Skip to main content

मोबाइलोग्राफी Photo Story [Pictures]

ग्राहक को पर्खाइ मा

हात को मुठी भित्र सल्किरहेको चुरोट छ, नेपाली ढाकाटोपी, अनि कोट र गोल्डस्टार जुत्ता मा सजिएका बुढा बा, पुरानो वसपार्क छेवैको, एक पर्खाल को आड मा ग्राहक को पर्खाइ मा छन् । काँटावाला, तराजु लिएर बसेका उनी, मान्छे को तौल जोख्छन्, तौल जोखि माग्नेहरुले पैसो तिरेर आफ्नो तौल जोख्छन् । यो फोटो लिएको समय नेपाली कांग्रेस को महाधिवेशन चल्दैथियो । बाटोभरि मान्छेहरु को भिड थियो, तर यस्तो लाग्दैथ्यो यी बुढा बा लाई केही वास्ता थिएन । उनी चुरोट तान्दै आफैँ मा हराइरहेका झैँ देखिन्थेँ ।

Aakar Mobile Photography

ढल्किँदो दिन

त्रिपुरेश्वर मा अवस्थित मन्दिर को फोटो खिच्दा, पश्चिम मा सूर्य डुब्न लागिसकेको थियो । कोलाहाल को बिचमा उभिएको मन्दिर आफू मा चाँहि साह्रै शान्त छ । पुल्चोक मा आयोजित लोकस २०१० हेरेर फर्किँदै गर्दा, थकाइ मार्ने उद्देश्य ले यही मन्दिर मा एकछिन अडिएको थिँए ।

Aakar Mobile Photography

झोलुङ्गे पुल

ललितपुर बालकुमारी मा, मनोहरा खोला माथि रहेको झोलुंङ्गे पुल ! यो फोटो खिच्दा, मौसम सफा थिएन, हल्का वर्षा भइरहेथ्यो । त्यसदिन केही साथिहरु को साथ मा, नयाँ वानेश्वर, शंखमुल हुँदै यो झोलुङ्गे पुल तरेर, बालकुमारी हुँदै पाटन डुलेर, पुल्चोक बाट ओरालो लाग्दै, कुपुण्डोल पुल तरेर, बबरमहल बाट धुलिखेल को लागि गाडि चढिएको थियो ।

Aakar Mobile Photography 

सूर्योदय

सूर्योदय हुने बित्तिकै को मौसम, साह्रै नै रमाइलो लाग्छ । यो फोटो, बिहान सूर्योदय भएको बखत, कोठाको झ्यालबाट कपन मा खिचिएको हो । Aakar Mobile Photography

चिया कि मकटेल

केही हप्ता अघि, जमल छेउ को कुनै रेष्टुरेन्ट/बार छिर्दा, वेटर ले मेनु लिएर आए । मेनु मा खै कुन्नि के “…. टि” थियो । अरु नाम थाहा नभएको के खानु, ‘टि’ नै खाने भनेर अडर गरियो । त्यसको आधाघन्टा पछि, वेटर ले ‘टि’ भन्दै यो ल्याएर टेबुल मा राखिदिए । आज अचम्म को ‘टि’ खाने भइयो भनेर स्ट्र ले के तानिएको थियो, टर्वो स्वाद आयो, बियर भन्दा नि नमिठो लाग्यो ‘टि’ ! पछि वेटर ले भन्यो, यो ‘चिया’ होइन, यो ‘टि’ त मकटेल हो ।

  Aakar Mobile Photography

गमला कि स्ट्रे

म्यानहटन् चलचित्र महोत्सव हेर्न अस्ति को शुक्रबार रसियन कल्चर सेन्टर, कमलपोखरी पुगिएको थियो । चलचित्र सकिएपछि, चियापान कार्यक्रम थियो । आफूले नि चिया लिएर बाहिर आएँ । बाहिर केही मान्छेहरु चुरोट को धुँवा उडाइरहेक थिए । खाइसकेको चुरोट को ठूटो भने, छेवै को गमला मा राखिदिए । गमला त स्ट्रे  पो भयो । खै के भन्ने तिनीहरुलाई ?

 Aakar Mobile Photography Aakar Mobile Photography 

फेसन

कमलपोखरी बाट कपन पुग्ने क्रममा, हाँडिगाउँ पैदलै छिचोल्दै थिँए । गहनापोखरी बाट अघि बढ्दै जाँदा, एउटा चोक मा देखेँ, रक्सी ले मातेर नै हुनुपर्छ एकजना बाटो छेवैमा सुतिरहेको थियो । उसको क्याप टोपी ले टाउको लाई छोडेको थियो । एकातिर छेउ मा कोहि अरुकै साइकल रोकिएको थियो । त्यो मुडो झैँ लडिरहेको मान्छे र त्यो साइकल को क्यारियर मा च्यापिएको झोला मा लेखिएको ‘फेसन’ शब्द ले मलाई कता कता झस्काइदियो । अनि ती दुवैलाई आफ्नो मोबाइल क्यामेरा को फ्रेम भित्र पारेँ ।

Aakar Mobile Photography 

डाँडामाथि सरर

बल्खु देखि हेटौँडा जाने बाटो, अहिले निकै चल्ति मा रहेको बाटो बनेको छ । ती अजंग का पहाड मा सानो  गाडिहरु मात्र गुड्न सक्नेगरि बाटो खनिएको छ । मोटरसाइकल र सुमो गाडिहरु यही बाटो बाट हिँड्छन् । डाँडा मा हेर्दा, बाटोहरु एउटा सानो धर्सा जस्तो देखिन्छन् । तल का दुवै फोटो, (बाटो तथा धानखेत) कुलेखानी ड्याम छेउ को गाउँ मा कुदिरहेको गाडिबाट लिइएको हो । (ठाउँ को नाम बिर्सेँ)

Aakar Mobile Photography Aakar Mobile Photography 

लंगुरबुर्जा

बाटो बाटो मा लंगुरबुर्जा देखेपछि, दशैँ तिहार या अन्य केही चाड आएको थाहा हुन्छ । हामी लंगुरबुर्जालाई ‘खडखडे’ पनि भन्थ्यौँ । अब त, लंगुरबुर्जा पनि थरिथरिका फोटोहरु राखेर खेलाउन थालेछन् । अस्ति वनेपा पुग्दा, वनेपा मा खुलेआम लंगुरबुर्जा खेलाइरहेका थिए, अनि खेलिरहेका थिए । अनि दाउ थाप्न को लागि, लंगुर मा महादेव र बुर्जा मा गणेश को फोटो थियो ।

Aakar Mobile Photography

हाइटेन्सन लाइन

कुलेखानि बाट उत्पादित बिजुली यही हाइटेन्सन लाइन हुँदै, देशभरि बाँडिएको छ । सँगै साना ठूला अन्य खम्बाहरु पनि छन् । फोटो, मकवानपुर को देउराली मा खिचिएको हो ।

 Aakar Mobile PhotographyAakar Mobile Photography

शहर

गाडि जहाँ धेरै देखिन्छन् वा हुन्छन् त्यही नै शहर हो । सुन्धारा को ‘ओभरहेड ब्रिज’ बाट काठमाडौँ मलतर्फ हिँडेका गाडिहरु, कमिला का ताँति झै देखिन्छन् । गाडि धेरै, बाटो थोरै हुँदा, सँधै जाम झेल्नुपर्ने बाध्यता रहेको छ । साथै त्यसै समय मा, धरहरा को फोटो पनि खिचिएको थियो । काठमाडौँ आउन जो कोही, धरहरा/टुँडिखेल छेउछाउ पुग्छन् भन्ने मेरो विश्वास छ ।

 Aakar Mobile Photography

Aakar Mobile Photography

बन्द

केही समयअघि माओवादी ले गरेको बन्द का कारण, सुनसान देखिएको गौशला क्षेत्र । सँधै व्यस्त र अत्याधिक जाम हुने, गौशला क्षेत्र मा एउटै गाडि नदेख्दा, अचम्म पनि लाग्दोरहेछ ।Aakar Mobile Photography

यौन पत्रिका को बाढि

बजार मा “यौन र पोलिटिक्स बिक्छ रे” । केही दिन अघि एक पत्रिका पसल मा पुग्दा, त्यहाँ तल्लोस्तर का यौनपत्रिका नै धेरै देखेँ, आफूले खोजेको पत्रिका भने भेट्न सकिन :( ।

अहिले सोच्दा लाग्छ, यो इन्टरनेट मा अश्लिल साइट को निहुँ गरेर, इन्टरनेटलाई सेन्सर गर्नु सट्टा, यस्ता तल्लोस्तर का पत्रिका निकाल्ने प्रकाशक, लेखकहरुलाई चाँहि खोजेर तुरुन्तै  कारवाही गरे हुने थियो । सामाजिक विकृति त यस्तै पत्रिकाहरु ले धेरै निम्त्याइरहेका छन् ।

 Aakar Mobile Photography

* सबै फोटोहरु ‘नोकिया ६३००’ मोबाइल बाट खिचिएका हुन् । (यो नोकिया को विज्ञापन भने हैन है)

Popular posts from this blog

Radha : Shruti Sambeg [Review and Download]

Radha by Krishna Dharabasi is wonderful novel based on traditional era of Lord Krishna and Radha. The traditional plot of the story makes the readers/listeners feel that Dharabasi is narrating us the same old story of love of Radha and Krishna. However , the story based on the traditional plot it portrays the modern era in a dramatic way such that it speaks of so many hidden things that we will be amazed while ending it up. Radha and Krishna are the eternal lovers. Lord Krishna and Radha are together since childhood. But in teenage they are separated (as in the traditional story) and Lord Krishna has to go away leaving Vindraban for fulfilling the task for which he has taken birth.This brings tragedy to Radha and all the people in Vindraban. Radha waits for Krishna to arrive but he seldom does. She is stubborn to go meet Krishna. Later she sets out as a Yogini in a long voyage to search self, leaving her parents. She is accompanied by her friend Bisakha everywhere she went. Radha faces...

फेसबुक न्युजफिड अपडेट - पेजलाई झनै गाह्रो

अमेरिकामा भएको पछिल्लो राष्ट्रपति निर्वाचनको परिणाम सार्वजनिक भएसँगै फेसबुक लगायत विभिन्न सोसल मिडिया साइटहरुको उपयोगिताबारे व्यापक बहस सुरु भएको थियो । "फेक न्युज"को बिगबिगीले गर्दा फेसबुक, एकहिसाबमा फेकबुकमा परिणत भयो । प्राय: फेक न्युजहरु नै धेरै सेयर हुने र भाइरल हुन थाले । धेरै सेयर हुँदा, स्वाभावत: "फेक न्युज" पनि साँच्चै हो भन्न थालियो । कहिँकति अनुसन्धान छैन, फलानोले एकथरि पेजबाट समाचार सेयर गर्छ, अर्कोले सेयर गर्छ, अर्कोले गर्छ, असत्य तथा काल्पनिक समाचारहरु कै बोलबाला देखियो । नेपालमा भएको पछिल्लो निर्वाचनमा पनि प्रचारवाजी शैलीका मनगढन्ते तथा काल्पनिक समाचारहरु भाइरल भए । फलाना र चिलाना पार्टि, मान्छे पिच्छेका अनलाइन समाचार पोर्टल, फेसबुकको न्युजफिड हेर्न नै दिक्क लाग्ने किसिमको थियो । सबैभन्दा अनौठो लाग्ने चाँहि, मान्छेहरु फेसबुकमा फलाना समाचार पोर्टलले लेखेको भन्दै सेयर गरिरहेका भेटिन्थे । अझ के भने, नेपालका ठूला प्रकाशनहरु सँग ठ्याक्कै मिल्ने नामहरु राखेर काल्पनिक समाचारको व्यापार गर्ने समूहहरु नै छन् । उदाहरणको लागि, कान्तिपुरले यस्तो उस्तो लेख्यो ...

ट्विटरव्दारा प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न आग्रह [पडकास्ट 📻 ]

आकार पोष्ट रेडियोको पहिलो अंकमा स्वागत छ । आजको यो अंकमा ट्विटरले केही दिन पहिले पासवर्ड परिवर्तन गर्न जारी गरेको सूचनाको बारेमा कुरा गर्दैछु । के कति कारणले, ट्विटरले पासवर्ड परिवर्तन गर्न सूचना जारी गर्‍यो, तथा प्रयोगकर्ताले के कति कारणले पासवर्ड तुरुन्त परिवर्तन गर्नुपर्छ भन्ने विषयमा यो अंक केन्द्रित छ । पडकास्टको यो पहिलो अंक परिक्षणको रुपमा मोबाइलमा रेकर्ड गरेर तयार पारिएको हो । कति सकिन्छ थाहा छैन, तर यस पडकास्टलाई साप्ताहिक रुपमा सञ्चालन गर्ने मेरो योजना छ, जहाँ सूचना प्रविधिका विभिन्न पाटोहरुको बारेमा कुरा गर्नेछु । हाललाई यो पडकास्ट एन्कर एफएम तथा स्टिचर एप मार्फत सुन्न सकिन्छ । ट्विटरमा प्रयोग भएको पासवर्ड अन्य साइटहरुमा (जस्तो: फेसबुक, गुगल, दराज, सस्तोडिल, ड्रपबक्स आदि) पनि प्रयोग गरिएकोछ भने, ती साइटहरुमा पनि पासवर्ड तुरुन्त परिवर्तन गर्नुभइ, इन्टरनेटमा सुरक्षित रहनुहोला। प्रो टिप: साइटहरुमा कहिले पनि एउटै पासवर्ड प्रयोग नगर्नुहोला। pic.twitter.com/PjWwQWc7C4 — Aakar Anil (@aakarpost) May 4, 2018

कुन च्याट एप्स चलाउने?

फेसबुकको मेसेन्जरमा स्टोरीज आएपछि वाक्क, दिक्क नै भइयो । त्यसको विकल्प खोज्ने क्रममा पहिले त फेसबुक र मेसेन्जर एप दुवै मोबाइलबाट हटाएर ब्राउजरमा चलाउन थालेँ । त्यसको केही दिनपछि फेसबुक लाइट र मेसेन्जर लाइट चलाउन पुगेँ । फेसबुक लाइटको 'एप एक्सपिरियन्स' खासै गतिलो लागेन र फेरि केही हप्ता पछि फेसबुक एपमा सरेँ तर फेसबुक मेसेन्जर चाँहि मेसेन्जर लाइट नै मनपर्‍यो । गज्जब, च्याट गर्न मात्र मिल्ने । त्यसो त मोबाइलमा करिब आधा दर्जन च्याट एप्स छन्, सबै एप सँधै चलाइँदैन । अर्को कुरा, च्याटको लागि प्रयोग नगरिने एप्‌मा पनि च्याट गर्ने फिचर छ या भनौँ "प्राइभेट मेसेज" गर्ने सुबिधा छ । उदाहरणको लागि इन्स्टाग्राम फोटो सेयर गर्ने एप हो, तर यहाँ साथीहरुलाई सिधै मेसेज पनि गर्न मिल्छ, दोहोरो च्याट गर्न मिल्छ । हिजोआज म पनि प्राय: ट्विटरको 'डाइरेक्ट मेसेज' धेरै प्रयोग गरिरहेको हुन्छु, साथीहरुसँग कुरा गर्न । एक समय यस्तो थियो, म गुगल टक या भनौँ जिमेल च्याट मात्रै प्रयोग गर्थेँ । कसैले केही म्यासेज मलाई पठाउनु छ भने, कि त ईमेल गर्थे वा गुगल टकमा कुरा गर्थे, हैन भने फोन र एसएम...

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

पाँच करोड फेसबुक प्रयोगकर्ताको तथ्यांक दुरुपयोग

५ करोड फेसबुक प्रयोगकर्ताको तथ्यांक चोरी भएको खबर केही दिन पहिले गार्डियन तथा न्युयोर्क टाइम्स ले प्रकाशित गरेको थियो । प्रयोगकर्ताको जानकारी विना फेसबुकबाट लिइएको उक्त तथ्यांकलाई क्याम्ब्रिज एनालिटिका भन्ने कम्पनीले अनधिकृत रुपमा प्रयोग गरेको दावी गर्दै, क्याम्ब्रिज एनालिटिका’का भूतपूर्व इन्जिनियर क्रिस्टोफर वाइलीले गार्डियनलाई अन्तरवार्ता दिएर यी कुराहरु मिडियामा सार्वजनिक गरेका थिए । क्रिस्टोफरका अनुसार क्याम्ब्रिज एनालिटिकाले २०१४ मा एउटा एप मार्फत करिब ५ करोड फेसबुक प्रयोगकर्ताहरुको तथ्यांक चोरी गरेको थियो । क्याम्ब्रिज एनालिटिका र फेसबुककै विषयमा गार्डियनले पहिले नै २०१५ मा समाचार प्रकाशित गरेको थियो । उक्त समाचार पछि फेसबुकले क्याम्ब्रिज एनालिटिकालाई तथ्यांक मेटाउन भनेको र एनालिटिकाले तथ्यांक मेटाएको जानकारी फेसबुकलाई गराएको थियो । तर दुबै कम्पनीले यो कुरालाई गुपचुप राखेका थिए, अझ उल्टै फेसबुकले जथाभावी समाचार लेखेको भन्दै गार्डियनलाई मुद्दा हाल्ने धम्कि दिएको थियो भने क्याम्ब्रिज एनालिटिकाले तथ्यांक सुरक्षित नै राखेको थियो । त्यही चोरी गरिएको प्रयोगकर्ताहरुको तथ्यांकलाई ...

Subscribe to Aakar Post