बोधन नहुनुले काठमाडौं विश्वविद्यालयले आफ्नो लाचारीपनको नाङ्गो प्रदर्शन गरेको छ। त्यस कारण हामी सशक्त आन्दोलनका थप कार्यक्रम गर्न वाध्य छौं। आजैका दिनदेखि काठमाडौं विश्वविद्यालय अन्तर्गतका पनौती, काभ्रेमा अवस्थित स्कूल अफ मेडिकल साइन्स तथा ग्वार्को, काठमाडौंमा अवस्थित स्कूल अफ आर्टस्, एजुकेसन र म्यानेजमेन्टका प्रशासनहरुमा पनि तालाबन्दीको कार्यक्रमको घोषणा गरेका छौं।

विद्यार्थीहरुको पढ्न पाउने नैसर्गिक अधिकारलाई सुनिश्चित गर्दै नियमित पठनपाठन सुचारु गर्न सम्पुर्ण प्राध्यापकवर्गलाई अनुरोध गर्दै प्रशासनिक निकाय मात्र तालाबन्दी गरिएको जानकारी यसै विज्ञप्ति मार्फत अवगत गराउन चाहन्छौं। पठनपाठन सुचारूका लागि कुनै पनि पक्ष वा तत्त्वले आनाकानी गर्ने खालको क्रियाकलाप गर्छ भने सम्पूर्ण विद्यार्थीहरुलाई आफ्नो अधिकारको सुनिश्चितताको लागि संघर्ष गर्न हार्दिक अपिल गर्दछौं।

जय नेपाल!

साँच्चै भन्ने हो भने, अब ‘बल’ केयु प्रशासन कै कोर्टमा छ, हुन त पहिले पनि ‘बल’ केयु प्रशासन कै कोर्टमा थियो । नेविसंघ ले प्रशासन मा मात्र ताला लाएको र पठनपाठन सुचारु गर्न आग्रह गरिसकेको अवस्थामा कक्षाहरु पुर्ववत रुपमा नै सञ्चालन हुनुपर्ने हो । तर पनि अहिलेसम्म प्रशासनबाट केही ‘रेसपोन्स’ न-आएका कारण यसै भन्ने अवस्था छैन । प्रशासन मा तालावन्दि गरिँदा को पहिलाको नजिरलाई आधार मान्दा भोलि देखि कक्षा सुरु हुनु पर्ने हो । स्मरणिय रहोस विगत मा समय समय मा प्रशासन मा तालावन्दी गरिँदा पनि कक्षाहरु सुचारु रुपले सञ्चालन भएकाथिए ।

भोलि केयुमा कक्षा हुने नहुने कुरा, काठमाडौँबाट स्कुल बस आउँछ कि आउँदैन भन्ने कुरा मा निर्भर गर्छ । अत: काठमाडौँ बाट स्कुल बस आए भोलि कक्षा पुर्ववत नै सुचारु हुनेछ ।  अन्यथा पठनपाठन सुचारु हुन लगभग असम्भव नै छ । अनि यहाँ  विद्यार्थीहरु माझ दुविधा र शंका कायम नै छ, के भोलि केयु मा क्लास होला त ? तर अब  भोलि को कुरा भोलि मात्रै थाहा हुने यहाँ को अवस्था छ ।

अपडेट

केयु प्रशासन बाहेक अन्य डिपार्मेन्ट र स्कुलमा तालाबन्दी नगरिएको भएपनि आज केयुमा कक्षा सञ्चालन भएन । सायद अझै केही दिन कक्षा नहुने संकेत हो यो । वार्ता विना समस्या समाधान हुन सक्दैन तर खै किन हो केयु प्रशासन ले आन्दोलनरत पक्षलाई अहिलेसम्म वार्ता मा बस्न बोलाएको छैन । प्रशासन ले कुनै ‘रेसपोन्स’ नदिनुले केयु प्रशासन को असक्षमता र अदुरदर्शिता पुष्टि गर्दैछ (?) स्कुल र डिपार्टमेन्ट मा गरिएको तालावन्दी खुलिसकेको अवस्थामा पनि कक्षा सञ्चालन हुँदैन भने, विद्यार्थीहरुले के गर्ने ?

Comments

  1. हा हा हा ! अब आफूले पढाइ हुन्छ नै भनेर ग्यारेन्टि भन्न सकिँदैन त ! :P

    ReplyDelete
  2. "महानगर"को जस्तो समाचार भयो यार....शीर्षकमा जे छ भित्र नि त्यहि.....:P

    ReplyDelete
  3. Will classes resumes (or resume?)

    ReplyDelete
  4. Now, you could have seen where the politics originates from?If you remember I had written in your first blog about this....There are some people who are doing politics invisibly for years...They are non other that VC and Registrar themselves.It might feel little unacceptable for few blind supporters of them but this is the truth...Now the tenure of Registrar is extended everything will be fine....

    ReplyDelete
  5. KU maa aba TU and PU(both) ka tatwa harubaat direct prbhav paarne kaamharu vairakheko6 SWC ko bahaanaama. Ke haami sabai milera SWC lai nai Khaarej garnu par6 jasto lag6 malaaita yedi KU lai political place banna baata roknako laagi. Sathi Haruko yesma Kasto Raaya 6 ta, Please comment!!!

    Uday

    ReplyDelete
  6. Except admin and dean office all locks have been opened but class is not started yet. Admin is saying that the class will be started only after the opening of all locks.

    ReplyDelete
  7. It's a sad news. Despite that students like you want to study, the college has remained closed for more than a week now. It's really sad and I hope that the concerned bodies will consider resuming classes soon.

    ReplyDelete
  8. Headline could be better put "Will Classes Resume From Tuesday?" rather than 'tomorrow'. 'Tomorrow' is a vague word for journalism, what if I read this today i.e. Tuesday.

    ReplyDelete
  9. Thank you !
    Will try to keep these things in my mind on my next post.
    :)

    ReplyDelete
  10. Lets save one semester being lost...................

    ReplyDelete
  11. Lets save one semester being LOST in KU.............

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

ट्विटरव्दारा प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न आग्रह [पडकास्ट 📻 ]

आकार पोष्ट रेडियोको पहिलो अंकमा स्वागत छ । आजको यो अंकमा ट्विटरले केही दिन पहिले पासवर्ड परिवर्तन गर्न जारी गरेको सूचनाको बारेमा कुरा गर्दैछु । के कति कारणले, ट्विटरले पासवर्ड परिवर्तन गर्न सूचना जारी गर्‍यो, तथा प्रयोगकर्ताले के कति कारणले पासवर्ड तुरुन्त परिवर्तन गर्नुपर्छ भन्ने विषयमा यो अंक केन्द्रित छ । पडकास्टको यो पहिलो अंक परिक्षणको रुपमा मोबाइलमा रेकर्ड गरेर तयार पारिएको हो । कति सकिन्छ थाहा छैन, तर यस पडकास्टलाई साप्ताहिक रुपमा सञ्चालन गर्ने मेरो योजना छ, जहाँ सूचना प्रविधिका विभिन्न पाटोहरुको बारेमा कुरा गर्नेछु । हाललाई यो पडकास्ट एन्कर एफएम तथा स्टिचर एप मार्फत सुन्न सकिन्छ । ट्विटरमा प्रयोग भएको पासवर्ड अन्य साइटहरुमा (जस्तो: फेसबुक, गुगल, दराज, सस्तोडिल, ड्रपबक्स आदि) पनि प्रयोग गरिएकोछ भने, ती साइटहरुमा पनि पासवर्ड तुरुन्त परिवर्तन गर्नुभइ, इन्टरनेटमा सुरक्षित रहनुहोला। प्रो टिप: साइटहरुमा कहिले पनि एउटै पासवर्ड प्रयोग नगर्नुहोला। pic.twitter.com/PjWwQWc7C4 — Aakar Anil (@aakarpost) May 4, 2018

कुन च्याट एप्स चलाउने?

फेसबुकको मेसेन्जरमा स्टोरीज आएपछि वाक्क, दिक्क नै भइयो । त्यसको विकल्प खोज्ने क्रममा पहिले त फेसबुक र मेसेन्जर एप दुवै मोबाइलबाट हटाएर ब्राउजरमा चलाउन थालेँ । त्यसको केही दिनपछि फेसबुक लाइट र मेसेन्जर लाइट चलाउन पुगेँ । फेसबुक लाइटको 'एप एक्सपिरियन्स' खासै गतिलो लागेन र फेरि केही हप्ता पछि फेसबुक एपमा सरेँ तर फेसबुक मेसेन्जर चाँहि मेसेन्जर लाइट नै मनपर्‍यो । गज्जब, च्याट गर्न मात्र मिल्ने । त्यसो त मोबाइलमा करिब आधा दर्जन च्याट एप्स छन्, सबै एप सँधै चलाइँदैन । अर्को कुरा, च्याटको लागि प्रयोग नगरिने एप्‌मा पनि च्याट गर्ने फिचर छ या भनौँ "प्राइभेट मेसेज" गर्ने सुबिधा छ । उदाहरणको लागि इन्स्टाग्राम फोटो सेयर गर्ने एप हो, तर यहाँ साथीहरुलाई सिधै मेसेज पनि गर्न मिल्छ, दोहोरो च्याट गर्न मिल्छ । हिजोआज म पनि प्राय: ट्विटरको 'डाइरेक्ट मेसेज' धेरै प्रयोग गरिरहेको हुन्छु, साथीहरुसँग कुरा गर्न । एक समय यस्तो थियो, म गुगल टक या भनौँ जिमेल च्याट मात्रै प्रयोग गर्थेँ । कसैले केही म्यासेज मलाई पठाउनु छ भने, कि त ईमेल गर्थे वा गुगल टकमा कुरा गर्थे, हैन भने फोन र एसएम...

SLC RESULT 2068/2069 (2011-2012) To publish Today

The result of the School Leaving Certificate (SLC) 2068/2069 examinations held earlier this year is going to published today (by Wednesday evening). The Office of the Controller of Examinations, Sanothimi is going through final preparations to flash SLC examination result within this evening. Altogether 528,257 examines had appeared for the exam. SLC Results 2068 will be available online as soon as the Controller of Examinations published the results.You can check SLC Results via SMS Service after Examination Controller’s Office published the results. यस वर्षको एसएलसी परीक्षा 'रिजल्ट' आज सार्वजनिक हुने करिब करिब निश्चत भएको छ। नतिजा निस्कने बित्तिकै अनलाइनमा रिजल्ट राखिनेछ । विभिन्न अनलाइन साइटहरुको साथै, एसएमएसको माध्यमबाट पनि आफ्नो रिजल्ट हेर्न सकिन्छ । एसएमएस मार्फत रिजल्ट हेर्न SLC <space> <your symbol no.> टाइप गरि 5001 मा पठाउन सकिनेछ । SLC Result 2068 Published

हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु

नयाँ वर्ष २०१९ को अवसर पारेर हाम्रो पात्रो ले हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण सार्वजनिक गरेकोछ । नयाँ थिम, इमोजी तथा नेपाली स्टिकरहरु सहित आएको हाम्रो नेपाली किबोर्ड को नयाँ संस्करण हिजोबाट गुगल प्लेस्टोरमा उपलब्ध छ । हाम्रो नेपाली किबोर्डमा नयाँ के छ? स्टिकर हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखिएकोछ । मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ । थिम हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थिम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थिम उपलब्ध छ । चलनचल्तिको “ब...

Subscribe to Aakar Post