ब्लग छ, कम्प्युटर बाट धेरै ले हेर्छन् । हिजो आज फेसबुक धेरै ले मोबाइल बाट पनि चलाउने हुँदा, तपाई को ब्लगहरु मोबाइल बाट पनि हेर्न खोज्छन्, मोबाइल प्रयोगकर्ताहरु !
तर तपाई को ब्लग कम्प्युटर को लागि डिजाइन गरिएको हुँदा, मोबाइल मा तपाई को ब्लग लोड हुन धेरै समय लाग्छ, जसका कारण पैसा र समय दुवै को बर्बादी मात्र हुन्छ । साथै, कम्पयुटर को लागि डिजाइन गरिएको ब्लग, मोबाइल मा हेर्दा धेरै कुरा मिल्दैन ।
अर्को कुरा मोबाइल बाट हेर्ने पाठकहरु ‘साइडबार’ का विगेटहरु हेरेर बस्दैनन् । उनीहरुलाई नयाँ ब्लग के रहेछ भन्ने कुरा मात्र जान्ने इच्छाहरु हुन्छ । उनीहरु चाहन्छन्, ब्लगहरु क्रमैसँग मोबाइल को ब्राउजर मा देखियोस, चाँडो खुलोस, ब्लग सजिलो सँग पढ्न पाइयोस् ।
सायद तपाईहरु पनि यही सोच्नुहुन्छ होला, कुनै साइट मोबाइल मा खोल्नु पर्यो भने, तपाईहरुलाई चाँडो खुलोस, सजिलो सँग पढ्न पाइयोस् ।
अझ तपाईहरुलाई पनि आफ्नो ब्लग मोबाइल फ्रेन्डली बनाउने मन होला ! पक्कै पनि अहिले सबैकुरा मोबाइल मा अटाउन थालेको छ । मोबाइल बाट पनि तपाई को ब्लगहरु हेरिन्छन् भन्ने कुरा मा कुनै दुइमत छैन ।
तपाईलाई आफ्नो ब्लग को लागि मोबाइल साइट बनाउन मन लागेको छ तर कुरा के परिदियो भने, तपाईलाई यस्तो साइट बनाउने कुराहरु केही थाहा छैन । अब साइट नै बनाउन लगाउने हो भने पनि, खर्च धेरै लाग्छ, झन्झट धेरै छ ।
तर चिन्ता नगर्नुस् आज यहाँ मोबाइल साइट बनाउने एकदम सजिलो उपाय बताउँदैछौँ । तपाईले ५ मिनेट भित्रै आफ्नो ब्लग को लागि मोबाइल साइट बनाउन सक्नुहुन्छ ।
ती मोबाइल साइटहरु राम्रा मात्र देखिने हैनन्, मोबाइल मा लोड पनि चाँडो हुन्छ र पढ्न पनि सजिलो हुन्छ । तपाईका सबै ब्लगहरु सजिलै मोबाइल मा पढ्न सकिन्छ ।
1. Google Reader –
गुगल रिडर को सहायता ले तपाईले विना कुनै झन्झट आफ्नो मोबाइल साइट बनाउन सक्नुहुन्छ । गुगल रिडर को rss को मद्दत बाट १० सेकेन्ड मै तपाई को मोबाइल ब्लग तयार हुन्छ । गुगल रिडर बाट मोबाइल ब्लग बनाउन को लागि तपाई को ब्लग rss फिड लाई गुगल रिडर को तल को लिंक मा लगेर राखीदिनुस् ।
http://www.google.com/reader/m/view/feed/ [RSS फिड एड्रेस]
जस्तो आकारपोष्ट को मोबाइल भर्सन को लागि :
http://www.google.com/reader/m/view/feed/http://feeds2.feedburner.com/Aakar
तपाईले यो लिंकलाई आफ्नो ब्लग मा राखेर, सबैलाई यो लिंक को मोबाइल साइट मा जान भन्न सक्नुहुन्छ । तर यो लिंक त धेरै लामो छ, सम्झन गाह्रो छ ! अत: तपाई को आफ्नै डोमेन छ भने, m.yourdomain.com आदि नाम राख्न सक्नुहुन्छ । जस्तो हाम्रो मोबाइल साईट http://m.aakarpost.com रहेको छ ।
तर आफ्नै डोमेन छैन भने पनि नआत्तिनुस्, तपाई ले विभिन्न लिंक सर्टनरहरु को प्रयोगबाट आफ्नो साइट को सम्झनसक्ने लिंक बनाउन सक्नुहुन्छ । जस्तो की हाम्रो यही मोबाइल साइटलाई यहाँ बाट पनि हेर्न सकिन्छ । http://tinyurl.com/aakarpost तपाई पनि आफ्नो साइट को लिंक http://tinyurl.com मा गएर सम्झनसक्ने बनाउन सक्नुहुन्छ ।
2. Mofuse.com
Mofuse.com को मद्दत ले पनि, तपाई ले आफ्नो ब्लग को मोबाइल साइट निशुल्क केही मिनेट भित्रै बनाउन सक्नुहुन्छ ।
तपाईले mofuse.com मा फ्रि मा एकाउन्ट बनाउन सक्नुहुन्छ । त्यसपछि आफ्नो साइट वा फिड लिंक दिएर केही छिन मै आफ्नो मोबाइल साइट बनाउन सक्नुहुन्छ ।
mofuse.com ले साइट बनाउने हुँदा तपाई को साइट को एक्सटेन्सन .mobi हुन्छ जस्तो कि हाम्रो साइट यहाँ हेर्न सकिन्छ http://aakarpost.mofuse.mobi/ ।
तर तपाई को आफ्नै डोमेन छ भने m.domain.com आदि को आफ्नै साइट लिंक बनाउन सक्नुहुन्छ । जस्तो की हाम्रो मोबाइल साइट: m.aakarpost.com ।
अथवा आफ्नो साइट छैन भने पनि,माथि भनिएजस्तै अरु लिंक सर्टनरहरु को सहायता ले लिंक सम्झन सक्ने बनाउन सक्नुहुन्छ अथवा mofuse.mobi कै एक्सटेन्सन सहित को लिंक आफ्नो ब्लग मा राख्न सक्नुहु्न्छ ।
यसरी तपाई को मोबाइल साइट केही छिन मै तयार हुन्छ । बाँकि मोबाइल साइट को लिंक प्रमोशन को जिम्मा चाँहि तपाइहरु को । सबैले थाहा पाउनु पर्यो नि लिंक हैन र ???
For free, mobile version of your blog, check this link:
http://forblogs.mofuse.com
हाम्रो मोबाइल साइट हेर्नुहोस्:
आकारपोष्ट: http://m.aakarpost.com
आकारटेकब्लग: http://mtech.aakarpost.com