सावधान : फेसबुक को स्टाटस र वाल मा पोस्ट गरिएका शंकास्पद लिंकहरु 'क्लिक' नगरौँ, फेसबुक ह्याक हुनसक्छ
विगत २-३ दिन यता, फेसबुक प्रयोगकर्ताहरु को स्टाटस र वाल मा अनौठा वाक्य र शंकास्पद लिंकहरु देखिएका छन् । तर सावधान ती लिंकहरु ‘क्लिक’ गर्ने काम नगर्नुहोला । यदि तपाईले ती लिंकहरु क्लिक गरेको खण्ड मा तपाई को फेसबुक स्टाटस तथा तपाईका साथिहरु का फेसबुक वाल मा अटोमेटिक रुपमा ‘चाहिने नचाहिने’ कुराहरु ‘पोस्ट’ हुन सक्छन्, जसले तपाई को साथिहरु बिच को सम्बन्ध बिगारिदिन सक्छ ! त्यति मात्र होइन, तपाई को कम्प्युटर भाइरसले ग्रस्त हुन्छ र तपाई को फेसबुक ‘ह्याक’ हुनसक्छ ।
अहिले फेसबुक का स्टाटस र वालहरुमा यसप्रकार का वाक्यहरु देखिएकाछन् :
माथि उल्लेख गरिएका स्टाटसहरु तथा यस्तै किसिम का अन्य स्टाटस वा वालपोष्टहरु फेसबुक मा भेट्नुभयो भने, त्यसलाई तत्काल डिलेट गरिदिनुहोला । अथवा साथीलाई त्यस्ता लिंकहरु क्लिक नगर्न भन्नुहोला र आफू पनि त्यस्ता लिंकहरु क्लिक नगर्नहोस् । प्राय: फेसबुक एप्लिकेसनहरु बाट यस्तो समस्या सबैतिर सरिहेकोले, बुझ्दै नबुझी हत्तपत्त फेसबुक एप्लिकेशनहरु नचालाऔँ ।
Don’t click any suspicious links which are being posted from Facebook Apps.
फेसबुक प्रयोगकर्ताहरुलाई ‘क्लिक’ गरुँ गरुँ झैँ लाग्ने यी लिंकहरुबाट फेसबुक मा स्पाम म्यासेज बढिरहेको छ भने, केयौँ प्रयोगकर्ताहरुको फेसबुक ह्याक भइरहेकाछन् । साथै, नचाहिने कुरा आफ्नो फेसबुक वाल मा पोष्ट गरिदिएको भन्दै, साथीहरु बिच को सम्बन्ध पनि बिग्रिरहेकाछन् । अत: सावधान, यस्ता शंकास्पद लिंकहरु क्लिक नगरौँ, फेसबुक मा आफू सुरक्षित बसौँ । शंकास्पद लिंकहरु क्लिक नगरौँ, फेसबुक ह्याक हुनसक्छ ।
Image: kansas.gov