Skip to main content

केही टुक्राहरु

अर्को दूर्घटना, मैले कारण सोधेँ ! अनि सरसर्ति आँखा दौडाएँ, पत्रिका मा उसको मृत्यु को खबर छापिएको रहेछ ! हुन त अघिल्लो दिन नै, इन्टरनेट मा त्यही खबर पढेको थिँए, तर मैले याद गरेको थिइन, सायद अरु नै कोही थियो होला, मेरो सरोकार भन्दा बाहिर को भनेर ! तर जब थाहा पाएँ, मैले उसलाई केही भन्न सकिन, फोन समाएर म बसिरहेँ, मलाई त्यो सानोroad भाइ को याद आयो, मलाई त्यो सानी बहिनी को पनि याद आयो, मैले केही भन्न सकिन ! मैले सम्झेँ, त्यो सानी बहिनी सँग म कति धेरै बोल्थेँ, मैले भेटेको छैन, देखेको पनि छैन, तर उ मेरी साथी कि बहिनी  (नजिक को नातेदार) हो । उनीहरु प्राय: साथै हुन्छन् । कहिलेकाहिँ साथिलाई फोन गर्दा उसकी बहिनीले उठाउँथी !

आज धेरै दिन पछि मैले साथिलाई फोन गरेँ, फोन को अर्को छेउ बाट त्यही बहिनी को परिचित आवाज आयो, सुरुमा के भनौँ के भनौँ भयो ! बहिनी ले भनि, लोडसेडिङ ले गर्दा, फोन मा ब्याट्री छैन, उसले आफू सँग पनि मोबाइल छ भन्दै नम्बर टिप्न भनि, मैले उसलाई मिसकल गर्न सुझाएँ । उसले भनि, म मिसकल गर्छु है मेरो मोबाइलबाट, पछि फेरि भनि मेरो बाबा को मोबाइल !

मलाई गाह्रो भएर आयो, उसले बाबा को मोबाइल भन्दा, त्यो बहिनी को बाबु अब जिवित छैनन्, केही महिना अघि उनी मोटर दुर्घटना मा बिते ! मन एकछिन अत्तालियो, मैले के भनेर फोन गर्नु उसलाई ! त्यही नि फोन गरेँ, नम्बर कन्फर्म गर्ने बाहान मा, उसले भनि ‘दादा, एकछिन पछि फोन गरिस्योस  है’ । पछि फोन गरेँ, कुरा हुँदै थियो, मोबाइल नेटवर्क ले दु:ख दिन थाल्यो, अनि मैले सबै कुरा सिध्याउने हिसाब ले सोधेँ । बाँकि सबै राम्रो छ नि हैन ? उसले भनि, ‘यति धेरै नराम्रो भइसकेपछि पनि के को राम्रो हुनु नि अब?’ । मोबाइल एक्कासी काटियो, फेरि ट्राइ गरेँ तर लाग्दै लागेन, म सोच्दै रहेँ !  म सोच्दै रहेँ, त्यही बहिनी को कुरा, अनि म सँग जवाफ पनि त छैन, उसलाई उत्तर दिन को लागि !

****************************************************************

कहिलेकाँहि सोच्छु, ‘जिवन’ के हो ? सायद ‘किशोर’ अवस्था मा हुँदा प्राय: ‘रियालिटि’ र ‘भर्चुआलिटि’ मा फरक छुट्याउन सकिँदैन । जति नै ‘दर्शन’ छाँट्न खोजेपनि, कमजोरी प्राय: ढाकिँदैन । दही खानेलाई भक्तपुर को ‘जुजु धौ’ नै चाहिन्छ, जुत्ता मा कन्भर्स र पाइन्ट मा जिन्स नै लाइन्छ अनि सिनेमा हेर्नलाई जयनेपाल र कफि खानलाई ‘जाभा’ नै गइन्छ । यो आफ्नो स्वभाव हो, आफ्नो जिवन हो, किशोर अवस्था को उपज हो, अनि यही नै रियालिटि हो हामी युवाहरु को । युवा मात्र नभनौँ, आम मानिस कै स्वभाव यही हुन्छ, जिवन को कुनै न कुनै मोड मा पुगेपछि उ टक्क रोकिन्छ र आफ्न कुराहरु एकएक गरि केलाउन थाल्छ । तर यी कुराहरु जिवन का अन्तिम क्षण मा मात्र लागु हुन्छन्, आफ्ना कमि कमजोरीहरु आफूले देख्न थाल्छन् र धर्मकर्म मा लाग्न थाल्छन् ।

समुन्द्र को गहिराइ मा पाइने, ‘शिल्पी’ र वनस्पतिहरु राम्रा हुन्छन् । तर त्यही समुन्द्र मा अन्य कुराहरु पनि पाइन्छन् जुन ‘सेता’ भइकन पनि सुन्दर हुँदैनन्। अस्ति ‘थिएटर’ को क्लास मा, गरिएका कुराहरु साह्रै सान्दर्भिक लागेका थिए । त्यहाँ भनिँदै थियो, ‘कलाकार त्यो बन्न सक्छ, जसले धेरै कुराहरु भोगेको छ, जसले जिवन बाँचेको छ’ ! टुप्पा बाट पलाएका मान्छेहरु कलाकार बन्न सक्दैनन्, किनकी उनीहरुमा अनुभव को कमीहुन्छ, उनीहरु अभिनय गर्नु भन्दा पनि अभिनय गरेर देखाउँछन् । नाट्यकर्मी, कलाकार ‘राजन’ दाइ का यी कुराहरु मलाई धेरै हदसम्म सहि र साँचो लाग्यो । यही २१ वसन्त पार गर्दा पनि, धेरै कुरा देखियो र भोगियो । यहाँ कोही साँच्चै अभिनय गरिरहेका थिए भने, कोही अभिनय गरेको जस्तो गरिरहेका थिए, जुन कुरा उनीहरु को व्यवहार बाट झल्किरहेको थियो ।

****************************************************************

हामी पुर्वियहरु पश्चिमीहरु को बानी अंगाल्दै छौँ भने, पश्चिमीहरु हाम्रो पुर्विय दर्शनलाई अँगालिरहेकाछन् । ‘लियोनार्दो दा भिन्चि’ ले हवाइजहाज को चित्र बनाउनु र ‘राइट दाजुभाइ’ ले हवाइजहाज उडाउनु भन्दा धेरै पहिले नै, पुर्विय ग्रन्थहरु मा ‘पुष्पक विमान’ को चर्चा गरिएको थियो । रावण ले ‘सिता’लाई हरण गरेर लैजाँदा विमान नै चढाएर लगेका थिए भने, ‘सञ्जय’ महाभारत को लडाईमा ‘धृतराष्ट्र’का दुत थिए, ‘सञ्जय’ ले सबै कुरा बसिबसि लडाइ मा के भइरहेछ भन्ने कुरा ‘धृतराष्ट्र’लाई बताउँथे । पश्चिम का विद्वान र वैज्ञानिकहरु ले यही कुरा को आधार मा नै विभिन्न चिजहरु को निर्माण गरे । यस हिसाबले हेर्दा, पुर्विय या पश्चिमी समाज कुन अघि रहेछ भन्ने सोच पक्कै आउँछ । जुनकुरा अहिले पश्चिमीहरु ले निर्माण गरिरहेका छन्, ती कुराहरु धेरै पहिले नै पुर्विय ग्रन्थहरुमा उल्लेख गरेको पाइन्छ, चाहे त्यो हवाइजहाज होस् या अन्य केही !

भर्खरै पनि, हलिउड मा ‘अवतार’ भन्ने चलचित्र बन्यो, जुन पुर्विय सिद्धान्त बाट नै प्रेरित छ । रामायण का पुच्छर सहित का मान्छेहरु ‘हनुमान’ बाटै प्रभावित भएर हुनुपर्छ ‘जेम्स क्यामरुन’ ले ‘अवतार’ मा पुच्छर सहित का मान्छे को कल्पना गरे । कलाकार र विव्दानहरु ले भगवान ‘कृष्ण’ अनि ‘महादेव’लाई ‘निलो वर्ण’ का भनेर चित्रित गरिएकै कारण, ‘अवतार’ मा मान्छेहरु सबै ‘निलो वर्ण’ का थिए । चलचित्र मा प्यान्डोरा नामक ग्रहलाई हामीहरुले भन्ने गरेको ‘स्वर्ग’ जस्तो बनाइएको थियो । जहाँ रुखबाट दैवि शक्ति लिन्थे, जनावर र चराहरु माथि चढेर हिँड्थे ।

****************************************************************

यस्ता यावत कुराहरु सोच्दैजाँदा, निकै टाढा पुगिन्छ । तर पुर्विय र पश्चिमि संस्कृति को फ्युजन भने भइरहेको छ । अनि केही यस्ता कुराहरु पनि हुन्छन्, जुन प्रश्न को उत्तर हामी कहिले भेट्दैनौँ । प्रश्न हाम्रो जन्म सँगै सुरु हुन्छ, नाम बाटै सुरु हुन्छ, आफ्नो वर्ण बाटै प्रश्न सुरु हुन्छ तर उत्तर हत्तपत्त भेट्न सकिँदैन । जस्तो तपाइको नाम ‘फलानो’ भनेर राखिनु को कारण हुन्छ, तपाई को स्वभाव यस्तो, हुनु को पनि कारण हुन्छ तर हामीलाई ती केही कुरा थाहा हुँदैन । किन तपाईलाई मनै नपर्ने मान्छे, अरुहरु को प्रिय हुन्छ ? तपाई किन, रातो मनपराउनुहुन्छ जबकी मलाई सेतो मनपर्छ । यी यावत धेरै कुराहरु छन्, जसको उत्तर त्यति धेरै सहज छैन । तपाई मोटो हुनु को पनि कारण हुन्छ, तपाई पातलो हुनु को पनि कारण हुन्छ । तर ती मोटा र पातलाहरु ले हत्तपत्त जवाफ भेट्दैनन्, किन भन्ने कुरा को ?

****************************************************************

केही मान्छेहरु झुटो बोलेर पनि झुटो बोल्न जान्दैनन्, कोही मान्छेहरु ‘प्रिटेन्ड’ मात्र पनि गर्छन् । तिनीहरु किन ‘प्रिटेन्ड’ गर्छन् थाहा छैन, सायद उनीहरु अरुलाई देखाउन चाहन्छन् । संसारलाई देखाउन चाहन्छन् तर यथार्थ मा त्यसको ठिक विपरित हुन सक्छ । कोही भने, सबै कुरा गोप्य राख्न चाहन्छन्, मैले यस्तो ब्लगहरु पनि भेटेको छु, जुन नितान्त व्यक्तिगत छ, जहाँ आफ्ना भोगाइहरु शिलशिलाबध्द रुपमा लेखिएको हुन्छ । मैले फेला पारेका ती व्यक्तिगत ब्लगहरु नियमित पढ्ने गर्छु, जहाँबाट मलाई धेरै कुरा को ज्ञान भइरहेको हुन्छ, संसारका केही वास्तविक जिवन भोगाइ को सम्मिश्रण पाइन्छ ।

केही मान्छेहरु आफ्ना अगाडि ठिक्क पार्छन तर पछाडि पछाडि कुरा काटिरहेका हुन्छन् । त्यस्तो केही उदाहरण पनि भेटेँ, जहाँ लहै लहै मा मान्छेहरु लागेका रहेछन् । जो हल्ला कै पछि दगुरिरहेका रहेछन्, सायद उनीहरु ले बिर्सिए अस्ति सम्म तिनीहरु पनि म जस्तै सोच्थे, ठिक त्यसै तरिका ले गुनासो पोखिरहेका थिए । तर एक्कासी उनीहरु को मन परिवर्तन भएको छ, तर किन हो थाहा छैन । सायद उनीहरु ले मेरो बारेमा आफ्ना ‘धारणा’ बनाए होलान् । यहाँ अरुलाई खलपात्र बनाएर आफु हिरो हुन धेरै सजिलो छ, कुनै बेला सायद मैले पनि त्यसै गरेको थिँए तर अहिले लाग्छ मैले बेक्कार मा उनीहरुलाई खलपात्र बनाएछु, केही सिमित व्यक्तिहरु को लहैलहै मा लागेर !

****************************************************************

देश को बारेमा सोच्दा पनि, दिक्क लागेर आउँछ कहिलेकाँहि ! देश जनता को नभइ नेताहरु को हो जस्तो गर्छन्, तर ती नेताहरु बिर्सन्छन्, जनता नभए उनीहरु नेता रहँदैनन् तर फेरि उनीहरु किन आफ्नो स्वार्थ्य मात्र हेर्छन् ? २ वर्ष भन्दा धेरै समय दिइयो, संविधान बनाउन तर अहिले सम्म को उपलब्धि शुन्य छ, अब त १ वर्ष म्याद थप्ने पो भनिरहेकाछन् है, सबै टाउकेहरु ! आर्थिक भार, जनतालाई नै थपिने हो, रजाइँ गर्ने उनीहरु रजाँइ गरिरहन्छन् । त्यो भन्दा ठूलो कुरा त दलहरु आपस मा दोष दिएर बसिरहेकाछन् । फेसबुक मा एउटा ग्रुप थियो, ‘जेठ १४ गते टुंडिखेल मा सबैलाई सिस्नो लाउनुपर्छ’ भन्ने, सायद त्यसै गर्नुपर्ने हो कि क्या हो, यी सबैलाई ! कोही कुर्सी जोगाउन, कोही संविधान नबनाउन लागिपरेकाछन् । जसोगरे पनि आफैँलाई दु:ख !

****************************************************************

(- विभिन्न समय मा मन मा आएका आपस मा ‘अमिल्दो’ गन्थनहरु समेटेर लेखिएको ब्लग का पहिलो र तेस्रो सन्दर्भ का केही कुराहरु आफूले सहभागिता जनाएको ‘थिएटर’ वर्कसप बाट  लिइएको हो ! )

Comments

  1. यति धेरै नराम्रो भइसकेपछि पनि के को राम्रो हुनु नि अब?
    Some reality are true and hear touching! and definitely they are dissapointing too.

    Presentation is great as well!

    ReplyDelete
  2. म सब्द सानो भएनि सबै भन्दा ठुलो छ म संसारमा. सबै म कै लागे बचेका छ, म र मेरैका लागि मरिमेत्छन्. अच्युर सरले बुलबुल को 37th epsiode मा भनेको जस्तै एउटा व्यक्ति कहिले पनि गलत छैन. उसलाई गलत बनाउने समय, परस्थाती र समाज हो.
    अफ्नो अफ्नो सोच विचार भोगाई गराई हो मान्छे येस्तै छ आफु जति ठुलो र आफु जस्तो राम्रो उसले कसैलाई नि देख्दैन. आतिनु पर्ने केही छैन म पनि त्यही मान्छे मध्ये को मान्छे हु मेरो नि येस्तै विचार छ म ठिक छु म वनेक अरु गलत....

    anyways nice piece of writing .... totally agree with u ........ the most important thing in life is ones attitude towards things ........... enjoyed reading ........ keep up ur work :)

    ReplyDelete
  3. nice piece of writing. i agree with your opinion. keep it up!!!

    ReplyDelete
  4. AnuragFromDhulikhelMay 23, 2010 at 4:43 PM

    साह्रै राम्रो अनी रमाइलो मनोबाद.... यि हरफहरु पढेर निक्कै मज्जा लिएँ मैले त । Keep writing yaar!

    ReplyDelete
  5. यथार्त चिन्तनमनन सहितको मन छुने लेख। सबल पक्षको मनोगत विश्लेषण मिठो छ।

    ReplyDelete
  6. विचार प्रधान टुक्राहरु रहेछन । सबै टुक्राहरु जीवन दर्शनको झलक भेटिन्छ ।

    ReplyDelete
  7. साह्रै राम्रो अनी रमाइलो मनोबाद.... यि हरफहरु पढेर निक्कै मज्जा लिएँ मैले त । Keep writing yaar!

    ReplyDelete

Post a Comment

Popular posts from this blog

International Youth Day 2010

संयुक्त राष्ट्रसंघ को पहल मा सन् २००० देखि मनाउन थालिएको International Youth Day (IYD) अर्थात अन्तराष्ट्रिय युवा दिवस को ११ औँ संस्करण आज अगष्ट १२ का दिन संसारभर मनाइँदैछ । “Dialogue and Mutual Understanding” भन्ने नारा का साथ मनाउन लागिएको युवा दिवस को दिन मा संसारभर युवा सम्बन्धि कार्यक्रमहरु हुँदैछन् । नेपाल मा पनि युवा दिवस को अवसर पारेर, विभिन्न कार्यक्रमहरु आयोजना भइरहेकाछन् । हिजो ११ अगष्ट का दिन, Challenges of Youth विषयक कार्यक्रम रसियन कल्चर सेन्टर, कमलपोखरी मा गरिएको थियो भने आज विहान १० बजे देखि फ्रान्सेली केन्द्र (Alliance Francaise de Kathmandu)GAA Hall, Thamel मा ‘युवा जात्रा’ नामक  कार्यक्रम आयोजना गरिँदैछ । हिजो पनि फ्रान्सेली केन्द्र (Alliance Francaise de Kathmandu) मा विविध कार्यक्रमहरु को आयोजना गरिएको थियो ।  ‘युवा जात्रा २०१०’  (Youth Jatra 2010)  मा  टेवल टक, पोस्टर प्रदर्शनी, युवा वजार, फोटो प्रदर्शनी, थियटर लगायत विविध कार्यक्रम हुनेभएको छ । युवा देश को शक्ति मानिन्छन् तर अहिले युवाहरु मा विदेश पलायन हुने प्रवृत्ति बढ्दैगएको छ । राजन...

नागको चित्र बनाउने सजिलो तरिका [VIDEO]

आज नागपञ्चमी, नाग अकिंत चित्रहरु घरको ढोकामा गाइको गोबरले टाँसेर दुबो, फूल, अक्षता आदिले पूजा गर्ने गरिन्छ । यसरी ढोका या मूल खाबाेंमा टाँसिएको नागको चित्रले बर्षभरि रक्षा गर्ने जनविश्वास छ । हिजोआज बजारमा नागका थरिथरिका, रंगीविरङ्गी चित्रहरु पाइन्छन् तर यदि तपाईले नागको चित्र भेट्नुभएको छैन वा पाउनु भएको छैन भने पनि चिन्ता नलिनुस्, यो ब्लगमा नागको चित्र बनाउने सजिलो तरिकाबारे चर्चा गर्दैछु। नागको चित्र कसरी बनाउने? सादा कागजमा पहिले 'ब्र्याकेट' (    ) बनाउँदै जानुस् । पहिलो लहरमा एउटा, दोस्रोमा दुईवटा, तेस्रोमा ३ वटा, चौथोमा ४ वटा, त्यस्तै पाँचौमा ३ वटा, छैटौँमा २ वटा, र सातौँमा एउटा 'ब्र्याकेट' बनाउनुस् । त्यसपछि माथिल्लो र तल्लो लहरका ब्राकेटहरु आपसमा छड्के तरिकाले जोड्दै जानुस् । यति गरिसकेपछि, टाउको र पुच्छर बनाउनुस् । तपाईको नाग तयार हुन्छ, यसलाई अझ रंगरोगन गरेर, राम्रो बनाउन सक्नुहुन्छ । विस्तृत विवरणको लागि तलको यो भिडियो हेर्नुस् । नाग पञ्चमी के हो? कसरी मनाइन्छ? ( हाम्रो पात्रो बाट साभार) आज नाग पञ्चमी, अब बिस्तारै बर्षा ओरालो लाग्दैछ, चाडवाडहरुको मौ...

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match [LIVE]

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match खेल को पहिलो हाफसम्म जोर्डन ४ गोलले अगाडि छ ! जोर्डन ले ४ गोल हानेको छ भने, नेपाल ले कुनै पनि गोल फर्काउन सकेको छैन ! पहिलो हाल्फमा जोर्डनीहरुकै दवदवा रहेको थियो । First Half Nepal 0:4 Jordan Full Time Nepal 0:9 Jordan जोर्डन को रंगशालामा भएको खेलमा जोर्डनी टिम ९:० को विशाल अन्तर ले विजयी भएको छ ! नेपाली टिम, जोर्डनी टिम को अगाडि आज कमजोर सावित भयो, खेल अवधिभर नेपाली टिम जोर्डनी टिम को दवावमा रह्यो ! नेपालले छनौटको तेस्रो चरण प्रवेश गर्न बिहीबार दशरथ रंगशालामा अर्को एक खेल खेल्नेछ ! LIVE VIDEO WAS MOVED BY NOW Though LIVE video was moved, but we have small clip. Enjoy! Here's another Video:

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

सामाजिक सञ्जालको मान्यता विपरित कान्तिपुर र नागरिक दैनिक को ट्विटर @nagarikdaily @ekantipur_

तपाईले यदि ट्विटर को बारेमा सुन्नुभएको छ भने वा तपाई ट्विटरको नियमित प्रयोगकर्ता हुनहुन्छ भने तपाईलाई पक्कै थाहा होला, ट्विटर भनेको माइक्रोब्लगिङ साइट हो, जसले अहिले सूचना र समाचार को क्षेत्रमा नयाँ क्रान्ति ल्याइदिएको छ । ट्विटर मा ट्विट गरिन्छ, जुन तपाईका आफ्ना ‘फलोअर’हरु ले पढ्ने गर्छन् । सामाजिक सञ्जाल ट्विटर हँसिमजाक गर्ने ठाउँ भन्दा पनि, सुचना र समाचार थाहा पाउने गतिलो माध्यम बन्दै गएको छ भन्दा अत्युक्ति नहोला । तर के तपाईलाई नागरिक र कान्तिपुर दैनिक को ट्विटर को बारेमा थाहा छ ? तपाई यदि ट्विटर को नियमति प्रयोगकर्ता हुनुहुन्छ भने, नागरिक र कान्तिपुर को ट्विटर ‘एकाउन्ट’ को बारेमा गरिएको कुरा तपाईलाई रोचक लाग्ने मेरो अनुमान छ । के तपाईलाई थाहा छ, कान्तिपुर को ट्विटर एकाउन्ट को ट्विट ‘प्राइभेट’ गरिएको छ भने नागरिक दैनिक को ट्विटर एकाउन्ट ले केयौँ व्यक्तिलाई फलो गर्नबाट बञ्चित गरेको छ, या भनौँ ‘ब्लक’ गरेको छ । सुचना र समाचार को लागि म ट्विटरलाई हरदम पच्छ्याइरहेको हुन्छु । म विशेषगरि समाचार साइटलाई फलो गरिरहेको हुन्छु, अझ त्यो भन्दा बढि नेपालमा हुने गतिविधिको लागि नेपालीहरु र नेपाल...

म र ऊ - एउटा अनलाइन भेट [कथा]

“तिमी को हो?” मेरो प्रश्न थियो! उसले भनी, “खुशी” । “को खुशी”, मैले सोधेँ ! “ह्या, कस्तो नचिन्या होला? म खुशी के ! रहर, छायाँ, खुशी जे भने नि म नै हो के”, उसको जवाफ ! “ए, तिमी पो, कता हराकी थियौ? अब के भनौँ त तिमीलाई उसोभए?” “जे भने नि हुन्छ!” “उसोभए म खुशी भन्छु है”, मैले भनेँ ! उसले हुन्छ भन्ने जनाउ दिन, आँखा सन्काइ र लेखी “हे हे” । कुरा यसरी नै सुरु भएको थियो च्याटमा ! च्याटमा को सँग कुरा गरिरहेछु, आफैँलाई पत्तो छैन, न पहिले च्याट गरिएको थियो, न भेट नै गरिएको थियो । ट्विटरमा नाम परिवर्तन गरिरहने ऊसँग ट्विटरमा आक्कल झुक्कल कुरा गरिने भएपनि उनको ‘म्यासेज’ पहिलोपल्ट च्याटमा अकस्मात आइपुगेको थियो ! म उनको बारेमा प्रस्ट हुन सकिरहेको थिँइन ! अत: फेरि सोधेँ, “यो खुशी को हो?” मेरो प्रश्नले, उसले आफू दुखित भएको जनाउ दिन लेखी “:(” “हैन किन यति रिङ्ग्याएको मलाई”, मैले सोधेँ । “नाम मे क्या रखा है? ;)”, उसको जवाफ ! “नाममा धेरै कुरा राख्या छ हजुर, चिन्नु त पर्यो नि, आफू कोसँग कुरा गर्दैछु भनेर”, मैले भनेँ ! “पिक द नेम, तिम्लाई जुन मन पर्छ त्यही राख”, उसले मलाई नाम छान्ने अधिकार दिई ।...

Subscribe to Aakar Post