कुबेलाको आंप जस्तो, अमिलो छ तिम्रो बोलि ।
बेला बेला पड्किरहने कत्ति सस्तो, तिम्रो गोली ।।
भन्नेले’त भगवान भन्लान् ! मान्नुपर्यो सारा जगत ।
गर्या छैनौ देखाउनलाई, ब्यर्थै गयो तिम्रो चोली ।।
बेला बेला पड्किरहने कत्ति सस्तो, तिम्रो गोली !!!
गालिगलौच गर्दै हिँड्छन्, भेट्लान् कुनै दिन तिन्ले ।
समयमै सुझाब तिम्लाई, सम्हाल है तिम्रो टोली ।।
बेला बेला पड्किरहने कत्ति सस्तो, तिम्रो गोली !!!
जति पेल्यौ तेति कडा, निस्किसके जगत सारा ।
सक्षम छन् है पुर्याउनलाई, आर्यघाटमा तिम्रो डोली ।।
बेला बेला पड्किरहने कत्ति सस्तो, तिम्रो गोली ।।।
-घिमिरे सुनिल
Image : fashionablygeek.com