Skip to main content

ब्लग को लागि मोवाइल साइट बनाउने हो ? [Friday Tech]

ब्लग छ, कम्प्युटर बाट धेरै ले हेर्छन् । हिजो आज फेसबुक धेरै ले मोबाइल बाट पनि चलाउने हुँदा, तपाई कोAakar Post Mobile ब्लगहरु मोबाइल बाट पनि हेर्न खोज्छन्, मोबाइल प्रयोगकर्ताहरु !

तर तपाई को ब्लग कम्प्युटर को लागि डिजाइन गरिएको हुँदा, मोबाइल मा तपाई को ब्लग लोड हुन धेरै समय लाग्छ, जसका कारण पैसा र समय दुवै को बर्बादी मात्र हुन्छ । साथै, कम्पयुटर को लागि डिजाइन गरिएको ब्लग, मोबाइल मा हेर्दा धेरै कुरा मिल्दैन ।

अर्को कुरा मोबाइल बाट हेर्ने पाठकहरु ‘साइडबार’ का विगेटहरु हेरेर बस्दैनन् । उनीहरुलाई नयाँ ब्लग के रहेछ भन्ने कुरा मात्र जान्ने इच्छाहरु हुन्छ । उनीहरु चाहन्छन्, ब्लगहरु क्रमैसँग मोबाइल को ब्राउजर मा देखियोस, चाँडो खुलोस, ब्लग सजिलो सँग पढ्न पाइयोस् ।

सायद तपाईहरु पनि यही सोच्नुहुन्छ होला, कुनै साइट मोबाइल मा खोल्नु पर्यो भने, तपाईहरुलाई चाँडो खुलोस, सजिलो सँग पढ्न पाइयोस् ।

अझ तपाईहरुलाई पनि आफ्नो ब्लग मोबाइल फ्रेन्डली बनाउने मन होला ! पक्कै पनि अहिले सबैकुरा मोबाइल मा अटाउन थालेको छ ।  मोबाइल बाट पनि तपाई को ब्लगहरु हेरिन्छन् भन्ने कुरा मा कुनै दुइमत छैन ।

तपाईलाई आफ्नो ब्लग को लागि मोबाइल साइट बनाउन मन लागेको छ तर कुरा के परिदियो भने, तपाईलाई यस्तो साइट बनाउने कुराहरु केही थाहा छैन । अब साइट नै बनाउन लगाउने हो भने पनि, खर्च धेरै लाग्छ, झन्झट धेरै छ ।

तर चिन्ता नगर्नुस् आज यहाँ मोबाइल साइट बनाउने एकदम सजिलो उपाय बताउँदैछौँ । तपाईले ५ मिनेट भित्रै आफ्नो ब्लग को लागि मोबाइल साइट बनाउन सक्नुहुन्छ ।

ती मोबाइल साइटहरु राम्रा मात्र देखिने हैनन्, मोबाइल मा लोड पनि चाँडो हुन्छ र पढ्न पनि सजिलो हुन्छ । तपाईका सबै ब्लगहरु सजिलै मोबाइल मा पढ्न सकिन्छ ।

1. Google Reader –

गुगल रिडर को सहायता ले तपाईले विना कुनै झन्झट आफ्नो मोबाइल साइट बनाउन सक्नुहुन्छ । गुगल रिडर को rss को मद्दत बाट १० सेकेन्ड मै तपाई को मोबाइल ब्लग तयार हुन्छ । गुगल रिडर बाट मोबाइल ब्लग बनाउन को लागि तपाई को ब्लग rss फिड लाई गुगल रिडर को तल को लिंक मा लगेर राखीदिनुस् ।

http://www.google.com/reader/m/view/feed/ [RSS फिड एड्रेस]

जस्तो आकारपोष्ट को मोबाइल भर्सन को लागि :

http://www.google.com/reader/m/view/feed/http://feeds2.feedburner.com/Aakar

तपाईले यो लिंकलाई आफ्नो ब्लग मा राखेर, सबैलाई यो लिंक को मोबाइल साइट मा जान भन्न सक्नुहुन्छ । तर यो लिंक त धेरै लामो छ, सम्झन गाह्रो छ ! अत: तपाई को आफ्नै डोमेन छ भने, m.yourdomain.com आदि नाम राख्न सक्नुहुन्छ । जस्तो हाम्रो मोबाइल साईट http://m.aakarpost.com रहेको छ ।

तर आफ्नै डोमेन छैन भने पनि नआत्तिनुस्, तपाई ले विभिन्न लिंक सर्टनरहरु को प्रयोगबाट आफ्नो साइट को सम्झनसक्ने लिंक बनाउन सक्नुहुन्छ । जस्तो की हाम्रो यही मोबाइल साइटलाई यहाँ बाट पनि हेर्न सकिन्छ । http://tinyurl.com/aakarpost  तपाई पनि आफ्नो साइट को लिंक http://tinyurl.com मा गएर सम्झनसक्ने बनाउन सक्नुहुन्छ ।

aakar mobile

2. Mofuse.com

Mofuse.com को मद्दत ले पनि, तपाई ले आफ्नो ब्लग को मोबाइल साइट निशुल्क केही मिनेट भित्रै बनाउनmobile सक्नुहुन्छ ।

तपाईले mofuse.com मा फ्रि मा एकाउन्ट बनाउन सक्नुहुन्छ । त्यसपछि आफ्नो साइट वा फिड लिंक दिएर केही छिन मै आफ्नो मोबाइल साइट बनाउन सक्नुहुन्छ ।

mofuse.com ले साइट बनाउने हुँदा तपाई को साइट को एक्सटेन्सन .mobi हुन्छ जस्तो कि हाम्रो साइट यहाँ हेर्न सकिन्छ http://aakarpost.mofuse.mobi/

तर तपाई को आफ्नै डोमेन छ भने m.domain.com आदि को आफ्नै साइट लिंक बनाउन सक्नुहुन्छ । जस्तो की हाम्रो मोबाइल साइट: m.aakarpost.com  ।

अथवा आफ्नो साइट छैन भने पनि,माथि भनिएजस्तै अरु लिंक सर्टनरहरु को सहायता ले लिंक सम्झन सक्ने बनाउन सक्नुहुन्छ अथवा mofuse.mobi कै एक्सटेन्सन सहित को लिंक आफ्नो ब्लग मा राख्न सक्नुहु्न्छ ।

यसरी तपाई को मोबाइल साइट केही छिन मै तयार हुन्छ । बाँकि मोबाइल साइट को लिंक प्रमोशन को जिम्मा चाँहि तपाइहरु को । सबैले थाहा पाउनु पर्यो नि लिंक हैन र ???

For free, mobile version of your blog, check this link:
http://forblogs.mofuse.com

हाम्रो मोबाइल साइट हेर्नुहोस्:

आकारपोष्ट: http://m.aakarpost.com

आकारटेकब्लग: http://mtech.aakarpost.com

Comments

  1. राम्रो जानकारी। वर्डप्रेसको लागि त सायद प्लगइन नै पाईन्छ क्यारे, तर हामी ब्लगरमा ब्लग चलाउनेलाई भने गुगल रिडर नै सबैभन्दा सजिलो र नि:शुल्क उपाए होला । आफ्नै डोमेन नभएपनि यो गुगल रिडरको लिन्क भने बनाएर राख्नै परो अब :)

    साँच्चै यो Mofuse.com १४ दिनको लागि मात्रै नि:शुल्क हो कि के हो?, साइटमा त त्यस्तै लेखिएको छ नि...।

    धेरै पहिला मैले अर्को एउटा http://mobify.me/ भन्ने साईटबाट फ्रिमा ब्लगको मोबाईल साइट बनाएको थिएँ ...पासवर्ड बिर्सेर म्यानेज गर्न पनि मिलेको छैन, अब खोजतलास गर्नु पर्ला :)

    ReplyDelete
  2. Mofuse.com ब्लग को लागि निशुल्क नै छ । प्रिमियम एकाउन्ट को लागि चाँहि १४ दिन को ट्रायल होला ।
    मैले यसमै बनाएको २-३ महिना हुनलागि सक्यो, चलिराखेको छ, कहिँले काँहि चाँहि सर्भर सँग कनेक्ट हुँदैन ।

    ReplyDelete
  3. For free, mobile version of your blog, check this link:P
    http://forblogs.mofuse.com/

    ReplyDelete
  4. अमूल्य जानकारी बाँड्नुभएकोमा आकार जी धन्यवाद तर आकार जी म पनि मोबाइलमा कहिलेकाँही ब्लगहरु खोल्ने गरेको छु । मैले तपाईको ब्लग पनि आफ्नो मोबाइलको ओपेरा मिनीमा खोलेर हेरेँ तर त्यसलाई पढ्न सकिन सायद मोबाइलले नेपाली यूनिकोड सर्पोट गर्न सकेन होला । साथै कहिलेकाँही फेसबुक पनि आफ्नो मोबाइलबाट खोल्ने गर्छु तर नेपालीमा लेखिएका अक्षरहरु पढ्न सक्दिन केही उपाय छ कि यसको लागि ।

    ReplyDelete
  5. Very much informative piece.

    ReplyDelete
  6. Download the Text file from here and open it with Note Pad there are instrcuction to do.you don't have to pay anybody or create any account.
    https://sites.google.com/site/slnepalcom/slnepaltutorial/MobileBlogging.txt?attredirects=0&d=1

    ReplyDelete
  7. Download the Text file from here and open it with Note Pad there are instrcuction to do.you don't have to pay anybody or create any account.
    https://sites.google.com/site/slnepalcom/slnepaltutorial/MobileBlogging.txt?attredirects=0&d=1

    ReplyDelete
  8. अमूल्य जानकारी बाँड्नुभएकोमा आकार जी धन्यवाद तर आकार जी म पनि मोबाइलमा कहिलेकाँही ब्लगहरु खोल्ने गरेको छु । मैले तपाईको ब्लग पनि आफ्नो मोबाइलको ओपेरा मिनीमा खोलेर हेरेँ तर त्यसलाई पढ्न सकिन सायद मोबाइलले नेपाली यूनिकोड सर्पोट गर्न सकेन होला । साथै कहिलेकाँही फेसबुक पनि आफ्नो मोबाइलबाट खोल्ने गर्छु तर नेपालीमा लेखिएका अक्षरहरु पढ्न सक्दिन केही उपाय छ कि यसको लागि ।

    ReplyDelete
  9. राम्रो जानकारी। वर्डप्रेसको लागि त सायद प्लगइन नै पाईन्छ क्यारे, तर हामी ब्लगरमा ब्लग चलाउनेलाई भने गुगल रिडर नै सबैभन्दा सजिलो र नि:शुल्क उपाए होला । आफ्नै डोमेन नभएपनि यो गुगल रिडरको लिन्क भने बनाएर राख्नै परो अब :)

    साँच्चै यो Mofuse.com १४ दिनको लागि मात्रै नि:शुल्क हो कि के हो?, साइटमा त त्यस्तै लेखिएको छ नि...।

    धेरै पहिला मैले अर्को एउटा http://mobify.me/ भन्ने साईटबाट फ्रिमा ब्लगको मोबाईल साइट बनाएको थिएँ ...पासवर्ड बिर्सेर म्यानेज गर्न पनि मिलेको छैन, अब खोजतलास गर्नु पर्ला :)

    ReplyDelete

Post a Comment

Popular posts from this blog

म आउँदैछु प्रिय

"हातमा हात ओठमा ओठ म आउँदैछु प्रिय म आउँदैछु प्रिय !..." भन्ने पंक्ति सँगै भिडियो सुरु हुन्छ । राजन कठेत को निर्देशन मा बनेको भिडियो निकै मजाले सलल बगेको छ । भिडियो अन्तिम सम्म नहरेसम्म यो के को लागि र कुन विषयमा बनेको भिडियो हो भन्न मुस्किल नै पर्छ । एउटा सन्देशमुलक कुरा भिन्नै कन्सेप्ट मा बनेको भएर पनि भिडियो निकै राम्रो लाग्छ । काठमाडौँ विश्वविद्यालय मिडिया स्टडिज का साथिहरुले बनाएको छोटो र मिठो भिडियो आज यहाँ राख्दैछु । भिडियोमा अभिनय रहेको छ पर्वत थापा को भने, क्यामरा मा छिरिङ र कविता वाचन मा रतन रहेकाछन् । भिडियोको बारेमा: A very short, both romantic and funny video(1 min. 25 secs.), made by KU students (2009) with Parbat Thapa (Electrical Engineering 4th/last year) in the scene....Poem narration by Ratan Aanad Karna, background score by Diwas Manandhar and Parbat Thapa, editing by Shekhar KC and Rajan Kathet, camera by Prem Tshering Sherpa and, scene selection, photography direction, script, concept and direction by Rajan Kathet. It was a good homework before making th

यसपाली को गाईजात्रा

'सबको मालुम् है मै बिहारी नही फिर भि कोही हिन्दी बोल्न दबाब डाले तो मैं क्या करु ?' हवनकलीः तपाईंको मातृभाषा त मैथिली हैन र - फोरमानन्दः हो, लेकिन मातृभाषाभन्दा अहिले हाम्को पितृभाषा हि मन पड्ता है । हवनकलीः यो नेपाली वर्णमाला राम्रोसंग पढ्नुस् क्यारे । फोरमानन्दः हिन्दी भाषामें नेपाली वर्णमाला नही मिलता क्या ? क-कौन बनेगा, ख-खरबपती, ग- गोली मारो अ-अरुणाचल, आ-आदमी, इ-इन्तजार हवनकलीः उप-राष्ट्रखतीज्यू, सपथको बेला किन दौरा सुरुवाल नलगाएको ? फोरमानन्दः क्यौं हमको बहुत गर्मी होता है । दौरा सुरुवालमे भेन्टिलेसन नही होता है न । Damdev......Devi......Aakh bandh Karo Na...Banda aakh mey Itna achhi Lagti ho ki ..............Main sabda mey kaha nahi sakta. Damdev- dekho, Maine yog Sab ko Nisulka sikhata hu. Maile aap se kavi Paise Maga hey ? Bhakta-Nahi Swami..Paisa nahi, Rupaye Maga hai. Hai..Aapne Kaka Bikendra Yadav ko Luck Kiya jaye....Lekin Yeh Hamre Rule ke Khilaf hai. Hum Bikendra Yadav ko Luck kar Nahi sakte hai. Devi Aur Sajjano, Maii hun Manojtav

हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ ?

फेसबुक आफैँमा व्यापक सञ्जाल । हामी फेसबुक विना त अधुरो नै हुन्छौँ जस्तो लाग्छ हिजोआज । तर यसो सोच्नुहोस् त हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ होला ? फेसबुक का सुरक्षा प्रमुख म्याक्स केली ले २६ अक्टोबर २००९ मा ब्लग मार्फत मृत्यु भएका व्यक्तिहरु को फेसबुक को प्रोफाइललाई सर्च को नतिजा मा नदेखाइने जनाएकाछन् । फेसबुक प्रयोगकर्ता को मृत्यु पछि, उक्त व्यक्ति को प्रोफाइललाई सिल गरिने अनि सर्च को नतिजामा नदेखाउने बताएकाछन् । तर मृत्यु भएको व्यक्ति प्रति सम्मान का शब्द लेख्न या आफ्नो श्रद्धा व्यक्त गर्न उक्त व्यक्ति को प्रोफाइल को वाल भने, आफ्ना आफन्त अनि साथिहरु को लागि सँधै खुल्ला राखिने जनाइएको छ । अक्टोबर २३ मा फेसबुक नयाँ डिजाइनमा आएपछि, फेसबुक ले यस्तो कुरा सार्वजनिक गरेको हो । फेसबुक प्रयोगकर्ताहरु ले फेसबुक को नयाँ ‘सजेसन’ र ‘रिकनेक्ट’ भन्ने सुविधा का कारण समस्या सिर्जना भएको बताउँदै, ब्लग र ट्विटर मा आफ्ना गुनासाहरु लेखेपछि फेसबुक ले, यो नयाँ निति अगाडि ल्याएको हो । फेसबुक ले मृत्यु भइसकेका व्यक्तिहरु को प्रोफाइल देखाउँदै साथि बनाउन ‘सजेसन’ दिन थालेपछि, समस्या सिर्जना भए

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

नेपाली टाइप गर्ने सजिलो तरिका

मदन पुरस्कार पुस्तकालयले  २००७  २००३-४ ताका नेपाली युनिकोड किबोर्ड लेआउट, रोमनाइज्ड र ट्रेडिसनल सार्वजनिक गर्यो । नेपाली टाइपिङ (ट्रेडिसनल) जान्दै नजान्ने (कहिले नेपाली टाइप नगरेको) मैले, मदन पुरस्कार पुस्तकालयले सार्वजनिक गरेको रोमनाइज्ड नेपाली युनिकोड किबोर्ड लेआउट कम्प्युटरमा राखेर पहिलो पटक कम्प्युटरमा नेपाली भाषामा लेखेँ । यसविचमा कम्प्युटर तथा मोबाइलको लागि धेरै किसिमका नेपाली किबोर्ड लेआउट तथा एप्सहरु आइसकेकाछन्, तर पनि इन्टरनेट प्रयोगकर्ताहरु नेपाली टाइप गर्नुपर्दा अप्ठ्यारो मान्छन् । मलाई धेरैले सोध्ने गरेको प्रश्न भनेको, "फेसबुकमा कसरी नेपाली टाइप गर्ने?" अत: यो ब्लगमा मदन पुरस्कार पुस्तकालय (मपुपु) ले निर्माण गरेको नेपाली युनिकोड किबोर्ड लेआउट बारे चर्चा गर्दैछु। प्रिती, कान्तिपुर लगायतका 'ट्रु टाइप फन्ट' (ttf) प्रयोग गरेर ट्रेडिसनल लेआउटमा नेपाली टाइप गर्ने प्रयोगकर्ताहरुले, नेपाली ट्रेडिसनल युनिकोड किबोर्ड लेआउट राखेर, इन्टरनेटमा सजिलै सँग नेपालीमा लेख्न सक्छन् । भन्नुको मतलब, तपाईलाई पहिले नै नेपाली टाइपिङ आउँछ भने टाइपिङ गर्ने तरिका उही हुन्छ, उही &q

SLC Result 2066/2067 (2009-2010)

The Office of the Controller of Examinations (OCE), Sanothimi, on Friday published the results of the School Leaving Certificate (SLC) 2066 examinations held last year. 64.31 percent students passed the SLC 2066/67, according to the Controller of Examinations (OCE) Sanothimi, Bhaktapur. We have uploaded SLC Result 2066 in .pdf , .txt and in .zip file format for you. Download the file and search your ‘symbol number’. Congratulations to all, who passed SLC this year. And if you want to see your results with marks then, you can follow THT (symbol no. and birth date required). Download SLC Result 2066/2067 (2009-2010) : REGULAR: EXEMPTED: Distinction --------------- First division First division Second Division Second Division Third Division Third Division Withheld Withheld

Subscribe to Aakar Post